< 1 Mosebog 45 >
1 Da kunde Josef ikke længer beherske sig over for alle dem der stod hos ham, og han råbte "Lad alle gå ud!" Således var der ingen til Stede, da Josef gav sig til Kende for sine Brødre.
त्यसपछि आफूनेर उभिएका सबै दासहरूका सामुन्ने योसेफले आफूलाई नियन्त्रण गर्न सकेनन् । तिनले उच्च सोरमा भने, “हरेक व्यक्ति यहाँबाट जाऊ ।” त्यसैले योसेफले आफैलाई आफ्ना दाजुहरूकहाँ चिनाउँदा योसेफको नजिकै कोही उभिएको थिएन ।
2 Så brast han i lydelig Gråd, så Ægypterne hørte det, og det spurgtes i Faraos Hus;
तिनी यति ठुलो सोर निकालेर रोए कि मिश्रीहरूले मात्र नभई फारोको परिवारले पनि सुने ।
3 og Josef sagde til sine Brødre: "Jeg er Josef! Lever min Fader endnu?" Men hans Brødre kunde ikke svare ham, så forfærdede var de for ham.
योसेफले आफ्ना दाजुहरूलाई भने, “म योसेफ हुँ । के मेरा पिता अझै जीवितै हुनुहुन्छ?” तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन् किनकि तिनीहरू तिनको उपस्थितिमा स्तब्ध भएका थिए ।
4 Så sagde Josef til sine Brødre: "Kom hen til mig!" Og da de kom derhen, sagde Josef: "Jeg er eders Broder Josef, som I solgte til Ægypten;
त्यसपछि योसेफले आफ्ना दाजुहरूलाई भने, “बिन्ती छ, मेरो नजिक आओ ।” तिनीहरू नजिक आए । तिनले भने, “म तिमीहरूका भाइ योसेफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ ।
5 men I skal ikke græmme eder eller være forknytte, fordi I solgte mig herhen, thi Gud har sendt mig forud for eder for at opholde Liv;
तिमीहरूले मलाई बेचेकोमा अपसोस नमान वा आफैमाथि रिस नगर किनकि जीवन बचाउन परमेश्वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो ।
6 i to År har der nu været Hungersnød i Landet, og fem År endnu skal der hverken pløjes eller høstes;
यी दुई वर्ष यो देशमा अनिकाल परिसकेको छ, र अझै पाँच वर्ष न हलो जोतिनेछ न कटनी गरिनेछ ।
7 derfor sendte Gud mig forud for eder, for at I kan få Efterkommere på Jorden, og for at mange hos eder kan reddes og holdes i Live.
पृथ्वीमा एउटा बाँकी भागको रूपमा राखी ठुलो छुटकाराद्वारा तिमीहरूको जीवन बचाउन परमेश्वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो ।
8 Og nu, ikke I, men Gud har sendt mig hid, og han har gjort mig til Fader hos Farao og til Herre over hele hans Hus og til Hersker over hele Ægypten.
त्यसैले तिमीहरूले नभई परमेश्वरले नै मलाई यहाँ पठाउनुभएको हो, र उहाँले मलाई फारोका पिता, तिनका सबै घरानाका मालिक र सारा मिश्र देशका शासक तुल्याउनुभएको छ ।
9 Skynd jer nu hjem til min Fader og sig til ham: Din Søn Josef lader sige: Gud har sat mig til Hersker over hele Ægypten; kom uden Tøven ned til mig
हतार-हतार मेरा पिताकहाँ गएर उहाँलाई यसो भन, “तपाईंका छोरा योसेफ यसो भन्छन्, 'परमेश्वरले मलाई सारा मिश्रको मालिक बनाउनुभएको छ । मकहाँ आउन विलम्ब नगर्नुहोस् ।
10 og tag Bolig i Gosens Land og bo i min Nærhed med dine Sønner og Sønnesønner, dit Småkvæg og Hornkvæg og alt, hvad du ejer og har;
तपाईं गोशेन प्रदेशमा बस्नुहुनेछ, र तपाईं, तपाईंका छोराछोरीहरू, तपाईंका नातिनातिनाहरू, तपाईंका बगालहरू, तपाईंका बथानहरू र तपाईंसित भएका सबै मेरो नजिकै हुनुहुनेछ ।
11 der vil jeg sørge for dit Underhold - thi Hungersnøden vil vare fem År endnu - for at ikke du, dit Hus eller nogen, der hører dig til, skal gå til Grunde!
म त्यहाँ तपाईंको बन्दोवस्त गर्नेछु किनकि अनिकालका पाँच वर्ष अझै बाँकी छन्, नत्रता तपाईं, तपाईंको घराना र तपाईंसित भएका सबै दरिद्रतामा जानेछन्' ।”
12 Nu ser I, også min Broder Benjamin, med egne Øjne, at det er mig, der taler til eder;
तिमीहरूसित बोल्ने म योसेफ नै हुँ भनी तिमीहरूका आँखाले देखेका छौ र मेरा भाइ बेन्यामीनले पनि देखेका छन् ।
13 og I skal fortælle min Fader om al min Herlighed i Ægypten og om alt, hvad I har set, og så skal I skynde eder at bringe min Fader herned."
मैले मिश्रमा हासिल गरेको इज्जत र मैले प्राप्त गरेका सबै थोकको विषयमा तिमीहरूले मेरा पितालाई बताउनू । हतारसँग गएर मेरा पितालाई ल्याओ ।”
14 Så faldt han grædende sin Broder Benjamin om Halsen, og Benjamin græd i hans Arme.
तिनी आफ्ना भाइ बेन्यामीनसित अँगालो हालेर रोए, अनि बेन्यामीन पनि अँगालो हालेर रोए ।
15 Og han kyssede alle sine Brødre og græd ved deres Bryst; og nu kunde hans Brødre tale med ham.
तिनले आफ्ना सबै दाजुहरूलाई चुम्बन गरे र तिनीहरूसँगै रोए । त्यसपछि तिनका दाजुहरूले तिनीसित कुराकानी गरे ।
16 Men det spurgtes i Faraos Hus, at Josefs Brødre var kommet, og Farao og hans Tjenere glædede sig derover:
“योसेफका दाजुहरू आएका छन्” भन्ने खबर फारोको घरमा पुग्यो । यसले फारो र तिनका कामदारहरूलाई निकै खुसी पार्यो ।
17 og Farao sagde til Josef: "Sig til dine Brødre: Således skal I gøre: Læs eders Dyr og drag til Kana'ans Land,
फारोले योसेफलाई भने, “तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ ।
18 hent eders Fader og eders Familier og kom hid til mig, så vil jeg give eder det bedste, der er i Ægypten, og I skal nyde Landets Fedme.
तिमीहरूका पिता र घरानाहरूलाई लिएर मकहाँ आओ । म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु, र तिमीहरूले यस देशका स्वादिष्ट मासु खानेछौ ।
19 Byd dem at gøre således: Tag eder Vogne i Ægypten til eders Børn og Kvinder, sæt eders Fader op og kom hid;
अब तिमीहरूलाई आज्ञा दिइएको छ । तिमीहरूलाई यसो भन्ने आज्ञा पनि दिइएको छ, 'तिमीहरूका छोराछोरी र तिमीहरूका पत्नीहरूका लागि मिश्र देशका गाडाहरू लिएर जाओ । तिमीहरूका पितालाई लिएर आओ ।
20 bryd eder ikke om eders Ejendele, thi det bedste, der er i hele Ægypten, skal være eders!"
तिमीहरूका धन-सम्पत्तिको बारेमा चिन्ता नमान किनकि मिश्र देशका सबै असल-असल थोकहरू तिमीहरूकै हुन्' ।”
21 Det gjorde Israels Sønner så. Og efter Faraos Bud gav Josef dem Vogne og Rejsekost med;
इस्राएलका छोराहरूले त्यसै गरे । फारोको आज्ञामुताबिक योसेफले तिनीहरूलाई गाडाहरूसाथै यात्राका लागि मालसामानहरू दिए ।
22 hver især gav han dem et Sæt Festklæder, men Benjamin gav han 300 Sekel Sølv og fem Sæt Festklæder;
तिनले तिनीहरू सबैलाई नयाँ लुगाहरू पनि दिए, तर बेन्यामीनलाई भने तिनले तिन सय चाँदीका टुक्रा र पाँच जोर लुगा दिए ।
23 og sin Fader sendte han ti Æsler med det bedste, der var i Ægypten og ti Aseninder med Korn, Brød og Rejsetæring til Faderen.
आफ्ना पिताका लागि तिनले यी थोकहरू पठाएः मिश्रका असल-अलस थोकहरू लादिएका दसवटा गधा; अनाज, रोटी र आफ्ना पिताको यात्राका लागि आवश्यक खाद्यपदार्थहरूले लादिएका दसवटा गधैनी ।
24 Så tog han Afsked med sine Brødre, og da de drog bort, sagde han til dem: "Kives ikke på Vejen!"
तिनले आफ्ना दाजुहरूलाई पठाए र तिनीहरू त्यहाँबाट प्रस्थान गरे । तिनले तिनीहरूलाई भने, “तिमीहरू बाटोमा झगडा नगर ।”
25 Således drog de hjem fra Ægypten og kom til deres Fader Jakob i Kana'ans Land;
तिनीहरू मिश्रबाट यात्रा गरी कनान देशमा आफ्ना पिताकहाँ आए ।
26 og de fortalte ham det og sagde: "Josef lever endnu, og han er Hersker over hele Ægypten." Men hans Hjerte blev koldt, thi han troede dem ikke.
तिनीहरूले तिनलाई भने, “योसेफ अझै जीवितै छन्, र तिनी सारा मिश्र देशभरिको शासक भएका छन् ।” योसेफको बारेमा तिनीहरूले भनेका कुरा विश्वास गर्न नसकेर तिनी बेहोस भए ।
27 Så fortalte de ham alt, hvad Josef havde sagt til dem; og da han så Vognene, som Josef havde sendt for at hente ham, oplivedes deres Fader Jakobs Ånd atter;
योसेफले तिनीहरूलाई भनेका सबै कुरा तिनले याकूबलाई बताइदिए । याकूबले आफूलाई लैजान योसेफले पठाएका गाडाहरू देखेपछि तिनीहरूका पिता याकूबको होस फर्क्यो ।
28 og Israel sagde: "Det er stort, min Søn Josef lever endnu; jeg vil drage hen og se ham, inden jeg dør!"
इस्राएलले भने, “अब पुग्यो । मेरो छोरो योसेफ अझै जीवित छ । म मर्नुअगि गएर त्यसलाई हेर्नेछु ।”