< Ordsprogene 12 >

1 At elske Tugt er at elske Kundskab, at hade Revselse er dumt.
अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्दछ, तर सुधारलाई घृणा गर्नेचाहिँ अबुझ हो ।
2 Den gode vinder Yndest hos HERREN, den rænkefulde dømmer han skyldig.
परमप्रभुले असल मानिसलाई स्‍नेह देखाउनुहुन्छ, तर दुष्‍ट योजनाहरू रच्ने मानिसलाई उहाँले दोषी ठहराउनुहुन्छ ।
3 Ingen staar fast ved Gudløshed, men retfærdiges Rod skal aldrig rokkes.
दुष्‍टताद्वारा मानिस स्थापित हुन सक्दैन, तर धर्मी मानिसहरूलाई जरैदेखि उखेल्न सकिँदैन ।
4 En duelig Kvinde er sin Ægtemands Krone, en daarlig er som Edder i hans Ben.
चरित्रवान् पत्‍नी आफ्नो पतिको मुकुट हो, तर लाज ल्याउने पत्‍नीचाहिँ आफ्नो हड्‍डी सडाउने रोगजस्तै हो ।
5 Retfærdiges Tanker er Ret, gudløses Opspind er Svig.
धर्मीका योजनाहरू न्यायपूर्ण हुन्छन्, तर दुष्‍टको सल्लाह छलपूर्ण हुन्छ ।
6 Gudløses Ord er paa Lur efter Blod, retsindiges Mund skal bringe dem Frelse.
दुष्‍ट मानिसका वचनहरू हत्या गर्ने मौकाको प्रतीक्षा गर्ने पासो हुन्, तर धर्मीहरूका वचनहरूले तिनीहरूलाई सुरक्षित राख्छन् ।
7 Gudløse styrtes og er ikke mer, retfærdiges Hus staar fast.
दुष्‍ट मानिसहरू फालिन्छन्, र तिनीहरू रहँदैनन्, तर धर्मी मानिसहरूको घर खड रहने छ ।
8 For sin Klogskab prises en Mand, til Spot bliver den, hvis Vid er vrangt.
मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेडो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ ।
9 Hellere overses, naar man holder Træl, end optræde stort, naar man mangler Brød.
आफ्नो प्रतिष्‍ठाबारे घमण्ड गरेर भोजन नहुनुभन्दा बरु नोकर भएर महत्वहीन पदमा बस्‍नु बेस हो ।
10 Den retfærdige føler med sit Kvæg, gudløses Hjerte er grumt.
धर्मात्माले आफ्नो पशुका आवश्यकताहरूको वास्ता गर्छ, तर दुष्‍टको दया पनि क्रुर हुन्छ ।
11 Den mættes med Brød, som dyrker sin Jord, uden Vid er den, der jager efter Tomhed.
आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्‍न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्‍नेचाहिँ बेसमझको हुन्छ ।
12 De ondes Fæstning jævnes med Jorden, de retfærdiges Rod holder Stand.
दुष्‍टले खराब मानिसहरूले अरूबाट चोरेको वस्तुको इच्छा गर्छ, तर धर्मी मानिसहरूको फल तिनीहरू आफैबाट आउँछ ।
13 I Læbernes Brøde hildes den onde, den retfærdige undslipper Nøden.
दुष्‍ट व्यक्ति त्यसकै खराब बोलीवचनबाट पासोमा पर्छ, तर धर्मी व्यक्तिचाहिँ सङ्कष्‍टबाट उम्कन्छ ।
14 Af sin Munds Frugt mættes en Mand med godt, et Menneske faar, som hans Hænder har øvet.
जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।
15 Daarens Færd behager ham selv, den vise hører paa Raad.
मूर्खको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।
16 En Daare giver straks sin Krænkelse Luft, den kloge spottes og lader som intet.
मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।
17 Den sanddru fremfører, hvad der er ret, det falske Vidne kommer med Svig.
सत्य बोल्नेले ठिक कुरा बोल्छ, तर झुटो साक्षीले झुटो कुरा बोल्छ ।
18 Mangens Snak er som Sværdhug, de vises Tunge læger.
असावधानसाथ बोल्नेका वचनहरू तरवारको घोचाइझैँ हुन्छन्, तर बुद्धिमान्‌को बोलीले चङ्गाइ ल्याउँछ ।
19 Sanddru Læbe bestaar for evigt, Løgnetunge et Øjeblik.
सत्य बोल्ने ओठ सधैँभरि रहिरहन्छ, तर झुट बोल्ने जिब्रो केही क्षण मात्र टिक्छ ।
20 De, som smeder ondt, har Svig i Hjertet; de, der stifter Fred, har Glæde.
खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।
21 Den retfærdige times der intet ondt, gudløse oplever Vanheld paa Vanheld.
धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्‍टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ ।
22 Løgnelæber er HERREN en Gru, de ærlige har hans Velbehag.
परमप्रभुले झुट बोल्ने ओठलाई घृणा गर्नुहुन्छ, तर विश्‍वासयोग्यसाथ जिउनेहरू उहाँका आनन्द हुन् ।
23 Den kloge dølger sin Kundskab, Taabers Hjerte udraaber Daarskab.
विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।
24 De flittiges Haand skal raade, den lade tvinges til Hoveriarbejde.
परिश्रमीको हातले शासन गर्ने छ, तर अल्छे मानिसलाई जबरजस्ती काम लगाइने छ ।
25 Hjertesorg bøjer til Jorden, et venligt Ord gør glad.
मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्‍न पार्छ ।
26 Den retfærdige vælger sin Græsgang, gudløses Vej vildleder dem selv.
धर्मात्मा उसको मित्रको लागि पथ-प्रदर्शक हो, तर दुष्‍टहरूको चालले तिनीहरूलाई बरालिदिन्छ ।
27 Ladhed opskræmmer intet Vildt, men kosteligt Gods faar den flittige tildelt.
अल्छे मानिसले आफ्नो सिकार फेला पार्दैन, तर परिश्रमी मानिसले बहुमूल्य सम्पत्ति पाउने छ ।
28 Paa Retfærds Sti er der Liv, til Døden fører den onde Vej.
ठिक मार्गमा हिँड्नेहरूले जीवन पाउने छ, र त्यस मार्गमा मृत्यु हुँदैन ।

< Ordsprogene 12 >