< Job 39 >
1 Kender du Tiden, da Stengeden føder, tager du Vare paa Hindenes Veer,
“के तैँले घोरलहरू कहिले बियाउँछ भनी जान्दछस्? के तैँले हरिणीहरूले बच्चाहरू बियाएका कहिल्यै देखेको छस्?
2 tæller du mon deres Drægtigheds Maaneder, kender du Tiden, de føder?
के तैँले तिनीहरूले बच्चा बियाउँने महिनाहरू गन्दछस्? के तैँले तिनीहरूको बच्चा बियाउँने समय जान्दछस्?
3 De lægger sig ned og føder og kaster Kuldet,
तिनीहरूले निहुरेर बच्चा बियाउँछन्; तब तिनीहरूको प्रसव वेदनाको अन्त्य हुन्छ।
4 Ungerne trives, gror til i det frie, løber bort og kommer ej til dem igen.
तिनीहरूका बच्चाहरू हुर्कन्छन्, र जङ्गलमा बलिया हुँदै जान्छन्; तिनीहरूले आफ्ना घरलाई छोड्छन् र फर्केर आउँदैनन्।
5 Hvem slap Vildæslet løs, hvem løste mon Steppeæslets Reb,
“कसले जङ्गली गधालाई स्वतन्त्र छाडिदियो? कसले त्यसका डोरीहरू खोलिदियो?
6 som jeg gav Ørkenen til Hjem, den salte Steppe til Bolig?
गधाका निम्ति मैले मरुभूमिलाई घरको रूपमा, र नुनिला बेँसीहरू निवासको रूपमा दिएको छु।
7 Det ler ad Byens Larm og hører ej Driverens Skælden;
त्यसले सहरको होहल्लालाई खिसी गर्छ; त्यसले धपाउनेको गाली सुन्दैन।
8 det ransager Bjerge, der har det sin Græsgang, det leder hvert Græsstraa op.
त्यो चरनको निम्ति डाँडातिर घुमिहिँड्छ, र त्यसले हरेक हरियो कुराको खोजी गर्दछ।
9 Er Vildoksen villig at trælle for dig, vil den staa ved din Krybbe om Natten?
“के जङ्गली साँढेले तेरो सेवा गर्न मान्ला र? के त्यसले तेरो गोठमा रात बिताउला र?
10 Binder du Reb om dens Hals, pløjer den Furerne efter dig?
के तैँले जङ्गली साँढेलाई जुवाको डोरीले बाँध्न सक्छस् र? के त्यसले तेरो पछिल्तिरको बेँसीहरू जोत्ला र?
11 Stoler du paa dens store Kræfter; overlader du den din Høst?
के तैँले त्यसको ठूलो शक्तिमाथि भरोसा गर्नेछस्? के तेरो गाह्रो काम त्यसलाई छोडिदिनेछस्?
12 Tror du, den kommer tilbage og samler din Sæd paa Loen?
के त्यसले तेरो अन्न खलामा जम्मा गर्न र खलाबाट दाउनी गर्ने स्थानमा ल्याउनेछ भनेर तँ ढुक्क हुन सक्छस्?
13 Mon Strudsens Vinge er lam, eller mangler den Dækfjer og Dun,
“शुतुरमुर्गका पखेटाहरू आनन्दले फर्फराउँछन्, यद्यपि तिनीहरूलाई सारसका पखेटाहरू र प्वाँखहरूसँग तुलना गर्न सकिँदैन।
14 siden den betror sine Æg til Jorden og lader dem varmes i Sandet,
त्यसले आफ्ना अण्डाहरू बालुवाले तातो पारिदिओस् भनी जमिनमा अण्डाहरू पारेर छोडिराख्छे।
15 tænker ej paa, at en Fod kan knuse dem, Vildtet paa Marken træde dem sønder?
अनि खुट्टाले तिनलाई कुल्चेला, अथवा कुनै जङ्गली पशुले धुलोपिठो पार्ला भनी त्यसले सोच्दिन।
16 Haard ved Ungerne er den, som var de ej dens; spildt er dens Møje, det ængster den ikke.
आफ्ना चल्लाहरू त्यसले आफ्ना होइनन् जस्तै गरी निर्दयी व्यवहार गर्छे; त्यसले आफ्नो प्रसव वेदना खेर गएकोमा वास्तै गर्दिन,
17 Thi Gud lod den glemme Visdom og gav den ej Del i Indsigt.
किनकि परमेश्वरले त्यसलाई बुद्धि दिनुभएको छैन, अथवा त्यसलाई असल विवेक दिनुभएको छैन।
18 Naar Skytterne kommer, farer den bort, den ler ad Hest og Rytter.
तापनि जब त्यसले दगुर्नलाई आफ्नो पखेटाहरू फैलाउँछे, त्यसले घोडा र घोडसवारको खिसी गर्छे।
19 Giver du Hesten Styrke, klæder dens Hals med Manke
“के तैँले घोडालाई त्यसको शक्ति दिएको हो र? अथवा त्यसको घिच्रोमा जगर पहिर्याएको हो र?
20 og lærer den Græshoppens Spring? Dens stolte Prusten indgyder Rædsel.
के तैँले त्यसलाई सलहलाई जस्तै उफार्न सक्छस् र? त्यसको घमण्डी हिनहिनाइले त्रसित पार्दैन र?
21 Den skraber muntert i Dalen, gaar Brynjen væligt i Møde;
त्यसले आफ्नो शक्तिमा आनन्दित हुँदै डरलाग्दो गरी टाप मार्छ, र युद्धको निम्ति जाइलाग्छ।
22 den ler ad Rædselen, frygter ikke og viger ikke for Sværdet;
त्यसले डरलाई खिसी गर्छ, कुनै कुरासँग डराउँदैन; त्यसले तरवारलाई देखेर पनि पिठिउँ फर्काएर भाग्दैन।
23 Koggeret klirrer over den, Spydet og Køllen blinker;
त्यसको छेउमा काँडको ठोकर बज्दछन्, र त्यसको साथमा बर्छा र भाला चम्कन्छन्।
24 den sluger Vejen med gungrende Vildskab, den tøjler sig ikke, naar Hornet lyder;
अति जोशसँग त्यो धेरै वेग गतिका साथ अगि बढ्छ; तुरहीको आवाज सुनेर त्यो स्थिर रहन सक्दैन।
25 et Stød i Hornet, straks siger den: Huj! Den vejrer Kamp i det fjerne, Kampskrig og Førernes Raab.
तुरहीका आवाजहरू गुन्जँदा त्यसले, ‘आह!’ भन्छ, अनि त्यसले टाढैबाट लडाइँको गन्ध थाहा पाउँछ, सेनापतिहरूका गर्जन र लडाइँको चर्को आवाजहरू थाहा पाउँछ।
26 Skyldes det Indsigt hos dig, at Falken svinger sig op og breder sin Vinge mod Sønden?
“के तिरो बुद्धिद्वारा बाज उँभो-उँभो उड्छ; र त्यसले आफ्ना पखेटाहरू दक्षिणतिर फैलाउँछ र?
27 Skyldes det Bud fra dig, at Ørnen flyver højt og bygger sin højtsatte Rede?
के चीलले तेरो हुकुम पाएर उँभो उड्छ, र त्यसले आफ्नो गुँड अग्लो ठाउँमा बनाउँछ र?
28 Den bygger og bor paa Klipper, paa Klippens Tinde og Borg;
त्यो पहरामा बास गर्छ, र रातमा त्यहीँ नै बस्छ; त्यसको गढ चट्टानको धाँदो हो।
29 den spejder derfra efter Æde, viden om skuer dens Øjne.
त्यहाँबाट त्यसले आफ्नो शिकार खोज्छ; त्यसका आँखाहरूले यसलाई टाढैबाट चिनिहाल्छ।
30 Ungerne svælger i Blod; hvor Valen findes, der er den!
त्यसका बचेराहरूले रगत चुस्छन्; र जहाँ सिनो हुन्छ, त्यो त्यहीँ नै हुन्छ।”