< Prædikeren 5 >
1 Va'r din Fod, naar du gaar til Guds Hus! At komme for at høre er bedre, end at Daarer bringer Slagtoffer, thi de har ikke Forstand til andet end at gøre ondt.
परमेश्वरका भवनमा जाँदा आफ्ना कदमहरूमा होसियारी होऊ। मूर्खले आफू भूल गर्दैछु भनी नजानिकनै बलिदान चढाउनलाई गएजस्तो होइन, तर उहाँको आवाज सुन्नलाई नजिक जाऊ।
2 Lad ikke din Mund løbe eller dit Hjerte haste med at udtale et Ord for Guds Aasyn; thi Gud er i Himmelen og du paa Jorden, derfor skal dine Ord være faa.
परमेश्वरको अगाडि बोल्नलाई हडबड नगर, र कुनै कुरा बोल्न तिम्रो हृदयले हतार नगरोस्; अनि उहाँको सामु प्रतिज्ञा गर्न हतार नगर। किनकि परमेश्वर स्वर्गमा हुनुहुन्छ, अनि तिमीचाहिँ पृथ्वीमा छौ; यसकारण तिम्रा शब्दहरू थोरै होऊन्!
3 Thi meget Slid giver Drømme, og mange Ord giver Daaretale.
जसरी धेरै चिन्ता हुँदा सपना आउँदछ; त्यसरी नै धेरै शब्दहरू मूर्खका बोली हुन्छन्।
4 Naar du giver Gud et Løfte, saa tøv ikke med at holde det! Thi der er ingen Glæde ved Daarer. Hvad du lover, skal du holde.
जब परमेश्वरलाई प्रतिज्ञा गर्दछौ, त्यो पूरा गर्नमा ढिलो नगर। उहाँ मूर्खसित खुशी हुनुहुन्न; आफ्नो प्रतिज्ञा पूरा गर।
5 Det er bedre, at du ikke lover, end at du lover uden at holde.
प्रतिज्ञा गरेर त्यो पूरा नगर्नुभन्दा प्रतिज्ञा गर्दै नगर्नु असल हो।
6 Lad ikke din Mund bringe Skyld over dit Legeme og sig ikke til Guds Sendebud, at det var af Vanvare! Hvorfor skal Gud vredes over din Tale og nedbryde dine Hænders Værk?
तिम्रो बोलीले पापमा नडोर्याओस्। अनि मन्दिरका दूतलाई, “मेरो प्रतिज्ञामा भूल भएछ,” भनेर विरोध नगर। तिम्रा वचनले किन परमेश्वरलाई रिस उठाउँछौ, र आफ्नै हातका काम नष्ट गर्न लगाउँछौ?
7 Thi af mange Drømme og Ord kommer mange Skuffelser; nej, frygt Gud!
धेरै सपना देख्नु र धेरै कुरा गर्नु अर्थहीन छन्। त्यसकारण परमेश्वरको भय मान।
8 Naar du ser den fattige undertrykt og Lov og Ret krænket paa din Egn, saa undre dig ikke over den Ting; thi paa den høje vogter en højere, og andre endnu højere vogter paa dem begge.
यदि तिमीले कुनै प्रान्तमा गरिबमाथि अत्याचार भएको, त्यसको अधिकार र न्याय इन्कार गरिएको देख्यौ भने अचम्म नमान; किनकि एक अधिकारीमाथि रेखदेख गर्न अर्को ठूलो अधिकारी खटाइएको हुन्छ, र ती सबैमाथि नजर राख्न अझ ठूलो अधिकारी खटाइएको हुन्छ।
9 Dog, en Fordel for et Land er det i alt Fald, at der er en Konge over dyrket Jord.
जमिनबाट उब्जेका अन्न सबैले खान्छन्; राजा आफूले पनि जमिनबाट लाभ प्राप्त गर्दछन्।
10 Den, der elsker Sølv, mættes aldrig af Sølv, og den, der elsker Rigdom, mættes aldrig af Vinding. Ogsaa det er Tomhed.
जसले रुपैयाँपैसालाई प्रेम गर्छ, त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। जसले धनसम्पत्तिलाई प्रेम गर्छ, त्यो आफ्नो आम्दानीमा कहिल्यै सन्तुष्ट हुँदैन; यो पनि अर्थहीन छ।
11 Jo mere Gods, des flere til at fortære det, og hvad Gavn har Ejeren da deraf, ud over at hans Øjne ser det?
जब धनसम्पत्ति बढ्छ, तब खाने मुखहरू पनि धेरै बढ्छन्। अनि ती आँखाले हेर्नुबाहेक मालिकलाई धनसम्पत्तिको अरू के लाभ हुन्छ र?
12 Sød er Arbejderens Søvn, hvad enten han har lidt eller meget at spise; men den riges Overflod giver ikke ham Lov til at sove.
परिश्रम गर्नेको निद्रा मिठो हुन्छ; चाहे त्यसले थोरै खाओस् वा धेरै खाओस्, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन।
13 Der er et slemt Onde, som jeg saa under Solen: Rigdom gemt hen af sin Ejermand til hans Ulykke;
मैले सूर्यमुनि एउटा गम्भीर खराबी देखेको छु: मानिसले थुपारेको धनले त्यसैलाई क्षति गरेको,
14 gaar Rigdommen tabt ved et Uheld, og han har avlet en Søn, saa bliver der intet til ham.
अथवा दुर्भाग्यवश त्यो धनसम्पत्ति गुमाएको; त्यसका सन्तान भए तापनि त्यसको उत्तराधिकारको निम्ति केही बाँकी नरहेको।
15 Som han udgik af sin Moders Liv, skal han atter gaa bort, lige saa nøgen som han kom, og ved sin Flid vinder han intet, han kan tage med sig.
आफ्नी आमाको गर्भबाट मानिस नाङ्गै आउँछ, र जस्तो आयो, त्यस्तै फर्किजान्छ। आफ्नो परिश्रमको कमाइबाट केही पनि हातमा लिएर जान सक्दैन।
16 Ogsaa det er et slemt Onde: ganske som han kom, gaar han bort, og hvad Vinding har han saa af, at han gør sig Flid hen i Vejret?
यो पनि एक गम्भीर खराबी हो: मानिसजस्तो प्रकारले आयो, त्यस्तै फर्किजानेछ; तब त्यसलाई के लाभ भयो र, के त्यसको परिश्रम हावामा नै खेर गएन र?
17 Og dertil kommer et helt Liv i Mørke, Sorg og stor Kvide, Sygdom og Kummer.
त्यसले आफ्नो सारा जीवनकाल अन्धकारमा, ठूलो नैराश्य, कष्ट र रिस-रागमा जान्छ।
18 Se, hvad der efter mit Skøn er godt og smukt, det er at spise og drikke og nyde det gode under al den Flid, man gør sig under Solen, alle de Levedage Gud giver en; thi det er den Del, man har;
तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो।
19 og hver Gang Gud giver et Menneske Rigdom og Gods og sætter ham i Stand til at nyde det, og tage sin Del og glæde sig under sin Flid, da er det en Guds Gave;
त्यसबाहेक जब परमेश्वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्न हुनुपर्दछ—यो परमेश्वरको वरदान हो।
20 thi da tænker han ikke stort paa sine Levedage, idet Gud lader ham være optaget af sit Hjertes Glæde.
आफ्नो जीवनका दिनहरूमा त्यसले विचारै गर्दैन; किनकि परमेश्वरले त्यसलाई हृदयको आनन्दमा व्यस्त गराउनुहुन्छ।