< Esajas 14 >
1 Thi HERREN forbarmer sig over Jakob og udvælger atter Israel. Han lader dem fæste Bo i deres eget Land, og fremmede skal slutte sig til dem og føjes til Jakobs Hus.
याहवेहले याकोबमाथि दया देखाउनुहुनेछ; फेरि एक पल्ट उहाँले इस्राएललाई चुन्नुहुनेछ; अनि तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा बसाल्नुहुनेछ। परदेशीहरू तिनीहरूसित मिल्नेछन् र याकोबका घरानासित तिनीहरू मिलेर बस्नेछन्।
2 Folkeslag skal tage dem og bringe dem hjem igen; og Israels Hus skal i HERRENS Land tage Folkeslagene i Eje som Trælle og Trælkvinder; de skal gøre dem til Fanger, hvis Fanger de var, og herske over deres Bødler.
राष्ट्रहरूले तिनीहरूलाई लगेर तिनीहरूको आफ्नै ठाउँमा ल्याइदिनेछन्। अनि इस्राएलले जातिहरूलाई याहवेहको देशमा आफ्ना दास-दासीहरू बनाउनेछ। तिनीहरूलाई पक्रनेहरूलाई तिनीहरूले आफ्ना कैदी बनाउनेछन्; अनि तिनीहरूमाथि थिचोमिचो गर्नेहरूमाथि शासन गर्नेछन्।
3 Paa den Dag HERREN giver dig Hvile for din Møje og Uro og for den haarde Trældom, der lagdes paa dig,
याहवेहले तिमीहरूलाई कष्ट, चिन्ता र कठिन परिश्रमबाट मुक्त गर्नुभएको दिन,
4 skal du istemme denne Spottevise om Babels Konge: Hvor er dog Bødlen stille, Tvangshuset tyst!
तिमीहरूले बेबिलोनको राजाको विरुद्धमा यसरी खिसी गर्नेछौ: अत्याचारी कसरी नाश भयो! त्यसको अत्याचार कसरी समाप्त भयो!
5 HERREN har brudt de gudløses Stok, Herskernes Kæp,
याहवेहले दुष्टको लहुरो, शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ।
6 som slog i Vrede Folkeslag, Slag i Slag, og tvang i Harme Folk med skaanselsløs Tvang.
जसले रिसमा मानिसहरूलाई लगातार मुक्का लगाइरहन्थ्यो; अनि रिसमा राष्ट्रहरूलाई लगातार आक्रमणद्वारा अधीनमा राखेको थियो।
7 Al Jorden har Fred og Ro, bryder ud i Jubel;
सारा देश विश्राम र शान्तिमा छ; तिनीहरू गीत गाइउठ्छन्।
8 selv Cypresserne glæder sig over dig, Libanons Cedre: »Siden dit Fald kommer ingen op for at fælde os!«
सल्लाका रूखहरू र लेबनानका देवदारुसमेत तिमीहरूको अवस्था देखेर रमाउँछन् र भन्छन्, “अब तँ ढलिगएको कारणले काठको काम गर्ने कोही पनि आएर हामीलाई ढाल्दैनन्।”
9 Dødsriget nedentil stormer dig heftigt i Møde, vækker for din Skyld Dødninger, al Jordens store, jager alle Folkenes Konger op fra Tronen; (Sheol )
तेरो आगमनको प्रतीक्षामा पाताल पनि उत्प्रेरित भएको छ; त्यसले तँलाई अभिवादन गर्न मरेका आत्माहरूलाई जगाउँछ— संसारका अगुवा भएर रहेका थिए; यसले एक पल्ट जातिहरूमाथि राजा भएकाहरूलाई तिनीहरूका सिंहासनबाट उठाउँछ। (Sheol )
10 de tager alle til Orde og siger til dig: »Ogsaa du blev kraftløs som vi, du blev vor Lige!«
तिनीहरू सबैले जवाफ दिएर तँलाई यसो भन्नेछन्, “तँ अब हामीजस्तै कमजोर भएको छस्; तँ हामीजस्तै भइस्।”
11 Til Dødsriget sendtes din Højhed, dine Harpers Brus, dit Leje er redt med Raaddenskab, dit Tæppe er Orme. (Sheol )
तेरा सबै रवाफ, र तेरा वीणाहरूको सोरसितै पातालमा खसालिएको छ; तेरो ओछ्यानमा औँसाहरू छरिएका छन्; अनि किराहरूले तँलाई ढाकेका छन्। (Sheol )
12 Nej, at du faldt fra Himlen, du straalende Morgenstjerne, fældet og kastet til Jorden, du Folkebetvinger!
हे बिहानको तारा, प्रभातको पुत्र, तँ कसरी स्वर्गबाट खसेको छस्! जातिहरूलाई होच्याउने, तँ पृथ्वीमा फ्याँकिएको छस्!
13 Du, som sagde i Hjertet: »Jeg stormer Himlen, rejser min Trone deroppe over Guds Stjerner, tager Sæde paa Stævnets Bjerg i yderste Nord,
तैँले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु; म आफ्नो सिंहासनलाई परमेश्वरका ताराहरूभन्दा माथि उचाल्नेछु; म सभाको पर्वतमाथि सिंहासनमा, शाफोन पर्वतको सर्वोच्च स्थानमा विराजमान हुनेछु।
14 stiger op over Skyernes Højder, den Højeste lig« —
म बादलहरूभन्दा माथि उक्लनेछु; म आफैँलाई सर्वोच्च परमेश्वर बराबर बनाउनेछु।”
15 ja, ned i Dødsriget styrtes du, nederst i Hulen! (Sheol )
तर तँलाई चिहानसम्म, खाडलको गहिराइसम्मै होच्याइयो। (Sheol )
16 Ser man dig, stirrer man paa dig med undrende Blikke: »Er det ham, som fik Jorden til at bæve, Riger til at skælve,
तँलाई देख्नेहरूले तँलाई नियालेर हेर्नेछन्, तेरो दशामा तिनीहरूले विचार गर्नेछन्: “के यो त्यही मानिस हो, जसले पृथ्वीलाई हल्लायो; अनि राज्यहरूलाई थर्कमान बनायो।
17 ham, som gjorde Verden til Ørk og jævnede Byer, ikke gav Fangerne fri til at drage mod Hjemmet?«
त्यो मानिस, जसले संसारलाई मरुभूमि बनायो, जसले सहरहरूलाई हरायो; र आफ्ना कैदीहरूलाई घरमा जान दिएन?”
18 Folkenes Konger hviler med Ære hver i sit Hus,
सबै राष्ट्रहरूका राजाहरू आ-आफ्नो चिहानमा पस्रिरहन्छन्।
19 men du er slængt hen uden Grav som et usseligt Foster, dækket af faldne, slagne med Sværd og kastet i Stenbruddets Hul som et nedtraadt Aadsel.
तर तँ एउटा त्यागिएको हाँगाझैँ आफ्नो चिहानमा फालिएको छस्; तँ तरवारले रोपिएकाहरूसँग, खाडलका ढुङ्गाहरूमा खसेकाहरूसँग मारिएकाहरूले ढाकिएको छस्। तँ खुट्टाले कुल्चिएर पैतालामुनि परेको लासझैँ भएको छस्।
20 I Graven samles du ikke med dine Fædre, fordi du ødte dit Land og dræbte dit Folk. Ugerningsmændenes Afkom skal aldrig nævnes.
तँ तिनीहरूसित गाडिनेछैनस्; किनकि तैँले आफ्नो देशलाई नाश गरेको छस्; अनि तेरा मानिसहरूलाई मारेको छस्। दुष्टका सन्तानहरूको उल्लेख अब कहिल्यै गरिनेछैन।
21 Bered hans Sønner et Blodbad for Faderens Brøde! De skal ikke staa op og indtage Jorden og fylde Verden med Stæder.
तिनीहरूका पुर्खाहरूका पापको कारण त्यसका छोराहरूलाई मार्ने ठाउँ तयार गर्; देशमाथि अधिकार गर्न र पृथ्वीका सहरहरू ढाक्न तिनीहरू उठ्न पाउनेछैनन्।
22 Jeg staar op imod dem, lyder det fra Hærskarers HERRE, og udrydder af Babel Navn og Rest, Skud og Spire, lyder det fra HERREN;
सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ: “म तिनीहरूको विरुद्ध उठ्नेछु। म बेबिलोनबाट बाँचेकाहरू, त्यसका सन्तान र त्यसको नाम मेटिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
23 jeg gør det til Rørdrummers Eje og til side Sumpe; jeg fejer det bort med Undergangens Kost, lyder det fra Hærskarers HERRE.
“म त्यसलाई उल्लुको स्थानमा, र सिमसार धापमा परिणत गर्नेछु; म त्यसलाई विनाशको कुचोले बढार्नेछु,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
24 Hærskarers HERRE har svoret saaledes: Visselig, som jeg har tænkt det, saa skal det ske, og som jeg satte mig for, saa staar det fast:
सेनाहरूका याहवेहले शपथ खानुभएको छ, “मैले जे योजना बनाएको छु, त्यो निश्चय पूरा हुनेछ; अनि मैले जे इच्छा गरेको छु, त्यो अटल रहनेछ।
25 Jeg knuser Assur i mit Land, nedtramper ham paa mine Bjerge, hans Aag skal vige fra dem, hans Byrde skal vige fra dets Skuldre.
म आफ्नो देशमा अश्शूरलाई धुलोपिठो पार्नेछु; म आफ्ना पर्वतहरूमा त्यसलाई कुल्चनेछु। मेरा मानिसहरूबाट त्यसको जुवा निकालिनेछ; अनि तिनीहरूका काँधबाट त्यसको भारी हटाइनेछ।”
26 Det er, hvad jeg satte mig for imod al Jorden, det er den Haand, som er udrakt mod alle Folk.
सारा संसारका निम्ति तोकिएको योजना यही हो; सारा जातिहरूमाथि फैलाइएको हात यही हो।
27 Thi Hærskarers HERRES Raad, hvo kuldkaster det? Hans udrakte Haand, hvo tvinger vel den tilbage?
सेनाहरूका याहवेहले नै यो विचार गर्नुभएको हो, कसले उहाँलाई विफल बनाउन सक्ला र? उहाँले हात फैलाउनुभएको छ, कसले त्यसलाई फर्काउन सक्ला र?
28 I Kong Akaz's Dødsaar kom dette Udsagn:
आहाज राजा मरेको वर्षमा यो भविष्यवाणी आयो:
29 Glæd dig ej, hele Filisterland, at Kæppen, der slog dig, er brudt! Thi af Slangerod kommer en Øgle, dens Frugt er en flyvende Drage.
हे सबै पलिश्ती हो, तिमीहरूलाई प्रहार गर्ने लहुरो भाँचियो भनेर नरमाओ; त्यस सर्पको वंशबाट अति विषालु सर्प निस्कनेछ, र प्रहार गर्ने विषालु सर्प त्यसको फल हुनेछ।
30 Paa min Vang skal de ringe græsse, de fattige lejre sig trygt; men jeg dræber dit Afkom ved Sult; hvad der levnes, slaar jeg ihjel.
गरिबहरूभन्दा गरिबले खर्क पाउनेछ, र खाँचोमा परेकाहरू सुरक्षामा रहनेछन्। तर तेरो वंशलाई म अनिकालले नाश पार्नेछु, त्यसले तेरा बाँचेकाहरूलाई मार्नेछ।
31 Hyl, Port, skrig, By, Angst gribe dig, hele Filisterland! Thi nordenfra kommer Røg, i Fjendeskaren nøler ingen.
हे मूलढोका, विलाप गर्! हे सहर, चीत्कार गर्! हे सबै पलिश्ती हो, पग्लेर जाओ! उत्तर दिशाबाट धुवाँको बादल आउँछ; अनि त्यसको सेनामा बरालिने कोही छैन।
32 Og hvad skal der svares Folkets Sendebud? At HERREN har grundfæstet Zion, og de arme i hans Folk søger Tilflugt der.
त्यस जातिका राजदूतहरूलाई कस्तो जवाफ दिइनेछ? “याहवेहले सियोनलाई स्थापित गर्नुभएको छ; अनि कष्ट पाएका जातिले त्यसमा आश्रय पाउनेछन्।”