< Ezekiel 30 >
1 HERRENS Ord kom til mig saaledes:
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 Menneskesøn, profeter og sig: Saa siger den Herre HERREN: Jamrer: Ak, hvilken Dag!
“ए मानिसको छोरो, यो अगमवाणी गर र यसो भन्ः 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः विलाप गर्, “आउने दिनको निम्ति हाय।”
3 Thi nær er Dagen, ja nær er HERRENS Dag; det bliver en Mulmets Dag, Hedningernes Tid.
त्यो दिन नजिकै छ । परमप्रभुको निम्ति त्यो दिन नजिकै छ । जातिहरूका निम्ति त्यो बादल लागेको, अन्त्यको दिन हुनेछ ।
4 Et Sværd kommer over Ægypten, og Ætiopien gribes af Skælven, naar de slagne segner i Ægypten, naar dets Rigdom bortføres og dets Grundvolde nedbrydes.
तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्नेछन् तब कूश देशमा पनि सङ्कष्ट आइपर्नेछ — जति बेला तिनीहरूले त्यसका धन-सम्पत्तिहरू लानेछन्, र जब त्यसका जगहरू भत्काइनेछन् ।
5 Ætioperne, Put og Lud og alt Blandingsfolket, Kub og min Pagts Sønner skal falde for Sværdet med dem.
कूश र पूत, लूद र सारा अरब देश, र लिबिया, करार गरिएका मानिसहरूसँगै तरवारले ढालिनेछन् ।
6 Saa siger HERREN: Alle, som støtter Ægypten, skal falde og dets stolte Herlighed synke sammen; fra Migdol til Syene skal de falde for Sværdet, lyder det fra den Herre HERREN.
परमप्रभु यसो भन्नुहुन्छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन्, र त्यसको बलको घमण्ड तल जानेछ । मिग्दोलदेखि आश्वानसम्मै तिनीहरूका फौज तरवारले ढालिनेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
7 Det skal lægges øde blandt øde Lande, og Byerne skal ligge hen blandt tilintetgjorte Byer;
उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बिचमा हुनेछन् ।
8 og de skal kende, at jeg er HERREN, naar jeg sætter Ild paa Ægypten og alle dets Hjælpere knuses.
जब म मिश्रदेशमा आगो लगाउनेछु, र जब त्यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।
9 Paa hin Dag skal der udgaa Sendebud fra mig paa Skibe for at indjage det sorgløse Ætiopien Rædsel, og de skal gribes af Skælven over Ægyptens Dag; thi se, den kommer.
त्यो दिन सुरक्षित कूशलाई त्रसित बनाउन म दूतहरू अघि पठाउनेछु र मिश्रदेशको अन्त्यको दिनमा तिनीहरूलाई वेदना हुनेछ । किनभने हेर्, त्यो आउँदेछ ।
10 Saa siger den Herre HERREN: Jeg gør Ende paa Ægyptens Herlighed ved Kong Nebukadrezar af Babel.
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्त्य गरिदिनेछु ।
11 Han og hans Folk med ham, de grummeste blandt Folkene, skal hentes for at ødelægge Landet; de skal drage deres Sværd mod Ægypten og fylde Landet med slagne.
त्यो र त्यससँग भएको त्यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्याइनेछन् । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्ना तरवार थुत्नेछन्, र मारिएकाहरूका सङ्ख्याले यो देशलाई भर्नेछन् ।
12 Jeg tørlægger Strømmene, sælger Landet til onde Folk, og ved fremmede ødelægger jeg det med alt, hvad der er deri. Jeg, HERREN, har talet.
नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्ट मानिसहरूका हातमा बेचिदिनेछु । त्यो देश र त्यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ ।
13 Saa siger den Herre HERREN: Jeg tilintetgør Afgudsbillederne og udrydder Høvdingerne af Nof og Fyrsterne af Ægypten; de skal ikke findes mere; og jeg indjager Ægypten Rædsel.
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्यर्थका मूर्तिहरूको अन्त्य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु ।
14 Jeg lægger Patros øde, sætter Ild paa Zoan og holder Dom over No.
तब म फारोलाई निर्जन पारिदिनेछु र सोअनमा आगो लगाउनेछु, र थेबसमा म न्यायको फैसला गर्नेछु ।
15 Jeg udøser min Vrede over Sin, Ægyptens Bolværk, og udrydder Nos larmende Hob.
किनकि मिश्रदेशको किल्ला, पेलुसियममाथि मेरो क्रोध खन्याउनेछु, र थेबसको सहरका धेरै भीडलाई नष्ट गर्नेछु ।
16 Jeg sætter Ild paa Ægypten, Syene skal skælve af Angst, der skal brydes Hul paa No, og dets Mure skal nedrives.
तब म मिश्रदेशमा आगो लगाउनेछु, र पेलुसियम ठुलो पीडामा पर्नेछ, थेबसलाई भत्काइनेछ, र मेम्फिसले हरेक दिन शत्रुहरूको सामना गर्नेछ ।
17 De unge Mænd i On og Pibeset skal falde for Sværdet og Kvinderne vandre i Fangenskab.
हेलीओपोलिस र बुबास्तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका सहरहरू कैदमा जानेछन् ।
18 I Takpankes sortner Dagen, naar jeg der sønderbryder Ægyptens Herskerstav, og dets stolte Herlighed faar Ende der. Selv skal det skjules af Skyer og dets Smaabyer vandre i Fangenskab.
तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्यो दिनले आफ्नो उज्यालो दिनेछैन, र त्यसको बलको घमण्ड सकिनेछ । त्यसलाई एउटा बादलले ढाक्नेछ, र त्यसका छोरीहरू कैदमा जानेछन् ।
19 Jeg holder Dom over Ægypten; og de skal kende, at jeg er HERREN.
म मिश्रदेशलाई दण्डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।”
20 I det ellevte Aar paa den syvende Dag i den første Maaned kom HERRENS Ord til mig saaledes:
एघारौं वर्षको पहिलो महिनाको सातौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
21 Menneskesøn! Ægypterkongen Faraos Arm har jeg brudt; og se den skal ikke forbindes, ikke læges ved at der lægges Bind om den, saa den kunde faa Kræfter til atter at gribe Sværdet.
“ए मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचेको छु । हेर्, त्यसमा बाँधेको वा पट्टीले निको पार्न खोजिएको छैन, जसले गर्दा तरवार समाउन त्यो बलियो होस् ।
22 Derfor, saa siger den Herre HERREN: Se, jeg kommer over Farao, Ægyptens Konge, og bryder hans Arme, baade den hele og den brudte, og lader Sværdet falde af hans Haand.
यसकारण परमप्रभु परमेश्वर योस भन्नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु ।
23 Jeg spreder Ægypterne blandt Folkene og udstrør dem i Landene.
तब मिश्रीलाई जातिहरूका बिचमा म छरपष्ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु ।
24 Men jeg styrker Babels Konges Arme og lægger mit Sværd i hans Haand; og jeg bryder Faraos Arme, og han skal stønne for ham paa saaredes Vis.
म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्न सकूँ । त्योचाहिं बेबिलोनको राजाको अगि मरणान्त चोट लागेको मानिसझैं पीडाले सुस्केरा हाल्नेछ ।
25 Jeg styrker Babels Konges Arme, men Faraos skal synke; og de skal kende, at jeg er HERREN, naar jeg lægger mit Sværd i Babels Konges Haand og han svinger det imod Ægypten.
किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्यसले मिश्रदेशको विरुद्धमा त्योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।
26 Og jeg spreder Ægypterne blandt Folkene og udstrør dem i Landene; og de skal kende, at jeg er HERREN.
यसरी मिश्रीलाई जातिहरूका बिचमा म छरपष्ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।”