< Ezekiel 19 >

1 Du, Menneskesøn, istem en Klagesang over Israels Fyrster og sig:
“इस्राएलका राजकुमारहरूका निम्ति एउटा विलापको गीत सुना,
2 Hvor var dog din Moder en Løvinde midt iblandt Løver! Hun hviled blandt unge Løver opfostred Unger.
र भन्: “सिंहहरूमध्ये तेरी आमा कस्ती सिंहिनी थिई! जवान सिंहहरूको बीचमा बसेर त्यसले आफ्ना डमरुहरूलाई हुर्काई।
3 En Unge voksede til, en Ungløve blev den; den lærte at røve Rov, Mennesker aad den.
त्यसले आफ्ना डमरुहरूमध्ये एउटालाई हुर्काई; अनि त्यो एउटा बलियो सिंह भयो। त्यसले शिकारलाई फहराउन जान्यो, र त्यसले मानिसहरूलाई खान थाल्यो।
4 Da opbød man Folkene mod den, i Grav blev den fanget, de slæbte den bort med Kroge til Ægyptens Land.
जाति-जातिहरूले त्यसको बारेमा सुने, र त्यो तिनीहरूको खाडलको पासोमा पर्‍यो। तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर इजिप्ट देशमा लगे।
5 Da hun saa, at den var ført bort, at Haabet var bristet, tog hun en anden Unge og gjorde til Løve.
“‘जब त्यस सिंहिनीले आफ्नो आशा पूरा नभएको, आफ्नो अपेक्षा टुटेको देखी; तब त्यसले आफ्ना डमरुहरूमध्ये अर्को एउटालाई लिई र त्यसलाई एउटा बलियो सिंह बनाई।
6 Den gik imellem Løvinder, en Ungløve blev den, den lærte at røve Rov, Mennesker aad den.
त्यो सिंहहरूको बीचमा शिकारको खोजीमा यताउता हिँड्‍डुल गर्न थाल्यो; किनकि अब त्यो एउटा बलवान् सिंह भएको थियो। त्यसले शिकारलाई फहराउन जान्यो, र त्यो मानिस खाने भयो।
7 Den overfaldt Vædre paa Græs, var Hjordenes Rædsel Landet og dets Fylde stivned af Angst for dens Brøl.
त्यसले तिनीहरूका बलियो किल्‍लाहरू भत्काइदियो, र तिनीहरूका सहरहरू ध्वस्त पारिदियो। देश र त्यसमा भएका सबै जना त्यसको गर्जनद्वारा त्रसित भए।
8 Og Folkene lagde Snarer rundt omkring den, over den bredte de Nettet, i Grav blev den fanget.
तब त्यसको चारैतिर भएका जाति-जातिहरू त्यसको विरुद्धमा आए। तिनीहरूले त्यसको विरुद्धमा तिनीहरूका जाल फिँजाए, र त्यो तिनीहरूको खाडलको पासोमा फस्यो।
9 De trak den med Kroge i Bur og førte den til Babels Konge, hen til Borgen, at dens Røst ej mer skulde høres paa Israels Bjerge.
तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर खोरमा हाले र त्यसलाई बेबिलोनका राजाकहाँ ल्याए। तिनीहरूले त्यसलाई थुनेर राखे। त्यसैले त्यसको गर्जन इस्राएलका पर्वतहरूमा फेरि सुनिएन।
10 Din Moder var en Vinstok i Vingaarden, plantet ved Vand, frugtbar og rig paa Grene ved rigelig Væde.
“‘पानीको छेउमा रोपिएको तेरो दाखबारीको दाखको बोटजस्तै तेरी आमा थिई; प्रशस्त पानी भएको कारण त्यो फलदायक र हाँगाहरूले भरिएको थियो।
11 En af dens Grene blev til et Herskerspir dens knejsende Vækst skød op imellem Løvet, let at se i sin Højde, med mange Ranker.
त्यसका हाँगाहरू बलिया थिए, र शासकको राजदण्डको निम्ति योग्यका थिए। बाक्ला पातहरूमाथि त्यो अग्लो बोट भएर बढ्यो; अनि त्यसका हाँगाहरू धेरै थिए, र त्यो उचाइमा अग्लो देखिन्थ्यो।
12 Men, i Vrede blev Vinstokken oprykt, slænget til Jorden, Østenstorm tørred dens Frugt, den reves af, dens stolte Gren blev vissen, Ild aad den op.
तर क्रोधमा त्यो उखेलियो, र जमिनमा त्यो फ्याँकियो। अनि पूर्वीय बतासले त्यसलाई सुकाइदियो, र त्यसका फलहरू सबै झारिदियो; त्यसका बलिया हाँगाहरू सुकिहाले, र आगोले ती भस्म पार्‍यो।
13 Nu er den plantet i Ørkenen, et tørt og tørstigt Land.
अब त त्यो सुक्खा र पानी नभएको ठाउँ, मरुभूमिमा रोपिएको छ।
14 Ild for ud af dens Gren, fortæred dens Ranker og Frugt: en stolt Gren findes ej paa den til Herskerspir. Dette er en Klagesang, og en Klagesang blev det.
त्यसका मुख्य हाँगाहरूमध्ये एउटाबाट आगो फैलियो र त्यसका फलहरूलाई भस्म पारिदियो। शासकको राजदण्डको निम्ति योग्य, कुनै पनि बलियो हाँगा त्यसमा छोडिएन।’ यो एक विलापको गीत हो, र यो विलापको गीतको रूपमा प्रयोग हुनुपर्छ।”

< Ezekiel 19 >