< Matthæus 12 >

1 Paa den Tid vandrede Jesus paa Sabbaten igennem en Sædemark; men hans Disciple bleve hungrige og begyndte at plukke Aks og at spise.
त्यति बेला शबाथको दिनमा येशू अन्‍नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्‍न टिप्दै खान लागे ।
2 Men da Farisæerne saa det, sagde de til ham: „Se, dine Disciple gøre, hvad det ikke er tilladt at gøre paa en Sabbat.”
तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”
3 Men han sagde til dem: „Have I ikke læst, hvad David gjorde, da han blev hungrig og de, som vare med ham?
तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ?
4 hvorledes han gik ind i Guds Hus og spiste Skuebrødene, som det ikke var ham tilladt at spise, ej heller dem, som vare med ham, men alene Præsterne?
कसरी उनी परमेश्‍वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो?
5 Eller have I ikke læst i Loven, at paa Sabbaterne vanhellige Præsterne Sabbaten i Helligdommen og ere dog uden Skyld?
र शबाथमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्‍ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र?
6 Men jeg siger eder, at her er det, som er større end Helligdommen.
तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् एक जना यहाँ हुनुहुन्छ ।
7 Men dersom I havde vidst, hvad det Ord betyder: Jeg har Lyst til Barmhjertighed og ikke til Offer, da havde I ikke fordømt dem, som ere uden Skyld.
‘म कृपा चाहन्छु र बलिदान होइन’ भन्‍ने कुराको अर्थ यदि तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्दा गर्ने थिएनौ ।
8 Thi Menneskesønnen er Herre over Sabbaten.”
किनभने मानिसका पुत्र शबाथका प्रभु हुन् ।”
9 Og han gik videre derfra og kom ind i deres Synagoge.
त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।
10 Og se, der var en Mand, som havde en vissen Haand; og de spurgte ham ad og sagde: „Er det tilladt at helbrede paa Sabbaten?” for at de kunde anklage ham.
हेर, त्यहाँ एक जना हात सुकेको व्यक्‍ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ?”
11 Men han sagde til dem: „Hvilket Menneske er der iblandt eder, som har kun eet Faar, og ikke tager fat paa det og drager det op, dersom det paa Sabbaten falder i en Grav?
येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्‍ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला?
12 Hvor meget er nu ikke et Menneske mere end et Faar? Altsaa er det tilladt at gøre vel paa Sabbaten.”
त्यसो भए, एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ! त्यसैले, शबाथमा असल गर्नु न्यायसङ्गत छ ।”
13 Da siger han til Manden: „Ræk din Haand ud!” og han rakte den ud, og den blev igen sund som den anden.
अनि येशूले त्यस व्यक्‍तिलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” उसले आफ्नो हात पसार्‍यो, र उसको त्यो हात अर्को हातजस्तै निको भयो ।
14 Men Farisæerne gik ud og lagde Raad op imod ham, hvorledes de kunde slaa ham ihjel.
तर ती फरिसीहरू बाहिर गए र षड्‍यन्‍त्र रच्‍न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले ।
15 Men da Jesus mærkede det, drog han bort derfra; og mange fulgte ham, og han helbredte dem alle.
अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
16 Og han bød dem strengt, at de ikke maatte gøre ham kendt;
उहाँको बारेमा अरूहरूलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो,
17 for at det skulde opfyldes, som er talt ved Profeten Esajas, som siger:
ताकि यशैया अगमवक्‍ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्,
18 „Se, min Tjener, som jeg har udvalgt, min elskede, i hvem min Sjæl har Velbehag; jeg vil give min Aand over ham, og han skal forkynde Hedningerne Ret.
“हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्‍न छ । म उनमा मेरा आत्मा खन्याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन् ।
19 Han skal ikke kives og ikke raabe, og ingen skal høre hans Røst paa Gaderne.
उनले सङ्घर्ष गर्नेछैनन्, न त ठुलो स्वरले कराउनेछन्, न त कसैले गल्लीहरूमा उनको स्वर सुन्‍नेछ ।
20 Han skal ikke sønderbryde det knækkede Rør og ikke udslukke den rygende Tande, indtil han faar ført Retten frem til Sejr.
उनले कुनै फुटेको नरकटलाई भाँच्‍नेछैनन्; उनले न्यायलाई विजयमा नपुर्‍याएसम्म उनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउनेछैनन् ।
21 Og paa hans Navn skulle Hedninger haabe.”
अनि उनको नाउँमा गैरयहूदीहरूले विश्‍वास गर्नेछन् ।”
22 Da blev en besat, som var blind og stum, ført til ham; og han helbredte ham, saa at den stumme talte og saa.
अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्‍ने व्यक्‍ति येशूकहाँ ल्याइयो । उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्‍ने व्यक्‍ति बोल्न सक्‍ने र देख्‍न सक्‍ने भयो ।
23 Og alle Skarerne forfærdedes og sagde: „Mon denne skulde være Davids Søn?”
सबै भिड छक्‍क परे र भने, “के यी मानिस दाऊदका पुत्र हुन सक्छन्?”
24 Men da Farisæerne hørte det, sagde de: „Denne uddriver ikke de onde Aander uden ved Beelzebul, de onde Aanders Fyrste.”
तर जब फरिसीहरूले यस आश्‍चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।”
25 Men saasom han kendte deres Tanker, sagde han til dem: „Hvert Rige, som er kommet i Splid med sig selv, lægges øde; og hver By eller Hus, som er kommet i Splid med sig selv, kan ikke bestaa.
तर येशूले तिनीहरूको विचार जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “आफैँमा विभाजित भएको हरेक राज्यलाई उजाड पारिनेछ, अनि आफैँमा विभाजित भएको हरेक सहर वा घराना टिक्‍नेछैन ।”
26 Og hvis Satan uddriver Satan, saa er han kommen i Splid med sig selv; hvorledes skal da hans Rige bestaa?
यदि शैतानले नै शैतानलाई निकाल्दछ भने, त्यो आफैँमा विभाजित हुन्छ । त्यसको राज्य कसरी टिक्ला?
27 Og dersom jeg uddriver de onde Aander ved Beelzebul, ved hvem uddrive da eders Sønner dem? Derfor skulle de være eders Dommere.
अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने, तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण, तिनीहरू तिमीहरूका न्यायाधीश हुनेछन् ।
28 Men dersom jeg uddriver de onde Aander ved Guds Aand, da er jo Guds Rige kommet til eder.
तर यदि म परमेश्‍वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।
29 Eller hvorledes kan nogen gaa ind i den stærkes Hus og røve hans Ejendele, uden han først binder den stærke? Da kan han plyndre hans Hus.
र कुनै मानिसले एक बलियो व्यक्‍तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू कसरी चोर्न सक्छ? त्यस बलियो व्यक्‍तिलाई बाँधेपछि उसको घरका सामानहरू त्यसले चोर्छ ।
30 Den, som ikke er med mig, er imod mig; og den, som ikke samler med mig, adspreder.
जो मसित छैन ऊ मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्‍ट पार्छ ।
31 Derfor siger jeg eder: Al Synd og Bespottelse skal forlades Menneskene, men Bespottelsen imod Aanden skal ikke forlades.
त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्‍वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन ।
32 Og den, som taler et Ord imod Menneskesønnen, ham skal det forlades; men den, som taler imod den Helligaand, ham skal det ikke forlades, hverken i denne Verden eller i den kommende. (aiōn g165)
अनि जसले परमेश्‍वरका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने उसलाई क्षमा गरिनेछ । तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ त्यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ । (aiōn g165)
33 Lader enten Træet være godt og dets Frugt god; eller lader Træet være raaddent, og dets Frugt raadden; thi Træet kendes paa Frugten.
कि त रुखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रुखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रुख त्यसको फलद्वारा चिनिनेछ ।
34 I Øgleunger! hvorledes kunne I tale godt, naar I ere onde? Thi af Hjertets Overflødighed taler Munden.
ए सर्पका सन्तानहरू, तिमीहरू दुष्‍ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ ।
35 Et godt Menneske fremtager gode Ting af sit gode Forraad; og et ondt Menneske fremtager onde Ting af sit onde Forraad.
एउटा असल व्यक्‍तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्‍ट व्यक्‍तिले आफ्नो हृदयमा रहेको दुष्‍ट कुराले जे दुष्‍ट छ त्यो नै बाहिर ल्याउँछ ।
36 Men jeg siger eder, at Menneskene skulle gøre Regnskab paa Dommens Dag for hvert utilbørligt Ord, som de tale.
र म तिमीहरूलाई भन्दछु, कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् ।
37 Thi af dine Ord skal du retfærdiggøres, og af dine Ord skal du fordømmes.”
किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ ।”
38 Da svarede nogle af de skriftkloge og Farisæerne ham og sagde: „Mester! vi ønske at se et Tegn af dig.”
त्यसपछि केही शास्‍त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौँ ।”
39 Men han svarede og sagde til dem: „En ond og utro Slægt forlanger Tegn, men der skal intet Tegn gives den uden Profeten Jonas's Tegn.
तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्यसलाई योना अगमवक्‍ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन ।
40 Thi ligesom Jonas var tre Dage og tre Nætter i Havdyrets Bug, saaledes skal Menneskesønnen være tre Dage og tre Nætter i Jordens Skød.
किनकि जसरी योना तिन दिन र तिन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तिन दिन र तिन रात पृथ्वीको गर्भभित्र रहनेछन् ।
41 Mænd fra Ninive skulle opstaa ved Dommen sammen med denne Slægt og fordømme den; thi de omvendte sig ved Jonas's Prædiken; og se, her er mere end Jonas.
निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन् । किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्‍चात्ताप गरेका थिए, र हेर, योनाभन्दा अझै महान् कोही यहाँ छन् ।
42 Sydens Dronning skal oprejses ved Dommen sammen med denne Slægt og fordømme den; thi hun kom fra Jordens Grænser for at høre Salomons Visdom; og se, her er mere end Salomon.
दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र यसको निन्दा गर्नेछिन् । तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्‍न आइन्, तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छन् ।
43 Men naar den urene Aand er faren ud af Mennesket, vandrer den igennem vandløse Steder, søger Hvile og finder den ikke.
जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्यो पानी नभएको ठाउँ हुँदै जान्छ र त्यसले आराम खोज्छ, तर त्यसले त्यो भेट्टाउँदैन ।
44 Da siger den: Jeg vil vende om til mit Hus, som jeg gik ud af; og naar den kommer, finder den det ledigt, fejet og prydet.
अनि त्यसले भन्छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ ।
45 Saa gaar den hen og tager syv andre Aander med sig, som ere værre end den selv, og naar de ere komne derind, bo de der; og det sidste bliver værre med dette Menneske end det første. Saaledes skal det ogsaa gaa denne onde Slægt.”
त्यसपछि त्यो गएर आफूभन्दा दुष्‍ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्यहाँभित्र बस्‍न आउँछन् । अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ । यस दुष्‍ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ ।”
46 Medens han endnu talte til Skarerne, se, da stode hans Moder og hans Brødre udenfor og begærede at tale med ham.
जब येशू भिडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँको भाइ उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे ।
47 Da sagde en til ham: „Se, din Moder og dine Brødre staa udenfor og begære at tale med dig.”
कसैले उहाँलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहनुभएका छन् ।”
48 Men han svarede og sagde til den, som sagde ham det: „Hvem er min Moder? og hvem ere mine Brødre?”
तर येशूले उत्तर दिनुभयो र त्यसो भन्‍ने व्यक्‍तिलाई भन्‍नुभयो, “मेरी आमा को हुन्? र मेरा भाइहरू को हुन्?”
49 Og han rakte sin Haand ud over sine Disciple og sagde: „Se, her er min Moder og mine Brødre!
अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्!
50 Thi enhver, der gør min Faders Villie, som er i Himlene, han er min Broder og Søster og Moder.”
किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”

< Matthæus 12 >