< Ordsprogene 12 >

1 At elske Tugt er at elske Kundskab, at hade Revselse er dumt.
अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति मूर्ख हो।
2 Den gode vinder Yndest hos HERREN, den rænkefulde dømmer han skyldig.
असल मानिसहरूले याहवेहबाट निगाह प्राप्‍त गर्छन्, तर धूर्त मानिसहरूलाई याहवेहले दोषी ठहराउनुहुन्छ।
3 Ingen staar fast ved Gudløshed, men retfærdiges Rod skal aldrig rokkes.
दुष्‍टताले कुनै मानिस स्थापित हुन सक्दैन, तर धर्मी जनलाई उखेल्न सकिनेछैन।
4 En duelig Kvinde er sin Ægtemands Krone, en daarlig er som Edder i hans Ben.
चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डीको क्यान्सरजस्तै हो।
5 Retfærdiges Tanker er Ret, gudløses Opspind er Svig.
धर्मी जनका योजनाहरू न्यायसङ्गत हुन्छन्; तर दुष्‍टका सल्‍लाह कपटपूर्ण हुन्छन्।
6 Gudløses Ord er paa Lur efter Blod, retsindiges Mund skal bringe dem Frelse.
दुष्‍टका वचनहरूले रक्तपातको निम्ति ढुकिबस्छन्, तर धर्मीको बोलीले तिनीहरूलाई उद्धार गर्छ।
7 Gudløse styrtes og er ikke mer, retfærdiges Hus staar fast.
दुष्‍टहरू पराजित हुन्छन् र लोप हुन्छन्; तर धर्मी जनको घर दृढतासाथ खडा रहन्छ।
8 For sin Klogskab prises en Mand, til Spot bliver den, hvis Vid er vrangt.
मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर बाङ्गाटेढा हृदय भएका मानिसहरू अपहेलित हुन्छन्।
9 Hellere overses, naar man holder Træl, end optræde stort, naar man mangler Brød.
खानको निम्ति भोजन नभए तापनि आफ्नै बढाइचढाइ गर्ने मानिसभन्दा बरु साधारण मानिस भएर एक जना मालिकको मात्र सेवक हुनु उत्तम हो।
10 Den retfærdige føler med sit Kvæg, gudløses Hjerte er grumt.
धर्मी मानिसले आफ्नो पशुहरूको वास्ता गर्छ; तर दुष्‍ट मानिसको अति दयापूर्ण काम पनि निर्दयी हुन्छ।
11 Den mættes med Brød, som dyrker sin Jord, uden Vid er den, der jager efter Tomhed.
आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू मूर्ख हुन्छन्।
12 De ondes Fæstning jævnes med Jorden, de retfærdiges Rod holder Stand.
दुष्‍टले खराब मानिसहरूको लुटको अभिलाषा गर्छ, तर धर्मी जनको जरा रहिरहन्छ।
13 I Læbernes Brøde hildes den onde, den retfærdige undslipper Nøden.
दुष्‍ट मानिस आफ्नै पापपूर्ण बोलीले पासोमा पर्छ; तर धर्मी मानिस विपत्तिबाट उम्कन्छ।
14 Af sin Munds Frugt mættes en Mand med godt, et Menneske faar, som hans Hænder har øvet.
आफ्ना ओठका फलबाट नै मानिस असल थोकहरूले भरिन्छ; र आफ्नो हातका कामको प्रतिफल त्यसले निश्‍चय नै पाउँछ।
15 Daarens Færd behager ham selv, den vise hører paa Raad.
मूर्खको चाल त्यसकै लागि ठिक देखिन्छ, तर बुद्धिमान् मानिसले अरूको सल्‍लाह सुन्छ।
16 En Daare giver straks sin Krænkelse Luft, den kloge spottes og lader som intet.
मूर्खले आफ्नो रिस झट्टै देखाउँछ; तर विवेकशील मानिसले अपमानको वास्तै गर्दैन।
17 Den sanddru fremfører, hvad der er ret, det falske Vidne kommer med Svig.
साँचो साक्षीले सत्य बोल्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ।
18 Mangens Snak er som Sværdhug, de vises Tunge læger.
विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ, तर बुद्धिमान्‌को जिब्रोले निको पार्छ।
19 Sanddru Læbe bestaar for evigt, Løgnetunge et Øjeblik.
सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ; तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ।
20 De, som smeder ondt, har Svig i Hjertet; de, der stifter Fred, har Glæde.
खराब योजना रच्नेहरूका हृदयमा छलकपट हुन्छ; तर शान्तिलाई प्रोत्साहन दिनेहरूको निम्ति आनन्द हुन्छ।
21 Den retfærdige times der intet ondt, gudløse oplever Vanheld paa Vanheld.
धर्मीमाथि हानिको कुनै प्रभाव हुँदैन, तर दुष्‍टहरू सङ्कष्‍टले भरिएका हुन्छन्।
22 Løgnelæber er HERREN en Gru, de ærlige har hans Velbehag.
याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ; तर भरोसायोग्य मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ।
23 Den kloge dølger sin Kundskab, Taabers Hjerte udraaber Daarskab.
विवेकशील मानिसले आफ्नो ज्ञान आफूसितै राख्छ; तर मूर्खहरूको हृदयबाट मूर्खता निस्किरहन्छ।
24 De flittiges Haand skal raade, den lade tvinges til Hoveriarbejde.
परिश्रमी हातले शासन गर्नेछ; तर अल्छेपनाले दासत्वमा पुर्‍याउँछ।
25 Hjertesorg bøjer til Jorden, et venligt Ord gør glad.
चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।
26 Den retfærdige vælger sin Græsgang, gudløses Vej vildleder dem selv.
धर्मी मानिस आफ्नो मित्रतामा सतर्क रहन्छ; तर दुष्‍टको मार्गले तिनीहरूलाई बरालिदिन्छ।
27 Ladhed opskræmmer intet Vildt, men kosteligt Gods faar den flittige tildelt.
अल्छे मानिसले आफ्नो शिकार पनि पकाउँदैन, तर लगनशील मानिस आफ्नो शिकारको प्रशस्तताबाट खान्छ।
28 Paa Retfærds Sti er der Liv, til Døden fører den onde Vej.
धार्मिकताको मार्गमा जीवन हुन्छ; त्यही मार्गमा अमरत्व हुन्छ।

< Ordsprogene 12 >