< Ezekiel 25 >

1 HERRENS Ord kom til mig saaledes:
याहवेहको वचन मकहाँ आयो:
2 Menneskesøn, vend dit Ansigt imod Ammoniterne, profeter imod dem
“हे मानिसको छोरा, आफ्नो अनुहार अम्मोनीहरूको विरुद्धमा फर्का र तिनीहरूको विरुद्धमा अगमवाणी गर्।
3 og sig til dem: Hør den Herre HERRENS Ord: Saa siger den Herre HERREN: Fordi du raabte »Ha, ha!« over min Helligdom, da den vanhelligedes, og over Israels Land, da det lagdes øde, og over Judas Hus, da de vandrede i Landflygtighed,
तिनीहरूलाई भन्, ‘प्रभु याहवेहको वचन सुन: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो पवित्रस्थान अपवित्र पारिँदा, इस्राएल देश उजाड पारिँदा र यहूदाका मानिसहरू निर्वासनमा लगिँदा, तिमीहरूले “आह! आह!” भन्यौ,
4 se, derfor giver jeg dig i Eje til Østens Sønner; de skal opslaa deres Teltlejre og indrette deres Boliger i dig; de skal spise din Frugt og drikke din Mælk.
यसकारण म तिमीहरूलाई अधिकारको रूपमा पूर्वका मानिसहरूलाई सुम्पिदिन लागेको छु। तिनीहरूले तिमीहरूका बीचमा तिनीहरूका छाउनी खडा गर्नेछन् र तिनीहरूका पालहरू टाँग्नेछन्; तिनीहरूले तिमीहरूका फलफूलहरू खानेछन् र तिमीहरूका वस्तुहरूका दूध पिउनेछन्।
5 Jeg gør Rabba til Græsgang for Kameler og Ammons Byer til Lejrsted for Smaakvæg; og I skal kende, at jeg er HERREN.
म रब्बालाई ऊँटहरू राख्ने ठाउँ र अम्मोनलाई भेडाहरू बस्‍ने ठाउँको रूपमा परिणत गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
6 Thi saa siger den Herre HERREN: Fordi du klappede i Hænderne og stampede med Fødderne og med dyb Ringeagt godtede dig af Hjertet over Israels Land,
किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूको हृदयमा भएको इर्ष्याको कारण इस्राएल देशको विरुद्धमा आनन्द मनाउँदै तिमीहरूले ताली बजाउँदै खुट्टा बजारेका छौ।
7 se, derfor udrækker jeg Haanden imod dig og gør dig til Rov for Folkene; jeg udrydder dig af Folkeslagene, udsletter dig af Landene og tilintetgør dig; og du skal kende, at jeg er HERREN.
यसकारण म मेरो हात तिमीहरूको विरुद्धमा उठाउनेछु, र तिमीहरूलाई जाति-जातिहरूकहाँ लुटको मालझैँ दिनेछु। म तिमीहरूलाई जाति-जातिहरूबाट अलग गरिदिनेछु, र देशहरूबाट तिमीहरूका नामनिशानै मेटिदिनेछु। म तिमीहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।’”
8 Saa siger den Herre HERREN: Fordi Moab siger: »Se, det er med Judas Hus som med alle de andre Folk!«
“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि मोआब र सेइरले यसो भने, “हेर, यहूदा अरू जातिहरूजस्तै भएको छ;”
9 se, derfor lægger jeg Moabs Skrænter aabne, saa Byerne gaar tabt fra dets ene Ende til den anden, Landets Pryd, Bet-Jesjimot, Ba'al-Meon og Kirjatajim.
यसकारण म त्यसका सिमानाका सहरहरू—बेथ-यशीमोत, बाल-मोनर र किर्यातैम, जुन सहरहरू देशका गौरव हुन्, ती सहरहरूका सिमानाहरूदेखि नै सुरु गरेर मोआबका सिमानाका भिरालो भागहरूलाई म खुल्‍ला पारिदिनेछु।
10 Østens Sønner giver jeg det i Eje, for at det ikke mere skal ihukommes blandt Folkene.
अनि म मोआबलाई अम्मोनीहरूसहित पूर्वका मानिसहरूलाई अधिकारको रूपमा दिनेछु, ताकि जातिहरूको बीचमा अम्मोनीहरूको नामनिशानै रहनेछैन;
11 Jeg holder Dom over Moab; og de skal kende, at jeg er HERREN.
अनि म मोआबमाथि दण्ड ल्याउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’”
12 Saa siger den Herre HERREN: Fordi Edom optraadte hævngerrigt mod Judas Hus og paadrog sig svar Skyld ved at hævne sig paa dem,
“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘एदोमले यहूदाको विरुद्धमा बदला लिएको कारण एदोम अझ धेरै दोषी ठहरियो।
13 derfor, saa siger den Herre HERREN: Jeg udrækker Haanden mod Edom og udrydder Folk og Fæ deraf og gør det øde; fra Teman til Dedan skal de falde for Sværdet.
यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म एदोमको विरुद्धमा मेरो हात उठाउनेछु; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू दुवैलाई मारिदिनेछु। म त्यसलाई ध्वस्त पारिदिनेछु, र तेमानदेखि ददानसम्म तिनीहरू तरवारद्वारा मारिनेछन्।
14 Jeg fuldbyrder min Hævn paa Edom ved mit Folk Israels Haand, og de skal handle med Edom efter min Vrede og Harme, og Edom skal kende min Hævn, lyder det fra den Herre HERREN.
म मेरो प्रजा इस्राएलका हातद्वारा एदोमसँग बदला लिनेछु; अनि तिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोमसित व्यवहार गर्नेछन्; तब तिनीहरूले मेरो बदला जान्‍नेछन्, प्रभु याहवेह भन्‍नुहुन्छ।’”
15 Saa siger den Herre HERREN: Fordi Filisterne optraadte hævngerrigt og med Foragt i Hjertet tog Hævn og hærgede i endeløst Had,
“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि पलिश्तीहरूले बदला लिने काम गरे, र आफ्ना हृदयमा ईर्ष्या लिएर बदला लिए; अनि पुरानो दुश्मनी लिएर यहूदालाई सर्वनाश पार्न खोजे।
16 derfor, saa siger den Herre HERREN: Se, jeg udrækker Haanden mod Filisterne og udrydder Kreterne, og jeg tilintetgør, hvad der er levnet ved Havets Strand.
यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले मेरो हात पलिश्तीहरूको विरुद्धमा उठाउन लागेको छु; अनि म करेतीहरूलाई र किनारतिर बस्‍ने अरू बाँकी रहेका जातिहरूलाई पनि सर्वनाश गर्नेछु।
17 Jeg tager vældig Hævn over dem og revser dem i Vrede; og de skal kende, at jeg er HERREN, naar jeg fuldbyrder min Hævn paa dem.
म तिनीहरूमाथि मेरो भयङ्कर बदला लिनेछु, र मेरो क्रोधमा तिनीहरूलाई दण्ड दिनेछु। जब म तिनीहरूमाथि बदला लिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’”

< Ezekiel 25 >