< 5 Mosebog 27 >
1 Derpaa bød Moses og Israels Ældste Folket: »Hold alle de Bud, jeg i Dag paalægger eder!
मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यसो भनी आज्ञा दिए, “आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ।
2 Og den Dag I gaar over Jordan ind i det Land, HERREN din Gud vil give dig, skal du oprejse dig nogle store Sten og kalke dem over,
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा जान जब तिमीहरूले यर्दन नदी पार गर्ने छौ तब त्यस दिन तिमीहरूले ठुला-ठुला ढुङ्गाहरू खडा गरेर तिनलाई कमेरोले पोत्नू ।
3 og paa dem skal du skrive alle denne Lovs Ord, saa snart du er kommet over, for at du kan drage ind i det Land, HERREN din Gud vil give dig, et Land, der flyder med Mælk og Honning, som HERREN, dine Fædres Gud, lovede dig.
तिमीहरूले पार गरिसकेपछि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा त्यसको अधिकार गर्दा यो व्यवस्थाका सबै वचन तिनमा लेख्नू ।
4 Og naar I er kommet over Jordan, skal I oprejse disse Sten, om hvilke jeg i Dag giver eder Paalæg, paa Ebals Bjerg og kalke dem over.
तिमीहरूले यर्दन पार गरिसकेपछि एबाल डाँडामा यी ढुङ्गाहरू खडा गर्नू जसमा मैले आज तिमीहरूलाई दिने यी आज्ञाहरू कमेरोले पोत्नू ।
5 Og der skal du bygge HERREN din Gud et Alter, et Alter af Sten, som du ikke har svunget Jern over;
त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू, तर तिनमा कुनै फलामे हतिहार प्रयोग नगर्नू ।
6 af utilhugne Sten skal du bygge HERREN din Guds Alter, og paa det skal du ofre Brændofre til HERREN din Gud,
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको वेदी प्रयोगमा नआएको ढुङ्गाको बनाउनू । त्यसमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई होमबलि चढाउनू ।
7 og du skal ofre Takofre og holde Maaltid der og være glad for HERREN din Guds Aasyn.
त्यसमा तिमीहरूले मेलबलि र स्वैच्छिक बलि पनि चढाउनू । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु आनन्द मनाओ ।
8 Og paa Stenene skal du skrive alle denne Lovs Ord tydeligt og klart!«
तिमीहरूले यी ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचन ज्यादै प्रस्टसँगै लेख्नू ।
9 Derpaa talte Moses og Levitpræsterne til hele Israel og sagde: »Hør efter i Stilhed, Israel! I Dag er du blevet HERREN din Guds Folk!
मोशा र पुजारी अर्थात् लेवीहरूले सारा इस्राएलीलाई भने, “हे इस्राएली हो, मौन भएर सुन । आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको जाति भएका छौ ।
10 Saa lyt da til HERREN din Guds Røst og hold hans Bud og Anordninger, som jeg i Dag paalægger dig!«
त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्वरको कुरा पालन गर ।”
11 Og Moses bød paa denne Dag Folket:
त्यही दिन मोशाले मानिसहरूलाई आज्ञा दिई भने,
12 »Naar I er kommet over Jordan, skal den ene Del af eder tage Plads paa Garizims Bjerg for at velsigne Folket, nemlig Simeon, Levi, Juda, Issakar, Josef og Benjamin;
“तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्जीम डाँडामा खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन ।
13 og den anden skal tage Plads paa Ebals Bjerg for at forbande, nemlig Ruben, Gad, Aser, Zebulon, Dan og Naftali.«
श्रापको घोषणा गर्न यी कुलहरूचाहिँ एबाल डाँडामा खडा होऊन्: रूबेन, गाद, आशेर, जबूलून, दान र नप्ताली ।
14 Og Leviterne skal tage til Orde og med høj Røst sige til alle Israels Mænd:
ठुलो सोरमा लेवीहरूले इस्राएलीहरूलाई यसो भनेर जवाफ दिऊन्:
15 »Forbandet være den, som laver et udskaaret eller støbt Billede, HERREN en Vederstyggelighed, Værk af en Haandværkers Hænder, og stiller det op i Løndom!« Og hele Folket skal svare: »Amen!«
'कारीगरको हातले बनाएको जस्तै खोपेर वा ढालेर परमप्रभुको लागि घृणित मूर्ति गुप्तमा बनाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
16 »Forbandet enhver, som ringeagter sin Fader eller Moder!« Og hele Folket skal svare: »Amen!«
'आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
17 »Forbandet enhver, som flytter sin Næstes Skel!« Og hele Folket skal svare: »Amen!«
'आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
18 »Forbandet enhver, som fører den blinde paa Vildspor!« Og hele Folket skal svare: »Amen!«
'दृष्टिविहीनलाई उल्टो बाटो देखाइदिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
19 »Forbandet enhver, som bøjer Retten for den fremmede, den faderløse og Enken!« Og hele Folket skal svare: »Amen!«
'परदेशी, टुहुरा वा विधवाले पाउनुपर्ने न्याय हरण गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
20 »Forbandet enhver, som har Samleje med sin Faders Hustru; thi han har løftet sin Faders Tæppe!« Og hele Folket skal svare: »Amen!«
'आफ्नो पिताको अधिकार हरण गरी पिताकी पत्नीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
21 »Forbandet enhver, som har Omgang med noget Slags Kvæg!« Og hele Folket skal svare: »Amen!«
'कुनै पनि किसिमको पशुसँग सम्भोग गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
22 »Forbandet enhver, som har Samleje med sin Søster, sin Faders eller Moders Datter!« Og hele Folket skal svare: »Amen!«
'आफ्ना बुबा वा आमाकी छोरी अर्थात् आफ्नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
23 »Forbandet enhver, som har Samleje med sin Hustrus Moder!« Og hele Folket skal svare: »Amen!«
'आफ्नी सासुसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
24 »Forbandet enhver, som snigmyrder sin Næste!« Og hele Folket skal svare: »Amen!«
'आफ्नो छिमेकीलाई गुप्तमा मार्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
25 »Forbandet enhver, som lader sig købe til at myrde en uskyldig!« Og hele Folket skal svare: »Amen!«
'निर्दोष व्यक्तिलाई मार्न घुस लिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
26 »Forbandet enhver, som ikke holder denne Lovs Ord i Hævd og handler efter dem!« Og hele Folket skal svare: »Amen!«
'यस व्यवस्थाका वचन पुरा गर्न पालन नगर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'