< Ezekiel 30 >
1 HERRENS Ord kom til mig saaledes:
याहवेहको यो वचन मकहाँ आयो:
2 Menneskesøn, profeter og sig: Saa siger den Herre HERREN: Jamrer: Ak, hvilken Dag!
“हे मानिसको छोरा, अगमवाणी गरेर भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “‘विलाप गरेर भन्, “हाय त्यो दिन!”
3 Thi nær er Dagen, ja nær er HERRENS Dag; det bliver en Mulmets Dag, Hedningernes Tid.
किनकि त्यो दिन नजिकै छ; याहवेहको दिन नजिकै छ! बादलहरूको दिन, जाति-जातिहरूका निम्ति विनाशको दिन।
4 Et Sværd kommer over Ægypten, og Ætiopien gribes af Skælven, naar de slagne segner i Ægypten, naar dets Rigdom bortføres og dets Grundvolde nedbrydes.
इजिप्टको विरुद्धमा एउटा तरवार आउनेछ; अनि कूशमाथि वेदना आउनेछ। जब इजिप्टमा मारिएकाहरूले जमिन ढाक्छन्, तब त्यसका धनसम्पत्ति लगिनेछ, र त्यसका जगहरू पूर्ण रूपमा भत्काइनेछ।
5 Ætioperne, Put og Lud og alt Blandingsfolket, Kub og min Pagts Sønner skal falde for Sværdet med dem.
कूश, लिबिया, लूद र सारा अरब, कुब र करारको देशका मानिसहरू इजिप्टसितै तरवारद्वारा ढल्नेछन्।
6 Saa siger HERREN: Alle, som støtter Ægypten, skal falde og dets stolte Herlighed synke sammen; fra Migdol til Syene skal de falde for Sværdet, lyder det fra den Herre HERREN.
“‘याहवेह यसो भन्नुहुन्छ: “‘इजिप्टका सहयोगी राष्ट्रहरू ढल्नेछन्, र त्यसको शक्तिको घमण्ड असफल हुनेछ। मिग्दोलदेखि आश्वानसम्म तिनीहरू इजिप्ट सहरभित्र तरवारले ढल्नेछन्, प्रभु याहवेह भन्नुहुन्छ।
7 Det skal lægges øde blandt øde Lande, og Byerne skal ligge hen blandt tilintetgjorte Byer;
तिनीहरू उजाड देशहरूका बीचमा उजाड हुनेछन्; अनि तिनीहरूका सहरहरू ध्वस्त भएका सहरहरूका बीचमा रहिरहनेछन्।
8 og de skal kende, at jeg er HERREN, naar jeg sætter Ild paa Ægypten og alle dets Hjælpere knuses.
जब मैले इजिप्टमा आगो लगाएर त्यसका सबै सहयोगीहरू नष्ट हुनेछन्, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।
9 Paa hin Dag skal der udgaa Sendebud fra mig paa Skibe for at indjage det sorgløse Ætiopien Rædsel, og de skal gribes af Skælven over Ægyptens Dag; thi se, den kommer.
“‘त्यस दिन सुरक्षित भई ढुक्क बसेको कूशलाई डर देखाउन मबाट सन्देश वाहकहरू जहाजमा जानेछन्। इजिप्टको विनाशको दिन तिनीहरूलाई वेदनाले छोप्नेछ; किनकि त्यो निश्चय आउनेछ।
10 Saa siger den Herre HERREN: Jeg gør Ende paa Ægyptens Herlighed ved Kong Nebukadrezar af Babel.
“‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “‘म बेबिलोनको राजा नबूकदनेसरको हातबाट इजिप्टको सेना दलको अन्त्य गरिदिनेछु।
11 Han og hans Folk med ham, de grummeste blandt Folkene, skal hentes for at ødelægge Landet; de skal drage deres Sværd mod Ægypten og fylde Landet med slagne.
त्यो र त्यसका सेना, जाति-जातिहरूमा अत्यन्तै निष्ठुर छन्, देशलाई नाश गर्नको निम्ति भित्र ल्याइनेछ। तिनीहरूले इजिप्टको विरुद्धमा आफ्ना तरवारहरू निकाल्नेछन्, र मारिएकाहरूले देशलाई ढाकिदिनेछन्।
12 Jeg tørlægger Strømmene, sælger Landet til onde Folk, og ved fremmede ødelægger jeg det med alt, hvad der er deri. Jeg, HERREN, har talet.
म नील नदीको पानीलाई सुकाइदिनेछु, र देशलाई दुष्ट मानिसहरूकहाँ बेचिदिनेछु; विदेशीहरूका हातद्वारा म देशलाई र त्यसमा भएका सबै कुरालाई उजाड पारिदिनेछु। म याहवेहले नै भनेको हुँ।
13 Saa siger den Herre HERREN: Jeg tilintetgør Afgudsbillederne og udrydder Høvdingerne af Nof og Fyrsterne af Ægypten; de skal ikke findes mere; og jeg indjager Ægypten Rædsel.
“‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “‘म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसमा भएका आकृतिहरूलाई नष्ट गरिदिनेछु। इजिप्टमा अब फेरि कुनै राजकुमार रहनेछैन; अनि म इजिप्टभरि डर फैलाइदिनेछु।
14 Jeg lægger Patros øde, sætter Ild paa Zoan og holder Dom over No.
म माथिल्लो इजिप्टलाई उजाड पार्नेछु, सोअनमा आगो लगाउनेछु, र थेबेस सहरलाई दण्ड दिनेछु।
15 Jeg udøser min Vrede over Sin, Ægyptens Bolværk, og udrydder Nos larmende Hob.
इजिप्टको किल्ला पेलुसियममा म मेरो क्रोध पोखाउनेछु; अनि थेबेस सहरका सेना दलहरूलाई नष्ट पार्नेछु।
16 Jeg sætter Ild paa Ægypten, Syene skal skælve af Angst, der skal brydes Hul paa No, og dets Mure skal nedrives.
म इजिप्टमा आगो लगाउनेछु; पेलुसियम वेदनाले छटपटिनेछ। थेबेस सहरलाई आँधीले लैजानेछ; मेम्फिस लगातार कष्टमा रहनेछ।
17 De unge Mænd i On og Pibeset skal falde for Sværdet og Kvinderne vandre i Fangenskab.
हेलिओपोलिस र बुबास्तीसका जवान मानिसहरू तरवारले ढल्नेछन्; अनि सहरहरू आफैँ कैदमा जानेछन्।
18 I Takpankes sortner Dagen, naar jeg der sønderbryder Ægyptens Herskerstav, og dets stolte Herlighed faar Ende der. Selv skal det skjules af Skyer og dets Smaabyer vandre i Fangenskab.
जब तहपनेसको दिन अँध्यारो हुनेछ, तब म इजिप्टको जुवा भाँचिदिन्छु; त्यहाँ त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ। इजिप्ट बादलले छोपिनेछ; अनि त्यसका गाउँहरू कैदमा जानेछन्।
19 Jeg holder Dom over Ægypten; og de skal kende, at jeg er HERREN.
यसरी म इजिप्टमाथि दण्ड ल्याउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’”
20 I det ellevte Aar paa den syvende Dag i den første Maaned kom HERRENS Ord til mig saaledes:
एघारौँ वर्षको पहिलो महिनाको सातौँ दिनमा, याहवेहको वचन मकहाँ आयो:
21 Menneskesøn! Ægypterkongen Faraos Arm har jeg brudt; og se den skal ikke forbindes, ikke læges ved at der lægges Bind om den, saa den kunde faa Kræfter til atter at gribe Sværdet.
“हे मानिसको छोरा, मैले इजिप्टको राजा फारोको हात भाँचिदिएको छु। यसलाई निको पार्न बाँधिएको छैन, अथवा त्यसमा मलमपट्टी लगाइएको छैन, ताकि त्यो तरवार समाउन सक्ने बलियो बनोस्।
22 Derfor, saa siger den Herre HERREN: Se, jeg kommer over Farao, Ægyptens Konge, og bryder hans Arme, baade den hele og den brudte, og lader Sværdet falde af hans Haand.
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म इजिप्टको राजा फारोको विरुद्धमा छु। म त्यसका दुवै पाखुराहरू, अर्थात् राम्रो र भाँचिएका दुवै पाखुराहरू भाँचिदिनेछु; अनि त्यसको हातबाट तरवार खस्न लगाउनेछु।
23 Jeg spreder Ægypterne blandt Folkene og udstrør dem i Landene.
म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्न देशभरि छरपस्ट पारिदिनेछु।
24 Men jeg styrker Babels Konges Arme og lægger mit Sværd i hans Haand; og jeg bryder Faraos Arme, og han skal stønne for ham paa saaredes Vis.
म बेबिलोनको राजाका पाखुराहरू बलिया पार्नेछु; अनि मेरो तरवार त्यसको हातमा राखिदिनेछु, तर म फारोका हातहरू भाँचिदिनेछु; अनि नबूकदनेसरको सामु मर्न लागेको घाइते मानिसझैँ त्यसले सुस्केरा हाल्नेछ।
25 Jeg styrker Babels Konges Arme, men Faraos skal synke; og de skal kende, at jeg er HERREN, naar jeg lægger mit Sværd i Babels Konges Haand og han svinger det imod Ægypten.
म बेबिलोनको राजाका पाखुराहरू बलिया बनाइदिनेछु, तर फारोका हातहरू लत्रक्क झुण्डिनेछन्। जब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्, तब म बेबिलोनको राजाको हातमा मेरो तरवार राखिदिन्छु; अनि त्यसले त्यो इजिप्टको विरुद्धमा चलाउनेछ।
26 Og jeg spreder Ægypterne blandt Folkene og udstrør dem i Landene; og de skal kende, at jeg er HERREN.
म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्न देशभरि छरपस्ट पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”