< Ezekiel 42 >

1 Derpå førte han mig ud i den indre forgård i nordlig retning, og han førte mig til Kamrene, som lå ud imod den afspærrede Plads og Bagbygningen, nogle på den ene Side, andre på den anden.
त्यसपछि ती मानिसले मलाई उत्तरी भागको बाहिरी चोकमा लगे, र तिनले मलाई बाहिरी चोक र उत्तरतिरको बाहिरी भित्तामा भएका बर्दलीहरूमा मलाई ल्याए ।
2 Længden var hundrede Alen og Bredden halvtredsindstyve.
यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो ।
3 Over for Portene, som hørte til den indre Forgård, og over for Stenbroen, som hørte til den ydre Forgård, var der Gang over for Gang i tre Stokværk.
यी बार्दलीमध्ये केही भित्री चोकतिर फर्केका थिए र तिनीहरू पवित्र-स्थानबाट बिस हात टाढा थिए । त्यहाँ बार्दलीहरूका तिन तह थिए, र माथिहरू तलतिर फर्केका थिए, ती दुईको बिचमा खुला भाग थियो । केही बार्दलीहरूचाहिं बाहिरी चोक तिर फर्केका थिए ।
4 Foran Kamrene var der en Forgang, ti Alen bred og hundrede Alen lang, og deres Døre vendte mod Nord.
ती बार्दलीहरूका अगाडि दश हात चौडा र एक सय हात लामो बाटो थियो । ती बार्दलीहरूका ढोकाहरू उत्तरतर्फ थिए ।
5 De øvre Kamre var de snævreste, thi Gangen tog noget af deres Plads, så at de var mindre end de nederste og mellemste.
तर माथिल्ला बार्दलीहरू साना थिए, किनभने बाटोहरूले भवनको तल्लो र बिचको तहमा भन्दा ती बार्दलीहरूले धेरै ठाउँ ओगटेको थियो ।
6 Thi de havde tre Stokværk og ingen Søjler svarende til den ydre Forgårds; derfor var de øverste snævrere end de nederste og mellemste.
किनकि तेस्रो तल्लाका बार्दलीहरूमा खम्बाहरू थिएनन्, तर चोकमा भने खम्बाहरू थिए । यसकारण तल्लो र बिचको तहका बार्दलीहरूका तुलनामा माथिल्लो तल्लाका बार्दलीहरू साँघुरा थिए ।
7 Der løb en Mur udenfor langs Kamrene i Retning af den ydre Forgård; foran Kamrene var dens Længde halvtredsindstyve Alen;
बाहिरी भित्ता कोठाहरूबाट भएर बाहिरी चोकसम्म पुग्थे, र चोकचाहिं कोठाहरूको अगाडि थियो । त्यो भित्ताको लमाइ पचास हात थियो ।
8 thi Kamrene, som lå ved den ydre Forgård, havde en samlet Længde af halvtredsindstyve Alen, og de lå over for hine, i alt hundrede Alen.
बाहिरी चोकका कोठाहरूको लमाइ पचास हात थियो, र पवित्र-स्थानतिर फर्केका कोठाहरूको लमाइ एक सय हात थियो ।
9 Neden for disse Kamre var indgangen på Østsiden, når man gik ind i dem fra den ydre Forgård,
पूर्वपट्टिबाट तल्ला कोठाहरूका निम्ति बाहिर चोकतिरबाट एउटा ढोका थियो ।
10 ved Begyndelsen af den ydre Mur. Derpå førte han mig mod Syd; og der var også Kamre ud imod den afspærrede Plads og Bagbygningen
पवित्र-स्थानको भित्री चोकको अगाडिको बाहिरी चोकको पूर्वीय भागको चोकमा पनि कोठाहरू थिए ।
11 med en Gang foran; de så ud som Kamrene mod Nord; havde samme Længde og Bredde, og alle Udgange var her som hist, ligesom de var indrettet på samme Måde.
ती कोठाहरूका अगाडि बाटो थियो । ती कोठाहरूको वनावट उत्तरी भागका कोठाहरूजस्‍ता थिए । तिनीहरूका लमाइ, चौडाइ, बाहिर निस्कने ढोका, वनावट र ढोकाहरू उस्तै थिए ।
12 Men deres Døre vendte mod Syd..."
दक्षिण भागमा ती कोठाहरूमा जाने ढोकाहरू थिए जुन उत्तरका ढोकाहरूजस्‍तै थिए । भित्री बाटोको मुखमै एउटा ढोका थियो, र त्यो बाटो धेरै कोठाहरूसम्म पुग्थ्यो । पूर्वपट्टि एउटा छेउमा त्यस बाटोमा जाने ढोकाको थियो ।
13 Og han sagde til mig: "Kamrene mod Nord og Syd, som ligger ud mod den afspærrede Plads, er de hellige Kamre, hvor Præsterne, der nærmer sig HERREN, skal spise det højhellige; der skal de gemme det højhellige, Afgrødeofrene, Syndofrene og Skyldofrene, thi Stedet er helligt;
तब ती मानिसले मलाई भने, “बाहिरी चोकको अगाडि भएका उत्तरी कोठाहरू र दक्षिणी कोठाहरू पवित्र कोठाहरू हुन् । त्‍यहाँ परमप्रभुसँग नजिकबाट काम गर्ने पुजारीहरूले अति पवित्र भोजन खान्छन् । त्यहाँ तिनीहरूले अति पवित्र कुराहरू अर्थात् अन्‍नबलि, पापबलि, र दोषबलि राख्‍छन्, किनकि यो पवित्र ठाउँ हो ।
14 og når Præsterne træder ind - de må ikke fra Helligdommen træde ud i den ydre Forgård - skal de der nedlægge deres Klæder, som de gør Tjeneste i, da de er hellige, og iføre sig andre Klæder; da først må de nærme sig det, der hører Folket til."
पुजारीहरू त्यहाँ प्रवेश गरेपछि, आफूले सेवा गर्ने वस्‍त्रलाई नफुकाली पवित्र-स्थानबाट तिनीहरू बाहिरी चोकमा जानुहुँदैन, किनभने ती पवित्र छन् । यसरी तिनीहरू मानिसहरूका नजिक जानुभन्दा अगाडि अरू वस्‍त्र लगाउनुपर्छ ।”
15 Da han var til Ende med at udmåle Templets Indre, førte han mig hen til den Port, hvis Forside vendte mod Øst, og målte til alle Sider;
ती मानिसले भित्री मन्‍दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।
16 han målte med Målestangen Østsiden; den var efter Målestangen 500 Alen; så vendte han sig og
तिनले पूर्वी भागलाई एउटा नाप्‍ने लौरोले नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
17 målte med Målestangen Nordsiden til 500 Alen;
तिनले उत्तरी भागलाई नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
18 så vendte han sig og målte med Målestangen Sydsiden til 500 Alen;
तिनले दक्षिणी भागलाई पनि नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
19 og han vendte sig og målte med Målestangen Vestsiden til 500 Alen.
तिनी फर्केर पश्‍चिमी भागलाई पनि नापे, नाप्‍ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
20 Til alle fire Sider målte han Pladsen; og der var en Mur rundt om, 500 Alen lang og 500 Alen bred, til at sætte Skel mellem det, som er helligt, og det, som ikke er helligt.
तिनले त्यो चारैपट्टि नापे । पवित्र ठाउँलाई साधारण ठाउँबाट अलग गर्नको निम्ति त्यसको वरिपरि एउटा भित्ता थियो, जुन पाँच सय हात लामो र पाँच सय हात चौडा थियो ।

< Ezekiel 42 >