< Ordsprogene 10 >

1 Salomos Ordsprog. Viis Søn glæder sin Fader, taabelig Søn er sin Moders Sorg.
सोलोमनका हितोपदेश: बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्, तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्।
2 Gudløsheds Skatte gavner intet, men Retfærd redder fra Død.
अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
3 HERREN lader ej en retfærdig sulte, men gudløses Attraa støder han fra sig.
याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्‍न; तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्छ।
4 Doven Haand skaber Fattigdom, flittiges Haand gør rig.
अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।
5 En klog Søn samler om Somren, en daarlig sover om Høsten.
ग्रीष्म ऋतुमा अन्‍नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्; तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्।
6 Velsignelse er for retfærdiges Hoved, paa Uret gemmer gudløses Mund.
धर्मीको शिरमाथि आशिष्‌हरूका मुकुट रहन्छन्, तर दुष्‍ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ।
7 Den retfærdiges Minde velsignes, gudløses Navn smuldrer hen.
धर्मीको नाम आशिष्‌मा प्रयोग गरिन्छ, तर दुष्‍टको नामचाहिँ कुहिएर जानेछ।
8 Den vise tager mod Paabud, den brovtende Daare styrtes.
हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्, तर बकबके मूर्खको विनाश हुन्छ।
9 Hvo lydefrit vandrer, vandrer trygt; men hvo der gaar Krogveje, ham gaar det ilde.
इमानदार मानिस निर्धक्‍क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।
10 Blinker man med Øjet, volder man ondt, den brovtende Daare styrtes.
कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ; अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ।
11 Den retfærdiges Mund er en Livsens Kilde, paa Uret gemmer gudløses Mund.
धर्मीको मुख जीवनको फोहोरा हो, तर दुष्‍टको मुखमा हिंसा लुकेको हुन्छ।
12 Had vækker Splid, Kærlighed skjuler alle Synder.
घृणाले फाटो उब्जाउँछ; तर प्रेमले सबै अपराधहरू ढाक्दछ।
13 Paa den kloges Læber finder man Visdom, Stok er til Ryg paa Mand uden Vid.
समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ; तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ।
14 De vise gemmer den indsigt, de har, Daarens Mund er truende Vaade.
बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्; तर मूर्खको मुखले विनाश निम्त्याउँछ।
15 Den riges Gods er hans faste Stad, Armod de ringes Vaade.
धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो, तर दरिद्रता गरिबहरूको विनाश हो।
16 Den retfærdiges Vinding tjener til Liv, den gudløses Indtægt til Synd.
धर्मीको ज्याला तिनीहरूको जीवन हो, तर दुष्‍टको कमाइ पाप र मृत्यु हो।
17 At vogte paa Tugt er Vej til Livet, vild farer den, som viser Revselse fra sig.
अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ, तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्‍ट पार्छ।
18 Retfærdige Læber tier om Had, en Taabe er den, der udspreder Rygter.
जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो।
19 Ved megen Tale undgaas ej Brøde, klog er den, der vogter sin Mund.
जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ; तर बुद्धिमान्‌ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।
20 Den retfærdiges Tunge er udsøgt Sølv, gudløses Hjerte er intet værd.
धर्मीको जिब्रो निखुर चाँदी हो; तर दुष्‍टको हृदय भने केही मूल्यको हुँदैन।
21 Den retfærdiges Læber nærer mange, Daarerne dør af Mangel paa Vid.
धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ, तर मूर्खहरू विवेकको अभावले मर्छन्।
22 HERRENS Velsignelse, den gør rig, Slid og Slæb lægger intet til.
याहवेहको आशिष्‌ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्‍न।
23 For Taaben er Skændselsgerning en Leg, Visdom er Leg for Mand med Indsigt.
मूर्खहरू दुष्‍ट चालमा आनन्दित हुन्छन्, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्छ।
24 Hvad en gudløs frygter, kommer over hans Hoved, hvad retfærdige ønsker, bliver dem givet.
तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्‍टमाथि आइपर्नेछ; धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ।
25 Naar Storm farer frem, er den gudløse borte, den retfærdige staar paa evig Grund.
आँधीबेहरी आएपछि दुष्‍टहरू सोहोरिएर गइहाल्छन्; तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।
26 Som Eddike for Tænder og Røg for Øjne saa er den lade for dem, der sender ham.
दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै, अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्।
27 HERRENS Frygt lægger Dage til, gudløses Aar kortes af.
याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; तर दुष्‍टका आयुचाहिँ घटाइन्छ,
28 Retfærdige har Glæde i Vente, gudløses Haab vil briste.
धर्मीका आशा आनन्दमय हुन्छ; तर दुष्‍टहरूको आशा पूरा हुनेछैन।
29 For lydefri Vandel er HERREN et Værn, men en Rædsel for Udaadsmænd.
याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो; तर दुष्‍ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो।
30 Den retfærdige rokkes aldrig, ikke skal gudløse bo i Landet.
धर्मी कहिल्यै उखेलिनेछैन; तर दुष्‍ट पृथ्वीमा स्थिर रहनेछैन।
31 Den retfærdiges Mund bærer Visdoms Frugt, den falske Tunge udryddes.
धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ, तर भड्काउने जिब्रो काटिनेछ।
32 Den retfærdiges Læber søger Yndest, gudløses Mund bærer Falskheds Frugt.
धर्मीका ओठले उचित कुरा जान्दछन्; तर दुष्‍टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।

< Ordsprogene 10 >