< Job 18 >

1 Saa tog Sjuhiten Bildad til Orde og sagde:
तब बिल्दद शुहीले यस्तो जवाफ दिए:
2 Saa gør dog en Ende paa dine Ord, kom til Fornuft og lad os tale!
“तपाईंले यी भाषणहरू कहिले समाप्‍त गर्नुहुन्छ? संवेदनशील हुनुहोस् र मात्र हामी कुरा गर्न सक्छौ।
3 Hvi skal vi regnes for Kvæg og staa som umælende i dine Øjne?
हामीलाई किन पशुझैँ व्यवहार गर्नुहुन्छ, र तपाईंको दृष्‍टिमा हामीलाई मूर्ख सोच्नुहुन्छ?
4 Du, som i Vrede sønderslider din Sjæl, skal for din Skyld Jorden blive øde og Klippen flyttes fra sit Sted?
तपाईं जसले आफ्नो रिसमा स्वयम्‌लाई टुक्रा-टुक्रा पार्नुभएको छ; के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिनुहुन्छ? अथवा के चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिनुहुन्छ?
5 Nej, den gudløses Lys bliver slukt, hans Ildslue giver ej Lys;
“दुष्‍ट मानिसको बत्ती निभाइन्छ; त्यसको आगोको ज्वाला बल्न छोड्छ।
6 Lyset i hans Telt gaar ud, og hans Lampe slukkes for ham;
त्यसको पालमा भएको उज्यालो अँध्यारो हुन्छ; त्यसको छेउमा भएको बत्ती निभेर जान्छ।
7 hans kraftige Skridt bliver korte, han falder for eget Raad;
त्यसको बलियो पाइला कमजोर हुन्छ; त्यसका आफ्नै युक्तिहरूले त्यसलाई लडाइदिन्छन्।
8 thi hans Fod drives ind i Nettet, paa Fletværk vandrer han frem,
त्यसका खुट्टाले त्यसलाई पासोमा पार्छ; त्यो त्यसको फन्दामा भौँतारिन्छ।
9 Fælden griber om Hælen, Garnet holder ham fast;
धरापले त्यसको कुर्कुच्‍चामा पक्रन्छ; पासोले त्यसलाई जोडसित समातेर राख्छ।
10 Snaren er skjult i Jorden for ham og Saksen paa hans Sti;
त्यसका निम्ति एउटा पासो जमिनमा लुकाइएको छ; त्यसका बाटोमा एउटा धराप थापिएको छ।
11 Rædsler skræmmer ham alle Vegne og kyser ham Skridt for Skridt:
त्यसलाई त्रासले चारैतिरबाट तर्साउँछ, र त्यसको हरेक पाइलालाई खेद्‌दछ।
12 Ulykken hungrer efter ham, Undergang lurer paa hans Fald:
विपत्ति त्यसको निम्ति भोकाएको छ; जब त्यो लड्छ, तब प्रकोपले त्यसलाई पर्खिरहेको हुन्छ।
13 Dødens førstefødte æder hans Lemmer, æder hans Legemes Lemmer;
रोगले त्यसका छालाको भागहरू खाइदिन्छ; मृत्युको पहिलो सन्तानले त्यसका अङ्गहरू निल्दछ।
14 han rives bort fra sit Telt, sin Fortrøstning; den styrer hans Skridt til Rædslernes Konge;
त्यसको पालको सुरक्षाबाट त्यसलाई टाढा लैजान्छ; र आतङ्कहरूको राजाकहाँ लगिन्छ।
15 i hans Telt har Undergang hjemme, Svovl strøs ud paa hans Bolig;
त्यसको पालमा आगोले बास गर्छ, त्यसका वासस्थानमा बल्दैगरेको गन्धक छरिएको छ।
16 nedentil tørrer hans Rødder, oventil visner hans Grene;
तल फेदमा त्यसका जराहरू सुकेर जान्छन्, र माथि त्यसका हाँगाहरू बोटमै ओइलिएर जान्छन्।
17 hans Minde svinder fra Jord, paa Gaden nævnes ikke hans Navn;
त्यसको सम्झना पृथ्वीबाटै मेटिएर जानेछ; देशमा त्यसको नामनिशानै रहनेछैन।
18 man støder ham ud fra Lys i Mørket og driver ham bort fra Jorderig;
त्यसलाई उज्यालोबाट अन्धकारमा धपाइनेछ र त्यसलाई संसारबाटै निकालिनेछ।
19 i sit Folk har han ikke Afkom og Æt, i hans Hjem er der ingen tilbage;
त्यसका मानिसहरूको बीचमा त्यसका कुनै सन्तानहरू अथवा वंशहरू छैनन्; एक समय जहाँ त्यो बसेको थियो, त्यहाँ बाँचेकाहरू कोही पनि छैनन्।
20 de i Vester stivner ved hans Skæbnedag, de i Øst bliver slagne af Rædsel.
त्यसको दशामा पश्‍चिमका मानिसहरू चकित हुनेछन्; र पूर्वका मानिसहरू त्रसित हुनेछन्।
21 Ja, saaledes gaar det den lovløses Bolig, dens Hjem, der ej kender Gud!
साँच्‍चै दुष्‍ट मानिसको घरको दशा यस्तै हुनेछ; परमेश्‍वरलाई नचिन्‍नेहरूको घरको दशा पनि यस्तै हुनेछ।”

< Job 18 >