< 2 Samuel 10 >
1 Nogen Tid efter døde Ammomiternes Konge, og hans Søn Hanun blev Konge i hans Sted.
पछि यस्तो भयो, अम्मोनका मानिसहरूका राजाको मृत्यु भयो, र पछि तिनका छोरा हानून तिनको सट्टामा राजा भए ।
2 Da tænkte David: "Jeg vil vise Hanun, Nahasj's Søn, Venlighed, ligesom hans Fader viste mig Venlighed." Og David sendte Folk for at vise ham Deltagelse i Anledning af hans Faders Død. Men da Davids Mænd kom til Ammoniternes Land.
दाऊदले भने, “तिनका बुबा नाहाशेले मलाई दया देखाएझैँ, म नाहाशका छोरा हानूनलाई दया देखाउने छु ।” त्यसैले दाऊदले तिनका बुबाको सम्बन्धमा हानूनलाई सान्त्वना दिन आफ्ना सेवकहरूलाई पठाए । तिनका सेवकहरू अम्मोनको मानिसहरूको देशमा पसे ।
3 sagde Ammoniternes Høvdinger til deres Herre Hanun: "Tror du virkelig, det er for at hædre din Fader, at David sender Bud og viser dig Deltagelse? Mon ikke det er for at udforske og udspejde Byen og ødelægge den, at David sender sine Folk til dig?"
तर अम्मोनका मानिसहरूका अगुवाहरूलले आफ्ना मालिक हानूनलाई भने, “के साँच्चै दाऊदले तपाईंलाई सान्त्वना दिन मानिसहरू पठाएर तपाईंको बुबालाई आदर गर्दै छन् भनी तपाईं साँच्चै विचार गर्नुहुन्छ? के दाऊदले यो सहरलाई नाश गर्न यसको जासुसी गर्न र यसलाई हेर्न तिनका सेवकहरूलाई पठाएका होइनन् र?”
4 Da tog Hanun Davids Folk og lod det halve af deres Skæg afrage og Halvdelen af deres Klæder skære af til Sædet, og derpå lod han dem gå.
त्यसैले हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका दाह्री आधा खौरे, तिनीहरूको जाँघसम्म तिनीहरूको पोशाक काटिदिए र तिनीहरूलाई पठाए ।
5 Da David fik Efterretning herom, sendte han dem et Bud i Møde, thi Mændene var blevet grovelig forhånet; og Kongen lod sige: "Bliv i Jeriko, til eders Skæg er vokset ud!"
जब तिनीहरूले यो कुरा दऊदलाई बताए, तब तिनले तिनीहरूलाई भेट्न मानिसहरूलाई पठाए, किनकि यी मानिसहरू साह्रै लज्जित भएका थिए । राजाले भने, “तिमीहरूको दाह्री फेरि नबढेसम्म यरीहोमा नै बस र त्यसपचि फर्क ।”
6 Men da Ammoniterne så, at de havde lagt sig for Had hos David, sendte de Bud og lejede Aramæerne fra Bef-Rehob og Zoba, 20000 Mand Fodfolk, Kongen af Ma'aka med 1000 Mand og Folkene fra Tob, 12000 Mand.
जब अम्मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्ने थाहा पाए, अम्मोनका मानिसहरूले दूतहरू पठाए र बेथ-रहोब र सोबाका बिस हजार आरामी पैदल सिपाही, दश हजार सिपाहीसहित माकाका राजा र बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए ।
7 Da David hørte det, sendte han Joab af Sted med hele Hæren og Kærnetropperne.
जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।
8 Ammoniterne rykkede så ud og stillede sig op til Kamp lige uden for Porten, medens Aramæerne fra Zoba og Rehob og Mændene fra Tob og Ma'aka stod for sig selv på åben Mark.
अम्मोनीहरू बाहिर निस्के र आफ्नो सहरको ढोकामा युद्धको मोर्चा बाँधे, जबकि सोबा र रहोबका अरामीहरू, अनि तोब र माकाका मानिसहरू भने तिनीहरूसँगै खुल्ला मैदानमा तैनाथ भए ।
9 Da Joa så, at Angreb truede ham både forfra og bagfra, gjorde han et Udvalg blandt alt Israels udsøgte Mandskab og tog Stilling over for Aramæerne,
जब योआबले अगाडी र पछाडी दुवैतिरबाट युद्धको मोर्चाले आफूतिर सामना गरेको देखे, तिनले इस्राएलका केही उत्कृष्ट योद्धाहरूलाई छाने र तिनीहरूलाई आरामीहरूको विरुद्ध परिचालन गरे ।
10 medens han overlod Resten af Mandskabet til sin Broder Abisjaj, som tog Stilling over for Ammoniterne.
तिनका बाँकी मानिसलाई तिनले आफ्नो भाइ अबीशैको अधीनमा दिए र तिनले उनीहरूलाई बाहिर अम्मोनको फौज विरुद्ध लड्नलाई पठाए ।
11 Og han sagde: "Hvis Aramæerne bliver mig for stærke, skal du ile mig til Hjælp; men bliver Ammoniterne dig for stærke, skal jeg komme og hjælpe dig.
योआबले भने, “आरामीहरू मेरो निम्ति साह्रै बलियो भए भने तिमी अबीशै मेरो उद्धार गर्नुपर्छ । तर अम्मोनका फौज तिम्रो निम्ति निकै बलिया भए भने, म आउने छु र तिम्रो उद्धार गर्ने छु ।
12 Tag Mod til dig og lad os tappert værge vort Folk og vor Guds Byer - så får HERREN gøre, hvad ham tykkes godt!"
बलियो होओ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्वरको सहरहरूका हामी आफूलाई बलियो प्रकट गरौं, किनकि परमप्रभुले आफ्ना मानिसका निम्ति जे असल हुन्छ सो गर्नुहुने छ ।”
13 Derpå rykkede Joab frem med sine Folk til Kamp mod Aramæerne, og de flygtede for ham.
त्यसैले योआब र तिनका फौजका सिपाहीहरू अरामीहरूका विरुद्धमा युद्ध लड्न अगि बढे, जो इस्राएलका फौजका सामु भाग्न बाध्य भए ।
14 Og da Ammoniterne så, at Aramæerne tog Flugten, flygtede de for Abisjaj og trak sig ind i Byen. Derpå vendte Joab tilbage fra Kampen med Ammoniterne og kom til Jerusalem.
जब अम्मोनको फौजले आरामीहरू भागेको देखे, तब तिनीहरू पनि अबीशैबाट भागे र सहरमा फर्केर गए । तब योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा आए ।
15 Men da Aramæerne så, at de var slået af Israel, samlede de sig,
जब आरामीहरूले आफूहरू इस्राएलद्वारा पराजित भएको देखे, तब उनीहरूले फेरि आफूलाई एकसाथ भेला पारे ।
16 og Hadad'ezer sendte Bud og lod Aramæerne hinsides Floden rykke ud, og de kom til Helam med Sjobak, Hadad'ezers Hærfører, i Spidsen.
त्यसपछि हददेजेरले यूफ्रेटिस नदी पारिका आरामी सेनाहरूलाई पनि लिन पठाए । उनीहरू हेलाममा आए र हददेजरका फौजका कमाण्डर शोबाक तिनीहरूको अगिअगि गए ।
17 Da David fik Efterretning herom, samlede han hele Israel, satte over Jordan og kom til Helam, hvor Aramæerne stillede sig op til Kamp mod David og angreb ham.
जब दाऊदलाई यो कुरा भनियो, तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे, यर्दन तरे र हेलाममा आइपुगे । तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे ।
18 Men Aramæerne flygtede for Israel, og David nedhuggede 700 Stridsheste og 40000 Mand af Aram; også deres Hærfører Sjobak slog han ihjel der.
आरामीहरू इस्राएलको सामुबाट भागे र दाऊदले उनीहरूका रथका सात सय मानिस र चालिस हजार घोडचढीलाई मारे । उनीहरूका फौजका कमाण्डर शोबक घाइते भए र त्यहीँ मरे ।
19 Da alle Hadad'ezers Lydkonger så, at de var slået af Israel, sluttede de Fred med Israel og underkastede sig. Og Aramæerne vovede ikke at hjælpe Ammoniterne mere.
जब हददेजेरका अधीनमा भएका सबै राजाले आफू इस्राएलद्वारा परास्त भएको देखे, तब उनीहरूले इस्राएलसँग शान्ति सम्झौता गरे र तिनीहरूका अधीनमा भए । यसरी अरामीहरू अम्मोनका मानिसहरूलाई फेर सहायता गर्न डराए ।