< Daniel 7 >
1 I Kong Belsazzar af Babels første Regeringsaar havde Daniel et Drømmesyn, og Syner gik igennem hans Hoved paa hans Leje; og siden nedskrev han Drømmen og gengav Hovedindholdet.
बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा, दानिएल आफ्नो ओछ्यानमा पल्टिरहँदा तिनले एउटा सपना र दर्शन देखे । अनि तिनले सपनामा देखेका कुरालाई लेखे । तिनले सबैभन्दा महत्त्वपूर्ण घटनाहरूलाई लेखेः
2 Daniel tog til Orde og sagde: Jeg skuede i mit Syn om Natten, og se, Himmelens fire Vinde oprørte det store Hav,
दानिएलले वर्णन गरे, “रातमा मैले देखेको दर्शनमा स्वर्गका चार बतासले महान् समुद्रलाई घोलिरहेको मैले देखें ।
3 og fire store Dyr steg op af Havet, det ene forskelligt fra det andet.
प्रत्येक नै एक-अर्काबाट भिन्न चार विशाल पशु समुद्रबाट बाहिर आए ।
4 Det første saa ud som en Løve og havde Ørnevinger; og jeg skuede, indtil Vingerne reves af, og det rejstes op fra Jorden og stilledes paa to Ben som et Menneske og fik et Menneskehjerte.
पहिलोचाहिं सिंहजस्तो देखिन्थ्यो तर त्यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो ।
5 Og se, et andet Dyr, det næste i Rækken, saa ud som en Bjørn; det rejstes op paa den ene Side og havde tre Ribben i Gabet mellem Tænderne, og der blev sagt til det: »Kom, æd meget Kød!«
अनि त्यहाँ अर्को एउटा भालुजस्तो पशु थियो, र त्यो झुकिरहेको थियो । आफ्ना दाँतहरूका बिचमा त्यसले तिनवटा करङ थिए । त्यसलाई यसो भनियो, ‘उठ् र धेरै जना मानिसलाई खा ।’
6 Saa skuede jeg videre, og se, endnu et Dyr; det saa ud som en Panter og havde fire Fuglevinger paa Ryggen og fire Hoveder, og Magt blev det givet.
यसपछि मैले फेरि हेरें । त्यहाँ अर्को एउटा पशु थियो, जुन चितुवाजस्तो देखिन्थ्यो । त्यसको पछाडिपट्टि चराका जस्तै चारवटा पखेटा थिए, र त्यसका चारवटा टाउका थिए । राज्य गर्ने अधिकार त्यसलाई दिइएको थियो ।
7 Og videre skuede jeg i Nattesynerne, og se, der var et fjerde Dyr, frygteligt, skrækkeligt og umaadelig stærkt; det havde store Jerntænder, aad og knuste, og hvad der levnedes, trampede det ned med Fødderne. Det var forskelligt fra alle de tidligere Dyr og havde ti Horn.
त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए ।
8 Jeg lagde nøje Mærke til Hornene, og se, et andet Horn, som var lille, skød frem imellem dem, og tre af de tidligere Horn oprykkedes for at skaffe det Plads; og se, dette Horn havde Øjne som et Menneske og en Mund, der talte store Ord.
जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो ।
9 Jeg skuede videre: Med eet blev Troner sat frem, en gammel af Dage tog Sæde; hans Klædning var hvid som Sne, hans Hovedhaar rent som Uld; hans Trone var luende Ild, dens Hjul var flammende Ild.
जसै मैले हेरें, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरूभन्दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो । उहाँका वस्त्र हिउँझैं सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्यसका चक्काहरू बलिरहने आगो थियो ।
10 En Strøm af Ild flød ud og strømmede frem derfra. Tusinde Tusinder tjente ham, og titusind Titusinder stod ham til Rede. Derpaa sattes Retten, og Bøgerne lukkedes op.
उहाँको सामुबाट आगोको नदी बग्यो । लाखौं-लाखले उहाँको सेवा गरे, र दस करोडचाहिं उहाँको सामु खडा थिए । अदालतले न्यायको काम सुरु गर्यो, र पुस्तकहरू खोलिए ।
11 Jeg skuede, og ved Lyden af de store Ord, som Hornet talte ...... Jeg skuede, indtil Dyret blev dræbt og dets Krop tilintetgjort, og det blev kastet i Ilden og brændt.
त्यो सिङले बोलेका अहङ्कारपुर्ण वचनहरूका कारणले मैले निरन्तर हेरें । त्यो पशु मारिएको र त्यसको शरीर नष्ट पारिएको, र त्यसलाई जलाउनलाई दिइएको मैले देखें ।
12 Ogsaa de andre Dyr fratog man deres Magt, og deres Levetid fastsattes til Tid og Stund.
चारवटा पशुमध्येका अरू बाँकीका बारेमा, राज्य गर्ने अधिकार खोसियो, तर केही समयको निम्ति तिनीहरूका उमेर बढाइयो ।
13 Jeg skuede videre i Nattesynerne: Og se, med Himlens Skyer kom en, der saa ud som en Menneskesøn. Han kom hen til den gamle af Dage og førtes frem for ham;
त्यस रातको मेरा दर्शनहरूमा, आकाशका बादलहरूका साथमा मानिसका पुत्रजस्तै एक जना आउँदै गर्नुभएको मैले देखें । दिनहरूभन्दा प्राचीनकाहाँ उहाँ आउनुभयो र उहाँको सामु उपस्थित गराउनुभयो ।
14 og Magt og Ære og Herredom gaves ham, og alle Folk, Stammer og Tungemaal skal tjene ham; hans Magt er en evig Magt, aldrig gaar den til Grunde, hans Rige kan ikke forgaa.
राज्य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, यसैले कि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्य त्यस्तो हो जुन कहिल्यै पनि नाश हुनेछैन ।
15 Jeg, Daniel, blev saare urolig til Sinds ved alt dette, og mit Hoveds Syner forfærdede mig.
म दानिएलको बारेमा, मभित्र मेरो आत्मा दु: खित भयो, र मेरो मनमा मैले देखेका दर्शनहरूले मलाई विचलित बनाए ।
16 Saa traadte jeg hen til en af de omstaaende og bad ham om sikker Oplysning om alt dette, og han svarede og tydede mig det:
त्यहाँ खडा भएकामध्ये एक जनाको नजिक म गएँ र यी कुराहरूको अर्थ मलाई देखाउनलाई मैले तिनलाई बिन्ती गरें ।
17 »Disse fire store Dyr betyder, at fire Konger skal fremstaa af Jorden;
‘यी विशाल पशुका चारवटा सङ्ख्याले चार जना राजालाई जनाउँछन् जो पृथ्वीमा खडा हुनेहुन् ।
18 men siden skal den Højestes hellige modtage Riget og have det i Eje i Evigheders Evighed.«
तर सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूले त्यो राज्य प्राप्त गर्नेछन्, र तिनीहरूले सदासर्वदाको निम्ति त्यसको अधिकार गर्नेछन् ।’
19 Saa bad jeg om sikker Oplysning om det fjerde Dyr, som var forskelligt fra alle de andre, overmaade frygteligt, med Jerntænder og Kobberkløer, og som aad og knuste og med sine Fødder nedtrampede, hvad der levnedes,
अनि त्यो चौथो पशुको बारेमा अझै धेरै जान्ने मलाई इच्छा भयो— त्यो अरूभन्दा धेरै फरक थियो र आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राका कारणले त्यो धेरै डरलाग्दो थियो । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीमाथि खुट्टाले कुल्चियो ।
20 og om de ti Horn paa dets Hoved og det andet, som skød frem, for hvilket de tre faldt af, det Horn, som havde Øjne og en Mund, der talte store Ord, og som var større at se til end de andre.
त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्ने इच्छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्ने इच्छा मलाई भयो, अनि त्यो आफ्ना मित्रहरूभन्दा महान् देखिन्थ्यो ।
21 Jeg havde skuet, hvorledes dette Horn førte Krig mod de hellige og overvandt dem,
जसै मैले हेरें, त्यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्यो र तिनीहरूलाई पराजित गर्दै थियो,
22 indtil den gamle af Dage kom og Retten blev givet den Højestes hellige og Tiden kom, da de hellige tog Riget i Eje.
जबसम्म दिनहरूभन्दा प्राचीन आउनुभएन, र सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूलाई न्याय दिनुभएन । तब समय आयो जब पवित्र मानिसहरूले राज्य प्राप्त गरे ।
23 Hans Svar lød: »Det fjerde Dyr betyder, at et fjerde Rige skal fremstaa paa Jorden, som skal være forskelligt fra alle de andre Riger; det skal opsluge hele Jorden og søndertræde og knuse den.
ती मानिसले यसो भने, ‘चौथो पशुको बारेमा, त्यो पृथ्वीमा चौथो राज्य हुनेछ जुनचाहिं अरू सबै राज्यभन्दा फरक हुनेछ । त्यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्यसलाई कुल्चनेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ ।
24 Og de ti Horn betyder, at der af dette Rige skal fremstaa ti Konger, og efter dem skal der komme en anden, som skal være forskellig fra de tidligere; og han skal fælde tre Konger
दसवटा सिङका बारेमाचाहिं, यो राज्यबाट दस जना राजा खडा हुनेछन्, तिनीहरूभन्दा पछि अर्को खडा हुनेछ । पहिलेकाभन्दा ऊ फरक हुनेछ, र उसले तिन जना राजालाई पराजित गर्नेछ ।
25 og tale mod den Højeste og mishandle den Højestes hellige; han skal sætte sig for at ændre Tider og Lov, og de skal gives i hans Haand en Tid og to Tider og en halv Tid.
उसले सर्वोच्च परमेश्वरका विरुद्ध बोल्नेछ र सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ ।
26 Men saa sættes Retten, og hans Herredømme fratages ham og tilintetgøres og ødelægges for evigt.
तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्नेछन् ।
27 Men Riget og Herredømmet og Storheden, som tilhørte alle Rigerne under Himmelen, skal gives den Højestes helliges Folk; dets Rige er et evigt Rige, og alle Magter skal tjene og lyde det.«
राज्य र प्रभुत्व, र सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्च परमेश्वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्नेछन् ।’
28 Her ender Fremstillingen. Jeg, Daniel, blev saare forfærdet over mine Tanker, og mit Ansigt skiftede Farve; men jeg gemte Sagen i mit Hjerte.
कुराको अन्त यही हो । म, दानिएलको बारेमा, मेरा विचारहरूले मलाई धेरै भयभीत बनाए र मेरो अनुहारको स्वरूप परिवर्तन भयो । तर यी कुराहरू मैले आफूमा नै सिमित राखें ।”