< Første Kongebog 20 >
1 Kong Benhadad af Aram samlede hele sin Hær, og to og tredive Konger fulgte ham med Heste og Stridsvogne; og han drog op og indesluttede Samaria og belejrede det.
अब अरामका राजा बेन-हददले आफ्नो सम्पूर्ण फौजलाई भेला गरे। बत्तीस जना राजाहरू, तिनीहरूका घोडाहरू र रथहरूलाई साथमा लिएर अगि बढे; अनि तिनले सामरियालाई घेरा हालेर त्यसमाथि आक्रमण गरे।
2 Han sendte nu Sendebud ind i Byen til Kong Akab af Israel
तिनले इस्राएलका राजा आहाबकहाँ यसो भनेर दूतहरू पठाए, “बेन-हदद यसो भन्छन्:
3 og lod sige til ham: "Således siger Benhadad: Dit Sølv og Guld er mit, men dine Hustruer og børn kan du beholde!"
‘तिम्रा सुन र चाँदीहरू मेरा हुन्; अनि तिम्रा सबैभन्दा असल पत्नीहरू र छोराछोरीहरू मेरै हुन्।’”
4 Israels Konge lod svare: "Som du byder, Herre Konge! Jeg og alt, hvad mit er, tilhører dig."
इस्राएलका राजाले जवाफ दिए, “हे मेरा मालिक महाराजा, तपाईंले भन्नुभएझैँ म र मसित भएका सबै थोकहरू तपाईंकै हुन्।”
5 Men Sendebudene vendte tilbage og sagde: "Således siger Benha dad: Jeg sendte Bud til dig og lod sige: Dit Sølv og Guld og dine Hustruer og Børn skal du give mig!
दूतहरू फेरि आएर भने, “बेन-हदद यसो भन्छन्: ‘मैले तिम्रो सुन र चाँदी, तिम्रा पत्नीहरू र छोराछोरीहरूको माग गरिसकेको छु।
6 Så sender jeg da i Morgen ved denne Tid mine Folk til dig, og de skal gennemsøge dit Hus og dine Folks Huse og tilvende sig og tage alt, hvad de lyster!"
भोलि यही समयतिर म मेरा अधिकारीहरूलाई तिम्रो दरबार र तिम्रा अधिकारीहरूका घरहरूको छानबिन गर्न पठाउनेछु। तिमीले मूल्यवान् ठानेका चीजहरू कब्जा गरेर तिनीहरूले लैजानेछन्।’”
7 Da lod Israels Konge alle Landets Ældste kalde og sagde: "Der ser I, at Manden har ondt i Sinde, thi nu sender han Bud til mig om mine Hustruer og Børn, og mit Sølv og Guld havde jeg ikke nægtet ham!"
इस्राएलका राजाले देशका सबै प्रधानहरूलाई बोलाउन पठाए, र तिनीहरूलाई भने, “हेर्नुहोस्, यस मानिसले कसरी झगडा गर्ने मौका खोज्दैछ! त्यसले मेरा पत्नीहरू र छोराछोरीहरू अनि मेरा सुन र चाँदीहरू माग गर्दा मैले तिनलाई इन्कार गरिनँ।”
8 Alle de Ældste og alt Folket svarede ham: "Hør ham ikke; du må ikke give efter!"
तब सबै प्रधानहरू र मानिसहरूले जवाफ दिए, “तिनको कुरा नसुन्नुहोस्, र तिनका मागहरूप्रति सहमत नहुनुहोस्।”
9 Da sagde han til Benhadads Sendebud: "Sig til min Herre Kongen: Alt, hvad du første Gang krævede af din Træl, vil jeg gøre, men dette Krav kan jeg ikke opfylde!" Med det Svar vendte Sendebudene tilbage.
यसकारण तिनले बेन-हददका दूतहरूलाई जवाफ दिए, “मेरा मालिक महाराजालाई भनिदेओ, ‘तपाईंको सेवकले तपाईंले पहिले मागेका कुराहरू सबै दिनेछ, तर यो मागचाहिँ म पूरा गर्न सक्दिनँ।’” तिनीहरू गएर त्यो जवाफ बेन-हददकहाँ पुर्याइदिए।
10 Da sendte Benhadad Bud til ham og lod sige: "Guderne ramme mig både med det ene og det andet, om Støvet i Samaria forslår til at fylde Hænderne på alle de Krigere, der følger mig!"
तब बेन-हददले आहाबकहाँ अर्को समाचार पठाए: “सामरियामा मेरा प्रत्येक मानिसहरूलाई एक-एक मुट्ठी पनि पुग्ने गरी धुलो बाँकी रहेछ भने मेरा देवताहरूले मप्रति कठोर व्यवहार गरून्।”
11 Men Israels Konge lod svare: "Sig således: Den, der spænder Bæltet, skal ikke rose sig som den, der løser det!"
इस्राएलका राजाले जवाफ दिए, “तिनलाई यसो भन्नू: ‘कवच धारण गर्नेले कवच उतार्नेले झैँ घमण्ड नगरोस्।’”
12 Benhadad modtog Svaret, just som han sad og drak sammen med Kongerne i Løvhytterne; da sagde han til sine Folk: "Til Storm!" Og de gjorde sig rede til at storme Byen.
जब बेन-हदद र अरू राजाहरू आफ्ना पालहरूमा मद्य पिइरहेका थिए, तब तिनले यो समाचार सुने, र तिनले आफ्ना मानिसहरूलाई “आक्रमण गर्न तयार हुनु” भनेर हुकुम दिए। यसकारण तिनीहरू सहरमाथि आक्रमण गर्न तयार भए।
13 Men en Profet trådte hen til Kong Akab af Israel og sagde: "Så siger HERREN: Ser du hele den vældige Menneskemængde der? Se, jeg giver den i Dag i din Hånd, og du skal kende, at jeg er HERREN!"
त्यसपछि एक जना अगमवक्ता आहाब राजाकहाँ आएर घोषणा गरे, “याहवेह यसो भन्नुहुन्छ: ‘के तँ यो विशाल फौज देख्दैछस्? म यसलाई आज तेरो हातमा दिनेछु, र तैँले म नै याहवेह हुँ भनी जान्नेछस्।’”
14 Akab spurgte: "Ved hvem?" Han svarede: "Så siger HERREN: Ved Fogedernes Folk!" Derpå spurgte han: "Hvem skal åbne Kampen?" Han svarede: "Du!"
आहाबले सोधे, “तर यो कसले गर्नेछ?” ती अगमवक्ताले जवाफ दिए, “याहवेह यसो भन्नुहुन्छ: ‘तेरा प्रान्तिय सेनापतिहरूका जवान अधिकारीहरूले गर्नेछन्।’” तिनले सोधे, “अनि लडाइँ कसले सुरु गर्नेछ?” ती अगमवक्ताले जवाफ दिए, “तपाईंले।”
15 Så mønstrede han Fogedernes Folk, og de var 232; derefter mønstrede han hele Hæren, alle Israeliterne, 7000 Mand.
यसकारण आहाबले प्रान्तका सेनापतिहरूका 232 जना जवान अधिकारीहरूलाई बोलाउन पठाए। त्यसपछि तिनले बाँकी रहेका 7,000 इस्राएलीहरूलाई भेला गराए।
16 Og ved Middagstid gjorde de et Udfald, just som Benhadad og de to og tredive Konger, der fulgte ham, sad og drak i Løvhytterne.
तिनीहरू मध्यदिनमा निस्के। त्यो समयमा बेन-हददचाहिँ तिनीसित भएका बत्तीस जना राजाहरूसित आ-आफ्ना पालहरूभित्र मद्यले लठ्ठ भइरहेका थिए।
17 Først rykkede Fogedernes Folk ud. Man sendte da Bud til Benhadad og meldte: "Der rykker Mænd ud fra Samaria!"
प्रान्तका सेनापतिहरूका जवान अधिकारीहरू पहिले निस्के। बेन-हददले जासुसहरू पठाएका थिए, जसले यस्तो खबर ल्याए, “मानिसहरू सामरियाबाट यतातिर बढिरहेका छन्।”
18 Da sagde han: "Hvad enten de rykker ud for at få Fred eller for at kæmpe, så grib dem levende!"
तिनले भने, “चाहे तिनीहरू शान्तिको निम्ति आएका हुन् अथवा युद्धको निम्ति आएका हुन्, तिनीहरूलाई जिउँदै पक्र।”
19 Da Fogedernes Folk og Hæren, som fulgte efter, var rykket ud fra Byen,
प्रान्तका सेनापतिहरूका ती जवान अधिकारीहरू सहरबाट अगि-अगि निस्के; र फौजचाहिँ तिनीहरूका पछि-पछि निस्के।
20 huggede de ned for Fode, så at Aramæerne tog Flugten; og Israeliterne satte efter dem. Men Kong Benhadad af Aram undslap til Hest sammen med nogle Ryttere.
अनि प्रत्येकले आफ्नो शत्रुलाई मारे। यसरी अरामीहरू भागे; र इस्राएलीहरूले उनीहरूलाई खेदे। तर अरामका राजा बेन-हदद घोडामा चढेर आफ्ना केही घोडसवारहरूसित उम्किए।
21 Da rykkede Israels Konge ud og gjorde Hestene og Vognene til Bytte, og han tilføjede Aramæerne et stort Nederlag.
इस्राएलका राजा अगि बढे; अनि घोडाहरू र रथहरूलाई नाश गरे, र अरामीहरूको ठूलो नोक्सानी गरे।
22 Men Profeten trådte hen til Israels Konge og sagde til ham: "Tag dig sammen og se vel til, hvad du vil gøre, thi næste År drager Arams Konge op imod dig igen!"
पछिबाट ती अगमवक्ता इस्राएलका राजाकहाँ आएर भने, “आफ्नो स्थिति बलियो पार्नुहोस्, र अब के गर्ने हो, सो विचार गर्नुहोस्; किनकि आउँदो बसन्त ऋतुमा अरामका राजाले तपाईंमाथि फेरि आक्रमण गर्नेछन्।”
23 Men Aramæerkongens Folk sagde til ham: "Deres Gud er en Bjerggud, derfor blev de os for stærke; men lad os se, om vi ikke kan blive de stærkeste, når vi angriber dem på Slettelandet!
त्यसपछि अरामका राजाका अधिकारीहरूले तिनलाई सल्लाह दिए, “तिनीहरूका देवताहरू पहाडका देवताहरू हुन्। त्यसैकारण तिनीहरू हाम्रो निम्ति अधिक शक्तिशाली थिए। तर यदि हामीले मैदानमा तिनीहरूसित युद्ध गर्यौँ भने हामी तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ।
24 Således skal du gøre: Afsæt alle Kongerne, sæt Statholdere i deres Sted
यसो गर्नुहोस्: सबै राजाहरूलाई हटाएर तिनीहरूका ठाउँमा अरू अधिकारीहरूलाई खटाउनुहोस्।
25 og stil lige så stor en Hær på Benene som den, du mistede, og lige så mange Heste og Vogne som før! Når vi så kæmper med dem på Slettelandet, sandelig, om vi ikke bliver de stærkeste!" Og han fulgte deres Råd og handlede derefter.
तपाईंले गुमाउनुभएको त्यो फौजजतिकै ठूलो सेना आफ्नो निम्ति भेला गर्नुहोस्। अनि घोडाको बदली घोडा, र रथको बदली रथ खडा गर्नुहोस्। अनि हामी इस्राएलीहरूसित मैदानमा युद्ध गर्न सक्नेछौँ। तब हामी निश्चय नै तिनीहरूभन्दा शक्तिशाली हुनेछौँ।” तिनी उनीहरूसित सहमत भए, र त्यस्तै गरे।
26 Næste År mønstrede Benha dad Aramæeme og drog op til Atek for at kæmpe med Israel.
आउँदो बसन्त ऋतुमा बेन-हददले अरामीहरूलाई भेला गरे, र इस्राएलको विरुद्धमा लडाइँ गर्न अपेकतर्फ गए।
27 Også Israeliterne blev mønstret og forsynede sig med Levnedsmidler, hvorefter de rykkede dem i Møde og lejrede sig lige over for dem som to små Gedehjorde, medens Aramæerne oversvømmede Landet.
इस्राएलीहरूलाई पनि भेला गराइयो, र तिनीहरूका निम्ति खानेकुरा जुटाइयो; अनि उनीहरूसित लडाइँ गर्नलाई तिनीहरू निस्के। इस्राएलीहरू तिनीहरूका सामु बाख्राका दुई वटा साना बथानझैँ छाउनी हालेर बसे; र अरामीहरूले चाहिँ बस्ती नै ढाकेर बसे।
28 Da trådte en Guds Mand hen til Israels Konge og sagde: "Så siger HERREN: Fordi Aramæerne siger: HERREN er en Bjerggud og ikke en Dalgud! vil jeg give hele den vældige Menneskemængde der i din Hånd, og I skal kende, at jeg er HERREN!"
एक जना परमेश्वरका जनले आएर इस्राएलका राजालाई भने, “याहवेह यसो भन्नुहुन्छ: ‘अरामीहरूले याहवेह बेँसीको होइन, तर पहाडको देवता हुन् भनी सम्झेका हुनाले म यस विशाल फौजलाई तेरो हातमा सुम्पिदिनेछु। अनि तैँले म नै याहवेह हुँ भनी जान्नेछस्।’”
29 De lå nu lejret over for hinanden i syv Dage, men Syvendedagen kom det til Kamp, og Israeliterne huggede Aramæerne ned, 100.000 Mand Fodfolk på een Dag.
सात दिनसम्म तिनीहरूले आमने-सामने छाउनी हालेर बसे, र सातौँ दिन युद्ध भयो। इस्राएलीहरूले एकै दिनमा अरामीहरूका एक लाख पैदल सेनालाई मारे।
30 De, der blev tilovers, flygtede til Byen Afek, men Muren styrtede ned over dem, der var tilbage, 27000 Mand. Benhadad flygtede ind i Byen, hvor han løb fra Kammer til Kammer.
तिनीहरूका बाँकी रहेकाहरूचाहिँ अपेकको सहरमा भागे, जहाँ तिनीहरूमध्ये सत्ताइस हजारचाहिँ पर्खाल ढलेर मरे। बेन-हददचाहिँ सहरमा भागेर गए, र भित्री कोठामा गएर लुके।
31 Da sagde hans Folk til ham: Vi har hørt, at Kongerne over Israels Hus er nådige Konger; lad os binde Sæk om Lænderne og Reb om Hovederne og gå ud til Israels Konge, måske han da vil skåne dit Liv!"
तिनका अधिकारीहरूले तिनलाई भने, “हेर्नुहोस्, हामीले इस्राएलका घरानाका राजाहरू कृपालु हुन्छन् भनेर सुनेका छौँ। हामी कम्मरमा भाङ्ग्रा लगाऔँ, शिरमा डोरीहरू बाँधौँ र इस्राएलका राजाकहाँ जाऔँ। सायद तिनले तपाईंको प्राण जोगाइदेलान् कि।”
32 Så bandt de Sæk om Lændeme og Reb om Hovederne og kom til Israels Konge og sagde: "Din Træl Benhadad siger: Lad mig leve!" Han svarede: "Er han endnu i Live? Han er min Broder!"
तब तिनीहरूले आफ्ना कम्मरमा भाङ्ग्रा लगाए, र शिरमा डोरी बाँधे; अनि इस्राएलका राजाकहाँ गएर भने, “तपाईंको सेवक बेन-हदद भन्छन्: ‘दया गरी मलाई बाँच्न दिनुहोस्।’” राजाले जवाफ दिए, “के तिनी जीवितै छन्? तिनी त मेरा भाइ हुन्।”
33 Det tog Mændene for et godt Varsel. og de tog ham straks på Ordet, idet de sagde: "Benhadad er din Broder!" Da sagde han: "Gå hen og hent ham!" Så gik Benhadad ud til ham, og han tog ham op i Vognen til sig.
ती मानिसहरूले यसलाई एउटा असल लक्षण भन्ने सम्झे, र झट्टै तिनको कुरामा मौका पारेर भने, “हो, तपाईंको भाइ बेन-हदद नै हुन्!” तब राजाले भने, “गएर तिनलाई ल्याओ।” जब बेन-हदद निस्केर आए, तब राजाले तिनलाई आफ्नो रथमा चढाए।
34 Benhadad sagde nu til ham: "De Byer, min Fader fratog din Fader, vil jeg give tilbage, og du må bygge dig Gader i Damaskus, lige som min Fader gjorde i Samaria! På disse Vilkår give du mig fri!" Og han sluttede Pagt med ham og lod ham gå.
बेन-हददले भने, “मेरा पिताले तपाईंका पिताबाट लिएका सहरहरू म फर्काइदिनेछु। मेरा पिताले सामरियामा गरेझैँ तपाईंले दमस्कसमा आफ्नै व्यापार स्थलहरू राख्न सक्नुहुन्छ।” आहाबले भने, “म एउटा सन्धिको आधारमा तपाईंलाई छोडिदिनेछु।” यसकारण तिनले उनीसित एउटा सन्धि गरे, र उनलाई जान दिए।
35 Men en af Profetsønnerne sagde med HERRENs Ord til sin Fælle: "Slå mig!" Men han vægrede sig derved.
याहवेहको वचनअनुसार अगमवक्ताहरूका छोराहरूमध्ये एक जनाले आफ्ना साथीलाई भने, “मलाई तिम्रो हतियारले प्रहार गर,” तर त्यस मानिसले अस्वीकार गर्यो।
36 Da sagde han til ham: "Fordi du ikke har adlydt HERRENs Ord. skal en Løve dræbe dig, når du går bort fra mig!" Og da han gik bort fra ham, traf en Løve på ham og dræbte ham.
यसकारण ती अगमवक्ताले भने, “याहवेहको आज्ञापालन नगरेका हुनाले तिमी मबाट जानसाथ एउटा सिंहले तिमीलाई मार्नेछ।” अनि त्यो मानिस जानेबित्तिक्कै एउटा सिंहले भेट्टायो, र त्यसलाई मार्यो।
37 Så traf Profetsønnen en anden og sagde til ham: "Slå mig!" Og den anden slog ham og sårede ham.
ती अगमवक्ताले अर्को मानिसलाई भेटेर भने, “दया गरी मलाई प्रहार गर्नुहोस्।” यसकारण ती मानिसले तिनलाई प्रहार गरेर घाइते बनाइदिए।
38 Så gik Profeten hen og stillede sig på den Vej, Kongen kom, og gjorde sig ukendelig med et Bind for Øjnene.
त्यसपछि ती अगमवक्ता त्यहाँबाट हिँडे, र तिनले आफ्ना शिरको फेटा आँखासम्म झारेर भेष बदले। अनि बाटोको किनारमा राजाको बाटो हेर्दै पर्खिरहे।
39 Da Kongen kom forbi, råbte han til ham: "Din Træl var draget med i Kampen; da kom en hen til mig med en Mand og sagde: Vogt den Mand vel! Slipper han bort, skal du svare for hans Liv med dit eget Liv eller bøde en Talent Sølv!
जब राजा त्यहाँबाट गए, तब ती अगमवक्ताले कराएर तिनलाई भने, “तपाईंको सेवक लडाइँको मुखैमा पुग्यो। अनि कसैले एउटा कैदी लिएर मकहाँ आएर भन्यो, ‘यस मानिसमाथि नजर राख। यदि यो हरायो भने यसको जीवनको सट्टा तिम्रो जीवन दिनुपर्नेछ, नत्रता तिमीले एक टालेन्ट चाँदी तिर्नुपर्नेछ।’
40 Men din Træl var optaget snart her, snart der, og borte var han." Da sagde Israels Konge til ham: "Det er din Dom, du har selv fældet den!"
तपाईंको सेवक यताउता व्यस्त हुँदा त्यो मानिस हराइहाल्यो।” तब इस्राएलका राजाले भने, “तँ आफैँले तेरो न्यायको निर्णय गरिस्।”
41 Så tog han hurtig Bindet fra Øjnene, og Israels Konge genkendte ham som en af Ptofeterne.
ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट त्यो शिरको फेटा हटाए; तब इस्राएलका राजाले तिनलाई अगमवक्ताहरूमध्ये एक हुन् भनी चिने।
42 Og han sagde til ham: "Så siger HERREN: Fordi du gav Slip på den Mand, der var hjemfaldet til mit Band, skal du svare for hans Liv med dit eget Liv og for hans Folk med dit eget Folk!"
तिनले राजालाई भने, “याहवेह यसो भन्नुहुन्छ: ‘मैले मारिनैपर्छ भनेर निश्चय गरेको मानिसलाई तैँले छोडिदिइस्। यसकारण त्यसको प्राणको साटो तेरो प्राण र त्यसका मानिसहरूको साटो तेरा मानिसहरू हुनेछन्।’”
43 Da drog Israels Konge hjem, misfornøjet og ilde til Mode, og han kom til Samaria.
यो सुनेर इस्राएलका राजा उदास र क्रोधित भई सामरियामा भएको तिनको महलमा गए।