< Apostelenes gerninger 23 >
1 Da så Paulus fast på Rådet og sagde: "I Mænd, Brødre! jeg har med al god Samvittighed vandret for Gud indtil denne Dag."
पावलले महासभाका मानिसहरूलाई सिधा हेरेर भने, “हे दाजुभाइहरू हो, आजको दिनसम्म म परमेश्वरको अगि सबै असल विवेकमा जिएको छु ।
2 Men Ypperstepræsten Ananias befalede dem, som stode hos ham, at slå ham på Munden.
प्रधान पूजाहारी हननियाले नजिकमा उभिरहेकाहरूलाई पावलको मुखमा हिर्काउन आज्ञा गरे ।
3 Da sagde Paulus til ham: "Gud skal slå dig, du kalkede Væg! Og du sidder for at dømme mig efter Loven, og tvært imod Loven befaler du, at jeg skal slås."
त्यसपछि पावलले तिनलाई भने, “परमेश्वरले तपाईं चुन पोतेको पर्खाललाई पनि प्रहार गर्नुहुनेछ । तपाईं व्यवस्थाद्वारा मेरो न्याय गर्न बसिरहनुभएको छ, र पनि व्यवस्थाको विरुद्धमा गएर मलाई हिर्काउने आज्ञा दिनुहुन्छ?”
4 Men de, som stode hos, sagde: "Udskælder du Guds Ypperstepræst?"
ती नजिकमा उभिरहेकाहरूले भने, “के तँ परमेश्वरका प्रधान पूजाहारीको यसरी निन्दा गर्छस्?”
5 Og Paulus sagde: "Brødre! jeg vidste ikke, at han er Ypperstepræst; thi der er skrevet: En Fyrste i dit Folk må du ikke tale ondt imod."
पावलले भने, “दाजुभाइहरू हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन । किनभने यस्तो लेखिएको छ, ʼतिमीले तिम्रा मानिसहरूका शासकहरूबारे खराब कुरा बोल्नुहुदैन‘।”
6 Men da Paulus vidste, at den ene Del bestod af Saddukæere, men den anden af Farisæere, råbte han i Rådet: "I Mænd, Brødre! jeg er en Farisæer, Søn af Farisæere, for Håb og for dødes Opstandelse er det, jeg dømmes."
जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब उनले परिषद्मा ठुलो सोरले भने, “दाजुभाइहरू हो, म फरिसीका छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मलाई न्याय गरिँदै छ ।”
7 Men da han udtalte dette, opkom der Splid imellem Farisæerne og Saddukæerne, og Mængden blev uenig.
उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो ।
8 Thi Saddukæerne sige, at der ingen Opstandelse er, ej heller nogen Engel eller Ånd; men Farisæerne hævde begge Dele.
किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् ।
9 Men der opstod en stærk Råben; og nogle af de skriftkloge af Farisæernes Parti stode op, strede heftigt og sagde: "Vi finde intet ondt hos dette Menneske; men hvad om en Ånd eller en Engel har talt til ham!"
त्यसैले, त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्त्रीहरू उठे, र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौँ । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त?”
10 Men da der blev stærk Splid frygtede Krigsøversten, at Paulus skulde blive sønderslidt af dem, og befalede Krigsfolket at gå ned og rive ham ud fra dem og føre ham ind i Borgen.
जब त्यहाँ अझै ठुलो विवाद उठ्यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्तान डराए । त्यसैले, उनले तल गएर परिषद्का सदस्यहरूका बिचबाट पावललाई जबरजस्ती सेनाको किल्लामा ल्याउन सेनाहरूलाई आदेश दिए ।
11 Men Natten derefter stod Herren for ham og sagde: "Vær frimodig, thi ligesom du har vidnet om mig i Jerusalem, således skal du også vidne i Rom."
अर्को रात परमेश्वर उनको छेउमा आएर उभिनुभयो, र भन्नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”
12 Men da det var blevet Dag, sloge Jøderne sig sammen og forpligtede sig under Forbandelser til hverken at spise eller drikke, førend de havde slået Paulus ihjel.
जब उज्यालो भयो, केही यहूदीहरूले मतो गरे, र तिनीहरू आफैँमाथि श्राप घोषणा गरेः तिनीहरूले यसो भने, कि तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् ।
13 Og de, som havde indgået denne Sammensværgelse, vare flere end fyrretyve i Tal.
यसरी षड्यन्त्र गर्नेहरू चालिस जनाभन्दा बढी थिए ।
14 Disse gik da til Ypperstepræsterne og de Ældste og sagde: "Vi have under Forbandelser forpligtet os til ikke at smage noget, førend vi have slået Paulus ihjel.
तिनीहरू प्रधान पूजाहारीहरू र अगुवाहरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही नखाने र केही नपिउने भनी ठुलो भाकल गरेका छौँ ।
15 Så giver nu I tillige med Rådet Krigsøversten Meddelelse, for at han må føre ham ned til eder, som om I ville undersøge hans Sag nøjere; men vi ere rede til at slå ham ihjel, førend han kommer derhen."
त्यसैले, उनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने गरी परिषद्ले मुख्य कप्तानलाई पावललाई तल ल्याउनलाई भनोस् । हामीचाहिँ तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौँ ।”
16 Men Paulus's Søstersøn, som havde hørt om dette Anslag, kom og gik ind i Borgen og fortalte Paulus det.
तर तिनीहरूले उनलाई मार्न पर्खिरहेका थिए भनी पावलको भान्जाले सुने । त्यसैले, ऊ सेनाको किल्लाभित्र प्रवेश गरी पावललाई त्यो कुरा बताइदियो ।
17 Men Paulus kaldte en af Høvedsmændene til sig og sagde: "Før denne unge Mand hen til Krigsøversten; thi han har noget at melde ham."
पावलले सेनाहरूमध्ये एक जना कप्तानलाई बोलाएर भने, “यो जवान केटालाई मुख्य कप्तानकहाँ लगिदिनुहोस्, किनभने उसँग उहाँलाई भन्ने केही कुरा छ ।”
18 Da tog han ham og førte ham til Krigsøversten og siger: "Den fangne Paulus kaldte mig og bad mig føre denne unge Mand til dig, da han har noget at tale med dig om."
त्यसैले, उनले जवान केटोलाई मुख्य कप्तानकहाँ लगे, र उनले भने, “कैदी पावलले मलाई बोलाए, र यो केटोलाई तपाईंकहाँ लैजान भने । उसँग तपाईंलाई भन्ने केही कुरा छ ।”
19 Men Krigsøversten tog ham ved Hånden, gik hen til en Side og spurgte: "Hvad er det, som du har at melde mig?"
मुख्य कप्तानले त्यो केटोलाई हातले समातेर गोप्य ठाउँमा लगेर उसलाई सोधे, “तिमीले मलाई के भन्नु छ?”
20 Men han sagde: "Jøderne have aftalt at bede dig om at lade Paulus føre ned for Rådet i Morgen under Foregivende af at ville have nøjere Underretning om ham.
त्यो जवान मानिसले भन्यो, “तिनीहरूले उनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने गरी ती यहूदीहरूले भोलि पावललाई तल परिषद्मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् ।
21 Lad du dig nu ikke overtale af dem; thi mere end fyrretyve Mænd af dem lure på ham, og de have under Forbandelser forpligtet sig til hverken at spise eller at drikke, førend de have slået ham ihjel; og nu ere de rede og vente på dit Tilsagn."
तर पावललाई उनीहरूको हातमा नसुम्पनुहोस्, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस उनलाई मार्न पर्खेर बसिरहेका छन् । उनीहरूले पावललाई नमारेसम्म खाना पनि नखाने र केही पनि नपिउने भनी भाकल गरेका छन् ।”
22 Da lod Krigsøversten det unge Menneske fare og bød ham: "Du skal ingen sige, at du har givet mig dette til Kende."
त्यसैले, प्रमुख कप्तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई भनेका यी कुराहरू अरू कसैलाई पनि नभन्नू ।”
23 Og han kaldte et Par af Høvedsmændene til sig og sagde: "Gører to Hundrede Stridsmænd rede til at drage til Kæsarea og halvfjerdsindstyve Ryttere og to Hundrede Spydkastere fra den tredje Time i Nat; "
त्यसपछि तिनले दुई जना कप्तानलाई बोलाए, र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ ।”
24 og at de skulde bringe Lastdyr for at kunne lade Paulus ride og føre ham sikkert til Landshøvdingen Feliks.
अनि उनले पावलले चढ्न सक्ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्याउनलाई आज्ञा गरे ।
25 Og han skrev et Brev af følgende Indhold:
त्यसपछि उनले यस्तो चिट्ठी लेखे ।
26 "Klaudius Lysias hilser den mægtigste Landshøvding Feliks.
“क्लाउडियस लुसियसबाट, माननीय राज्यपाल फेलिक्सलाई अभिवादन ।
27 Denne Mand havde Jøderne grebet og vilde have slået ham ihjel; men jeg kom til med Krigsfolket og udfriede ham, da jeg erfarede, at han var en Romer.
यी मानिस यहूदीहरूबाट पक्रिएका थिए र तिनीहरूले यिनलाई मार्नै लागेका थिए । जब मैले सैन्यदलसहित गएर यी मानिसको उद्धार गरेँ, त्यसपछि तिनी रोमी नागरिक रहेछन् भन्ने कुरा थाहा पाएँ ।
28 Og da jeg vilde vide Årsagen, hvorfor de anklagede ham, førte jeg ham ned for deres Råd
यिनीहरूले यी मानिसलाई किन दोष लगाएका रहेछन् भनी जान्नको लागि मैले तिनलाई तिनीहरूको परिषद्मा ल्याएँ ।
29 og fandt ham anklaget i Anledning af nogle Stridsspørgsmål i deres Lov, men uden nogen Beskyldning, som fortjente Død eller Fængsel.
मैले थाहा पाएँ, कि उनीहरूले उनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यी मानिसलाई दोष लगाएका रहेछन् । तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने तिनको विरुद्धमा त्यस्तो कसुर भएको मैले देखिनँ ।
30 Men da jeg har fået Underretning om, at der skulde være et hemmeligt Anslag af Jøderne imod Manden, har jeg straks sendt ham til dig efter også at have befalet Anklagerne at fremføre for dig, hvad de have imod ham."
र मलाई यो पनि जानकारी गराइयो, कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्यन्त्र गरिएको थियो । त्यसकारण, मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्नू भनी निर्देशन दिएको छु । बिदा!”
31 Da toge Stridsmændene Paulus, som det var dem befalet, og førte ham om Natten til Antipatris.
यसरी सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञाअनुसार पावललाई लगे, र उनलाई सोही रात एन्टिपाट्रिस ल्याए ।
32 Men næste Dag lode de Rytterne drage videre med ham og vendte selv tilbage til Borgen.
अर्को दिन धेरैजसो सिपाहीहरूले पावललाई घोडचढीहरूसँग छोडेर उनीहरूचाहिँ सैन्य किल्लामा फर्के ।
33 Da hine nu kom til Kæsarea og havde overgivet Landshøvdingen Brevet, fremstillede de også Paulus for ham.
जब घोडचढीहरू कैसरिया पुगे, र तिनीहरूले शासकलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ बुझाए ।
34 Men da han havde læst Brevet og spurgt, fra hvilken Provins han var, og havde erfaret, at han var fra Kilikien, sagde han:
जब शासकले चिट्ठी पढे, उनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे । तिनी किलिकियाबाट आएको कुरा थाहा पाएर
35 "Jeg vil forhøre dig, når også dine Anklagere komme til Stede." Og han bød, at han skulde holdes bevogtet i Herodes's Borg.
उनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्नेछु ।” तब उनले पावललाई हेरोदको दरबारमा राख्ने आज्ञा गरे ।