< Ordsprogene 1 >
1 Ordsprog af Salomo, Davids Søn, Israels Konge.
दाऊदका छोरा इस्राएलका राजा सोलोमनको हितोपदेशः
2 Af dem skal man lære Visdom forstandig Tale,
यी हितोपदेशहरू बुद्धि र निर्देशनक कुराहरू सिकाउन र अन्तर्दृष्टिका वचनहरू सिकाउनलाई हो,
3 tage mod Tugt, som gør klog, mod Retfærdighed, Ret og Retsind;
ताकि जे ठिक, न्यायी र उचित छ त्यो गरेर बाँच्नलाई तिमीले निर्देशन प्राप्त गर्न सक ।
4 de skal give tankeløse Klogskab, ungdommen Kundskab og Kløgt;
यी हितोपदेशहरू सोझाहरूलाई बुद्धि दिन र युवाहरूलाई ज्ञान र समझदारी दिनलाई पनि हो ।
5 den vise høre og øge sin Viden, den forstandige vinde sig Levekunst;
बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,
6 de skal lære at tyde Ordsprog og Billeder, de vises Ord og Gaader.
जसद्वारा तिनीहरूले हितोपदेशहरू, दृष्टान्तहरू, बुद्धिमानीहरूका वचनहरू र आहानहरू बुझून् ।
7 HERRENS Frygt er Kundskabs begyndelse, Daarer ringeagter Visdom og Tugt.
परमप्रभुको भय नै ज्ञानको सुरु हो । मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ ।
8 Hør, min Søn, paa din Faders Tugt, opgiv ikke din Moders Belæring.
हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।
9 thi begge er en yndig Krans til dit Hoved og Kæder til din Hals.
ती तेरो शिरमा अनुग्रहको माला हुने छन्, र तेरो गलामा सम्मानको हार हुने छन् ।
10 Min Søn, sig nej, naar Syndere lokker!
हे मेरो छोरो, पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने, तिनीहरूको पछि नलाग् ।
11 Siger de: »Kom med, lad os lure paa den fromme, lægge Baghold for sagesløs, skyldfri Mand!
तिनीहरूले भन्लान्, “हामीसित आऊ । उक्तपातको लागि ढुकिबसौँ । विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ ।
12 Som Dødsriget sluger vi dem levende, med Hud og Haar, som for de i Graven. (Sheol )
स्वस्थहरूलाई पातालले निलेझैँ तिनीहरूलाई जिउँदै निलौँ, र तिनीहरूलाई खाडलमा खस्नेहरूलाई झैँ गरौँ । (Sheol )
13 Vi vinder os Gods og Guld, vi fylder vore Huse med Rov.
हामीले सबै किसिमका बहुमूल्य थोकहरू पाउने छौँ । तिनीहरूबाट हामीले चोरेका थोकहरूले हामी आफ्ना घरहरू भर्ने छौँ ।
14 Gør fælles Sag med os; vi har alle fælles Pung!«
तिमी हामीसित साझेदार होऊ । हामी सबैको एउटै थैलो हुने छ ।”
15 — min Søn, gaa da ikke med dem, hold din Fod fra deres Sti;
हे मेरो छोरो, तिनीहरूसँग त्यस मार्गमा नचल । तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे ।
16 thi deres Fødder løber efter ondt, de haster for at udgyde Blod.
तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् ।
17 Thi det er unyttigt at udspænde Garnet for alle Fugles Øjne;
किनकि कुनै पनि पक्षीको दृष्टिमा जाल फ्याँक्नु बेकाम्मा हुन्छ ।
18 de lurer paa eget Blod, lægger Baghold for eget Liv.
यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् । तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन् ।
19 Saa gaar det enhver, der attraar Rov, det tager sin Herres Liv.
अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन् । अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ ।
20 Visdommen raaber paa Gaden, paa Torvene løfter den Røsten;
बुद्धि सडकमा चर्को गरी कराउँछ, र खुला ठाउँहरूमा त्यसले आफ्नो सोर उचाल्छ ।
21 oppe paa Murene kalder den, tager til Orde i Byen ved Portindgangene:
होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ, र सहरको मूल ढोकामा त्यसले भन्छ,
22 Hvor længe vil I tankeløse elske Tankeløshed, Spotterne finde deres Glæde i Spot og Daarerne hade Kundskab?
“हे निर्बुद्धि मानिसहरू हो, तिमीहरू कहिलेसम्म निर्बुद्धि भइरहन्छौ? हे गिल्ला गर्नेहरू हो, तिमीहरू कहिलेसम्म गिल्ला गर्नमा रमाउँछौ? र हे मूर्खहरू हो, तिमीहरू कहिलेसम्म ज्ञानलाई घृणा गर्छौ?
23 Vend eder til min Revselse! Se, jeg lader min Aand udvælde for eder, jeg kundgør eder mine Ord:
मेरो सुधारलाई ध्यान देओ । म तिमीहरूमाथि मेरा विचार खन्याइदिने छु । म तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिने छु ।
24 Fordi jeg raabte og I stod imod, jeg vinked og ingen ænsed det,
मैले बोलाएको छु, तर तिमीहरूले सुन्न इन्कार गरेका छौ । मैले मेरा हात फैलाएँ, तर ध्यान दिने कोही थिएन ।
25 men I lod haant om alt mit Raad og tog ikke min Revselse til jer,
तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ, र मेरो सुधारलाई वास्तै गरेका छैनौ ।
26 derfor ler jeg ved eders Ulykke, spotter, naar det, I frygter, kommer,
तिमीहरूमाथि विपत्ति आइपर्दा म खिसी गर्ने छु; त्रास आउँदा म तिमीहरूलाई उपहास गर्ने छु-
27 naar det, I frygter, kommer som Uvejr, naar eders Ulykke kommer som Storm, naar Trængsel og Nød kommer over jer.
जब तिमीहरूमाथि आँधीबेहरीझैँ डरलाग्दो त्रास आउने छ, र भुमरीझैँ विपत्ति तिमीहरूमाथि मडारिन्छ, र सङ्कष्ट र पीडा तिमीहरूमाथि आउँछन् ।
28 Da svarer jeg ej, naar de kalder, de søger mig uden at finde,
तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ । तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन् ।
29 fordi de hadede Kundskab og ikke valgte HERRENS Frygt;
तिनीहरूले ज्ञानलाई घृणा गर्ने भएकाले र परमप्रभुको भयलाई नरोजेकाले,
30 mit Raad tog de ikke til sig, men lod haant om al min Revselse.
तिनीहरूले मेरो निर्देशनलाई मानेनन्, र मेरो सुधारलाई तुच्छ ठाने ।
31 Frugt af deres Færd skal de nyde og mættes med egne Raad;
तिनीहरूले तिनीहरूका चालको फल खाने छन्, र तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन् ।
32 thi tankeløses Egensind bliver deres Død, Taabers Sorgløshed bliver deres Undergang;
किनकि निर्बुद्धिहरू फर्कंदा तिनीहरू मारिन्छन्, र मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्ट गर्ने छन् ।
33 men den, der adlyder mig, bor trygt, sikret mod Ulykkens Rædsel.
तर मेरो कुरा सुन्ने सुरक्षामा जिउने छ, र कुनै पनि विपत्तिको डरैविना ढुक्कसित बस्ने छ ।”