< Daniel 12 >
1 Til den Tid skal Mikal stå frem, den store fyrste, som værner dit Folks Sønner, og en Trængselstid kommer, som hidtil ikke har haft sin Mage, så længe der var Folkeslag til. Men på den Tid skal dit Folk frelses, alle, der er optegnet i Bogen.
“त्यस बेला तिम्रा जातिलाई रक्षा गर्ने प्रधान स्वर्गदूत मिखाएल खडा हुनेछन्। तब यस्तो सङ्कष्टको समय आउनेछ, कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म कहिल्यै आएको थिएन। तर त्यस बेला यस पुस्तकमा नाम लेखिएका तिम्रा सबै मानिस बचाइनेछन्।
2 Og mange af dem, der sover under Mulde, skal vågne, nogle til evigt Liv, andre til Skam, til evig Afsky.
पृथ्वीको धुलोमा मरेर सुत्नेहरूका भीड उठ्नेछन्: केही अनन्त जीवनको निम्ति, अरू बाँकी मानिसहरूचाहिँ शर्म र अनन्त दण्डका निम्ति।
3 De forstandige skal stråle som Himmelhvælvingens Glans, og de, der førte de mange til Retfærdighed, skal lyse som Stjerner evigt og altid.
जो बुद्धिमान् छन्, तिनीहरू दिनको आकाशजस्तै चम्कनेछन्, र धेरै मानिसहरूलाई धार्मिकतामा डोर्याउनेहरूचाहिँ रातको ताराहरूजस्तै सदासर्वदाका निम्ति चम्किरहनेछन्।
4 Men du, Daniel, sæt Lukke for Ordene og Segl for Bogen til Endens Tid! Mange skal granske i den, og Kundskaben skal blive stor."
तर हे दानिएल, तिमीले यस मुट्ठाका वचनहरूलाई अन्तको समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरेर राख। धेरै मानिसहरू ज्ञानको वृद्धि गर्नलाई यताउता जानेछन्।”
5 Og jeg, Daniel, skuede, og se, der stod to andre hver på sin Side af Floden.
त्यसपछि म, दानिएलले मेरो सामु अरू दुई जना भएको देखेँ; एक जनाचाहिँ नदीको यतापट्टि र अर्कोचाहिँ उतापट्टिको किनारमा उभिएका थिए।
6 Og den ene spurgte Manden, som bar de linnede Klæder og svævede over Flodens Vande: "Hvor længe varer det, før disse sælsomme Ting er til Ende?"
तीमध्ये एक जनाले सुतीको लुगा लगाएर नदीको पानीमाथि उभिरहेका त्यस मानिसलाई भने, “यी अचम्मका दर्शनका कुराहरूको अन्त कहिले हुनेछ?”
7 Så hørte jeg Manden i de linnede Klæder, ham, som svævede over Flodens Vande, sværge ved ham, som lever evindelig, idet han løftede begge Hænder mod Himmelen: "Een Tid, to Tider og en halv Tid! Når hans Magt, som knuser det hellige Folk, er til Ende, skal alle disse Ting fuldbyrdes."
सुतीको लुगा लगाएका मानिस, जो नदीका पानीहरूमाथि उभिएका थिए, तिनले आफ्नो दाहिने हात र देब्रे हात स्वर्गतिर उठाए; अनि तिनले सदा जीवित रहनुहुनेको नाममा शपथ खाँदै यसो भनिरहेका मैले सुनेँ, “यो एक समय, दुई समयहरू, र आधा समयको निम्ति हुनेछ। जब पवित्र जातिको शक्ति पूर्ण रूपमा अन्त्य हुनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन्।”
8 Og jeg hørte det, men fattede det ikke; så spurgte jeg: "Herre hvad er det sidste af disse Ting?"
म, दानिएलले स्वर्गदूतले भनेका कुराहरू सुनेँ, तर मैले बुझिनँ। यसकारण मैले सोधेँ, “मेरा प्रभु, यी सबै कुराको अन्तिम परिणाम के हुनेछ?”
9 Og han svarede: "Gå bort, Daniel, thi for Ordene er der sat Lukke og Segl til Endens Tid.
तिनले जवाफ दिए, “दानिएल, तिमी आफ्नो बाटो लाग; किनकि यी वचनहरू अन्तिम समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरिएका छन्।
10 Mange skal sigtes, renses og lutres, men de gudløse handler gudløst, og ingen af de gudløse skal forstå, men det skal de forstandige.
धेरै जना शुद्ध पारिनेछन्, निष्खोट बनाइनेछन् र स्वच्छ हुनेछन्, तर दुष्टहरूले चाहिँ दुष्ट काम नै गर्नेछन्। दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैनन्, तर बुद्धिमान्हरूले चाहिँ बुझ्नेछन्।
11 Fra den Tid det daglige Offer ophæves og Ødelæggelsens Vederstyggelighed rejses, skal der gå 1290 Dage.
“दैनिक बलिदान हटाइएको र उजाड पार्ने घृणित वस्तुहरू स्थापित गरिएको समयदेखि 1,290 दिनहरू हुनेछन्।
12 Salig er den, der holder ud og oplever 1335 Dage.
धन्य हुन् तिनीहरू, जसले प्रतीक्षा गर्छन् र 1,335 दिनको अन्त्यसम्म विश्वासयोग्य रहन्छन्।
13 Men gå du, Enden i Møde, læg dig til Hvile og stå op til din Lod, ved Dagenes Ende!
“तर तिमीचाहिँ आफ्नो अन्तिम समयसम्म दृढ भइरह। तिमीले विश्राम गर्नेछौ, र त्यसपछिका दिनहरूको अन्त्यमा तिमी आफ्नो तोकिएको उत्तराधिकार प्राप्त गर्न मृत अवस्थाबाट बौरी उठ्नेछौ।”