< Aabenbaringen 2 >
1 Skriv til Menighedens Engel i Efesus: Dette siger han, som holder de syv Stjerner i sin højre Haand, han, som vandrer midt imellem de syv Guldlysestager:
“एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।
2 Jeg kender dine Gerninger og dit Arbejde og din Udholdenhed og at du ikke kan fordrage de onde; og du prøvede dem, som kalde sig selv Apostle og ikke ere det, og du har fundet, at de ere Løgnere;
तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशिलता मलाई थाहा छ । तिमीले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ । आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर ती होइनन्, र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ ।
3 og du har Udholdenhed, og du har døjet ondt for mit Navns Skyld og er ikke bleven træt.
मलाई थाहा छ, कि तिमीमा धैर्य सहनशिलता छ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ ।
4 Men jeg har det imod dig, at du har forladt din første Kærlighed.
तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छः तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ ।
5 Kom derfor i Hu, hvorfra du er falden, og omvend dig, og gør de forrige Gerninger; men hvis ikke, da kommer jeg over dig, og jeg vil flytte din Lysestage fra dens Sted, hvis du ikke omvender dig.
यसकारण, तिमी कहाँबाट पतन भयौ सो सम्झ । तिमीले पहिले गरेका कामहरू गर र पश्चात्ताप गर । म तिमीकहाँ आउनेछु र तिमीले पश्चात्ताप नगरेसम्म म तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु ।
6 Dog, dette har du, at du hader Nikolaiternes Gerninger, som ogsaa jeg hader.
तर तिमीमा यो छ । निकोलाइटसहरूले गरेका कामलाई तिमीले घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु ।
7 Den, som har Øre, høre, hvad Aanden siger til Menighederne! Den, som sejrer, ham vil jeg give at æde af Livets Træ, som er i Guds Paradis.
मण्डलीहरूलाई आत्माले के भन्नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले जित्छ, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्वरको स्वर्गलोक हो’ ।”
8 Og skriv til Menighedens Engel i Smyrna: Dette siger den første og den sidste, han, som var død og blev levende:
“स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो ।
9 Jeg kender din Trængsel og din Fattigdom (dog, du er rig), og Bespottelsen fra dem, som kalde sig selv Jøder og ikke ere det, men ere Satans Synagoge.
मलाई तिम्रा कष्टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ । अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन्, तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन् ।
10 Frygt ikke, for hvad du vil komme til at lide! Se, Djævelen vil kaste nogle af eder i Fængsel, for at I skulle fristes, og I skulle have Trængsel i ti Dage. Vær tro indtil Døden, saa vil jeg give dig Livets Krone.
तिमीले भोग्नै लागेको कष्टको बारेमा नडराऊ । हेर! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्ट भोग्नेछौ । मृत्युसम्मै विश्वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।
11 Den, som har Øre, høre, hvad Aanden siger til Menighederne! Den, som sejrer, skal ingenlunde skades af den anden Død.
आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ त्यसले सुनोस् । विजय प्राप्त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्याइनेछैन’ ।”
12 Og skriv til Menighedens Engel i Pergamus: Dette siger han, som har det tveæggede, skarpe Sværd:
“पर्गाममको मण्डलीका दूतलाई लेखः ‘यो वचन दुई-धारे धारिलो तरवार साथमा हुनुहुनेको हो ।
13 Jeg ved, hvor du bor, der, hvor Satans Trone er; og du holder fast ved mit Navn og fornægtede ikke min Tro, i Antipas's, mit tro Vidnes Dage, han, som blev ihjelslaaet hos eder, der, hvor Satan bor.
मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहाँ शैतानको सिंहासन छ । तरै पनि तिमीले मेरो नाउँलाई दह्रो गरी पक्रिरखेका छौ । अनि शैतान बस्ने ठाउँमा मारिएका मेरा विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको विश्वासलाई इन्कार गरेनौ ।
14 Men jeg har noget lidet imod dig, at du har nogle hos dig, som holde fast ved Bileams Lære, der lærte Balak at sætte Snare for Israels Børn, for at de skulde spise Afgudsofferkød og bedrive Utugt.
तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्ः तिमीमध्ये कोही-कोहीले इस्राएलका छोराछोरीहरूले मूर्तिलाई बलिदान गरेको खानेकुरा खाऊन् र अनैतिक यौनमा लागून् भन्ने हेतुले ठेस लाग्ने ढुङ्गा ती छोराछोरीहरूको अगि फ्याँक्न लगाउने बालकलाई सिकाउने बालामको शिक्षालाई दह्रो गरी पक्रेका छन् ।
15 Saaledes har ogsaa du dem, som holde fast ved Nikolaiternes Lære paa lignende Vis.
त्यसै गरी, तिमीहरूमध्ये कोही-कोही निकोलाइटसका शिक्षाहरूलाई दह्रो गरी पक्रनेहरू पनि छन् ।
16 Omvend dig! Men hvis ikke, kommer jeg snart over dig og vil stride imod dem med min Munds Sværd.
त्यसैकारण, पश्चात्ताप गर! यदि पश्चात्ताप गरेनौ भने, म तिमीकहाँ चाँडै आउनेछु र तिम्रो विरुद्धमा मेरो मुखको तरवारले युद्ध गर्नेछु ।
17 Den, som har Øre, høre, hvad Aanden siger til Menighederne! Den, som sejrer, ham vil jeg give af den skjulte Manna, og jeg vil give ham en hvid Sten og paa Stenen et nyt Navn skrevet, som ingen kender, uden den, der faar det.
जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ । जसले जित्छ, उसलाई म लुकाइएको केही मन्न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म उसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन’ ।”
18 Og skriv til Menighedens Engel i Thyatira: Dette siger Guds Søn, der har Øjne som Ildslue, og hvis Fødder ere som skinnende Malm:
“थिआटीराको मण्डलीका दूतलाई लेखः ‘यी वचनहरू परमेश्वरका पुत्रका हुन्, जसका आँखा आगोको ज्वालाजस्ता र पाउ भट्टीमा टल्कने काँसाजस्ता छन् ।
19 Jeg kender dine Gerninger og din Kærlighed og Tro og Tjeneste og Udholdenhed, ja, dine Gerninger, de sidste flere end de første.
तिम्रो प्रेम, विश्वास, सेवा, तिम्रो धैर्यवान् सहनशिलता र तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमीले अहिले जे गरेका छौ, त्यो पहिले गरेका कामहरूभन्दा बढी महत्त्वका छन् ।
20 Men jeg har imod dig, at du finder dig i Kvinden Jesabel, som kalder sig selv en Profetinde og lærer og forfører mine Tjenere til at bedrive Utugt og spise Afgudsofferkød.
तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः जसले आफैँलाई अगमवादिनी भन्ने स्त्री ईजेबेललाई तिमीले सहेका छौ । त्यसका शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक पाप गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे ।
21 Og jeg har givet hende Tid til at omvende sig, men hun vil ikke omvende sig fra sin Utugt.
मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्चात्ताप गर्ने इच्छा गरिन ।
22 Se, jeg kaster hende paa Sygelejet og hendes Bolere i stor Trængsel, dersom de ikke omvende sig fra deres Gerninger.
हेर! म त्यसलाई रोगी-ओछ्यानमा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्चात्ताप नगरेसम्म ठुलो कष्टमा पार्नेछु ।
23 Og hendes Børn vil jeg slaa med Død, og alle Menighederne skulle kende, at jeg er den, som ransager Nyrer og Hjerter; og jeg vil give eder, hver efter eders Gerninger.
म त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्नेछन् । म प्रत्येकलाई त्यसको कामअनुसारको प्रतिफल दिनेछु ।
24 Men til eder, de øvrige, som ere i Thyatira, saa mange som ikke have denne Lære, fordi de ikke kende Satans Dybder, som de kalde det, til eder siger jeg: Jeg lægger ingen anden Byrde paa eder.
तर तिमीहरू थिआटीरामा बाँकी रहेकाहरू हरेक जसले यस शिक्षालाई पक्रदैन, र कतिपयले शैतानका गहिरा कुराहरू जान्दैन, तिमीहरूलाई म भन्दछु, कि तिमीहरूमाथि अरू कुनै भार बोकाउनेछैनँ ।
25 Kun skulle I holde fast ved det, I have, indtil jeg kommer.
जस्तोसुकै समयमा पनि म नआउन्जेलसम्म तिमीले यसलाई दरिलोसँग पक्री राख ।
26 Og den, som sejrer, og som indtil Enden tager Vare paa mine Gerninger, ham vil jeg give Magt over Hedningerne;
जसले जित्छ र अन्त्यसम्म मैले गरेका काम जसले गर्छ, उसलाई म जाति-जातिहरूमाथि अधिकार दिनेछु ।
27 og med en Jernstav skal han vogte dem, ligesom Lerkar sønderknuses, ligesom ogsaa jeg har modtaget det af min Fader;
कुमालेका माटाका भाँडाहरूलाई उसले टुक्रा-टुक्रा पारेजस्तै उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ ।
28 og jeg vil give ham Morgenstjernen.
मैले मेरा पिताबाट प्राप्त गरेजस्तै उसलाई म बिहानको तारा दिनेछु ।
29 Den, som har Øre, høre, hvad Aanden siger til Menighederne!
जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ’ ।”