< 2 Samuel 8 >

1 Nogen Tid efter slog David Filisterne og undertvang dem, og David fratog Filisterne Meteg-Ha'amma.
यसपछि यस्‍तो भयो, दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई परास्‍त गरे । त्यसैले दाऊदले मेथेग आमाहलाई पलिश्‍तीहरूको अधीनबाट लिए ।
2 Fremdeles slog han Moabiterne, og han maalte dem med en Snor, idet han lod dem lægge sig ned paa Jorden og afmaalte to Snorlængder, der skulde dræbes, og een, der skulde blive i Live. Saaledes blev Moabiterne Davids skatskyldige Undersaatter.
त्यसपछि तिनले मोआबलाई परास्‍त गरे र तिनीहरूका मानिसहरूलाई मैदानमा सुताएर एउटा डोरीले नापे । तिनले दुई नापभित्र पर्नेहरूलाई मारे र अर्को एक नापमा पर्नेहरूलाई जीवित राखे । त्यसैले मआबीहरू दाऊदका नोकरहरू भए र तिनलाई कर तिर्न थाले ।
3 Ligeledes slog David Rehobs Søn, Kong Hadad'ezer af Zoba, da han var draget ud for at genoprette sit Herredømme ved Floden.
त्‍यसपछि सोबाका राजा रहोबका छोरा हददेजेरले यूफ्रेटिस नदीनेर आफ्नो शासन पुनर्स्थापना गर्नलाई यात्रा गरिरहँदा दाऊदले तिनलाई परास्‍त गरे ।
4 David fratog ham 1700 Ryttere og 20 000 Mand Fodfolk og lod alle Stridshestene lamme paa hundrede nær, som han skaanede.
दाऊदले तिनीबाट १,७०० रथहरू र बिस हजार पैदल सिपाही कब्जा गरे । दाऊदले सबै रथ तान्‍ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे ।
5 Og da Aramæerne fra Damaskus kom Hadad'ezer af Zoba til Hjælp, slog David 22 000 Mand af Aramæerne.
जब दमसकसका आरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्न आए, तब दाऊदले बाइस हजार आरामी पुरुषलाई मारे ।
6 Derpaa indsatte David Fogeder i det damaskenske Aram, og Aramæerne blev Davids skatskyldige Undersaatter. Saaledes, gav HERREN David Sejr, overalt hvor han drog frem.
तब दाऊदले दमसकसको आराममा छाउनी राखे र आरामीहरू तिनका नोकरहरू भए र तिनलाई कर ल्‍याए । दाऊद जहाँजहाँ गए, त्यहाँत्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।
7 Og David tog de Guldskjolde, Hadad'ezers Folk havde baaret, og bragte dem til Jerusalem;
दाऊद हददेजेरका सेवकहरूसँग भएका सुनका ढालहरू लिए र ती यरूशलेममा ल्याए ।
8 og fra Hadad'ezers Byer Teba og Berotaj bortførte Kong David Kobber i store Mængder.
हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दाऊदले धेरै काँसा ल्याए ।
9 Men da Kong To'i af Hamat hørte, at David havde slaaet hele Hadad'ezers Stridsmagt,
दाऊदले हददेजेरका फौजलाई दाऊदले परास्‍त गरेका थिए भनी जब हमातका राजा तोऊ सुने,
10 sendte han sin Søn Hadoram til Kong David for at hilse paa ham og lykønske ham til, at han havde kæmpet med Hadad'ezer og slaaet ham — Hadad'ezer havde nemlig ligget i Krig med To'i — og han medbragte Sølv-, Guld— og Kobber-sager.
तब तोऊले दाऊदलाई अभिवादन गर्न र आशिष् दिन आफ्‍नो छोरा योरामलाई पठाए, किनभने दाऊदले हददेजेरसँग युद्ध गरेका र तिनलाई पराजित गरेका थिए, किनभने हददेजेरले तोऊ विरुद्ध युद्ध गरेका थिए । योरामले आफ्‍नो साथमा सुन, चाँदी र काँसाका सामानहरू ल्याए ।
11 Ogsaa dem helligede Kong David HERREN tillige med det Sølv og Guld, han havde helliget af Byttet fra alle de undertvungne Folk,
राजा दाऊदले यी सामानहरू साथै तिनले कब्जा गरेका सबै जातिबाट लिएका चाँदी र सुनलाई परमप्रभुको निम्ति अलग गरे,
12 Edom, Moab Ammoniterne, Filisterne, Amalek, og af det Bytte, han havde taget fra Rehobs Søn, Kong Hadad'ezer af Zoba.
ती आराम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू, र अमालेक साथै सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका सामानहरू पनि ।
13 Og David vandt sig et Navn. Da han vendte tilbage fra Sejren over Aram, slog han Edom i Saltdalen, 18 000 Mand;
दाऊदले नुनको बेसीमा अठार हजार अरामीहरूलाई जितेर फर्कंदा तिनको नाउँ चर्चित भएको थियो ।
14 derpaa indsatte han Fogeder i Edom; i hele Edom indsatte han Fogeder, og alle Edomiterne blev Davids Undersaatter, Saaledes gav HERREN David Sejr, overalt hvor han drog frem.
तिनले एदोमका सबै ठाउँमा छाउनी तैनाथ गरे र सबै एदोमी तिनका सेवकहरू भए । दाऊद जहाँजहाँ गए त्यहाँत्यहाँ नै परमप्रभुले विजय दिनुभयो ।
15 Og David var Konge over hele Israel, og han øvede Ret og Retfærdighed mod hele sit Folk.
दाऊदले सारा इस्राएलभरि शासन गरे र तिनले आफ्‍ना सबै मानिसलाई न्याय र धार्मिकता प्रदान गरे ।
16 Joab, Zerujas Søn, var sat over Hæren; Josjafat, Ahiluds Søn, var Kansler;
सरूयाहका छोरा योआब सेनाका कमाण्‍डर थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
17 Zadok, Abitubs Søn, og Ebjatar, Ahimeleks Søn, var Præster; Seraja var Statsskriver;
अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पुजारीहरू थिए र सरायाह शास्‍त्री थिए ।
18 Benaja, Jojadas Søn, var sat over Kreterne og Pleterne, og Davids Sønner var Præster.
यहोयादाका छोरा बनायाह करेती र पलेथीहरूका प्रमुख थिए र दाऊदका छोराहरू राजाका मुख्य अधिकृतहरू थिए ।

< 2 Samuel 8 >