< Salme 17 >

1 En Bøn af David. HERRE, hør en retfærdig Sag, lyt til min Klage, laan Øre til Bøn fra svigløse Læber!
दावीदको प्रार्थना। हे याहवेह मेरो पुकारलाई सुन्‍नुहोस्, मेरो पुकार उचित छ; निष्कपट ओठहरूबाट निस्केका मेरो प्रार्थनामा कान लगाउनुहोस्।
2 Fra dig skal min Ret udgaa, thi hvad ret er, ser dine Øjne.
मेरो निर्दोषता तपाईंबाट ठहरिएको होस्; तपाईंका आँखाहरूले जे सही छ, त्यही देखून्।
3 Prøv mit Hjerte, se efter om Natten, ransag mig, du finder ej Svig hos mig.
यदि तपाईंले मेरो हृदय जाँच्नुभयो भने, राति आएर मलाई जाँच गर्नुभए तापनि तपाईंले मभित्र केही पनि दुष्‍ट योजना भेट्टाउनुहुनेछैन; मैले संकल्प गरेको छु, मेरो ओठले पाप गर्नेछैन।
4 Ej synded min Mund, hvad end Mennesker gjorde; ved dine Læbers Ord vogted jeg mig for Voldsmænds Veje;
यद्यपि मानिसहरूले मलाई घूस दिन खोज्छन्; तपाईंको मुखबाट निस्केका आज्ञाद्वारा मैले आफूलाई हिंसाको मार्गबाट जोगाइराखेको छु।
5 mine Skridt har holdt dine Spor, jeg vaklede ej paa min Gang.
मेरा पाइलाहरू तपाईंका मार्गमा चलेका छन्; मेरा पाउहरू चिप्लेका छैनन्।
6 Jeg raaber til dig, thi du svarer mig, Gud, bøj Øret til mig, hør paa mit Ord!
हे परमेश्‍वर, म तपाईंलाई पुकार्छु; किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ; तपाईंको कान मतिर लगाउनुहोस्, र मेरो बिन्ती सुन्‍नुहोस्।
7 Vis dig underfuldt naadig, du Frelser for dem, der tyr til din højre for Fjender!
तपाईंको अचुक प्रेमको अद्‌भुत कार्यहरू देखाउनुहोस्; तपाईंमा शरण लिनेहरूलाई तिनीहरूका वैरीहरूबाट तपाईं आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्छ।
8 Vogt mig som Øjestenen, skjul mig i dine Vingers Skygge
मलाई तपाईंको आँखाको नानीलाई झैँ रक्षा गर्नुहोस्; तपाईंको पखेटाको छायामा मलाई लुकाउनुहोस्,
9 for gudløse, der øver Vold imod mig, glubske Fjender, som omringer mig;
मलाई नष्‍ट पार्न आइलाग्ने दुष्‍टहरूबाट, मलाई घेरेर मार्न चाहने घातक शत्रुहरूबाट बचाउनुहोस्।
10 de har lukket deres Hjerte med Fedt, deres Mund fører Hovmodstale.
तिनीहरूले आफ्ना निर्दयी हृदय बन्द गरेका छन्, र तिनीहरूका मुखले घमण्डका कुरा गर्दछन्।
11 De omringer os, overalt hvor vi gaar, de sigter paa at slaa os til Jorden.
मलाई तिनीहरूले खोजी-खोजी निकालेर चारैतिर घेरेका छन्; मलाई जमिनमा पछार्नलाई तिनीहरू दाउ हेर्दछन्।
12 De er som den rovgridske Løve, den unge Løve, der ligger paa Lur.
तिनीहरू शिकारको निम्ति भोकाएको सिंहझैँ छन्, तिनीहरू एउटा डरलाग्दो सिंहझैँ झाडीमा ढुकिबस्छन्।
13 Rejs dig, HERRE, træd ham i Møde, kast ham til Jorden, fri med dit Sværd min Sjæl fra den gudløses Vold,
हे याहवेह, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्; तिनीहरूलाई पराजित गरिदिनुहोस्; आफ्नो तरवारले मलाई दुष्‍टहरूबाट बचाउनुहोस्।
14 fra Mændene, HERRE, med din Haand, fra dødelige Mænd — lad dem faa deres Del i levende Live! Fyld deres Bug med dit Forraad af Vrede, lad Børnene mættes dermed og efterlade deres Børn, hvad de levner!
हे याहवेह, जसको पुरस्कार यस संसारको जीवनकालमा सीमित छ, संसारका यस्ता मानिसहरूबाट तपाईंको बाहुलीले मलाई बचाउनुहोस्। तपाईंले साँचेर राख्नुभएका थोकहरूले दुष्‍टहरूको पेट भरिएको होस्; तिनीहरूका छोराछोरीहरूले प्रशस्त खानेकुरा हसुरून्, र तिनीहरूका आफ्ना भावी छोराछोरीहरूका लागि पनि प्रशस्त रहोस्।
15 Men jeg skal i Retfærd skue dit Aasyn, mættes ved din Skikkelse, naar jeg vaagner.
तर मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु; जब म बिउँझन्छु, तब तपाईंको मुहारको दर्शन गरेर म सन्तुष्‍ट हुनेछु।

< Salme 17 >