< Ezra 10 >
1 Medens Ezra nu under Bøn og Syndsbekendelse grædende kastede sig ned foran Guds Hus, samlede en stor Skare Israeliter sig om ham, baade Mænd, Kvinder og Børn, thi Folket græd heftigt.
एज्राले प्रार्थना गर्दा र पाप स्वीकार गर्द तिनी रोए र परमेश्वरको मन्दिरको सामु घोप्टो परे । इस्राएली पुरुष, स्त्री र बालबलिकाको एउटा ठुलो भेला तिनीकहाँ जम्मा भए किनकि मानिसहरू धुरुधुरु रुँदै थिए ।
2 Derpaa tog Sjekanja, Jehiels Søn, af Elams Efterkommere til Orde og sagde til Ezra: »Vi har været troløse mod vor Gud ved at hjemføre fremmede Kvinder af Hedningerne i Landet. Men trods alt er der endnu Haab for Israel.
एलामका परिवारका यहीएलका छोरा शकन्याहले एज्रालाई भने, “हामी हाम्रा परमेश्वरप्रति अविश्वासी भएका छौं, र हामीले अन्य देशका विदेशी स्त्रीहरूसित विवाह गरेका छौं । तर यसको बाबजुत पनि इस्राएलको लागि अझै आशा छ ।
3 Lad os slutte Pagt for vor Gud om at skille os af med alle vore fremmede Kvinder og deres Børn efter min Herres Bestemmelse og deres, som bæver for Guds Bud, og lad der blive handlet efter Loven!
त्यसैले अब प्रभुका निर्देशनहरू र हाम्रा परमेश्वरका आज्ञाहरूदेखि डराउनेहरूका निर्देशनहरूअनुसार सबै स्त्री र तिनीहरूका छोराछोरीलाई पठाउन हाम्रा परमेश्वरसित करार बाँधौं, र यो काम व्यवस्थाअनुसार गरियोस् ।
4 Staa op, thi det er dig, der skal tage dig af Sagen, og vi vil staa dig bi; vær frimodig og tag fat!«
उठ्नुहोस्, किनकि यो काम तपाईंले गर्नुपर्ने हुन्छ र हामी तपाईंसित छौं । बलियो हुनुहोस् र यो काम गर्नुहोस् ।”
5 Da stod Ezra op og tog Præsternes, Leviternes og hele Israels Øverster i Ed paa, at de vilde handle saaledes, og de aflagde Eden.
त्यसैले एज्रा उठे, र पुजारीका अधिकारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई यसरी नै प्रतिज्ञा गर्न लगाए । तिनीहरू सबैले गम्भीर शपथ खाए ।
6 Derpaa rejste Ezra sig fra Pladsen foran Guds Hus og begav sig til Johanans, Eljasjibs Søns, Kammer, hvor han tilbragte Natten; han hverken spiste eller drak, fordi han græmmede sig over Troløsheden hos dem, der havde været i Landflygtighed.
तब एज्रा परमप्रभुको मन्दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए । तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्वासत्यागको लागि शोक गर्दै थिए ।
7 Derpaa lod man kundgøre i Juda og Jerusalem for alle dem, der havde været i Landflygtighed, at de skulde give Møde i Jerusalem;
तिनीहरूले निर्वासनबाट फर्केर यहूदा र यरूशलेममा आएर बसेका सबै मानिसलाई यरूशलेममा भेला हुन समाचार पठाए ।
8 og enhver, som ikke indfandt sig Tredjedagen derefter ifølge Øversternes og de Ældstes Bestemmelse, al hans Ejendom skulde der lægges Band paa, og han selv skulde udelukkes fra deres Forsamling, der havde været i Landflygtighed.
अधिकारीहरू र धर्म-गुरुहरूका निर्देशनमुताबिक तिन दिनमा नआउने कुनै पनि व्यक्तिको सारा सम्पत्ति जफत गरिने र निर्वासनबाट फर्केर आएका मानिसहरूको ठुलो सभाबाट बहिष्कार गरिने भयो ।
9 Saa samledes alle Mænd af Juda og Benjamin paa Tredjedagen i Jerusalem; det var den tyvende Dag i den niende Maaned; og alt Folket stillede sig op paa den aabne Plads ved Guds Hus, skælvende baade for Sagens Skyld og som Følge af Regnskyllene.
त्यसैले यहूदा र बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए । यो नवौं महिनामा र उक्त महिनाको बाह्रौं दिनमा भएको थियो । सारा मानिस परमेश्वरको मन्दिरको सामुन्ने चोकमा खडा भए, र वचन र वृष्टिको कारणले थरथर काँपे ।
10 Derpaa stod Præsten Ezra op og sagde til dem: »I har forbrudt eder ved at hjemføre fremmede Kvinder og saaledes øget Israels Syndeskyld;
पुजारी एज्रा खडा भए र भने, “तिमीहरू आफैले अपराध गरेका छौ । इस्राएलको पापलाई बढाउलाई तिमीहरू विदेशी स्त्रीहरूसित बस्यौ ।
11 saa bekend da nu eders Synd for HERREN, eders Fædres Gud, og gør hans Vilje; skil eder ud fra Hedningerne i Landet og fra de fremmede Kvinder!«
तर अब आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्वरलाई प्रशंसा देओ, र उहाँको इच्छाअनुसार गर । यस देशका मानिसहरू र विदेशी स्त्रीहरूबाट अलग रहो ।”
12 Og hele Forsamlingen svarede med høj Røst: »Som du siger, bør vi gøre!
सारा समुदायले ठुलो सोरमा जवाफ दिए, “तपाईंले भन्नुभएझैं हामी गर्नेछौं ।
13 Men Folket er talrigt, og det er Vinterregnens Tid, saa vi kan ikke blive staaende her ude; og Sagen kan heller ikke afgøres paa en Dag eller to, da vi har forbrudt os højligen her.
यद्यपि, मानिसहरू धेरै छन्, र यो पानी पर्ने समय हो । बाहिर खडा हुन हामीसित ताकत छैन, र यो केवल एक वा दुई दिनको काम होइन, किनकि हामीले यस विषयमा घोर अपराध गरेका छौं ।
14 Lad derfor Øversterne for hele vor Forsamling give Møde og lad alle dem, der i vore Byer har hjemført fremmede Kvinder, indfinde sig til en fastsat Tid, ledsaget af de enkelte Byers Ældste og Dommere, for at vi kan blive friet fra vor Guds Vrede i denne Sag!«
त्यसैले हाम्रा अधिकारीहरूले सारा समुदायको प्रतिनिधित्व गरून् । हामीबाट हाम्रा परमेश्वरको क्रोध नहटेसम्म हाम्रा सहरहरूमा विदेशी स्त्रीहरूलाई बस्न दिएकाहरू सहरका सबै धर्म-गुरु र सहरका न्यायकर्ताहरूद्वारा तोकिएको समयमा आऊन् ।”
15 Kun Jonatan, Asa'els Søn, og Jazeja, Tikvas Søn, satte sig derimod med Støtte fra Mesjullam og Leviten Sjabbetaj.
असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा याजयाहले यसको विरोध गरे, र मशुल्लाम र लेवी सब्बतैले तिनीहरूलाई समर्थन गरे ।
16 Men de, der havde været i Landflygtighed, handlede derefter; og Præsten Ezra udvalgte sig nogle Mænd, Overhovederne for de enkelte Fædrenehuse, alle med Navns Nævnelse. Disse holdt da Møde den første Dag i den tiende Maaned for at undersøge Sagen,
यसैले निर्वासनबाट फर्केर आएकाहरूले सुझावअनुसार गरे । पुजारी एज्राले नाउँ दर्ता भएअनुसार आ-आफ्नो परिवारका अगुवाहरूको छनोट गरे, र तिनीहरूले दसौं महिनाको पहिलो दिनसम्म यस विषयमा जाँच गरे ।
17 og de var færdige med alle de Mænd, som havde hjemført fremmede Kvinder, til den første Dag i den første Maaned.
पहिलो महिनाको पहिलो दिनसम्ममा तिनीहरूले कुन-कुन मानिसहरू विदेशी स्त्रीहरूसित बसेका थिए भनी पत्ता लगाए ।
18 Blandt Præsterne fandtes følgende, der havde hjemført fremmede Kvinder: Af Jesuas, Jozadaks Søns, Efterkommere og hans Brødre Ma'aseja, Eliezer, Jarib og Gedalja;
विदेशी स्त्रीहरूलाई विवाह गर्ने पुजारी परिवारहरूका यिनै हुन्: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइका: मासेयाह, एलीएजर, यारीब र गदल्याह थिए ।
19 disse gav deres Haand paa at ville sende deres Hustruer bort, og deres Skyldoffer var en Væder for deres Syndeskyld.
त्यसैले तिनीहरूले आ-आफ्ना पत्नीहरूलाई त्यागिदिने निधो गरे । तिनीहरू दोषी भएका हुनाले तिनीहरूले दोषबलिको रूपमा आफ्ना बगालबाट एउटा भेडा पनि ल्याए ।
20 Af Immers Efterkommere: Hanani og Zebadja.
इम्मेरका परिवारका: हनानी र जबदियाह ।
21 Af Harims Efterkommere: Ma'aseja, Elija, Sjemaja, Jehiel og Uzzija.
हारीमका परिवारका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्जियाह ।
22 Af Pasjhurs Efterkommere: Eljoenaj, Ma'aseja, Jisjmael, Netan'el, Jozabad og El'asa.
पशहूरका परिवारका: एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद र एलासा ।
23 Af Leviterne: Jozabad, Sjim'i. Kelaja, det er Kelita, Petaja, Juda og Eliezer.
लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात् कलीता, पतहियाह, यहूदा र एलीएजर ।
24 Af Tempelsangerne: Eljasjib og Zakkur. Af Dørvogterne Sjallum, Telem og Uri.
गायकहरूमा: एल्यासीब । द्वारपालहरूमा: शल्लूम, तेलेम र ऊरी ।
25 Af Israel: Af Par'osj's Efterkommere: Ramja, Jizzija, Malkija, Mijjamin, El'azar, Malkija og Benaja.
अनि अरू इस्राएलीहरूमा- परोशका परिवारका: रम्याह, यिज्याह, मल्कियाह, मियामीन, एलाजार, मल्कियाह र बनायाह ।
26 Af Elams Efterkommere: Mattanja, Zekarja, Jehiel, Abdi, Jeremot og Elija.
एलामका परिवारका: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया ।
27 Af Zattus Efterkommere: Eljoenaj, Eljasjib, Mattanja, Jeremot, Zabad og Aziza.
जत्तूका परिवारका: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा ।
28 Af Bebajs Efterkommere: Johanan, Hananja, Zabbaj og Atlaj.
बेबैका परिवारका: येहोहानान, हनन्याह, जब्बै र अत्लै ।
29 Af Banis Efterkommere: Mesjullam, Malluk, Adaja, Jasjub, Sjeal og Ramot.
बानीका परिवारका: मशुल्लाम, मल्लूक, अदायाह, याशूब, शाल र यरेमोत ।
30 Af Pahat-Moabs Efterkommere: Adna, Kelal, Benaja, Ma'aseja, Mattanja, Bezal'el, Binnuj og Menassje.
पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्नूई र मनश्शे ।
31 Af Harims Efterkommere: Eliezer, Jissjija, Malkija, Sjemaja, Sjim'on,
हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमेओन,
32 Binjamin, Malluk og Sjemarja.
बेन्यामीन, मल्लूक र शमरयाह ।
33 Af Hasjums Efterkommere: Mattenaj, Mattatta, Zabad, Elifelet, Jeremaj, Menassje og Sjim'i.
हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे र शिमी ।
34 Af Banis Efterkommere: Ma'adaj, Amram, Uel,
बानीका परिवारका: मादै, अम्राम, ऊएल,
35 Benaja, Bedeja, Keluhu,
बनायाह, बेदयाह, कलूही,
36 Vanja, Meremot, Eljasjib,
भन्याह, मरेमोत, एल्यासीब,
37 Mattanja, Mattenaj og Ja'asaj.
मत्तन्याह, मत्तनै र यासू ।
38 Af Binnujs Efterkommere: Sjim'i,
बिन्नूईका परिवारका: शिमी,
39 Sjelemja, Natan, Adaja,
शेलेम्याह, नातान, अदायाह,
40 Maknadbaj, Sjasjaj, Sjaraj,
मक्नादबै, शाशै, शारै,
41 Azar'el, Sjelemja, Sjemarja,
अज्रेल, शेलेम्याह, शमरयाह,
42 Sjallum, Amarja og Josef.
शल्लूम, अमर्याह र योसेफ ।
43 Af Nebos Efterkommere: Je'iel, Mattitja, Zabad, Zebina, Jaddaj, Joel og Benaja.
नेबोका परिवारका: यीएल, मत्तित्याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह ।
44 Alle disse havde taget fremmede Kvinder til Ægte, men sendte nu Hustruer og Børn bort.
यी सबैले विदेशी स्त्रीहरूलाई विवाह गरेका थिए, र तिनीहरूमध्ये कसैले छोराछोरीसमेत जन्माएका थिए ।