< 1 Mosebog 25 >
1 Abraham tog sig en Hustru, som hed Ketura;
अब्राहामले अर्की पत्नी पनि ल्याए, जसको नाम कतूरा थियो।
2 og hun fødte ham Zimran, Joksjan, Medan, Midjan, Jisjbak og Sjua.
तिनले अब्राहामका निम्ति जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्म दिइन्।
3 Joksjan avlede Saba og Dedan. Dedans Sønner var Assjuriterne, Letusjiterne og Le'ummiterne.
योक्षान शेबा र ददानका पिता थिए; ददानका वशंहरू अश्शूरीम, लतूशी र लऊम्मीहरू थिए।
4 Midjans Sønner var Efa, Efer, Hanok, Abida og Elda'a. Alle disse var Keturas Sønner.
मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा थिए। यी सबै कतूराका सन्तानहरू थिए।
5 Abraham gav Isak alt, hvad han ejede;
अब्राहामले कमाएका सबै थोक इसहाकलाई छोडिदिए।
6 men de Sønner, Abraham havde med sine Medhustruer, skænkede han Gaver og sendte dem, medens han endnu levede, bort fra sin Søn Isak, østpaa til Østlandet.
तर अब्राहामले आफू जीवित छँदै आफ्नी उपपत्नीका छोराहरूलाई उपहारहरू दिएर तिनीहरूलाई आफ्ना पुत्र इसहाकदेखि टाढा पूर्वको देशमा पठाइदिए।
7 De Aar, Abraham levede, udgjorde 175;
अब्राहाम एक सय पचहत्तर वर्षसम्म बाँचे।
8 saa udaandede han. Og Abraham døde i en god Alderdom, gammel og mæt af Dage, og samledes til sin Slægt.
तब अब्राहाम आफ्नो पूरा बुढेसकालमा, एक वृद्ध मानिस भएर र पूरा आयुमा तिनको मृत्यु भयो; अनि आफ्ना मानिसहरूसित मिल्न गए।
9 Og hans Sønner Isak og Ismael jordede ham i Makpelas Klippehule paa Hetiten Efrons Zohars Søns, Mark over for Mamre,
तिनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा, मम्रेको छेउमा भएको मक्पेलाको ओडारमा गाडे;
10 den Mark, Abraham havde købt af Hetiterne; der jordedes Abraham og hans Hustru Sara.
त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्यहाँ अब्राहाम आफ्नी पत्नी सारासँगै गाडिए।
11 Og da Abraham var død, velsignede Gud hans Søn Isak. Isak boede ved Be'er-lahaj-ro'i.
अब्राहामको मृत्युपछि परमेश्वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो; अनि तिनी बेअर-लहै-रोइको नजिक बसे।
12 Dette er Abrahams Søn Ismaels Slægtebog, hvem Saras Trælkvinde, Ægypterinden Hagar, fødte ham.
अब्राहामका छोरा इश्माएलको विवरण यही हो, जसलाई साराकी सेविका इजिप्टियन हागारले अब्राहामका निम्ति जन्माएकी थिइन्।
13 Følgende er Navnene paa Ismaels Sønner efter deres Navne og Slægter: Nebajot, Ismaels førstefødte, Kedar, Adbe'el, Mibsam,
जन्म क्रमअनुसार इश्माएलका छोराहरूका नाम यिनै हुन्: इश्माएलको जेठो छोरा नबायोत, केदार, अदबील, मिब्साम,
15 Hadad, Tema, Jetur, Nafisj og Kedma.
हदद, तेमा, यतूर, नापीश र केदमा।
16 Det var Ismaels Sønner, og det var deres Navne i deres Indhegninger og Teltlejre, tolv Høvdinger med deres Stammer.
इश्माएलका छोराहरू यिनै हुन्, र बस्ती र छाउनीहरूअनुसार बाह्र कुलका शासकहरूका नाम यिनै हुन्।
17 Ismaels Leveaar udgjorde 137; saa udaandede han; han døde og samledes til sin Slægt.
इश्माएल जम्मा एक सय सैँतीस वर्षसम्म बाँचे; त्यसपछि तिनको मृत्यु भयो, र आफ्ना मानिसहरूसँगै माटोमा मिल्न गए।
18 De havde deres Boliger fra Havila til Sjur over for Ægypten hen ad Assjur til. Lige for Øjnene af alle sine Brødre slog han sig ned.
तिनका सन्ततिहरू अश्शूरतिरको इजिप्टको पूर्वी सिमाना छेउको हवीलादेखि शूरसम्मका ठाउँहरूमा बसोबास गरे। अनि तिनीहरू आफ्ना सबै दाजुभाइहरूसित दुश्मनी लिएर बसे।
19 Dette er Abrahams Søn Isaks Slægtebog. Abraham avlede Isak.
अब्राहामका छोरा इसहाकको विवरण यही हो। अब्राहाम इसहाकका पिता भए;
20 Isak var fyrretyve Aar gammel, da han tog Rebekka, en Datter af Aramæeren Betuel fra Paddan-Aram og Søster til Aramæeren Laban, til Hustru.
अनि पद्दन-अरामका अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी रिबेकासित विवाह हुँदा इसहाक चालीस वर्षका थिए।
21 Men Isak bad til HERREN for sin Hustru, thi hun var ufrugtbar; og HERREN bønhørte ham, og Rebekka, hans Hustru, blev frugtsommelig.
आफ्नी पत्नी बाँझी भएकाले उनको पक्षमा इसहाकले याहवेहसित प्रार्थना गरे। याहवेहले तिनको प्रार्थनाको जवाफ दिनुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन्।
22 Men da Sønnerne brødes i hendes Liv, sagde hun: »Staar det saaledes til, hvorfor lever jeg da?« Og hun gik hen for at adspørge HERREN.
तिनको गर्भमा बालकहरूले एक-अर्कालाई ठेल्न थाले। “मलाई किन यस्तो भइरहेको छ?” भनी तिनले याहवेहलाई सोध्न गइन्।
23 Da svarede HERREN hende: »To Folkeslag er i dit Liv, to Folk skal gaa ud af dit Skød! Det ene skal kue det andet, den ældste tjene den yngste!«
तब याहवेहले तिनलाई भन्नुभयो, “तेरो गर्भमा दुई राष्ट्रहरू छन्, अनि तेरो पेटबाट दुई जातिहरू छुट्टिनेछन्; एउटा जाति अर्कोभन्दा बलियो हुनेछ; अनि जेठोले कान्छोको सेवा गर्नेछ।”
24 Da nu Tiden kom, at hun skulde føde, var der Tvillinger i hendes Liv.
जब तिनको जन्माउने समय आयो; तिनको गर्भमा जुम्ल्याह बालकहरू थिए।
25 Den første kom frem rødlig og lodden som en Skindkappe over hele Kroppen; og de kaldte ham Esau.
पहिले निस्कने रातो वर्णको थियो; अनि त्यसको सम्पूर्ण शरीर रौँको वस्त्रझैँ थियो; र तिनीहरूले त्यसको नाम एसाव राखे।
26 Derefter kom hans Broder frem med Haanden om Esaus Hæl; derfor kaldte de ham Jakob. Isak var tresindstyve Aar gammel, da de fødtes.
त्यसपछि उनको भाइ जन्मियो; जसले एसावको कुर्कुच्चा समातेको थियो; यसकारण त्यसको नाम याकोब राखियो। रिबेकाले तिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए।
27 Drengene voksede til, og Esau blev en dygtig Jæger, der færdedes i Ødemarken, men Jakob en fredsommelig Mand, en Mand, som boede i Telt.
ती बालकहरू बढ्दै गए; अनि एसाव एउटा सिपालु शिकारी, खुला मैदानको मानिस भए; याकोबचाहिँ शान्त स्वभावका थिए, र तिनी पालमै बसिरहन्थे।
28 Isak holdt mest af Esau, thi han spiste gerne Vildt; men Rebekka holdt mest af Jakob.
इसहाक शिकारको मासु खान रुचाउने हुनाले एसावलाई माया गर्थे; तर रिबेकाले चाहिँ याकोबलाई माया गर्थिन्।
29 Jakob havde engang kogt en Ret Mad, da Esau udmattet kom hjem fra Marken.
एक पल्ट याकोबले सुरुवा पकाइरहेका बेलामा एसाव खुला मैदानबाट साह्रै भोकाएर आए।
30 Da sagde Esau til Jakob: »Lad mig faa noget af det røde, det røde der, thi jeg er ved at dø af Sult!« Derfor kaldte de ham Edom.
एसावले याकोबलाई भने, “झट्टै मलाई त्यो रातो सुरुवा देऊ! म भोकले मर्नै लागेँ!” (त्यसैकारण तिनलाई एदोम पनि भनिन्थ्यो।)
31 Men Jakob sagde: »Du maa først sælge mig din Førstefødselsret!«
याकोबले जवाफ दिए, “पहिले आफ्नो ज्येष्ठ अधिकार मलाई बेच।”
32 Esau svarede: »Jeg er jo lige ved at omkomme; hvad bryder jeg mig om min Førstefødselsret!«
एसावले भने, “हेर, म त मर्नै लागेको छु। अब मेरो निम्ति ज्येष्ठ अधिकारको के काम?”
33 Men Jakob sagde: »Du maa først sværge mig det til!« Da svor Esau paa det og solgte sin Førstefødselsret til Jakob.
तर याकोबले भने, “पहिले शपथ खाएर मलाई भन।” यसकारण तिनले शपथ खाए, र आफ्नो ज्येष्ठ अधिकार याकोबलाई बेचे।
34 Saa gav Jakob Esau Brød og kogte Linser, og da han havde spist og drukket, stod han op og gik sin Vej. Saaledes lod Esau haant om sin Førstefødselsret.
तब याकोबले एसावलाई केही रोटी र दालको सुरुवा दिए। तिनले त्यो खाए, पिए, र उठेर गइहाले। यसरी एसावले आफ्नो ज्येष्ठ अधिकारलाई लत्याए।