< Romerne 10 >
1 Brødre! mit Hjertes Ønske og Bøn til Gud for dem er om deres Frelse.
भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्वरलाई मेरो बिन्ती तिनीहरूका लागि र तिनीहरूको उद्धारको निम्ति हो ।
2 Thi jeg giver dem det Vidnesbyrd, at de have Nidkærhed for Gud, men ikke med Forstand;
किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन ।
3 thi da de ikke kendte Guds Retfærdighed og tragtede efter at opstille deres egen Retfærdighed, saa bøjede de sig ikke under Guds Retfærdighed.
किनकि तिनीहरूले परमेश्वरको धार्मिकता जान्दैनन्, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् । तिनीहरू परमेश्वरको धार्मिकताप्रति समर्पित भएनन् ।
4 Thi Kristus er Lovens Ende til Retfærdighed for hver den, som tror.
विश्वास गर्ने सबैको निम्ति ख्रीष्ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्ति हुनुहुन्छ ।
5 Moses skriver jo, at det Menneske, som gør den Retfærdighed, der er af Loven, skal leve ved den.
किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्छन्, “व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस, यो धार्मिकताद्वारा नै जिउनेछ ।”
6 Men Retfærdigheden af Tro siger saaledes: Sig ikke i dit Hjerte: Hvem vil fare op til Himmelen? nemlig for at hente Kristus ned;
तर विश्वासद्वारा आउने धार्मिकताले यसो भन्छ, “आफ्नो हृदयमा यसो नभन, ‘स्वर्गमा को उक्लने?’ (अर्थात् ख्रीष्टलाई तल ल्याउन) ।
7 eller: Hvem vil fare ned i Afgrunden? nemlig for at hente Kristus op fra de døde. (Abyssos )
र यसो नभन, ‘तल पातालसम्म को ओर्लने?’ (अर्थात् ख्रीष्टलाई मरेकाहरूबाट ल्याउन), (Abyssos )
8 Men hvad siger den? Ordet er dig nær, i din Mund og i dit Hjerte, det er det Troens Ord, som vi prædike.
तर यसले के भन्छ? “वचन तिमीहरूको नजिकै छ, तिमीहरूको मुख र हृदयमा नै छ ।” त्यो विश्वासको वचन हो, जुन हामी घोषणा गर्छौं ।
9 Thi dersom du med din Mund bekender Jesus som Herre og tror i dit Hjerte, at Gud oprejste ham fra de døde, da skal du blive frelst.
यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्छौ भने, तिमी बचाइनेछौ ।
10 Thi med Hjertet tror man til Retfærdighed, og med Munden bekender man til Frelse.
किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्वास गर्छ, र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ ।
11 Skriften siger jo: „Hver den, som tror paa ham, skal ikke blive til Skamme.‟
किनकि धर्मशास्त्रले भन्छ, “हरेक जसले उहाँमा विश्वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।”
12 Thi der er ikke Forskel paa Jøde og Græker; thi den samme er alles Herre, rig nok for alle dem, som paakalde ham.
किनकि यहूदी र ग्रिकहरूबिच कुनै भिन्नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ ।
13 Thi hver den, som paakalder Herrens Navn, skal blive frelst.
किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन् ।
14 Hvorledes skulde de nu paakalde den, paa hvem de ikke have troet? og hvorledes skulde de tro den, som de ikke have hørt? og hvorledes skulde de høre, uden der er nogen, som prædiker?
त्यसो हो भने, जसमाथि तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने? र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्न सक्छन्?
15 og hvorledes skulde de prædike, dersom de ikke bleve udsendte? Som der er skrevet: „Hvor dejlige ere deres Fødder, som forkynde godt Budskab.‟
र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र? जस्तो लेखिएको छ, “असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा?”
16 Dog ikke alle løde Evangeliet; thi Esajas siger: „Herre! hvem troede det, han hørte af os?‟
तर तिनीहरू सबैले सुसमाचार सुनेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हाम्रो सन्देश कसले विश्वास गरेको छ?”
17 Altsaa kommer Troen af det, som høres, men det, som høres, kommer igennem Kristi Ord.
त्यसकारण, विश्वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्टको वचनद्वारा आउँछ ।
18 Men jeg siger: Have de ikke hørt? Jo vist, „over hele Jorden er deres Røst udgaaet og til Jorderiges Grænser deres Ord.‟
तर म भन्छु, “के तिनीहरूले सुनेनन्?” हो, निश्चय नै । “तिनीहरूको आवाज सारा पृथ्वीभरि र तिनीहरूका शब्दहरू पृथ्वीको अन्त्यसम्म नै पुगेका छन् ।”
19 Men jeg siger: Har Israel ikke forstaaet det? Først siger Moses: „Jeg vil gøre eder nidkære paa et Folk, som ikke er et Folk, imod et uforstandigt Folk vil jeg opirre eder.‟
यसको अतिरिक्त, म भन्छु, “के इस्राएलले जानेन?” पहिले मोशा भन्छन्, “म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउँछु । समझविनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु ।”
20 Men Esajas drister sig til at sige: „Jeg blev funden af dem, som ikke søgte mig; jeg blev aabenbar for dem, som ikke spurgte efter mig.‟
यशैया निकै साहसी छन् र भन्छन्, “जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए । जसले मलाई बिन्ती गरेनन्, म तिनीहरूकहाँ देखा परेँ ।”
21 Men om Israel siger han: „Den hele Dag udstrakte jeg mine Hænder imod et ulydigt og genstridigt Folk.‟
तर इस्राएललाई उहाँ भन्नुहुन्छ, “मैले मेरा हात दिनभरि अनाज्ञाकारी र हठी जातितिर फैलाएँ ।”