< Filipperne 2 >
1 Er der da nogen Formaning i Kristus, er der nogen Kærlighedens Opmuntring, er der noget Aandens Samfund, er der nogen inderlig Kærlighed og Barmhjertighed:
यसकारण म मान्दछु, कि ख्रीष्टमा उत्साह छ । म मान्दछु, कि त्यहाँ आत्माको सङ्गति छ । म मान्दछु, कि उहाँको प्रेमबाट सान्त्वना मिल्दछ । म मान्दछु, कि त्यहाँ स्नेही करुणा र सहानुभूति छ ।
2 Da fuldkommer min Glæde, at I maa være enige indbyrdes, saa I have den samme Kærlighed, samme Sjæl, een Higen,
तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पुरा गर ।
3 intet gøre af Egennytte eller Lyst til tom Ære, men i Ydmyghed agte hverandre højere end eder selv
स्वार्थ र रित्तो अहङ्कारमा केही नगर । बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्च ठान ।
4 og ikke se hver paa sit, men enhver ogsaa paa andres.
आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ ।
5 Det samme Sindelag være i eder, som ogsaa var i Kristus Jesus,
त्यही शैलीमा विचार गर, जुन ख्रीष्ट येशूमा पनि थियो ।
6 han, som, da han var i Guds Skikkelse, ikke holdt det for et Rov at være Gud lig,
उहाँ परमेश्वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्ने वस्तुझैँ ठान्नुभएन ।
7 men forringede sig selv, idet han tog en Tjeners Skikkelse paa og blev Mennesker lig;
बरु, उहाँले आफैँलाई रित्त्याउनुभयो । उहाँले कमराको रूप धारण गर्नुभयो । उहाँ मानिसको स्वरूपमा आउनुभयो । मानिसकै स्वरूपमा उहाँ रहनुभयो ।
8 og da han i Fremtræden fandtes som et Menneske, fornedrede han sig selv, saa han blev lydig indtil Døden, ja, Korsdøden.
उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो ।
9 Derfor har ogsaa Gud højt ophøjet ham og skænket ham det Navn, som er over alle Navne,
यसकारण, परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो । परमेश्वरले उहाँलाई सबै नाउँभन्दा उच्च नाउँ दिनुभयो ।
10 for at i Jesu Navn hvert Knæ skal bøje sig, deres i Himmelen og paa Jorden og under Jorden,
उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू ।
11 og hver Tunge skal bekende, at Jesus Kristus er Herre, til Gud Faders Ære.
र उहाँले यो गर्नुभयो, ताकि परमेश्वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
12 Derfor, mine elskede! ligesom I altid have været lydige, saa arbejder ikke alene som i min Nærværelse, men nu meget mere i min Fraværelse paa eders egen Frelse med Frygt og Bæven;
यसकारण, मेरा प्रियहरू हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गर्ने गरेका छौ, अब मेरो उपस्थितिमा मात्र होइन तर मेरो अनुपस्थितीमा झन् बढी डर र कम्पसाथ आफ्ना मुक्तिको काम पुरा गर ।
13 thi Gud er den, som virker i eder baade at ville og at virke, efter sit Velbehag.
किनकि परमेश्वरको प्रसन्नताको निम्ति तिमीहरूलाई दुवै इच्छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
14 Gører alle Ting uden Knurren og Betænkeligheder,
गनगन नगरी र तर्क वितर्कविना सबै कामहरू गर ।
15 for at I maa blive udadlelige og rene, Guds ulastelige Børn, midt i en vanartet og forvendt Slægt, iblandt hvilke I vise eder som Himmellys i Verden,
यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्वरका निर्दोष र इमानदार छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबिच यस संसारमा ज्योतिझैँ चम्कन सक ।
16 idet I fremholde Livets Ord, mig til Ros paa Kristi Dag, at jeg ikke har løbet forgæves, ej heller arbejdet forgæves.
जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्टको दिनमा मसँग महिमा गर्ने कारण होस् । किनभने त्यस दिन म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन भन्ने म जान्नेछु ।
17 Ja, selv om jeg bliver ofret under Ofringen og Betjeningen af eders Tro, saa glæder jeg mig og glæder mig med eder alle.
तर तिमीहरूको विश्वासको त्याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म आनन्द मनाउँछु, र म तिमीहरू सबैसँग आनन्दित हुन्छु ।
18 Men ligeledes skulle ogsaa I glæde eder, og glæde eder med mig!
त्यसै गरी, तिमीहरू पनि आनन्दित होओ, र मसँगै आनन्दित होओ ।
19 Men jeg haaber i den Herre Jesus snart at kunne sende Timotheus til eder, for at ogsaa jeg kan blive ved godt Mod ved at erfare, hvorledes det gaar eder.
तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु, ताकि तिनीबाट तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ ।
20 Thi jeg har ingen ligesindet, der saa oprigtig vil have Omsorg for, hvorledes det gaar eder;
किनकि तिनको जस्तै मन भएको, र तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा उत्सुक हुने मसँग अरू कोही पनि छैन ।
21 thi de søge alle deres eget, ikke hvad der hører Kristus Jesus til.
किनकि तिनीहरू सबैले येशू ख्रीष्टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्दछन् ।
22 Men hans prøvede Troskab kende I, at, ligesom et Barn tjener sin Fader, saaledes har han tjent med mig for Evangeliet.
तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनकि जसरी बालकले आफ्ना पिताको सेवा गर्दछ, त्यसरी नै सुसमाचारमा मलाई तिनले सेवा गरेका छन् ।
23 Ham haaber jeg altsaa at sende straks, naar jeg ser Udgangen paa min Sag.
यसकारण, मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो म तिमोथीलाई तिमीहरूकहाँ पठाउने आशा गर्दछु ।
24 Men jeg har den Tillid til Herren, at jeg ogsaa selv snart skal komme.
तर म आफैँ तिमीहरूका माझमा छिट्टै आउनेछु भन्ने कुरामा प्रभुमा निर्धक्क छु ।
25 Men jeg har agtet det nødvendigt at sende Epafroditus til eder, min Broder og Medarbejder og Medstrider, og eders Udsending og Tjener for min Trang,
तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्दछु । तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् ।
26 efterdi han længtes efter eder alle og var saare ængstelig, fordi I havde hørt, at han var bleven syg.
किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए ।
27 Ja, han var ogsaa syg og Døden nær; men Gud forbarmede sig over ham, ja, ikke alene over ham, men ogsaa over mig, for at jeg ikke skulde have Sorg paa Sorg.
किनकि तिनी साँच्चै यति बिरामी थिए, कि तिनी मरणासन्न अवस्थामा पुगेका थिए । तर परमेश्वरले तिनीमाथि कृपा गर्नुभयो, र उनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो ।
28 Derfor skynder jeg mig desto mere med at sende ham, for at I atter kunne glædes, naar I se ham, og jeg være mere sorgfri.
यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु, ताकि जब तिमीहरूलेतिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र म चिन्ताबाट मुक्त हुनेछु ।
29 Modtager ham altsaa i Herren med al Glæde og holder saadanne i Ære;
त्यसैले, सारा आनन्दसाथ प्रभुमा इपाफ्रोडिटसलाई स्वागत गर । तिनीजस्ता मानिसलाई आदर गर ।
30 thi for Kristi Gernings Skyld kom han Døden nær, idet han satte sit Liv i Vove for at udfylde Savnet af eder i eders Tjeneste imod mig.
किनकि ख्रीष्टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।