< Markus 7 >

1 Og Farisæerne og nogle af de skriftkloge, som vare komne fra Jerusalem, samle sig om ham.
यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍त्रीहरू उहाँको वरिपरि भेला भए ।
2 Og da de saa nogle af hans Disciple holde Maaltid med vanhellige, det er utoede, Hænder
तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे ।
3 (thi Farisæerne og alle Jøderne spise ikke uden at to Hænderne omhyggeligt, idet de fastholde de gamles Overlevering;
(फरिसी र सबै यहूदी आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन्, तिनीहरू आफ्ना धार्मिक अगुवाहरूको परम्परामा लागि पर्छन्,
4 og naar de komme fra Torvet, spise de ikke uden først at tvætte sig; og der er mange andre Ting, som de have vedtaget at holde, Tvætninger af Bægere og Krus og Kobberkar og Bænke),
जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैँ ननुहाईकन केही खाँदैनन् । कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र खानलाई बस्‍ने ठाउँहरू धुनेलगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन् ।)
5 saa spurgte Farisæerne og de skriftkloge ham ad: „Hvorfor vandre dine Disciple ikke efter de gamles Overlevering, men holde Maaltid med vanhellige Hænder?”
फरिसी र शास्‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”
6 Men han sagde til dem: „Rettelig profeterede Esajas om eder, I Hyklere! som der er skrevet: „Dette Folk ærer mig med Læberne, men deres Hjerte er langt borte fra mig.
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी पाखण्डीहरूको विषयमा राम्ररी भविष्यवाणी गरे, उनले लेखे, ‘यी मानिसहरूले मलाई तिनीहरूका ओठले आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढिएको छ ।’
7 Men de dyrke mig forgæves, idet de lære Lærdomme, som ere Menneskers Bud.”
तिनीहरूको शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै तिनीहरूले मलाई खोक्रो आराधना चढाउँछन् ।
8 I forlade Guds Bud og holde Menneskers Overlevering.”
तिमीहरू परमेश्‍वरको आज्ञालाई त्याग्दछौ र मानिसहरूको परम्परालाई पक्री राख्छौ ।”
9 Og han sagde til dem: „Smukt ophæve I Guds Bud, for at I kunne holde eders Overlevering.
अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक!
10 Thi Moses har sagt: „Ær din Fader og din Moder”; og: „Den, som bander Fader eller Moder, skal visselig dø.”
किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ ।’
11 Men I sige: Naar en Mand siger til sin Fader eller sin Moder: „Det, hvormed du skulde være hjulpen af mig, skal være Korban (det er: Tempelgave),”
तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो’ (अर्थात् परमेश्‍वरलाई दिइएको छ) ।”
12 da tilstede I ham ikke mere at gøre noget for sin Fader eller Moder,
तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ ।
13 idet I ophæve Guds Ord ved eders Overlevering, som I have overleveret; og mange lignende Ting gøre I.”
तिमीहरूले परमेश्‍वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।”
14 Og han kaldte atter Folkeskaren til sig og sagde til dem: „Hører mig alle, og forstaar!
उहाँले भिडलाई फेरि बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मेरो कुरा सुन, र बुझ ।
15 Der er intet uden for Mennesket, som, naar det gaar ind i ham, kan gøre ham uren; men hvad der gaar ud af Mennesket, det er det, som gør Mennesket urent.
व्यक्‍तिलाई बाहिरबाट त्यसभित्र पसेर त्यसलाई नै अशुद्ध पार्न सक्‍ने त्यस्तो कुनै कुरा छैन । व्यक्‍तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ ।”
16 [Dersom nogen har Øren at høre med, han høre!”]
(नोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा १६ पद हटाइएको छ) यदि कुनै मानिससित सुन्‍ने कान छ भने त्यसले सुनोस् ।
17 Og da han var gaaet ind i Huset og var borte fra Skaren, spurgte hans Disciple ham om Lignelsen.
जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे ।
18 Og han siger til dem: „Ere ogsaa I saa uforstandige? Forstaa I ikke, at intet, som udenfra gaar ind i Mennesket, kan gøre ham uren?
येशूले भन्‍नुभयो, “के तिमीहरूले अझ पनि बुझेका छैनौ? के तिमीहरू देख्‍दैनौ, कि बाहिरबाट मानिसभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन,
19 Thi det gaar ikke ind i hans Hjerte, men i hans Bug og gaar ud ad den naturlige Vej, og saaledes renses al Maden.”
किनकि यो उसको हृदयमा जान सक्दैन, तर उसको पेटमा जान्छ र निस्‍केर शौचालयमा पुग्‍छ?” यो भनाइद्वारा येशूले सबै भोजनलाई शुद्ध तुल्याउनुभयो ।
20 Men han sagde: „Det, som gaar ud af Mennesket, dette gør Mennesket urent.
उहाँले भन्‍नुभयो, “मानिसको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ ।
21 Thi indvortes fra, fra Menneskenes Hjerte, udgaa de onde Tanker, Utugt, Tyveri, Mord,
किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या,
22 Hor, Havesyge, Ondskab, Svig, Uterlighed, et ondt Øje, Forhaanelse, Hovmod, Fremfusenhed;
व्यभिचार, लोभ, दुष्‍टता, धोखा, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन् ।
23 alle disse onde Ting udgaa indvortesfra og gøre Mennesket urent.”
यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन् ।”
24 Og han stod op og gik bort derfra til Tyrus's og Sidons Egne. Og han gik ind i et Hus og vilde ikke, at nogen skulde vide det. Og han kunde dog ikke være skjult;
उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो । उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्‍ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्‍न सक्‍नुभएन ।
25 men en Kvinde, hvis lille Datter havde en uren Aand, havde hørt om ham og kom straks ind og faldt ned for hans Fødder;
तर तुरुन्तै एउटा स्‍त्रीले उहाँको बारेमा सुनिन् र त्यहाँ आईन् जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । तिनी उहाँको पाउमा घोप्‍टो परिन् ।
26 (men Kvinden var græsk, af Herkomst en Syrofønikerinde, ) og hun bad ham om, at han vilde uddrive den onde Aand af hendes Datter.
ती स्‍त्री एक ग्रिक र सिरियाको फोनिकेमा जन्मेकी थिइन् । तिनले आफ्नी छोरीबाट भूत निकाली दिनलाई उहाँसँग बिन्ती गरिन् ।
27 Og han sagde til hende: „Lad først Børnene mættes; thi det er ikke smukt at tage Børnenes Brød og kaste det for de smaa Hunde.”
उहाँले तिनलाई भन्‍नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन ।”
28 Men hun svarede og siger til ham: „Jo, Herre! ogsaa de smaa Hunde æde under Bordet af Børnenes Smuler.”
तर तिनले जवाफ दिएर उहाँलाई भनिन् “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबलबाट झरेको रोटीका टुक्राहरू त खान्छन् नि ।”
29 Og han sagde til hende: „For dette Ords Skyld gaa bort; den onde Aand er udfaren af din Datter.”
उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्‍त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।”
30 Og hun gik bort til sit Hus og fandt Barnet liggende paa Sengen og den onde Aand udfaren.
तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो ।
31 Og da han gik bort igen fra Tyrus's Egne, kom han over Sidon midt igennem Dekapolis's Egne til Galilæas Sø.
उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको प्रदेश भएर गालील समुद्रतिर जानुभयो ।
32 Og de bringe ham en døv, som ogsaa vanskeligt kunde tale, og bede ham om, at han vilde lægge Haanden paa ham.
तिनीहरूले सुन्‍न नसक्‍ने र बोल्‍न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे ।
33 Og han tog ham afsides fra Skaren og lagde sine Fingre i hans Øren og spyttede og rørte ved hans Tunge
उहाँले त्यसलाई भिडबाट एकातिर एकान्तमा लैजानुभयो र त्यसको कानमा औला हाल्नुभयो र थुकिसकेपछि उहाँले त्यसको जिब्रो छुनुभयो ।
34 og saa op til Himmelen, sukkede og sagde til ham: „Effata!” det er: lad dig op!
उहाँले स्वर्गतिर हेर्नुभयो; सुस्केरा हाल्‍नुभयो र त्यसलाई भन्‍नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा ।”
35 Og hans Øren aabnedes, og straks løstes hans Tunges Baand, og han talte ret.
तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्‍ट भयो र त्यसले प्रस्टसँग बोल्न सक्यो ।
36 Og han bød dem, at de ikke maatte sige det til nogen; men jo mere han bød dem, desto mere kundgjorde de det.
उहाँले कसैलाई केही पनि नभन्‍नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो । तर उहाँले जति धेरै तिनीहरूलाई त्यस्तो आज्ञा दिनुभयो त्यति धेरै तिनीहरूले यसलाई बताए ।
37 Og de bleve over al Maade slagne af Forundring og sagde: „Han har gjort alle Ting vel; baade gør han, at de døve høre, og at maalløse tale.”
तिनीहरू अत्यन्तै अचम्मित भए र भने, “उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्‍ने र गुँगोलाई बोल्ने पनि बनाउनुहुन्छ ।”

< Markus 7 >