< Ordsprogene 29 >
1 Hvo Nakken gør stiv, skønt revset tit, han knuses brat uden Lægedom.
बारम्बार हप्की पाएर पनि अटेरी भई बस्ने मानिस, अचानक नाश हुनेछ—उपाय नै नरहने गरी।
2 Er der mange retfærdige, glædes Folket, men raader de gudløse, sukker Folket.
धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्; दुष्टले शासन गर्दा मानिसहरू सुस्केरा हाल्छन्।
3 Hvo Visdom elsker, glæder sin Fader, hvo Skøger omgaas, bortødsler Gods.
बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ; तर वेश्याहरूसँग सङ्गत गर्नेले आफ्नो धनसम्पत्ति बेकाममा उडाउँछ।
4 Kongen grundfæster Landet med Ret, en Udsuger lægger det øde.
राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्; तर घूसको लोभ गर्नेले देशलाई सर्वनाश पार्छ।
5 Mand, der smigrer sin Næste, breder et Net for hans Fod.
जसले आफ्नो छिमेकीलाई फुर्काउँछ, त्यसले त्यसका खुट्टामुनि जाल बिछ्याउँछ।
6 I sin Brøde hildes den onde, den retfærdige jubler af Glæde.
दुष्ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ; तर धर्मी आनन्दले चिच्याउँछ र खुशी हुन्छ।
7 Den retfærdige kender de ringes Retssag; den gudløse skønner intet.
धर्मीले गरिबको न्यायको वास्ता गर्छ; तर दुष्टलाई चाहिँ त्यसबारे वास्तै हुँदैन।
8 Spottere ophidser Byen, men Vismænd, de stiller Vrede.
गिल्ला गर्नेले सहरभरि हल्ला मच्चाउँछ; तर बुद्धिमान् मानिसले रिस शान्त गराउँछ।
9 Gaar Vismand i Rette med Daare, vredes og ler han, alt preller af.
यदि बुद्धिमान् मानिस मूर्खसित अदालतमा गयो भने, मूर्खको रिस र उपहासले त्यहाँ शान्ति हुँदैन।
10 De blodtørstige hader lydefri Mand, de retsindige tager sig af ham.
रक्तपात गर्ने मानिसहरूले इमानदार मानिसलाई घृणा गर्छन्; र धर्मीलाई मार्न खोज्छन्।
11 En Taabe slipper al sin Voldsomhed løs, Vismand stiller den omsider.
मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ, तर बुद्धिमान्ले यसलाई नियन्त्रणमा राख्छ।
12 En Fyrste, som lytter til Løgnetale, faar lutter gudløse Tjenere.
यदि कुनै शासकले झूटो कुरा सुन्यो भने, त्यसका सबै अधिकारीहरू दुष्ट हुनेछन्।
13 Fattigmand og Blodsuger mødes, HERREN giver begges Øjne Glans.
गरिब र अत्याचारीमा यो कुरा समान हुन्छ: याहवेहले तिनीहरू दुवैका आँखालाई उज्यालो पार्नुहुन्छ।
14 En Konge, der dømmer de ringe med Ret, hans Trone staar fast evindelig.
यदि राजाले गरिबहरूको ठिक न्याय गर्छन् भने, तिनको सिंहासन सदाको निम्ति स्थापित रहनेछ।
15 Ris og Revselse, det giver Visdom, uvorn Dreng gør sin Moder Skam.
सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ, तर अनुशासनहीन छोराछोरीले आफ्नी आमाको बेइज्जत गर्छन्।
16 Bliver mange gudløse, tiltager Synd; retfærdige ser med Fryd deres Fald.
जब दुष्टको फलिफाप हुन्छ, तब पापको पनि फलिफाप हुन्छ; तर धर्मीले तिनीहरूको पतन देख्नेछ।
17 Tugt din Søn, saa kvæger han dig og bringer din Sjæl, hvad der smager.
आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्; तिमीले चाहेको खुशी तिनीहरूले ल्याउनेछन्।
18 Uden Syner forvildes et Folk; salig den, der vogter paa Loven.
जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू आफूखुशी गर्छन्; तर त्यो मानिस धन्यको हो, जसले व्यवस्थालाई पालन गर्दछ।
19 Med Ord lader Træl sig ikke tugte, han fatter dem vel, men adlyder ikke.
दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन; तिनीहरूले बुझे तापनि प्रतिउत्तर दिँदैनन्।
20 Ser du en Mand, der er hastig til Tale, for en Taabe er der snarere Haab end for ham.
के हतारसित बोल्ने मानिसलाई देखेका छौ? त्यसका निम्ति भन्दा त बरु एउटा मूर्खका निम्ति धेरै आशा हुन्छ।
21 Forvænner man sin Træl fra ung, vil han til sidst være Herre.
मानिसले आफ्नो दासलाई बाल्यकालदेखि नै पुलपुलायो भने, अन्त्यमा त्यो समस्या बन्नेछ।
22 Hidsig Mand vækker Strid, vredladen Mand gør megen Synd.
क्रोधी मानिसले झगडा मच्चाउँछ, अनि गरम मिजास भएका मानिसले धेरै पाप गर्छ।
23 Et Menneskes Hovmod ydmyger ham, den ydmyge opnaar Ære.
मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ; तर कोमल आत्मा भएको मानिसले सम्मान पाउँछ।
24 Hæleren hader sit Liv, han hører Forbandelsen, men melder intet.
चोरको साझेदार हुने त्यसको आफैँ शत्रु हुन्छ; त्यसले शपथ खाएर पनि साक्षी दिन आँटै गर्दैन।
25 Frygt for Mennesker leder i Snare, men den, der stoler paa HERREN, er bjærget.
मानिसको डर पासोमा प्रमाणित हुन्छ; तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ।
26 Mange søger en Fyrstes Gunst; Mands Ret er dog fra HERREN.
धेरैले शासकको निगाह प्राप्त गर्न चाहन्छन्; तर मानिसले याहवेहबाट मात्र न्याय पाउँछ।
27 Urettens Mand er retfærdiges Gru, hvo redeligt vandrer, gudløses Gru.
भ्रष्ट मानिसले धर्मीलाई घृणा गर्छ; र दुष्टले धर्मी जीवन जिउनेलाई घृणा गर्छ।