< 5 Mosebog 32 >

1 Lyt til, I Himle, lad mig tale, Jorden høre mine Ord!
हे आकाश, सुन र म बोल्नेछु; हे पृथ्वी, मेरा मुखका वचनहरू सुन।
2 Lad dryppe som Regn min Lære, lad flyde som Dug mit Ord, som Regnskyl paa unge Spirer, som Regnens Draaber paa Græs.
मेरो शिक्षा वर्षाजस्तै झर्नेछ, र मेरा शब्दहरू शीतजस्तै खस्‍नेछ, नयाँ घाँसमा पानीका थोपाझैँ; कलिला बोटबिरुवाहरूमाथि परेको झरीजस्तै।
3 Thi HERRENS Navn vil jeg forkynde, Ære skal I give vor Gud!
म याहवेहको नामको घोषणा गर्नेछु, अहो! हाम्रा परमेश्‍वरको महानताको प्रशंसा गर!
4 Han er Klippen, fuldkomment hans Værk, thi alle hans Veje er Retfærd! En trofast Gud, uden Svig, retfærdig og sanddru er Han.
उहाँ चट्टान हुनुहुन्छ; उहाँका कामहरू सिद्ध छन्, र उहाँका सबै मार्गहरू न्यायपूर्ण छन्। उहाँ विश्‍वासयोग्य परमेश्‍वर, जसले भूल गर्नुहुन्‍न; उहाँ सोझा र न्यायपूर्ण हुनुहुन्छ।
5 Skændselsmennesker sveg ham, en forvendt og vanartet Slægt.
तिनीहरू भ्रष्‍ट भएका छन् र तिनीहरू उहाँका सन्तान होइनन्; तिनीहरू पतित र भ्रष्‍ट पुस्ता हुन्।
6 Er det saadan, I lønner HERREN? Du taabelige, uvise Folk! Er han ej din Fader og Skaber, den, som gjorde og danned dig?
हे मूर्ख र निर्बुद्धि मानिसहरू हो, के तिमीहरूले याहवेहलाई गर्ने व्यवहार यही हो? तिमीहरूलाई सृष्‍टि गर्नुहुने र गर्भमा रच्नुहुने, के उहाँ नै तिमीहरूका पिता, तिमीहरूका सृष्‍टिकर्ता हुनुहुन्‍न र?
7 Kom Fortidens Dage i Hu, agt paa henfarne Slægters Aar; spørg din Fader, han skal berette, dine gamle, de skal fortælle dig!
ती पुराना दिनहरूलाई सम्झ; धेरै अगिका पुस्ताहरूलाई विचार गर। तिमीहरूका बुबालाई सोध, र तिनले तिमीहरूलाई भन्‍नेछन्; तिमीहरूका प्रधानहरूलाई सोध र तिनीहरूले तिमीहरूलाई बताइदिनेछन्।
8 Da den Højeste gav Folkene Eje, satte Skel mellem Menneskenes Børn, bestemte han Folkenes Grænser efter Tallet paa Guds Sønner,
जब सर्वोच्‍चले जातिहरूलाई तिनीहरूका उत्तराधिकार दिनुभयो, जब उहाँले सबै मानव-जातिलाई विभाजन गर्नुभयो, तब उहाँले इस्राएलका छोराहरूका संख्याअनुसार मानिसहरूका सिमाना तोकिदिनुभयो।
9 men HERRENS Del blev Jakob, Israel hans tilmaalte Lod.
किनकि याहवेहको भाग उहाँका मानिसहरू नै हुन्; याकोबचाहिँ उहाँको भागको उत्तराधिकार हो।
10 Han fandt det i Ørkenlandet, i Ødemarken, blandt Ørkenens Hyl; han værnede det med vaagent Øje og vogtede det som sin Øjesten.
उहाँले तिनलाई उजाडस्थानमा भेट्टाउनुभयो; बाँझो र गर्जने बतास भएको निर्जन स्थानमा भेट्टाउनुभयो। उहाँले तिनको रक्षा गर्नुभयो र तिनको हेरचाह गर्नुभयो; उहाँले तिनलाई आफ्नै आँखाको नानीलाई झैँ जोगाउनुभयो।
11 Som Ørnen, der purrer sin Yngel ud og svæver over sine Unger, løftede han det paa sit Vingefang og bar det paa sine Vinger.
चीलले आफ्नो गुँडलाई चलाएझैँ, र आफ्नो बचेरालाई पखेटाले ढाकेझैँ, त्यसले तिनीहरूलाई पक्रनको लागि आफ्ना पखेटा फैलाएझैँ, र तिनीहरूलाई उचाइमा बोकेझैँ।
12 HERREN var dets eneste Fører, ingen fremmed Gud var hos ham.
याहवेह आफैँले तिनलाई डोर्‍याउनुभयो; उहाँसँग कुनै पनि विदेशी देवी-देवता थिएन।
13 Han lod det færdes over Landets Høje, nærede det med Markens Frugter, lod det suge Honning af Klippen og Olie af Bjergets Flint,
उहाँले तिनलाई पृथ्वीको अग्लो ठाउँहरूमा सवार गराउनुभयो; र तिनलाई खेतबारीमा उब्जेका फलहरू खुवाउनुभयो। उहाँले तिनलाई पहराबाट निकालेको मह र चट्टाने ठाउँमा उम्रेको जैतुन बोटबाट निकालेको तेलले,
14 Surmælk fra Køer, Mælk fra Smaakvæg, dertil Fedt af Lam og Vædre, af Tyre fra Basan og Bukke og Hvedens Fedme tillige, og Drueblod drak du, Vin.
बथान र बगालबाटको दही र दूधले, र मोटा थुमाहरू र बाख्राहरूले बाशानका सबैभन्दा असल भेडाहरूले र गहुँका सर्वोत्तम दानाले पालनपोषण गर्नुभयो। तिमीहरूले दाखबाट तयार भएको दाखरस पियौ।
15 Men da Jesjurun blev fed, slog han bagud, du blev fed, du blev tyk, du blev mæsket; da forskød han Gud, sin Skaber, lod haant om sin Frelses Klippe.
यशूरून मोटो भयो, र त्यसले लात हान्यो; भोजनले टन्‍न अघाए, तिनीहरू मोटा र चिल्‍ला भए। तिनीहरूले आफूलाई सृष्‍टि गर्नुहुने परमेश्‍वरलाई त्यागे, र तिनीहरूका उद्धारको चट्टानलाई इन्कार गरे।
16 De æggede ham med fremmede, med Vederstyggeligheder tirrede de ham;
तिनीहरूले उहाँलाई आफ्ना विदेशी देवी-देवताहरूको कारण डाही तुल्याए; र तिनीहरूका घृणित मूर्तिहरूले उहाँलाई रिस उठाए।
17 de ofred til Dæmoner, der ej er Guder, til Guder, de ej før kendte til; til nye, der nys var kommet frem, og som ej eders Fædre frygtede.
तिनीहरूले भूतहरूका निम्ति बलिदान चढाए, जो परमेश्‍वर होइनन्; आफूले नचिनेका देवी-देवताहरू, भर्खरै देखा परेका नयाँ देवी-देवताहरू, तिमीहरूका पितापुर्खाहरूले डर नमानेका देवी-देवताहरू।
18 Klippen, der avled dig, slog du af Tanke og glemte den Gud, der fødte dig!
तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले बिरानो तुल्यायौ; तिमीहरूलाई जन्माउने परमेश्‍वरलाई तिमीहरूले बिर्सिदियौ।
19 Da HERREN saa det, forstødte han dem af Græmmelse over sine Børn
याहवेहले यो कुरा देख्नुभयो; र तिनीहरूलाई त्यागिदिनुभयो। किनकि उहाँलाई आफ्ना छोराछोरीहरूले रिस उठाएका थिए।
20 og sagde: »Jeg vil skjule mit Aasyn for dem og se, hvad Ende det tager med dem; thi de er en bundfalsk Slægt, Børn, som er uden Troskab;
उहाँले भन्‍नुभयो, “म आफ्नो मुहार तिनीहरूबाट लुकाउनेछु,” र तिनीहरूको अन्त्य कस्तो हुनेछ म हेर्छु; किनकि तिनीहरू भ्रष्‍ट पुस्ता हुन्, विश्‍वासघाती सन्तानहरू हुन्।
21 de ægged mig med det, der ikke er Gud, tirrede mig ved deres tomme Gøgl: Jeg vil ægge dem med det, der ikke er et Folk, tirre dem ved et Folk af Daarer.
जो ईश्‍वर नै होइन, त्यसैद्वारा तिनीहरूले मलाई डाही तुल्याए र तिनीहरूका व्यर्थको मूर्तिहरूद्वारा मलाई रिस उठाए। म तिनीहरूलाई कमजोर जातिद्वारा डाही तुल्याउनेछु; समझशक्ति नै नभएको जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।
22 Thi der flammer en Ild i min Vrede, som brænder til Dødsrigets Dyb; den fortærer Jorden med dens Grøde og antænder Bjergenes Grunde. (Sheol h7585)
किनकि मेरो क्रोधद्वारा आगो सल्केको छ। जसद्वारा मृतकहरूको ठाउँ तल पातालसम्मै आगो लगाउनेछ। जसले पृथ्वी र त्यसको उब्जनीलाई भस्म पार्नेछ, अनि पर्वतहरूको जगमा आगो लगाउनेछ। (Sheol h7585)
23 Jeg hober Ulykker over dem og opbruger mine Pile imod dem.
म तिनीहरूमाथि विपत्तिहरू खडा गरिदिनेछु, र मेरो काँडहरू तिनीहरूको विरुद्धमा चलाउनेछु।
24 De udmagres af Sult og hentæres af Pestglød og giftig Sot; saa sender jeg Vilddyrs Tænder og Slangers Gift imod dem.
म तिनीहरूका विरुद्धमा विनाशकारी अनिकाल, भस्म गर्ने महामारी र घातक रूढी पठाउनेछु; तिनीहरू विरुद्ध डरलाग्दो दाह्रा भएका जङ्गली जनावरहरू हमला गर्न पठाउनेछु, र जमिनमा घस्रने विषालु सर्पहरू तिनीहरूलाई मार्न पठाउनेछु।
25 Ude slaar Sværdet Børnene ned og inde i Kamrene Rædselen baade Yngling og Jomfru, diende Børn og graanende Mænd.
तिनीहरूलाई सडकहरूमा तरवारले निःसन्तान बनाउनेछ; घरहरूमा चाहिँ तिनीहरूका बीचमा आतङ्क फैलिनेछ। जवान पुरुष र स्त्रीहरू नाश हुनेछन्। शिशुहरू र केश फूलेका बुढापाकाहरू पनि नाश हुनेछन्।
26 Jeg satte mig for at blæse dem bort og slette deres Minde blandt Mennesker ud,
“मैले भनेँ, म तिनीहरूलाई छरपस्ट पार्नेछु; र मानिस जातिहरूको बीचबाट तिनीहरूको नामनिशानै मेटिदिनेछु।
27 men jeg frygtede, at Fjenden skulde volde mig Græmmelse, deres Avindsmænd tage fejl og tænke: Det var vor egen Haand, der var stærk, ej HERREN, der gjorde alt dette.
तर म शत्रुको गिल्‍लादेखि डराएँ; कहीँ विरोधीहरूले गलत बुझ्लान् र भन्लान्, ‘हामीले विजय पायौँ; याहवेहले यो सबै गर्नुभएको होइन।’”
28 Thi de er et raadvildt Folk, og i dem er der ikke Forstand.
तिनीहरू त विवेक नभएका जाति हुन्। तिनीहरूमा अलिकति पनि अन्तर्दृष्‍टि छैन।
29 Var de vise, forstod de det og indsaa, hvad der venter dem selv!
यदि तिनीहरू अलिकति मात्र बुद्धिमानी भए त! यो कुरा बुझिदिएको भए, र तिनीहरूको अन्त्य कस्तो हुनेछ, सो बुझ्न सकेको भए!
30 Hvor skulde een kunne forfølge tusind, og to slaa ti Tusind paa Flugt, hvis ikke deres Klippe havde solgt dem og HERREN givet dem til Pris!
कसरी एक जना मानिसले एक हजारलाई खेद्न सक्ला र? अथवा कसरी दुई जनाले दश हजारसँग युद्ध गर्न सक्ला र? तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचिदिनुभए, तिनीहरूका याहवेहले तिनीहरूलाई नत्याग्नुभए?
31 Thi deres Klippe er ikke som vor, det ved vore Fjender bedst selv!
किनकि हाम्रा शत्रुहरूले सोचेझैँ, तिनीहरूका चट्टान हाम्रो चट्टानजस्तो होइन।
32 Thi fra Sodoma stammer deres Vinstok og fra Gomorras Marker; deres Druer er giftige Druer, og beske er deres Klaser;
तिनीहरूका दाखरस त सदोमको दाखबाट, र गमोराका खेतहरूबाट आउँछ। तिनीहरूका अङ्‌गुरहरू विषले भरिएका, र तिनीहरूका झुप्पाहरू तितोपनाले भरिएका छन्।
33 som Dragegift er deres Vin, som Øglers gruelige Edder.
तिनीहरूका दाखरस सर्पका विष हो, गोमनहरूको घातक विष हो।
34 Er ej dette forvaret hos mig, forseglet i mine Gemmer
के मैले यो जोगाएर राखेको छैनँ, र मेरो भण्डारमा छाप लगाएर राखेको छैनँ र?
35 til Hævnens og Regnskabets Dag, den Stund, deres Fod skal vakle? Thi deres Undergangs Dag stunder til; hvad der venter dem, kommer i Hast.«
बदला लिने काम मेरो हो; म बदला लिनेछु, ठिक समयमा तिनीहरूका खुट्टा चिप्लनेछ; तिनीहरूको विपत्तिको दिन नजिकै छ, र तिनीहरूको विनाश तिनीहरूमाथि आइपर्न लागेको छ।
36 Thi Ret skaffer HERREN sit Folk og forbarmer sig over sine Tjenere, thi han ser, deres Kraft er brudt, det er ude med hver og en.
जब याहवेहले आफ्नो जातिको बल घटेको अनि कमारा वा स्वतन्त्र शेष नरहेको देख्नुहुनेछ, तब उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ; र आफ्ना सेवकहरूप्रति दया देखाउनुहुनेछ।
37 Da spørger han: »Hvor er nu deres Gud, Klippen, paa hvem de forlod sig,
उहाँले भन्‍नुहुनेछ, “अहिले तिनीहरूका देवी-देवताहरू तिनीहरूले शरण लिएको चट्टान कहाँ छ,
38 som aad deres Slagtofres Fedme og drak deres Drikofres Vin? Lad dem rejse sig og hjælpe eder, lad dem være eder et Skjul!
तिनीहरूका बलिदानका बोसोहरू खाने देवी-देवताहरू अनि तिनीहरूका अर्घबलिका मद्य पिउने देवी-देवताहरू कहाँ छन्? तिमीहरूलाई सहायता गर्न तिनीहरू उठून्! तिमीहरूलाई तिनीहरूले शरण देऊन्!
39 Erkend nu, at jeg, jeg er Gud uden anden Gud ved min Side. Jeg døder, jeg gør levende, jeg saarer, og jeg læger, og ingen kan frelse fra min Haand.
“अब हेर, म उही हुँ! मबाहेक अरू कुनै ईश्‍वर छैन। म नै मार्छु, र म नै जीवित पार्छु, मैले नै चोट दिन्छु, र म नै निको पार्छु; अनि मेरो हातबाट कसैले पनि छुटाउन सक्दैन।
40 Thi jeg løfter min Haand mod Himlen og siger: Saa sandt jeg lever evindelig,
म आफ्नो हात स्वर्गतिर उठाउँछु, र शपथ खान्छु: म सदाकालका निम्ति जीवित रहन्छु;
41 jeg hvæsser mit lynende Sværd, og min Haand tager fat paa Dommen, jeg hævner mig paa mine Fjender, øver Gengæld mod mine Avindsmænd.
जब म मेरो चम्किलो तरवारमा धार लगाउँछु, र न्यायको निम्ति मेरो हातले त्यो पक्रन्छ, म मेरो विरोधीहरूसँग बदला लिनेछु; अनि मलाई घृणा गर्नेहरूलाई बदला लिनेछु।
42 Mine Pile gør jeg drukne af Blod, og mit Sværd skal svælge i Kød, i faldnes og fangnes Blod og fjendtlige Høvdingers Hoveder!«
म मेरा काँडहरूलाई रगतले मताउनेछु; अनि मेरा तरवारले चाहिँ मासु खानेछ: मारिएका र कैदमा परेकाहरूको रगत, र शत्रुहरूका अगुवाहरूका शिरहरू हुनेछन्।”
43 I Folkeslag, pris hans Folk, thi han hævner sine Tjeneres Blod; han hævner sig paa sine Fjender, og skaffer sit Folks Land Soning!
हे जातिहरू हो, उहाँका मानिसहरूसँग रमाओ! किनकि उहाँले आफ्ना सेवकहरूको रगतको बदला लिनुहुनेछ; उहाँले आफ्ना शत्रुहरूमाथि बदला लिनुहुनेछ; अनि उहाँले आफ्नो देश र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नुहुनेछ।
44 Og Moses kom og fremsagde hele denne Sang for Folket, han og Josua, Nuns Søn.
मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूले सुन्‍ने गरी यस गीतका सबै वचनहरू सुनाए।
45 Og da Moses var færdig med at fremsige alle disse Ord for hele Israel,
जब मोशाले सारा इस्राएलीहरूलाई यी सबै वचनहरू वाचन गरी सुनाए,
46 sagde han til dem: »Læg eder alle de Ord paa Sinde, som jeg i Dag har vidnet imod eder, for at du kan paalægge dine Sønner dem, at de omhyggeligt maa handle efter alle denne Lovs Bud;
तब तिनले तिनीहरूलाई भने, “मैले आजको दिन तिमीहरूलाई गम्भीर रूपले घोषणा गरेका यी सबै वचनहरू हृदयमा लिनू; ताकि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्नलाई आज्ञा दिन सक।
47 thi det er ikke tomme Ord uden Betydning for eder, men af dem afhænger eders Liv, og ved at følge det Ord skal I faa et langt Liv i det Land, som I skal ind og tage i Besiddelse efter at være gaaet over Jordan.«
यी तिमीहरूका निम्ति व्यर्थका वचनहरू होइनन्, तर यी तिमीहरूका जीवन हुन्। यीद्वारा नै तिमीहरूले यर्दन पार गरेर अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू धेरै वर्षसम्म जिउनेछौ।”
48 Selv samme Dag talede HERREN til Moses og sagde:
त्यही दिन याहवेहले मोशालाई भन्‍नुभयो,
49 »Stig op paa Abarimbjerget der, Nebobjerget i Moabs Land over for Jeriko, og se ud over Kana'ans Land, som jeg vil give Israeliterne i Eje!
यरीहोको पारिपट्टि मोआब देशमा भएको अबारीमको नेबो पर्वतमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई तिनीहरूका आफ्नै अधिकारको रूपमा दिन लागेको कनान देशलाई हेर्।
50 Og saa skal du dø paa det Bjerg, du bestiger, og samles til din Slægt, ligesom din Broder Aron døde paa Bjerget Hor og samledes til sin Slægt,
तँ उक्लेको पर्वतमा तँ मर्नेछस्; र त्यहाँ तेरा मानिसहरूसँग तँ मिल्नेछस्, जसरी होर पर्वतमा तेरा दाजु हारून मरे, र आफ्ना मानिसहरूसँग मिलेका थिए।
51 fordi I handlede troløst imod mig iblandt Israeliterne ved Meribat-Kadesj's Vand i Zins Ørken, fordi I ikke helligede mig iblandt Israeliterne.
किनभने तिमीहरू दुवैले जीनको उजाडस्थानमा भएको कादेश मेरीबाको पानीमा इस्राएलीहरूको उपस्थितिमा मप्रति विश्‍वासघात गरेका थियौ; तिमीहरूले इस्राएलीहरूको बीचमा मेरो पवित्रतालाई कायम राखेनौ।
52 Thi her ovre fra skal du se ud over Landet, men du skal ikke komme derind, ind i det Land, jeg vil give Israeliterne!«
यसकारण तैँले टाढैबाट मात्र त्यस देशलाई देख्नेछस्; मैले इस्राएलीहरूलाई दिने देशमा तँ पस्‍न पाउनेछैनस्।

< 5 Mosebog 32 >