< Ezekiel 19 >

1 Du, Menneskesøn, istem en Klagesang over Israels Fyrster og sig:
“अब तैंले इस्राएलका अगुवाहरूका विरुद्धमा विलाप गर्,
2 Hvor var dog din Moder en Løvinde midt iblandt Løver! Hun hviled blandt unge Løver opfostred Unger.
र भन्‌, 'तेरी आमा को थिई? एक सिंहिनी, त्यो सिंहका डमरुसँग बस्थी । त्यसले आफ्ना डमरुहरूलाई हुर्काउँदै तिनीहरूका बिचमा बस्थी ।
3 En Unge voksede til, en Ungløve blev den; den lærte at røve Rov, Mennesker aad den.
आफ्ना डमरुमध्‍ये एउटालाई हुर्काएर जवान बनाउने त्यो नै थिई । त्‍यो सिंह जसले आफ्नो शिकारलाई फहराउन सिक्‍यो र त्‍यसले मानिसहरूलाई खायो ।
4 Da opbød man Folkene mod den, i Grav blev den fanget, de slæbte den bort med Kroge til Ægyptens Land.
तब जातिहरूले त्‍यसको बारेमा सुने । त्यो तिनीहरूको जालमा पर्‍यो, र तिनीहरूले त्यसलाई अङ्‌कुसेले समातेर मिश्रदेशमा लगे ।
5 Da hun saa, at den var ført bort, at Haabet var bristet, tog hun en anden Unge og gjorde til Løve.
त्‍यसले ऊ फर्केर आउँछ कि भनी आशा गरे तापनि आफ्‍नो आशा खेर गएको देखी । यसैले त्यसले आफ्नो अर्को डमरुलाई लिएर र त्यसलाई जवान सिंह हुनलाई हुर्काई ।
6 Den gik imellem Løvinder, en Ungløve blev den, den lærte at røve Rov, Mennesker aad den.
त्यो जवान सिंह अरू सिंहहरूका माझमा यताउता हिंड्‌डुल गर्न लाग्‍यो । त्‍यो एउटा बलियो जवान सिंह भएको थियो र त्‍यसले शिकारलाई फहराउन सिक्‍यो । त्‍यसले मानिसहरूलाई खान लाग्‍यो ।
7 Den overfaldt Vædre paa Græs, var Hjordenes Rædsel Landet og dets Fylde stivned af Angst for dens Brøl.
त्‍यसले तिनीहरूका विधवाहरूलाई कब्जा गर्‍यो र तिनीहरूका सहरहरू उजाड पार्‍यो । त्‍यो गर्जेको आवाजले त्यो देश र त्‍यसको पूर्णतालाई त्यागियो ।
8 Og Folkene lagde Snarer rundt omkring den, over den bredte de Nettet, i Grav blev den fanget.
तर छेउछाउका इलाकाबाट जातिहरू त्‍यसको विरुद्धमा आए । तिनीहरूले त्‍यसमाथि पासो थापे । तिनीहरूको पासोमा त्‍यो पर्‍यो ।
9 De trak den med Kroge i Bur og førte den til Babels Konge, hen til Borgen, at dens Røst ej mer skulde høres paa Israels Bjerge.
अङ्‌कुसेले समातेर तिनीहरूले त्‍यसलाई एउटा खोरमा हाले, र तिनीहरूले त्‍यसलाई बेबिलोनको राजाकहाँ लगे । तिनीहरूले त्‍यसलाई किल्लाहरूमा ल्याए ताकि इस्राएलका डाँडाहरूमा त्‍यसको आवाज फेरि कहिल्‍यै सुनिनेछैन ।
10 Din Moder var en Vinstok i Vingaarden, plantet ved Vand, frugtbar og rig paa Grene ved rigelig Væde.
तेरी आमा पानीको छेउमा तेरो रगतमा रोपिएको दाखको बोटजस्तै थिई । प्रशस्त पानीको कारणले त्यो फलवन्त र हाँगैहाँगाले पूर्ण थियो ।
11 En af dens Grene blev til et Herskerspir dens knejsende Vækst skød op imellem Løvet, let at se i sin Højde, med mange Ranker.
त्‍यसका हाँगाहरू बलिया थिए, जसलाई शासकको राजदण्‍डको लागि प्रयोग गरिए, र त्यसको आकार हाँगाहरूभन्‍दा माथि उठ्‍यो, र त्‍यसको उचाइचाहिं त्‍यसका पातहरूमा देखिन्‍थ्‍यो ।
12 Men, i Vrede blev Vinstokken oprykt, slænget til Jorden, Østenstorm tørred dens Frugt, den reves af, dens stolte Gren blev vissen, Ild aad den op.
तर त्यो दाखको बोट क्रोधमा उखेलियो, र जमिनमा फालियो, र पूर्वीय बतासले त्‍यसका फललाई सुकाइदियो । त्‍यसका बलिया हाँगाहरू भाँचिए र सुके, र आगोले ती भस्‍म पारिए ।
13 Nu er den plantet i Ørkenen, et tørt og tørstigt Land.
यसैले अब त्‍यो उजाड-स्‍थानमा, सुक्‍खा र पानी नभएको ठाउँमा रोपियो ।
14 Ild for ud af dens Gren, fortæred dens Ranker og Frugt: en stolt Gren findes ej paa den til Herskerspir. Dette er en Klagesang, og en Klagesang blev det.
किनकि त्‍यसका ठुला हाँगाहरूबाट आगो निस्‍क्‍यो, र त्‍यसका फलहरू भस्‍म पार्‍यो । त्‍यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासन गर्ने राजदण्ड पनि रहेन ।' यो एउटा विलापको गीत हो, र विलापको गीतको रूपमा गाउनुपर्छ ।”

< Ezekiel 19 >