< Mikas 7 >

1 Ve mig! Det gaar mig som ved Frugthøst, ved Vinhøstens Efterslæt: Ikke en Drue at spise, ej en Figen, min Sjæl har Lyst til!
मलाई कस्तो दुर्गति आइलागेको छ! म दाखबारीमा ग्रीष्म ऋतुको फल बटुल्ने मानिसजस्तै छु; खानलाई कुनै अङ्‌गुरको झुप्पा नै छैन; मैले चाहेको पहिलो नेभाराको फल एउटै पनि छैन।
2 De fromme er svundet af Landet, ikke et Menneske er sanddru. De lurer alle paa Blod og jager hverandre med Net.
धर्मी मानिसहरू देशबाट नष्‍ट भइसकेका छन्; धर्मी एउटै पनि बाँकी छैन। हरेक मानिस हत्या गर्न ढुकिबस्छन्; तिनीहरू एक-अर्कालाई पासो थाप्छन्।
3 Deres Hænder er flinke til ondt, Fyrsten kræver, Dommeren er villig for Betaling; Stormanden nævner, hvad han begærer; og derefter snor de det sammen.
दुवै हातहरू दुष्‍ट काम गर्न सिपालु छन्; शासकहरूले उपहारको माग गर्छन्, न्यायकर्ताहरू न्यायालयमा घूस लिन्छन्; शक्तिशालीहरू आफूले इच्छा लागेअनुसारको हुकुम चलाउँछन्; तिनीहरू सबै जना मिलेर षड्यन्त्र रच्दछन्।
4 Den bedste er som en Tornebusk, den ærlige værre end en Tjørnehæk. Dine Vægteres Dag, din Hjemsøgelse kommer, af Rædsel rammes de nu.
तिनीहरूमा सबैभन्दा असल मानिस पनि तीखो काँडाजस्तै छ, सबैभन्दा सोझो पनि झाडीको काँडाभन्दा खराब छ। परमेश्‍वरले तिमीहरूलाई भेट गर्ने समय आएको छ; तिमीहरूका पहरेदारहरूका चेतावनीको आवाज आएको छ। अहिले तिमीहरूको अन्योलको समय हो।
5 Tro ikke eders Næste, stol ikke paa en Ven, vogt Mundens Døre for hende, du favner!
तिमीहरू आफ्नो छिमेकीमाथि भरोसा नगर; न त मित्रमाथि नै विश्‍वास गर। आफ्नो अँगालोमा सुत्ने पत्नीसँग बोल्दासमेत होसियार भएर बोल।
6 Thi Søn agter Fader ringe, Datter staar Moder imod, Svigerdatter Svigermoder, en Mand har sine Husfolk til Fjender.
किनकि छोराले आफ्नो बुबालाई अनादर गर्छ, छोरी आफ्नै आमाको विरुद्धमा उठ्छे; बुहारी आफ्नै सासूको विरुद्धमा— मानिसका शत्रुहरू आफ्नै घरका सदस्यहरू हुन्छन्।
7 Men jeg vil spejde efter HERREN, jeg bier paa min Frelses Gud; min Gud vil høre mig.
तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु; म मेरो उद्धारकर्ता परमेश्‍वरलाई पर्खन्छु; मेरा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुहुनेछ।
8 Glæd dig ej over mig, min Fjende! Thi jeg faldt, men staar op; om end jeg sidder i Mørke, er HERREN mit Lys.
हे मेरो शत्रु, मेरो खिसी नगर्! म लडेको छु, तर पनि म खडा हुनेछु। म अन्धकारमा छु, तर पनि याहवेह मेरा निम्ति ज्योति हुनुहुनेछ।
9 Jeg vil bære HERRENS Vrede — jeg synded jo mod ham — indtil han strider for mig og skaffer mig Ret; han fører mig ud i Lys, jeg skal skue hans Retfærd.
किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु, जबसम्म उहाँले मेरा निम्ति मुद्दा लड्नुहुन्‍न, र मेरो अधिकार स्थापित गर्नुहुन्‍न, तबसम्म म याहवेहको क्रोधलाई सहनेछु। उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ; म उहाँको धार्मिकतालाई हेर्नेछु।
10 Min Fjende skal se derpaa og fyldes med Skam, han, som spørger mig: »Hvor er HERREN din Gud?« Mine Øjne skal med Skadefryd se ham, naar han trampes ned som Skarn paa Gaden.
त्यसपछि मेरा शत्रुले यो देख्नेछन्, र तिनीहरू लज्जित हुनेछन्, जसले मलाई यसो भनेकी थिई, “याहवेह तेरो परमेश्‍वर कहाँ छन्?” मेरो आँखाले त्यसको पतन देख्नेछ; अहिले पनि त्यो गल्‍लीहरूमा हिलोजस्तै खुट्टामुनि कुल्चिइन्छे।
11 En Dag skal dine Mure bygges, en Dag skal Grænsen vides ud,
तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन, तिमीहरूका सिमानाहरू बढाउने दिन आउनेछ।
12 en Dag skal man komme til dig lige fra Assur til Ægypten, lige fra Ægypten til Floden, fra Hav til Hav, fra Bjerg til Bjerg.
त्यस दिन मानिसहरू तिमीहरूकहाँ आउनेछन्; अश्शूर र इजिप्टका सहरहरूबाट इजिप्टदेखि लिएर यूफ्रेटिस नदिसम्मका र टाढा-टाढाका समुद्रदेखि लिएर टाढा-टाढाका पर्वतसम्मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्।
13 Men Jorden og de, som bor derpaa, lægges øde til Løn for deres Værk.
तिमीहरूका बासिन्दाहरूका दुष्‍ट कामहरूका परिणामको कारणले गर्दा पृथ्वी उजाड हुनेछ।
14 Vogt med din Stav dit Folk, din Ejendoms Hjord, som bor for sig selv i Skoven, i Frugthavens Midte; lad dem græsse i Basan og Gilead som i gamle Dage!
तपाईंका प्रजाहरूलाई आफ्नो लहुरो लिएर चराउनुहोस्; तपाईंको उत्तराधिकारका भेडाका बगाललाई चराउनुहोस्, जो एकलै वनमा, कार्मेल पर्वतको मलिलो खर्कमा बस्छन्। तिनीहरूलाई पहिलेका दिनहरूमा जस्तै बाशान र गिलादमा गएर चर्न दिनुहोस्।
15 Giv os Undere at skue, som da du drog ud af Ægypten;
“तिमीहरू इजिप्टबाट निस्केर आएका दिनहरूमा जस्तै म तिनीहरूलाई मेरा अद्‌भुत कार्यहरू देखाउनेछु।”
16 lad Folkene se det og blues ved al deres Vælde, lægge Haand paa Mund, lad Ørene døves paa dem!
राष्ट्रहरूले देख्नेछन् र लज्जित हुनेछन्। तिनीहरूका पूरै शक्ति काम नलाग्ने हुनेछन्। तिनीहरूका हातहरूले आफ्ना मुख छोप्नेछन्, र तिनीहरूका कानहरू बहिरा हुनेछन्।
17 Lad dem slikke Støv som Slangen, som Jordens Kryb, rædde komme frem af deres Borge til HERREN vor Gud og ængstes og frygte for dig!
तिनीहरूले सर्पले जस्तै र जमिनमा घस्रने प्राणीहरूले जस्तै धुलो चाट्नेछन्। तिनीहरू थरथर काम्दै आफ्ना गुफाहरूबाट निस्केर आउनेछन्; तिनीहरू याहवेह हाम्रा परमेश्‍वरकहाँ डरसहित फर्कनेछन्, र तिनीहरू उहाँसँग डराउनेछन्।
18 Hvo er en Gud som du, der tilgiver Brøde, bærer over med Synd hos din Ejendoms Rest, ej evigt gemmer paa Vrede, men gerne er naadig?
तपाईंजस्तो परमेश्‍वर को छ र? जसले उहाँका उत्तराधिकारका बाँकी रहेकाहरूको पाप क्षमा गर्नुहुन्छ, र अपराधहरू बिर्सिदिनुहुन्छ। तपाईं सधैँभरि रिसाइरहनुहुन्‍न, तर अटुट प्रेम देखाउनमा प्रसन्‍न हुनुहुन्छ।
19 Han vil atter forbarme sig over os, træde vor Brøde under Fod, du vil kaste alle vore Synder i Havets Dyb!
तपाईंले हामीमाथि फेरि दया देखाउनुहुनेछ; हाम्रा पापहरूलाई तपाईंले खुट्टामुनि कुल्चनुहुनेछ; अनि हाम्रा सबै अधर्महरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ।
20 Du vil vise Jakob Trofasthed, Abraham Naade, som du svor vore Fædre til i fordums Dage.
जसरी तपाईंले धेरै अगिका दिनहरूमा हाम्रा पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको थियो, त्यसरी नै तपाईं याकोबप्रति विश्‍वासयोग्य रहनुहुनेछ, र अब्राहामलाई अचुक प्रेम देखाउनुहुनेछ।

< Mikas 7 >