< Esajas 16 >

1 Landets Herrer sender en Gave fra Sela gennem Ørkenen til Zions Datters Bjerg.
उजाड-स्‍थानको सेलाको देशबाट सियोन पर्वतको छोरीको शासकलाई थुमाहरू पठाओ ।
2 Og ret som flagrende Fugle, som en opskræmt Rede er Moabs Døtre ved Arnons Vadesteder.
जसरी चराहरू भौंतारिन्‍छन् र जसरी गुँड छरपष्‍ट पारिन्‍छ, मोआबका स्‍त्रीहरू अर्नोनका जाँघारहरूमा तेस्‍तै भएका छन् ।
3 »Kom med et Raad, gør Ende derpaa, lad din Skygge blive som Natten ved højlys Dag, skjul de bortdrevne, røb ej de flyende!
“निर्देशन दओ, न्याय गर । मध्य दिनमा पनि रातको जस्तै केही सितलता प्रदान गर । भगौडाहरूलाई लुकाओ । भगौडाहरूलाई धोका नदेओ ।
4 Giv Moabs bortdrevne Tilhold hos dig, vær dem et Skjul for den, som hærger! Er først Voldsmanden borte, Ødelæggelsen omme, Undertrykkeren ude af Landet,
मोआबबाट आएका शरणार्थीहरू तिमीहरूको माझमा बसोवास गरून् । विनाश गर्नेबाट तिनीहरूका निम्ति लुक्‍ने ठाउँ होओ ।” किनकि अत्याचार रोकिनेछ, र विनाश अन्त हुनेछ, कुल्चनेहरू देशबाट लोप भएर जानेछन् ।
5 skal en Trone rejses med Mildhed, og paa den skal sidde en Dommer med Trofasthed i Davids Telt, ivrig for Ret og øvet i Retfærd.«
करारको विश्‍वस्ततामा सिंहासनलाई स्थापित गरिनेछ । अनि दाऊदको पालबाट आएका एक जना विश्‍वस्‍ततासाथ त्यसमा विराजमान हुनुहुनेछ । उहाँले न्‍यायको खोजी गर्नुहुँदा र धार्मिकतासाथ व्‍यवहार गर्नुहुँदा उहाँले इन्‍साफ गर्नुहुनेछ ।
6 »Vi har hørt om Moabs Hovmod, det saare store, dets Overmod, Hovmod og Frækhed, dets tomme Snak.«
मोआबको घमण्ड, त्यसको अहङ्कार र त्यसको रिसको बारेमा हामीले सुनेका छौं । तर त्यसका घमण्डहरू खोक्रा शब्दहरू हुन् ।
7 Derfor jamrer Moab over Moab, alle jamrer; Kir-Haresets Rosinkager sukker de sønderknust over.
त्यसैले मोआबले मोआबको निम्ति विलाप गर्नेछ— तिनीहरू सबैले विलाप गर्नेछन् । कीर-हरेशेतको किशमिशको झुप्‍पाको निम्‍ति पुर्ण रूपमा विनाश भएकाहरूले विलाप गर ।
8 Thi visne er Hesjbons Marker, Sibmas Vinstok, hvis Druer slog Folkenes Herrer til Jorden; den naaede Ja'zer, famled gennem Ørkenen, dens Ranker bredte sig, overskred Havet.
हेश्बोनका खेतहरू साथै सिब्माका दाखहरू सुकेका छन् । याजेरमा पुगेको र मरुभूमिमा फैलिएको उत्तम दाखहरूलाई, जातिहरूका शासकहरूले कुल्चेका छन् । त्‍यसका टुसाहरू बाहिर देशमा फैलिए । ती समुद्रमाथि गए ।
9 Derfor græder jeg Ja'zers Graad over Sibmas Vinstok, væder med min Taare Hesjbon, og El'ale; thi et Vinperserraab slog ned paa din Frugt og din Høst,
साँच्‍चै, सिब्माको दाखबारीको निम्ति म याजेरसँगै रुनेछु । ए हेश्बोन र एलाले, मेरो आँसुले म तँलाई भिजाउनेछु । किनकि तेरो गृष्मका फलहरू र कटनीको आनन्दको आवाजलाई मैले अन्त गरेको छु ।
10 fra Frugthaver svandt baade Glæde og Jubel; i Vingaarde jubles der ikke, der lyder ej Raab, i Karrene trampes ej Vin, Vinperserraabet er tystnet.
फलका रूखहरूबाट खुसी र आनन्द लुटिएको छ । अनि दाखबारीमा कुनै किसिमको गीत वा आवाज छैन । दाखको कोलमा कसैले पनि दाख पेल्दैन, किनकि दाख पाल्‍नेहरूको आवाज मैले अन्त गरेको छु ।
11 Derfor bæver mit Indre som Citren for Moab, mit Hjerte for Kir-Heres.
त्यसैले मेरो हृदयले मोआबको निम्ति र मेरो अन्तस्करणले कीर-हरेशेतको निम्ति वीणाले झैं सुस्केरा हाल्छ ।
12 Og naar Moab viser sig paa Offerhøjen, naar det gør sig Møje og kommer til sin Helligdom for at bede, udretter det intet.
जब मोआबले आफूलाई उच्‍च स्थानमा थकित बनाउँछ र प्रार्थना गर्न आफ्‍नो मन्दिरमा प्रवेश गर्छ, त्यसको प्रार्थनाले केही काम गर्नेछैन ।
13 Det er Ordet, HERREN fordum talede til Moab.
परमप्रभुले मोआबको बारेमा पहिले नै बोल्नुभएको वचन यही हो ।
14 Men nu siger HERREN: Om tre Aar, som Daglejeren regner Aaret, skal Moabs Herlighed vanæres med al den store larmende Hob. Resten bliver lille, ringe og afmægtig.
फेरि परमप्रभु भन्‍नुहुन्छ, “मोआबको गौरव तिन वर्षभित्र हराउनेछ । त्यसको धेरै मानिहरू भए पनि बाँकी रहेकाहरू अति थोरै र नगण्य हुनेछन् ।”

< Esajas 16 >