< Jeremias 13 >
1 Saaledes sagde HERREN til mig: »Gaa hen og køb dig et linned Bælte og bind det om din Lænd, lad det ikke komme i Vand!«
परमप्रभुले मलाई यसो भन्नुभयो, “जा र एउटा सुतीको पटुका किन्, र यसलाई तेरो कम्मरको चारैतिर बाँध, तर त्यसलाई पहिले पानीमा नभिजा ।”
2 Og jeg købte Bæltet efter HERRENS Ord og bandt det om min Lænd.
परमप्रभुले निर्देशन दिनुभएझैं मैले एउटा पटुका किनें र त्यसलाई मेरो कम्मरको चारैतिर बह्रें ।
3 Saa kom HERRENS Ord atter til mig saaledes:
तब दोस्रो पटक परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
4 »Tag Bæltet, du købte og har om Lænden, og gaa til Frat og gem det der i en Klipperevne!«
“तैंले किनेको पटुका जुन तेरो कम्मरको चारैतिर बाँधिएको छ, त्यसलाई निकाल्, र उठ र परातमा जा । त्यहाँ चट्टानको धाँदोमा त्यसलाई लुका ।”
5 Og jeg gik hen og gemte det ved Frat, som HERREN bød.
त्यसैले जसरी परमप्रभुले मलाई आज्ञा दिनुभएको थियो त्यसरी नै म गएँ र त्यसलाई परातमा लुकाएँ ।
6 Men lang Tid efter sagde HERREN til mig: »Gaa til Frat og hent Bæltet, jeg bød dig gemme der!«
धेरै दिनपछि परमप्रभुले मलाई भन्नुभयो, “खडा हो र परातमा फर्केर जा । मैले तँलाई लुकाउन भनेको त्यो पटुका लिएर आइज ।”
7 Og jeg gik til Frat og gravede Bæltet op, hvor jeg havde gemt det: og se, Bæltet var ødelagt og duede ikke til noget.
त्यसैले म परातमा फर्केर गएँ, र मैले लुकाएको ठाउँबाट त्यसलाई खनेर झिकेँ, र हेर, त्यो त नष्ट भएको र पूर्ण रूपमा बेकम्मा भएको थियो ।
8 Og HERRENS Ord kom til mig saaledes:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
9 Saa siger HERREN: Saaledes vil jeg ødelægge Judas og Jerusalems store Herlighed.
“परमप्रभु यसो भन्नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु ।
10 Dette onde Folk, som vægrer sig ved at høre mine Ord og vandrer i deres Hjertes Stivsind og holder sig til andre Guder og dyrker og tilbeder dem, skal blive som dette Bælte, der ikke duer til noget.
मेरो वचन सुन्न इन्कार गर्ने, आफ्नो हृदयको कठोरतामा हिंड्ने, अरू देवताहरूको पुजा गर्न तिनीहरूका पछि जाने र तिनीहरूको सामु निहुरने यो दुष्ट जाति त्यही पटुकाजस्तै हुनेछ, जसको कुनै काम छैन ।
11 Thi som Bæltet slutter sig tæt til en Mands Lænd, saaledes har jeg sluttet hele Israels Hus og hele Judas Hus tæt til mig, lyder det fra HERREN, for at de skulde være mit Folk og blive mig til Navnkundighed, Pris og Ære; men de hørte ikke.
जसरी एउटा पटुका कसैको कम्मरमा कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो जाति हुन, मेरो नाउँ राख्न, मलाई इज्जत, प्रशंसा र आदर गर्न ममा कसिन लगाएको छु, यो परमप्रभुको घोषणा हो । तर तिनीहरूले मेरो कुरा सुन्दैनन् ।
12 Og du skal sige til dette Folk: Saa siger HERREN, Israels Gud: Enhver Vindunk fyldes med Vin! Og siger de til dig: »Skulde vi ikke vide, at enhver Vindunk fyldes med Vin?«
त्यसैले तैंले यो वचन तिनीहरूलाई भन्नुपर्छ, 'परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः हरेक मशक दाखमद्यले भरिनेछ ।' तिनीहरूले तँलाई भन्नेछन्, 'हरेक मशक दाखमद्यले भरिनेछ भनेर के हामीलाई थाहा छैन र?'
13 saa svar dem: Saa siger HERREN: Se, jeg vil fylde alle dette Lands Indbyggere, Kongerne, der sidder paa Davids Trone, Præsterne, Profeterne og alle Jerusalems Borgere, saa de bliver drukne;
त्यसैले तिनीहरूलाई भन्, 'परमप्रभु यसो भन्नुहुन्छः हेर, यस देशको हरेक बासिन्दा अर्थात् दाऊदको सिंहासनमा बस्ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दालाई मैले पियक्कडपनले भर्न लागेको छु ।
14 og jeg knuser dem mod hinanden, baade Fædre og Sønner, lyder det fra HERREN; uden Skaansel, Medynk og Barmhjertighed ødelægger jeg dem.
तब प्रत्येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीका विरुद्धमा नष्ट पार्न लगाउनेछु, यो परमप्रभुको घोषणा हो, म तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ, र तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ ।'
15 Hør og lyt uden Hovmod, thi HERREN taler.
सुन, र ध्यान देओ । अहङ्कारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो ।
16 Lad HERREN eders Gud faa Ære, før det mørkner, før I støder eders Fødder paa Skumringsbjerge, saa I maa bie paa Lys, men han gør det til Mulm, han gør det til Mørke.
परमप्रभु तिमीहरूका परमेश्वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ ।
17 Men dersom I ikke hører, da græder min Sjæl i Løn for Hovmodets Skyld, den fælder saa bitre Taarer; mit Øje rinder med Graad, thi HERRENS Hjord føres bort.
त्यसैले तिमीहरूले सुनेनौ भने, तिमीहरूको अहङ्कारको कारणले म एक्लै रुनेछु । निश्चय नै म रुनेछु, र मेरा आँखाबाट आँसुका धारा बग्नेछ, किनकि परमप्रभुको बगाल कैदमा लगिएको छ ।
18 Sig til Kongen og til Herskerinden: »Tag lavere Sæde, thi af eders Hoved faldt den dejlige Krone.«
“राजा र राजमातालाई भन्, 'आ-आफ्नो सिंहासनबाट ओर्लेर तल आओ, किनकि तिमीहरूका गौरवशाली मुकुटहरू तिमीहरूका शिरबाट खसेका छन् ।'
19 Sydlandets Byer er lukkede, ingen lukker op, hele Juda er bortført til sidste Mand.
नेगेवका सहरहरू थुनिने छन् । तिनलाई खोल्ने कोही हुनेछैन । सारा यहूदा कैदमा लगिनेछन् । पूर्ण रूपमा कैदमा लगिनेछन् ।
20 Løft dine Øjne og se dem komme fra Nord! Hvor er den Hjord, du fik, dine dejlige Faar?
आफ्ना आँखा उठाओ र उत्तरबाट आइरहेकाहरूलाई हेर् । उहाँले तँलाई दिनुभएको बगाल, तेरो लागि साह्रै सुन्दर बगाल कहाँ छ?
21 Hvad vil du sige, naar du faar dem til Herrer, hvem du lærte at komme til dig som Venner? Vil ikke Veer da gribe dig som Kvinde i Barnsnød?
तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्वरले तँमाथि राख्नुहुँदा तैंले के भन्नेछस्? के यी एउटी स्त्रीले प्रसव-वेदनामा पीडा भोगेजस्तै तैंले भोग्ने पीडाको थालनी होइन र?
22 Og siger du i dit Hjerte: »Hvi hændtes mig dette?« For din svare Skyld blev dit Slæb løftet op, dine Hæle skændet.
तब तैंले आफ्नो हृदयमा भन्लास्, 'यी कुरा ममाथि किन आइरहेका छन्?' तेरा अपराधको थुप्रोको कारणले तेरो फरिया उचालिएको छ, र तँलाई कुव्यवहार गरिएको छ ।
23 Hvis en Neger kunde skifte sin Hud, en Panter sine Striber, saa kunde og I gøre godt, I Mestre i ondt!
के कूशका मानिसहरूले आफ्नो छालाको रङ बद्लन सक्छन् र, वा चितुवाले आफ्नो छालाको थोप्ला बद्लन सक्छ र? त्यसो हो भने, दुष्टताको निम्ति बानी परेको तैंले पनि भलाइ गर्न सक्छस् ।
24 Jeg spreder dem som Straa, der flyver for Ørkenens Vind;
मरुभूमिको बतासमा उडाइने भुसजस्तै म तिनीहरूलाई तितर-बितर पार्नेछु ।
25 det er din Lod, din tilmaalte Del fra mig, saa lyder det fra HERREN, fordi du lod mig gaa ad Glemme og stoled paa Løgn.
मैले तँलाई यही कुरा दिएको छु, तेरो निम्ति मैले आदेश दिएको हिस्सा यही हो, यो परमप्रभुको घोषणा हो, किनकि तैंले मलाई भुलेको छस् र छलमाथि भरोसा गरेको छस् ।
26 Ja, dit Slæb slaar jeg over dit Ansigt, din Skam skal ses,
त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्ताङ्ग देखिनेछ ।
27 dit Ægteskabsbrud og din Vrinsken, din skamløse Utugt; paa Højene og ude paa Marken saa jeg dine væmmelige Guder. Ve dig, Jerusalem, du bliver ej ren — hvor længe endnu?
मैले तेरो व्यभिचार, हिनहिनाइ, डाँडाहरू र मैदानहरूमा भएको तेरो वेश्यावृत्तिको दुष्टता देखेको छु, र यी घृणित कुराहरू मैले देखेको छु । ए यरूशलेम, तँलाई धिक्कार! तँलाई फेरि शुद्ध हुन कति समय लाग्नेछ?”