< Ezra 1 >

1 Og i Perserkongen Kyros's første Regeringsår vakte HERREN, for at hans Ord gennem Jeremias's Mund kunde opfyldes, Perserkongen Kyros's Ånd, så han lod følgende udråbe i hele sit Rige og desuden kundgøre ved en Skrivelse:
फारसका राजा कोरेसको पहिलो वर्षमा परमप्रभुले यर्मियाद्वारा बोल्नुभएको आफ्नो वचन पुरा गर्नुभयो, र कोरेसको आत्मालाई उत्तेजित पार्नुभयो । कोरेसको आदेश तिनका सारा राज्यभरि पुग्‍यो । लेखिएको र बोलिएको कुरो यही नै हो,
2 Perserkongen, Kyros gør vitterligt: Alle Jordens Riger har HERREN, Himmelens Gud, givet mig; og han har pålagt mig at bygge ham et Hus i Jerusalem i Juda.
“फारसका राजा कोरेस भन्‍नुहुन्छ, 'परमप्रभु स्वर्गका परमेश्‍वरले मलाई सारा पृथ्वीका राज्यहरू दिनुभयो, र उहाँले यहूदियाको यरूशलेममा एउटा मन्दिर निर्माण गर्नलाई मलाई नियुक्त गर्नुभयो ।
3 Hvem iblandt eder, der hører til hans Folk, med ham være hans Gud, og han drage op til Jerusalem i Juda og bygge HERRENs, Israels Guds, Hus; han er den Gud, som bor i Jerusalem;
जो उहाँका मानिसहरू हुन् (तिनका परमेश्‍वर तिनीसित होऊन्) तिनीहरू यरूशलेममा जान र यरूशलेममा बास गर्नुहुने इस्राएलका परमप्रभु परमेश्‍वरको निम्ति एउटा मन्दिर बनाउन सक्छन् ।
4 og alle Steder, hvor de tiloversblevne bor som fremmede, skal Beboerne støtte dem med Sølv, Guld, Heste og Kvæg, bortset fra de frivillige Gaver til Guds Hus i Jerusalem.
राज्यको कुनै पनि क्षेत्रमा भएका मानिसहरू जहाँ त्यस देशका बाँकी बचेकाहरू बसोबास गर्दैछन्, तिनीहरूले यरूशलेममा भएको परमेश्‍वरको मन्दिर बनाउनलाई चाँदी र सुन, धनदौलत र गाईवस्तु अनि स्वेच्छा भेटी दिनुपर्छ ।”
5 Da brød Overhovederne for Judas og Benjamins Fædrenehuse og Præsterne og Leviterne op, alle, hvis Ånd Gud vakte, så de drog op for at bygge HERRENs Hus i Jerusalem;
तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे ।
6 og bortset fra alle de frivillige Gaver kom alle deres Naboer dem til Hjælp med alt, både Sølv, Guld, Heste og Kvæg og Kostbarheder i Mængde.
तिनीहरूका वरिपरि भएकाहरूले तिनीहरूको कामलाई चाँदी, सुनका चिजहरू, धन-सम्पत्ति, गाईवस्तु, मुल्यवान चिजहरू र स्वेच्छा भेटीहरू दिएर सहयोग गरे ।
7 Og Kong Kyros udleverede Karrene fra HERRENs Hus, som Nebudkadnezar havde ført bort fra Jerusalem og ladet opstille i sin Guds Hus;
नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्‍दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले ।
8 dem gav Perserkongen Kyros ny til Skatmesteren Mitredat, og han talte dem og overgav dem til Sjesjbazzar, Judas Fyrste.
कोरेसले ती कोषाध्‍यक्ष मित्रेताको हातमा दिए जसले यहूदाका अगुवा शेशबस्सरको निम्ति ती चीजहरूको गणना गरे ।
9 Og Tallet på dem var følgende: 30 Guldbækkener, 1000 Sølvbakker, 29 Røgelsesskåle,
ती वस्तुहरूको सङ्ख्या यस प्रकार थिए: सुनका भाँडा तिसवटा, चाँदीका भाँडा एक हजारवटा, उनन्तिसवटा बाटा,
10 30 Guldbægre, 410 Sølvbægre af ringere Art og 1000 andre Kar,
सुनका कचौरा तिसवटा, चार सय दसवटा चाँदीका स-साना कचौरा र एक हजारवटा अन्य भाँडाकुँडा ।
11 i alt 5400 Kar, dels af Guld og dels af Sølv. Alt dette bragte Sjesjbazzar med sig, da de landflygtige drog op fra Babel til Jerusalem.
सुन र चाँदीका सामानको जम्मा सङ्ख्या ५,४०० ओटा थियो । निर्वासितहरू बेबिलोनबाट यरूशलेममा फर्कंदा शेशबस्सरले ती सबै कुरा ल्याए ।

< Ezra 1 >