< 5 Mosebog 19 >
1 Når HERREN din Gud får udryddet de Folk, hvis Land HERREN din Gud vil give dig, og du får dem drevet bort og har bosat dig i deres Byer og Huse,
परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई नष्ट गरी तिनीहरूको देश तिमीहरूलाई अधिकार गर्न दिनुहुँदा तिनीहरूपछि तिमीहरू तिनीहरूका सहर र घरहरूमा आएर बस्ने छौ ।
2 da skal du udtage dig tre Byer midt i dit Land, som HERREN din Gud giver dig i Eje.
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्नुभएको देशको बिचमा आफ्नो लागि तिनवटा सहर रोज्नू ।
3 Du skal sætte Vejen til dem i Stand og dele dit Landområde, som HERREN din Gud tildeler dig, i tre Dele, for at enhver Manddraber kan ty derhen.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्नुभएको देशलाई तिन भागमा विभाजन गरी ती सहरहरूमा जाने सिमाना निर्धारण गर्नू ताकि ज्यानमारा त्यहाँ भागेर जान सकोस् ।
4 Men om de Manddrabere, der har Ret til at ty derhen for at redde Livet, gælder følgende: Når nogen af Vanvare slår sin Næste ihjel, uden at han i Forvejen har båret Nag til ham,
जसले आफ्नो छिमेकीलाई पहिले घृणा गर्दैनथ्यो र त्यसले अजानमा उसलाई मार्यो भने मारेर त्यहाँ बस्न जाने व्यक्तिको विषयमा भएको व्यवस्था यही हो ।
5 når således en går med sin Næste ud i Skoven for at fælde Træer, og hans Hånd svinger Øksen for at fælde et Træ, og Jernet farer ud af Skaftet og rammer hans Næste, så han dør, da må han ty til en af disse Byer og redde Livet,
उदाहरणको लागि, कुनै मानिस आफ्नो छिमेकीसँगै दाउरा काट्न जङ्गलमा जान्छ र रुख ढाल्नलाई बञ्चरो चलाउँदा बञ्चरो बीँडबाट फुस्केर छिमेकीलाई लागेर त्यो मर्यो भने त्यो मान्छे यीमध्ये कुनै एउटा सहरमा भागेर आफ्नो ज्यान बचाउन सक्छ ।
6 for at ikke Blodhævneren i Ophidselse skal sætte efter Manddraberen og, fordi Vejen er for lang, indhente ham og slå ham ihjel, skønt han ikke havde fortjent Døden, eftersom. han ikke i Forvejen havde båret Nag til ham.
नत्रता बाटो लामो छ भने बदला लिने व्यक्ति त्यो ज्यान मार्नेको पछि गई त्यसको तातो रिसमा त्यसलाई उछिनी त्यसलाई प्रहार गरेर मार्न सक्छ यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि विगतमा त्यसले आफ्नो छिमेकीलाई घृणा गरेको थिएन ।
7 Derfor giver jeg dig dette Bud: Tre Byer skal du udtage dig!
त्यसकारण, तिमीहरूले आफ्ना लागि तिनवटा सहर अलग गर्नू भनी म आज्ञा दिन्छु ।
8 Og dersom HERREN din Gud udvider dine Landemærker, som han tilsvor dine Fædre, og giver dig hele det Land, han lovede at give dine Fædre,
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका सिमाना बढाइदिनुभयो र तिमीहरूलाई पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो भने
9 fordi du omhyggeligt overholder alle disse Bud, som jeg i Dag pålægger dig, idet du elsker HERREN din Gud og vandrer på hans Veje alle Dage, så skal du føje endnu tre Byer til disse tre,
र आज मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै आज्ञा अर्थात् परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र सधैँ उहाँका मार्गहरूमा हिँड्ने आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने तिमीहरूले यी तिनवटा सहरका अतिरिक्त अन्य तिनवटा पनि थप्नुपर्छ ।
10 for at der ikke skal udgydes uskyldigt Blod i dit Land, som HERREN din Gud giver dig i Eje, så du pådrager dig Blodskyld.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्नाका लागि यसो गर ।
11 Men når en Mand, som bærer Nag til sin Næste, lægger sig på Lur efter ham, overfalder ham og slår ham ihjel, og han så flygter til en af disse Byer,
तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ र त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने
12 skal hans Bys Ældste sende Bud og lade ham hente hjem derfra og overgive ham i Blodhævnerens Hånd, og han skal lade sit Liv.
त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् ।
13 Skån ham ikke, men rens Israel for den uskyldiges Blod, at det må gå dig vel.
तिमीहरूका आँखाले त्यसलाई दया देखाउनुहुँदैन । बरु, तिमीहरूले इस्राएलबाट निर्दोषको हत्याको दोषलाई निर्मूलन गर्नुपर्छ ताकि तिमीहरूको भलो हुन सकोस् ।
14 Du må ikke flytte din Næstes Markskel, som tidligere Slægter har sat, ved den Arvelod, du får tildelt i det Land, HERREN din Gud vil give dig i Eje.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ ।
15 En enkelt kan ikke optræde som Vidne mod en Mand, når det angår Misgerning eller Synd, hvad Synd det end er, han begår; kun på to eller tre Vidners Udsagn kan en Sag afgøres.
कुनै पनि विषयमा कुनै पनि अपराध वा पापको लागि एउटै मात्र साक्षी खडा नहोस् । दुई वा तिन जनाको साक्षीको आधारमा त्यस विषयको पुष्टि होस् ।
16 Når et ondsindet Vidne optræder mod nogen og beskylder ham for Lovbrud,
कसैले गलत काम गरेको छ भनी कुनै अधर्मी मानिस खडा हुन सक्छ ।
17 skal begge de stridende fremstille sig for HERRENs Åsyn, for de Præster og Dommere, der er til den Tid,
कुरा नमिलेको दुवै जना व्यक्ति परमप्रभु, पुजारीहरू र ती दिनमा सेवा गर्ने न्यायकर्ताहरूको सामु खडा होऊन् ।
18 og Dommerne skal undersøge Sagen grundigt, og hvis det viser sig, at Vidnet er et falsk Vidne, der har aflagt falsk Vidnesbyrd mod sin Broder,
न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरून् । हेर, साक्षी झुटो रहेछ र त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ भने
19 så skal I gøre med ham, som han havde til Hensigt at gøre med sin Broder; du skal udrydde det onde af din Midte.
त्यसले आफ्नो भाइलाई जे गर्ने सोच बनाएको थियो, त्यसलाई त्यसै गर्नू । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्टता हटाउनू ।
20 Når da de andre hører det, vil de gribes af Frygt og ikke mere øve en sådan Udåd i din Midte.
तब बाँकी हुनेहरू यो सुनेर डराने छन्, अनि त्यसपछि कसैले पनि तिमीहरूका बिचमा यस्तो दुष्टता गर्ने छैन ।
21 Du må ikke vise Skånsel: Liv for Liv, Øje for Øje, Tand for Tand, Hånd for Hånd, Fod for Fod!
तिमीहरूले दया नदेखाउनू । ज्यानको सट्टा ज्यान, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र गोडाको सट्टा गोडा हुने छ ।