< Salme 14 >
1 Til Sangmesteren. Af David. Daarerne siger i Hjertet: »Der er ingen Gud!« Slet og afskyeligt handler de, ingen gør godt.
मूर्खले आफ्नो हृदयमा भन्छ, “परमेश्वर हुनुहुन्न ।” तिनीहरू भ्रष्ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही छैन ।
2 HERREN skuer ned fra Himlen paa Menneskens Børn for at se, om der findes en forstandig, nogen, der søger Gud.
बुझ्ने कोही छन् कि, परमप्रभुलाई खोज्ने कोही छन् कि भनी हेर्न उहाँले मानवजातिका छोराछोरीलाई स्वर्गबाट हेर्नुहुन्छ ।
3 Afveget er alle, til Hobe fordærvet, ingen gør godt, end ikke een!
तिनीहरू सबै बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्ट भएका छन् । असल गर्ने कोही छैन, अहँ, एक जना पनि छैन ।
4 Er alle de Udaadsmænd da uden Forstand, der æder mit Folk, som aad de Brød, og ikke paakalder HERREN?
तिनीहरू जसले अधर्म गर्छन्, तिनीहरू जसले मेरा मानिसहरूलाई रोटीझैं खान्छन्, तर जसले पमरप्रभुलाई पुकारा गर्दैन, के तिनीहरूले केही कुरा पनि जान्दैनन् र?
5 Af Rædsel gribes de da, thi Gud er i de retfærdiges Slægt.
तिनीहरू डरले कम्छन्, किनकि परमेश्वर धर्मी सभामा हुनुहुन्छ ।
6 Gør kun den armes Raad til Skamme, HERREN er dog hans Tilflugt.
तिमीहरू गरीब व्यक्तिको अपमान गर्ने इच्छा गर्छौ तापनि परमप्रभु त्यसको शरणस्थान हुनुहुन्छ ।
7 Ak, kom dog fra Zion Israels Frelse! Naar HERREN vender Folkets Skæbne, skal Jakob juble, Israel glædes!
ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्दित हुनेछ र इस्राएल खुसी हुनेछ ।