< Job 22 >

1 Saa tog Temaniten Elifaz til Orde og sagde:
तब एलीपज तेमानीले जवाफ दिए:
2 Gavner et Menneske Gud? Nej, den kloge gavner sig selv.
“के कुनै मानिस परमेश्‍वरको निम्ति लाभदायक हुन सक्छ र? के कुनै बुद्धिमानी मानिसले पनि उहाँलाई लाभ दिन सक्छ र?
3 Har den Almægtige godt af din Retfærd, Vinding af, at din Vandel er ret?
यदि तपाईं धर्मी व्यक्ति हुनुभएको भए तापनि सर्वशक्तिमान्‌लाई यसले के आनन्द दिन्छ र? तपाईंका मार्गहरू निर्दोष भएका भए तापनि त्यसले उहाँलाई के लाभ हुन्छ र?
4 Revser han dig for din Gudsfrygt? Eller gaar han i Rette med dig derfor?
“के तपाईंको भक्तिको कारण उहाँले तपाईंलाई हप्काउनुहुन्छ, र तपाईंको विरुद्धमा आरोप लगाउनुहुन्छ?
5 Er ikke din Ondskab stor og din Brøde uden Ende?
के तपाईंको दुष्‍टता ठूलो छैन र? के तपाईंका पापहरू नटुङ्गिने छैनन् र?
6 Thi du pantede Brødre uden Grund, trak Klæderne af de nøgne,
तपाईंले कारणविना आफ्ना दाजुभाइहरूबाट सुरक्षाको माग गर्नुहुन्छ; तपाईंले मानिसहरूलाई निर्वस्त्र पारेर तिनीहरूलाई नाङ्गो बनाइदिनुभएको छ।
7 gav ikke den trætte Vand at drikke og nægted den sultne Brød.
तपाईंले थाकेकाहरूलाई पिउनलाई पानी दिनुभएन, र तपाईंले भोकाएकाहरूको भोजन रोकिदिनुभयो;
8 Den mægtige — hans var Landet, den hædrede boede der.
यद्यपि तपाईं जमिन भएको एक शक्तिशाली र त्यसैमा बस्‍ने एक सम्मानित मानिस हुनुहुन्थ्यो।
9 Du lod Enker gaa tomhændet bort, knuste de faderløses Arme.
तपाईंले विधवाहरूलाई रित्तै हात पठाउनुभयो, र अनाथहरूका बललाई तोड्नुभयो।
10 Derfor var der Snarer omkring dig, og Rædsel ængsted dig brat.
त्यसैकारण तपाईंका चारैतिर पासोहरू छन्, र अचानक खतराले तपाईंलाई तर्साउँछ,
11 Dit Lys blev Mørke, du kan ej se, og Strømme af Vand gaar over dig!
त्यसैले यति धेरै अँध्यारो छ कि तपाईंले देख्न सक्नुहुन्‍न; र बाढीको पानीले तपाईंलाई डुबाएको छ।
12 Er Gud ej i højen Himmel? Se Stjernernes Tinde, hvor højt de staar!
“के परमेश्‍वर स्वर्गका सर्वोच्‍चमा हुनुहुन्‍न र? हेर्नुहोस् ताराहरू कति उचाइमा छन्!
13 Dog siger du: »Hvad ved Gud, holder han Dom bag sorten Sky?
तापनि तपाईं भन्‍नुहुन्छ, ‘परमेश्‍वरले के जान्‍नुहुन्छ र? के उहाँले यस्तो अन्धकारबाट न्याय गर्नुहुन्छ र?
14 Skyerne skjuler ham, saa han ej ser, paa Himlens Runding gaar han!«
जब उहाँ आकाश मण्डलहरूमा यताउति हिँड्‍डुल गर्नुहुन्छ, उहाँलाई बाक्लो बादलले छोपेको हुनाले हामीलाई देख्नुहुन्‍न।’
15 Vil du følge Fortidens Sti, som Urettens Mænd betraadte,
के तपाईं दुष्‍ट मानिसहरू हिँडेको त्यस पुरानो मार्गमा हिँडिरहनुहुन्छ?
16 de, som i Utide reves bort, hvis Grundvold flød bort som en Strøm,
तिनीहरूको समयभन्दा अगि नै तिनीहरूलाई लगिए; तिनीहरूका जगहरू बाढीद्वारा बगाइए।
17 som sagde til Gud: »Gaa fra os! Hvad kan den Almægtige gøre os?«
तिनीहरूले परमेश्‍वरलाई, ‘हामीलाई एकलै छाडिदिनुहोस् भने! हामीलाई सर्वशक्तिमान्‌ले के गर्न सक्नुहुन्छ र?’
18 Og han havde dog fyldt deres Huse med godt. Men de gudløses Raad er ham fjernt.
तरै पनि उहाँले तिनीहरूका घरहरू उत्तम कुराहरूले भरिदिनुभयो; यसकारण म दुष्‍ट मानिसहरूका योजनाहरूबाट अलग रहन्छु।
19 De retfærdige saa det og glædede sig, den uskyldige spottede dem:
धर्मीहरूले तिनीहरूको बरबादी देख्छन् र रमाउँछन्; निर्दोषहरूले तिनीहरूलाई यसो भन्दै गिल्‍ला गर्दछन्,
20 For vist, vore Fjender forgik, og Ild fortæred de sidste af dem.
‘निश्‍चय हाम्रा बैरीहरू नष्‍ट भएका छन्, र आगोले तिनीहरूको सम्पत्ति भस्म पार्छ।’
21 Bliv Ven med ham og hold Fred, derved vil der times dig Lykke;
“परमेश्‍वरमा समर्पित हुनुहोस्, र उहाँसँग मिलाप गर्नुहोस्; यसरी सम्पन्‍नता तपाईंकहाँ फर्केर आउनेछ।
22 tag dog mod Lærdom af ham og læg dig hans Ord paa Sinde!
उहाँको मुखको निर्देशन स्वीकार गर्नुहोस्, र उहाँका वचनहरू तपाईंको हृदयमा साँच्नुहोस्।
23 Vender du ydmygt om til den Almægtige, fjerner du Uretten fra dit Telt,
यदि तपाईं सर्वशक्तिमान्‌कहाँ फर्कनुभयो भने, उहाँले तपाईंलाई फेरि पुनर्निर्माण गर्नुहुनेछ। यदि तपाईंले पालबाट दुष्‍टता टाढा हटाउनुभयो भने,
24 kaster du Guldet paa Jorden, Ofirguldet blandt Bækkenes Sten,
र तपाईंको सुनहरू धुलोमा, तपाईंका ओपीरका सुन चट्टानहरूका खोल्साहरूमा फालिदिनुभयो भने,
25 saa den Almægtige bliver dit Guld, hans Lov dit Sølv,
तब सर्वशक्तिमान् नै तपाईंका निम्ति सुन र अति उत्कृष्‍ट चाँदी हुनुहुनेछ।
26 ja, da skal du fryde dig over den Almægtige og løfte dit Aasyn til Gud.
तब निश्‍चय नै तपाईंले सर्वशक्तिमान्‌मा खुशी पाउनुहुनेछ, र तपाईंको मुहार परमेश्‍वरतिर उठाउनुहुनेछ।
27 Beder du til ham, hører han dig, indfri kan du, hvad du har lovet;
तपाईंले परमेश्‍वरसँग प्रार्थना गर्नुहुनेछ, र उहाँले तपाईंलाई सुन्‍नुहुनेछ, अनि तपाईंले आफ्ना भाकलहरू पूरा गर्नुहुनेछ।
28 hvad du sætter dig for, det lykkes, det lysner paa dine Veje;
तपाईंले निर्णय गर्नुभएका कुराहरू पूरा हुनेछन्, र तपाईंका मार्गहरूमा ज्योति चम्कनेछन्।
29 thi stolte, hovmodige ydmyger han, men hjælper den, der slaar Øjnene ned;
जब मानिसहरूलाई होच्याइनेछ, र तपाईंले ‘तिनीहरूलाई उचाल्नुहोस्!’ भनी भन्‍नुहुनेछ, तब उहाँले हताश भएकाहरूलाई बचाउनुहुनेछ।
30 han frelser uskyldig Mand; det sker ved hans Hænders Renhed!
उहाँले पापीहरूलाई समेत छुटाउनुहुनेछ, तपाईंका निर्दोष हातद्वारा तिनीहरूलाई छुटाइनेछ।”

< Job 22 >