< Aabenbaringen 8 >

1 Og da det aabnede det syvende Segl, blev der Tavshed i Himmelen omtrent en halv Time.
जब थुमाले सातौँ मोहोर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्‍नाटा छायो ।
2 Og jeg saa de syv Engle, som staa for Guds Aasyn; og der blev givet dem syv Basuner.
त्यसपछि मैले परमेश्‍वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सातवटा तुरही दिइयो ।
3 Og en anden Engel kom og stillede sig ved Alteret med et Guldrøgelsekar, og der blev givet ham megen Røgelse, for at han skulde føje den til alle de helliges Bønner paa Guldalteret foran Tronen.
अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै विश्‍वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो ।
4 Og Røgen af Røgelsen steg op, med de helliges Bønner, fra Engelens Haand for Guds Aasyn.
विश्‍वासीहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्‍वरको अगाडि पुग्यो ।
5 Og Engelen tog Røgelsekarret og fyldte det med Ild fra Alteret og kastede den paa Jorden; og der kom Torden og Røster og Lyn og Jordskælv.
स्वर्गदूतले धुपौरो लिए र वेदीबाट आगो भरे । तब तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए, अनि चट्याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन भए र भूकम्प गयो ।
6 Og de syv Engle, som havde de syv Basuner, gjorde sig rede til at basune.
तब सातवटा तुरही भएका सात स्वर्गदूतहरू ती फुक्‍नलाई तयार भए ।
7 Og den første basunede, og der kom Hagel og Ild, blandet med Blod, og blev kastet paa Jorden; og Tredjedelen af Jorden blev opbrændt, og alt grønt Græs opbrændtes.
पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको तिन भागको एक-तिहाइ भागलाई डढायो; तिन भागको एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । [टिपोटः केही पुराना संस्करणहरूमा यसलाई छोडिएको छ] । त्यसैले, यसको तिन भागको एक-तिहाइ डढेको थियो ।
8 Og den anden Engel basunede, og det var, som et stort brændende Bjerg blev kastet i Havet; og Tredjedelen af Havet blev til Blod
दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाडजस्तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्यो ।
9 Og Tredjedelen af de Skabninger i Havet, som havde Liv, døde; og Tredjedelen af Skibene blev ødelagt.
त्यसपछि समुद्रमा भएका जीवित प्राणीहरूमध्ये एक-तिहाइ भाग मरे, र जहाजहरूका एक-तिहाइ भाग नष्‍ट भए ।
10 Og den tredje Engel basunede, og fra Himmelen faldt der en stor Stjerne, brændende som en Fakkel, og den faldt paa Tredjedelen af Floderne og paa Vandkilderne.
तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो ।
11 Og Stjernens Navn kaldes Malurt; og Tredjedelen af Vandene blev til Malurt, og mange af Menneskene døde af Vandene, fordi de vare blevne beske.
त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे ।
12 Og den fjerde Engel basunede, og Tredjedelen af Solen og Tredjedelen af Maanen og Tredjedelen af Stjernerne blev ramt, saa at Tredjedelen af dem blev formørket, og Dagen mistede Tredjedelen af sit Lys og Natten ligesaa.
चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन ।
13 Og jeg saa, og jeg hørte en Ørn flyve midt oppe under Himmelen og sige med høj Røst: Ve, ve, ve dem, som bo paa Jorden, for de øvrige Basunrøster fra de tre Engle, som skulle basune.
अनि मैले हेरेँ, र आकाशको बिचमा उडिरहेको एउटा गरुड ठुलो सोरमा यसो भन्दै कराइरहेको सुनेँ, “बाँकी रहेका तिन स्वर्गदूतले फुक्‍नै आँटेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्‍ने मानिसहरूलाई धिक्‍कार, धिक्‍कार, धिक्‍कार ।”

< Aabenbaringen 8 >