< Esajas 63 >

1 Hvem kommer der fra Edom, i Højrøde Klæder fra Bozra, han i det bølgende Klædebon, stolt i sin vældige Kraft? »Det er mig, som taler i Retfærd, vældig til at frelse!«
एदोमको बोज्राबाट को आइरहेको छ? जसले आफ्नो वस्त्रमा रातो रङ्ग लगाएको छ? तेजस्वी पोशाक पहिरेर आफ्नो शक्तिको महानतामा को आइरहेको छ? “विजयको घोषणा गर्दै, बचाउने सामर्थी म नै हुँ।”
2 Hvorfor er dit Klædebon rødt, dine Klæder som en Persetræders?
किन तपाईंको पोशाक दाखको कोल पेल्नेहरूको जस्तै रातो छ?
3 »Jeg traadte Vinpersen ene, af Folkeslagene var ingen med mig; jeg traadte dem i min Vrede, tramped dem i min Harme; da sprøjted deres Blod paa mine Klæder, jeg tilsøled hele min Klædning.
“म एकलैले दाखको कोल पेलेको छु; मसित जातिहरूबाट कोही पनि थिएन। मैले आफ्नो रिसमा तिनीहरूलाई कुल्चेँ र आफ्नो क्रोधमा तिनीहरूलाई पेलेँ; तिनीहरूको रगतका छिटा मेरा वस्त्रहरूमा परेका छन्, र मेरा वस्त्रभरि दाग लागेका छन्।
4 Thi til Hævnens Dag stod min Hu, mit Genløsningsaar var kommet.
किनकि मेरो मनमा त्यो दिन बदलाको दिन थियो, र मेरो उद्धारको वर्ष आएको छ।
5 Jeg spejded, men ingen hjalp til, jeg studsed, men ingen stod mig bi. Da kom min Arm mig til Hjælp, og min Harme, den stod mig bi;
अनि मैले हेरेँ, तर सहायता गर्ने कोही पनि थिएन; सहयोग गर्ने कोही पनि नदेखेर म छक्‍क परेँ; यसैले मेरो आफ्नै बाहुबलले उद्धार गरेँ, र मेरो आफ्नो क्रोधले मलाई सम्हाल्यो।
6 jeg søndertraadte Folkeslag i Vrede, i Harme knuste jeg dem, deres Blod lod jeg strømme til Jorden.«
मैले मेरो रिसमा जातिहरूलाई कुल्चीमिल्ची पारेँ; मेरो क्रोधमा मैले तिनीहरूलाई मत्ताएँ, र तिनीहरूका रगत भुइँमा पोखाइदिएँ।”
7 Jeg vil synge om HERRENS Naade, kvæde hans Pris, efter alt, hvad HERREN har gjort os, huld imod Israels Hus, gjort os efter sin Miskundhed, sin Naades Fylde.
म याहवेहको दयाको बारेमा बताउनेछु, उहाँले हाम्रो निम्ति गर्नुभएका सबै कामअनुसार, जुन कामको निम्ति उहाँको प्रशंसा हुनुपर्छ— हो, उहाँको दया र महान् कृपाअनुसार उहाँले इस्राएलको घरानाको निम्ति धेरै असल कार्यहरू गर्नुभएको छ।
8 Han sagde: »De er jo mit Folk, de er Børn, som ej sviger.« Og en Frelser blev han for dem
उहाँले भन्‍नुभयो, “वास्तवमा तिनीहरू नै मेरा प्रजा हुन्, र ती मेरा छोराहरू, जो मप्रति विश्‍वासयोग्य रहनेछन्”; अनि यसरी उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो।
9 i al deres Trængsel; intet Bud, ingen Engel, hans Aasyn frelste dem. I sin Kærlighed og Skaansel genløste han dem, han løfted og bar dem alle Fortidens Dage.
तिनीहरूका सबै दुःखहरूमा उहाँ आफैँ पनि दुःखित हुनुभयो; अनि उहाँको उपस्थितिका स्वर्गदूतले तिनीहरूका दुःखबाट तिनीहरूलाई बचाए। उहाँले आफ्नो प्रेम र कृपामा तिनीहरूलाई उद्धार गर्नुभयो; उहाँले तिनीहरूलाई उठाउनुभयो र ती विगतका सबै दिनहरूमा तिनीहरूलाई बोक्नुभयो।
10 Men de stred imod og bedrøved hans hellige Aand; saa blev han deres Fjende, han kæmped imod dem.
यद्यपि तिनीहरू विद्रोही भए, र उहाँको पवित्र आत्मालाई दुःखित तुल्याए। यसकारण उहाँ तिनीहरूका शत्रु हुनुभयो, र उहाँ आफैँ तिनीहरूको विरुद्ध लडाइँ गर्नुभयो।
11 Da tænkte hans Folk paa gamle Dage, paa Moses: »Hvor er han, som drog sit Smaakvægs Hyrde op af Vandet? Hvor er han, som lagde sin hellige Aand i hans Hjerte,
तब उहाँका मानिसहरूले विगतका दिनहरूलाई सम्झे, मोशा र तिनका मानिसहरूका दिनहरू— उहाँ कहाँ हुनुहुन्छ, जसले तिनीहरूलाई समुद्र बीचबाट आफ्ना बगालको गोठालासितै ल्याउनुभयो? उहाँ कहाँ हुनुहुन्छ, जसले आफ्ना पवित्र आत्मालाई तिनीहरूबीच राखिदिनुभयो,
12 lod vandre sin herlige Arm ved Moses's højre, kløvede Vandet for dem og vandt et evigt Navn,
जसले आफ्नो शक्तिको बलवान् हातलाई मोशाको दाहिने हातमा रहनलाई पठाउनुभयो, जसले आफ्नै नाम सदाको निम्ति प्रसिद्ध हुनलाई तिनीहरूको सामु पानीलाई दुई भागमा विभाजन गरिदिनुभयो।
13 førte dem gennem Dybet som en Hest paa Steppen?
तिनीहरूलाई समुद्रको गहिराइबाट कसले डोर्‍याउनुभयो? उजाड देशमा भएका घोडाझैँ तिनीहरूलाई ठेस लागेन;
14 Som Kvæg, der gaar ned i Dalen, snubled de ikke. Dem ledte HERRENS Aand. Saaledes ledte du dit Folk for at vinde dig et herligt Navn.«
तल मैदानमा जाने गाईबस्तुलाईझैँ याहवेहको आत्माद्वारा तिनीहरूलाई विश्राम दिइयो। तपाईंले आफ्नो नाम महिमित राख्न आफ्ना प्रजालाई यसरी डोर्‍याउनुभयो।
15 Sku ned fra Himlen, se ud fra din hellige, herlige Bolig! Hvor er din Nidkærhed og Vælde, dit svulmende Hjerte, din Medynk? Hold dig ikke tilbage,
स्वर्गबाट तल हेर्नुहोस्, तपाईंको उच्‍च, पवित्र र महिमित सिंहासनबाट दृष्‍टि गर्नुहोस्। तपाईंको जोश र तपाईंको सामर्थ्य कहाँ छन्? तपाईंको करुणा र दया हामीबाट रोकिएका छन्।
16 du, som dog er vor Fader. Thi Abraham ved ej af os, Israel kendes ej ved os, men du er vor Fader, HERRE, »vor Genløser« hed du fra Evighed.
अब्राहामले हामीलाई नचिने तापनि अथवा इस्राएलले हामीलाई स्वीकार नगरे तापनि तपाईंचाहिँ हाम्रा पिता हुनुहुन्छ; तपाईं, याहवेह नै हाम्रा पिता हुनुहुन्छ, प्राचीनकालदेखि नै तपाईंको नाम हाम्रा उद्धारकर्ता हो।
17 Hvi leder du os vild fra dine Veje, HERRE, forhærder vort Hjerte mod din Frygt? Vend tilbage for dine Tjeneres, din Arvelods Stammers Skyld!
हे याहवेह, तपाईंले हामीलाई किन आफ्ना मार्गबाट बरालिन दिनुहुन्छ? तपाईंको मार्गबाट भड्किहिँड्नका लागि किन हाम्रा हृदयलाई कठोर बनाउनुहुन्छ? तपाईंका सेवकहरूको खातिर तपाईंका उत्तराधिकारका खातिर फर्कनुहोस्।
18 Hvi har gudløse traadt i din Helligdom, vore Fjender nedtrampet dit Tempel?
तपाईंका प्रजाले केही समयको निम्ति मात्र तपाईंको पवित्र ठाउँमा अधिकार गरे, तर अहिले हाम्रा शत्रुहरूले तपाईंको पवित्रस्थानलाई कुल्चीमिल्ची पारेका छन्।
19 Vi er som dem, du aldrig har styret, over hvem dit Navn ej er nævnt.
हामी प्राचीन समयदेखि नै तपाईंका मानिसहरू हौँ; तर तपाईंले तिनीहरूमाथि कहिल्यै शासन गर्नुभएको छैन; अनि तिनीहरू तपाईंको नामले कहिल्यै बोलाइएका छैनन्।

< Esajas 63 >