< Ezekiel 39 >
1 Du, Menneskesøn, Profeter mod Gog og sig: Så siger den Herre HERREN. Se, Jeg kommer over dig, Gog, Fyrste over Rosj, Mesjek og Tubal!
“हे मानिसको छोरा, गोगको विरुद्धमा अगमवाणी गरेर भन्: प्रभु याहवेह यसो भन्नुहुन्छ: ‘हे गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु।
2 Jeg vender dig, leder dig og fører dig op fra det yderste Nord og bringer dig til Israels Bjerge.
म तँलाई फनक्क फर्काउनेछु र घिसार्नेछु। म तँलाई सुदूर उत्तरबाट ल्याउनेछु र इस्राएलका पहाडहरूका विरुद्धमा पठाउनेछु।
3 Så slår jeg Buen ud af din venstre Hånd og lader Pilene falde ud af din højre.
तब म तेरो देब्रे हातमा भएको धनुमाथि प्रहार गर्नेछु, र तेरो दाहिने हातमा भएका काँडहरूलाई खसालिदिनेछु।
4 På Israels Bjerge skal du falde, du og alle dine Hobe og Folkeslagene, der følger dig; jeg giver dig til Føde for alle Hånde Rovfugle og Markens vilde Dyr.
इस्राएलका पहाडहरूमा तँ, तेरा सबै सेना दलहरू, र तँसँग भएका जातिहरू ढल्नेछन्। म तँलाई आहाराको रूपमा सिनो खाने सबै प्रकारका पक्षीहरू र जङ्गली पशुहरूलाई दिनेछु।
5 I åben Mark skal du falde, så sandt jeg har talet, lyder det fra den Herre HERREN.
तँ खुला मैदानमा ढल्नेछस्; किनकि मैले बोलेको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
6 Og jeg sætter Ild på Magog og på de fjerne Strandes trygge Indbyggere; og de skal kende, at jeg er HERREN.
म मागोग र समुद्रका किनारहरूमा सुरक्षित बस्नेहरूमाथि आगो पठाउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।
7 Mit hellige Navn kundgør jeg midt i mit Folk Israel, og jeg vil ikke mere vanhellige mit hellige Navn; og Folkene skal kende, at jeg er HERREN, den Hellige i Israel.
“‘मेरो प्रजा इस्राएलको बीचमा मेरो पवित्र नामलाई चिनाउनेछु। अबदेखि उसो फेरि मेरो पवित्र नामलाई म अपवित्र हुन दिनेछैनँ; अनि जाति-जातिहरूले म याहवेह नै इस्राएलमा पवित्र परमेश्वर हुँ भनी जान्नेछन्।
8 Se, det kommer, det skal ske, lyder det fra den Herre HERREN; det er Dagen, jeg har talet om.
यो आइरहेको छ! यो निश्चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। मैले भनेको दिन यही हो।
9 Så skal Indbyggerne i Israels Byer gå ud og gøre Ild på og tænde op med Rustninger, små og store Skjolde, Buer, Pile, Håndstave og Spyd; og de skal bruge det til at gøre Ild med i syv År.
“‘तब इस्राएलका सहरहरूमा बस्नेहरू बाहिर निस्केर जानेछन्; अनि हतियारहरू दाउराझैँ प्रयोग गर्नेछन् र ती जलाइदिनेछन्—साना र ठूला ढालहरू, धनु र काँडहरू, लडाइँका लाठाहरू र भालाहरू। सात वर्षसम्म तिनीहरूले ती हतियारहरूलाई दाउराको रूपमा प्रयोग गर्नेछन्।
10 De skal ikke hente Træ i Marken eller hugge Brænde i Skovene, men gøre Ild på med Rustningerne. De skal plyndre dem, de plyndredes af, og hærge dem, de hærgedes af, lyder det fra den Herre HERREN.
तिनीहरूले मैदानबाट दाउरा बटुल्न आवश्यक पर्नेछैन, न त जङ्गलबाट काट्नु पर्नेछ; किनकि तिनीहरूले ती हतियारहरूलाई दाउराको निम्ति प्रयोग गर्नेछन्। तिनीहरूले आफूलाई लुट्नेहरूलाई लुट्नेछन् र तिनीहरूलाई खोस्नेहरूलाई तिनीहरूले खोस्नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
11 Og på hin Dag giver jeg Gog et Gravsted i Israel, Vandringsmændenes dal østen for Havet, og den skal spærre Vejen for Vandringsmænd; der skal de jorde Gog og hele hans larmende Hob og kalde Stedet: Gogs larmende Hobs dal.
“‘त्यस दिन म गोगलाई इस्राएलको सागरको पूर्वतिर यात्रा गर्नेहरूको बेँसीमा एउटा चिहान दिनेछु। गोग र त्यसका सबै सेना दलहरू त्यहाँ गाडिएको कारण यात्रीहरूको बाटो बन्द हुनेछ। यसकारण त्यसलाई हमोन गोगको बेँसी भनिनेछ।
12 Israels Hus skal have hele syv Måneder til at jorde dem og således rense Landet.
“‘देशलाई शुद्ध पार्नका निम्ति इस्राएलका मानिसहरूले तिनीहरूलाई सात महिनासम्म गाडिरहनेछन्।
13 Alt folket i Landet skal jorde dem, og det skal tjene til deres Ros, på den Dag jeg herliggør mig, lyder det fra den Herre HERREN.
देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन्; अनि मैले मेरो महिमा प्रकट गरेको दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
14 Man skal udvælge fast Mandskab til at drage Landet rundt og søge efter dem, der er blevet tilbage ud over Landet, for at rense det; når syv Måneder er gået, skal de skride til at søge;
देशलाई शुद्ध पार्नका निम्ति मानिसहरू नियमित रूपमा नियुक्त गरिनेछन्। तिनीहरू देशभरि जानेछन्; अनि तिनीहरूले अरू मानिसहरूसँग मिलेर जमिनमा लडिरहेका मृत शरीरहरूलाई गाड्नेछन्। “‘सात महिना बितेपछि तिनीहरूले आफ्नो विस्तृत खोजी सुरु गर्नेछन्।
15 og når de vandrer Landet rundt og en får Øje på Menneskeknogler, skal han sætte et Mærke derved, for at Graverne kan jorde dem i Gogs larmende Hobs Dal;
जब तिनीहरू देशभरि जान्छन्, र मानव हड्डीलाई जो कोहीले देख्छन्, तब चिहान खन्नेहरूले त्यसलाई हमोन गोगको बेँसीमा नगाडेसम्म, त्यस हड्डीको छेउमा एउटा चिन्ह लगाइराख्नेछन्।
16 også skal en By have Navnet Hamona". Således skal de rense Landet.
त्यहाँ सहरको नजिक हमोनाह नाम भएको एउटा सहर पनि हुनेछ। यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्।’
17 Og du, Menneskesøn! Så siger den Herre HERREN: Sig til alle Fugle og alle Markens vilde Dyr: Saml eder og kom hid, kom sammen alle Vegne fra til mit Slagtoffer, som jeg slagter for eder, et vældigt Slagtoffer på Israels Bjerge; I skal æde Kød og drikke Blod!
“हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्नुहुन्छ: हरेक किसिमका चरा र सबै जङ्गली पशुहरूलाई बोलाएर भन्: ‘मैले तिमीहरूका निम्ति तयार पारिरहेको इस्राएलको पर्वतहरूमाथि हुने ठूलो बलिदानमा चारैतिरबाट एकसाथ भेला होओ। त्यहाँ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ।
18 Kød af Helte skal I æde, Blod af Jordens Fyrster skal I drikke, Vædre, Får, Bukke og Tyre, alle fedet i Basan.
तिमीहरूले वीर योद्धाहरूका मासु खानेछौ, र तिमीहरूले पृथ्वीका शासकहरूको रगत, साँढभेडाहरू, थुमाहरू र बाख्राहरू र गोरुहरूका रगतझैँ पिउनेछौ; तिनीहरू सबै बासानका मोटा जनावरहरूजस्ता थिए।
19 I skal æde eder mætte i Fedt og drikke eder drukne i Blod af mit Slagtoffer, som jeg slagter for eder.
मैले तिमीहरूका निम्ति तयार पारिरहेको बलिदानमा तिमीहरूले वाक्क भइन्जेल मोटो मासु खानेछौ, र मातिन्जेल रगत पिउनेछौ।
20 I skal mætte eder ved mit Bord med Køreheste og Rytterheste, Helte og alle Hånde Krigsfolk, lyder det fra den Herre HERREN.
मेरो टेबुलमा तिमीहरूले अघाउन्जेल घोडाहरू र तिनका सवारहरू, वीर योद्धाहरू र हरेक किसिमका सैनिकहरूलाई खानेछौ,’ प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
21 Jeg åbenbarer min Herlighed blandt Folkene, og alle Folkene skal skue den Dom, jeg fuldbyrder, og min Hånd, som jeg lægger på dem.
“म मेरो महिमा जातिहरूको बीचमा प्रदर्शन गर्नेछु; अनि मैले तिनीहरूमाथि ल्याएको दण्ड र मैले तिनीहरूमाथि मेरो हात राखेको सबै जातिहरूले देख्नेछन्।
22 Israels Hus skal kende, at jeg, HERREN, er deres Gud fra hin Dag og fremdeles;
त्यस दिनदेखि उसो इस्राएलका मानिसहरूले म याहवेह नै तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन्।
23 og Folkene skal kende, at Israels Hus vandrede i Landflygtighed for deres Misgerningers Skyld, fordi de var troløse imod mig, så jeg skjulte mit Åsyn for dem og gav dem i deres Fjenders Hånd, hvorfor de alle faldt for Sværdet.
इस्राएलका मानिसहरू मप्रति अविश्वासयोग्य भएकाले तिनीहरूका पापको कारण तिनीहरू निर्वासनमा गएका थिए भनी ती जातिहरूले जान्नेछन्। यसकारण मैले तिनीहरूबाट आफ्नो अनुहार लुकाएँ र तिनीहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिएँ; अनि तिनीहरू सबै तरवारद्वारा मारिए।
24 Efter deres Urenhed og deres Overtrædelser handlede jeg med dem og skjulte mit Åsyn for dem.
मैले तिनीहरूसँग तिनीहरूका अशुद्धपन र तिनीहरूका अपराधअनुसार व्यवहार गरेँ; अनि मैले मेरो अनुहार तिनीहरूबाट लुकाएँ।
25 Derfor, så siger den Herre HERREN; Nu vil jeg vende Jakobs Skæbne, forbarme mig over alt Israels Hus og være nidkær for mit hellige Navn;
“यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: अब म याकोबका सुदिन पुनर्स्थापित गर्नेछु, र इस्राएलका सबै मानिसहरूप्रति दया देखाउनेछु; अनि म मेरो पवित्र नामका निम्ति जोशिलो हुनेछु।
26 og de skal glemme deres Skændsel og al den Troløshed, de viste mig, når de bor trygt i deres Land, uden at nogen skræmmer,
जब तिनीहरू आफ्ना देशमा सुरक्षितसाथ बस्नेछन्, र कसैबाट भयभीत हुनेछैनन्, तब तिनीहरूले आफ्ना शर्म र तिनीहरूले मप्रति देखाएका अविश्वासनियता बिर्सनेछन्।
27 når jeg fører dem tilbage fra Folkeslagene, samler dem fra deres Fjenders Lande og helliger mig på dem for mange Folks Øjne.
जब म तिनीहरूलाई जाति-जातिहरूबाट फर्काएर ल्याउनेछु, र तिनीहरूका शत्रुहरूका देशहरूबाट तिनीहरूलाई भेला गराउनेछु, तब म तिनीहरूद्वारा धेरै जातिहरूको दृष्टिमा आफूलाई पवित्र प्रमाणित गर्नेछु।
28 Og de skal kende, at jeg er HERREN deres Gud, når jeg efter at have ført dem i Landflygtighed blandt Folkene samler dem i deres Land uden at lade nogen af dem blive tilbage derude
तब तिनीहरूले म याहवेह नै तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन्; किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासनमा पठाए तापनि म तिनीहरूमध्ये कसैलाई पनि नछोडी तिनीहरूका आफ्नै देशमा भेला गराउनेछु।
29 og ikke mere skjuler mit Åsyn for dem, da jeg har udgydt min Ånd over Israels Hus, lyder det fra den Herre HERREN.
म तिनीहरूबाट अब उप्रान्त फेरि मेरो अनुहार लुकाउनेछैनँ; किनकि म मेरो आत्मा इस्राएलका मानिसहरूमाथि खन्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”