< Zakarias 8 >
1 Hærskarers HERRES Ord kom saaledes:
परमप्रभुको यस्तो वचन मकहाँ आयो,
2 Saa siger Hærskarers HERRE: Jeg er fuld af Nidkærhed for Zion, ja i stor Vrede er jeg nidkær for det.
“सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: म सियोनको निम्ति साह्रै डाही भएको छु र म त्यसको निम्ति डाही भएर अत्यन्तै रिसाएको छु!
3 Saa siger HERREN: Jeg vender tilbage til Zion og fæster Bo i Jerusalem; Jerusalem skal kaldes den trofaste By, og Hærskarers HERRES Bjerg det hellige Bjerg.
सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: म सियोनमा फर्कनेछु र यरूशलेममा वास गर्नेछु, किनकि यरूशलेम सत्यको सहर भनिनेछ र सेनाहरूका परमप्रभुको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ!
4 Saa siger Hærskarers HERRE: Atter skal gamle Mænd og Kvinder sidde paa Jerusalems Torve, alle med Stav i Haand for deres Ældes Skyld,
सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: यरूशलेमका सडकहरूमा फेरि वृद्ध पुरुष र स्त्रीहरू हुनेछन्, र हरेक मानिस धेरै वृद्ध भएको हुँदा उसलाई आफ्नो हातमा एउटा लौरो आवश्यक पर्नेछ ।
5 og Byens Torve skal vrimle af legende Drenge og Piger.
त्यस सहरका सडकहरू खेल्ने केटा-केटीहरूले भरिनेछन् ।
6 Saa siger Hærskarers HERRE: Fordi det i disse Dage synes det tiloversblevne af dette Folk umuligt, skulde det saa ogsaa synes mig umuligt, lyder det fra Hærskarers HERRE.
सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: ती दिनहरूमा बाँकी रहेका यी मानिसहरूका आँखामा केही कुरा असम्भव देखिएमा, के ती मेरो नजरमा पनि असम्भव हुन्छन् र? - परमप्रभु घोषणा गर्नुहुन्छ ।
7 Saa siger Hærskarers HERRE: Se, jeg frelser mit Folk fra Østerleden og Vesterleden
सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: हेर, सुर्योदय हुने र सुर्यास्त हुने भूमिबाट मैले मेरा मानिसहरूलाई बचाउन लागेको छु!
8 og fører dem hjem, og de skal bo i Jerusalem og være mit Folk, og jeg vil være deres Gud i Trofasthed og Retfærd.
किनभने म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरू यरूशलेममा वास गर्नेछन्, अनि तिनीहरू फेरि मेरा मानिसहरू हुनेछन्, र सत्यता र धार्मिकतामा म तिनीहरूका परमेश्वर हुनेछु ।
9 Saa siger Hærskarers HERRE: Fat Mod, I, som i denne Tid hører disse Ord af Profeternes Mund, fra den Dag Grunden lagdes til Hærskarers HERRES Hus, Helligdommen, som skulde bygges.
सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: मेरो यस घरको जग बसालिँदा अगमवक्ताहरूको ओठबाट निस्केका वचनहरू जसले अहिले सुन्दछन्, सेनाहरूका परमप्रभु भन्नुहुन्छ: आफ्ना हातहरू बलिया बनाओ, ताकि त्यो मन्दिर निर्माण गर्न सकियोस् ।
10 Thi før disse Dage gav hverken Menneskers eller Kvægs Arbejde Udbytte; de, som drog ud og ind, havde ikke Fred for Fjenden, og jeg slap alle Mennesker løs paa hverandre.
किनकि ती दिनहरूभन्दा पहिले कोहीले पनि फसल बटुल्दैन थिए, मानिस वा पशुको निम्ति त्यहाँ कुनै मुनाफा थिएन, र आउने र जाने कसैलाई पनि शत्रुहरूबाट शान्ति थिएन । मैले हरेक मानिसलाई त्यसको छिमेकीको विरुद्ध खडा गरेको थिएँ ।
11 Men nu er jeg ikke mod det tiloversblevne af dette Folk som i fordums Dage, lyder det fra Hærskarers HERRE;
तर म अब पहिलेका दिनमाझैँ हुन्न, म यी बाँकी रहेका मानिसहरूसँग हुनेछु - सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।
12 jeg udsaar Fred, Vinstokken skal give sin Frugt, Jorden sin Afgrøde og Himmelen sin Dug, og jeg giver det tiloversblevne af dette Folk det alt sammen i Eje.
किनभने शान्तिको बीउ छरिनेछ; माथि बढ्दै गरेको दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्जनी: आकाशले शीत दिनेछ, किनभने यी बाँकी रहेका मानिसहरूलाई म यी सबै कुराहरू उत्तराधिकारमा दिनेछु ।
13 Og som I, baade Judas og Israels Hus, har været et Forbandelsens Tegn blandt Folkene, saaledes skal I, naar jeg har frelst eder, blive et Velsignelsens. Frygt ikke, fat Mod!
ए यहूदा र इस्राएलको घराना, अन्य श्रापित जातिहरूमा तिमीहरू एउटा उदाहरण थियौ । यसैकारण म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिषको कारण हुनेछौ । नडराओ; तिमीहरूका हात बलियो बनाओ!
14 Thi saa siger Hærskarers HERRE: Som jeg, da eders Fædre vakte min Vrede, satte mig for at handle ilde med eder og ikke angrede det, siger Hærskarers HERRE,
किनभने सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: तिमीहरूका पिता-पुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिनीहरूलाई हानी पुर्याउने योजना गरेर तिनीहरूप्रति दया देखाइनँ - परमप्रभु घोषणा गर्नुहुन्छ,
15 saaledes har jeg nu i disse Dage omvendt sat mig for at gøre vel mod Jerusalem og Judas Hus. Frygt ikke!
यी दिनहरूमा पनि म यरूशलेम र यहूदाको घरानालाई भलाइ गर्ने योजना गर्नेछु! नडराओ!
16 Men hvad I skal gøre, er dette: Tal Sandhed hver med sin Næste, fæld i eders Porte Domme, der hviler paa Sandhed og fører til Fred,
तिमीहरूले यी कामहरू गर्नुपर्छ: हरेक मानिसले आफ्नो छिमेकीसँग सत्य बोलोस् । आफ्नो इलाकामा सत्य, न्याय, र शान्तिसँग इन्साफ गर ।
17 tænk ikke i eders Hjerter ondt mod hverandre og elsk ikke falske Eder! Thi alt sligt hader jeg, lyder det fra HERREN.
आफ्नो हृदयमा एक अर्काको विरुद्धमा खराबी गर्ने योजना नबनाओ, र झुटा शपथलाई प्रेम नगर - किनभने यी कुराहरूलाई म घृणा गर्दछु! – परमप्रभु घोषणा गर्नुहुन्छ ।”
18 Og Hærskarers HERRES Ord kom til mig saaledes:
अनि सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो,
19 Saa siger Hærskarers HERRE: Fasten i den fjerde, femte, syvende og tiende Maaned skal blive Judas Hus til Fryd og Glæde og gode Højtidsdage. Elsk Sandhed og Fred!
“सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: चौथो, साथौँ, र दशौँ महिनाका उपवासहरू यहूदाका घरानाको निम्ति आनन्द, हर्ष, र खुशीका पर्वहरूका समय हुनेछन्! यसैले सत्य र शान्तिलाई प्रेम गर!
20 Saa siger Hærskarers HERRE: Endnu skal det ske, at Folkeslag og mange Byers Indbyggere skal komme,
सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: विभिन्न सहरहरूमा बस्ने सबै मानिसहरू फेरि आउनेछन् ।
21 og den ene Bys Indbyggere skal gaa til den andens og sige: »Lad os vandre hen og bede HERREN om Naade og søge Hærskarers HERRE; ogsaa jeg vil med.«
एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् र भन्नेछन्, ‘हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न र सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ! हामीहरू आफैँ पनि जाँदै छौँ ।’
22 Og mange Folkeslag og talrige Folk skal komme og søge Hærskarers HERRE i Jerusalem for at bede HERREN om Naade.
धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्त गर्न आउनेछन्!
23 Saa siger Hærskarers HERRE: I hine Dage skal ti Mænd af alle Folks Tungemaal gribe fat i en Jødes Kappeflig og sige: »Vi vil gaa med eder; thi vi har hørt, at Gud er med eder.«
सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्वर तपाईंसँग हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ!’”