< 2 Samuel 3 >
1 Krigen imellem Sauls og Davids Huse trak i Langdrag; men David blev stærkere og stærkere, Sauls Hus svagere og svagere.
अब शाऊलका घराना र दाऊदका घरानाका बिच लामो समयसम्म युद्ध भइरह्यो । दाऊद झन्-झन् बलियो हुँदै गए, तर शाऊलको घराना झन्-झन् कमजोर हुँदै गयो ।
2 I Hebron fødtes der David Sønner; hans førstefødte var Amnon, Søn af Ahinoam fra Jizre'el,
हेब्रोनमा दाऊदका छोराहरू जन्मे । तिनका जेठा छोरा यिजरेली अहीनोमबाट जन्मेका अमनोन थिए ।
3 den næstældste Kil'ab, Søn af Abigajil, Karmeliten Nabals Hustru, den tredje Absalom, en Søn af Kong Talmaj af Gesjurs Datter Ma'aka,
तिनका महिला छोरा नाबबालकी विधवा कर्मेली अबीगेलबाट जन्मेका किलाब थिए । साहिंला छोरा अब्शालोम, जो गशूरका राजा तल्मैकी छोरी माकाका छोरा थिए ।
4 den fjerde Adonija, en Søn af Haggit, den femte Sjefatja, en Søn af Abital,
दाऊदका कहिंलो छोरा अदोनियाहचाहिं हग्गीतका छोरा थिए । तिनका ठाहिंला छोरा शपत्याहचाहिं अबीतलका छोरा थिए,
5 og den sjette Jitream, Søn af Davids Hustru Egla. Disse fødtes David i Hebron.
कान्छो छोरा यित्राम दाऊदकी पत्नी एग्लाका छोरा थिए । होब्रोनमा जन्मेका दाऊदका छोराहरू यिनै थिए ।
6 Under Krigen mellem Sauls og Davids Huse ydede Abner Sauls Hus kraftig Støtte.
शाऊलका घराना र दाऊदका घराना बिचको युद्धको समयमा शाऊलको घरानामा अबनेरले आफूलाई निकै शक्तिशाली बनाए ।
7 Nu havde Saul haft en Medhustru ved Navn Rizpa, Ajjas Datter. Og Isjbosjet sagde til Abner: »Hvorfor gik du ind til min Faders Medhustru?«
अय्याकी छोरी रिश्पा शाऊलकी उपपत्नी थिइन् । ईश्बोशेतले अबनेरलाई भने, “तिमी मेरो बुबाको उपपत्नीसँग किन सुतेको?”
8 Abner blev opbragt over Isjbosjets Ord og sagde: »Er jeg nu blevet et Hundehoved fra Juda? Nu har jeg Gang paa Gang vist Godhed mod din Fader Sauls Hus, hans Brødre og Venner og ikke ladet dig falde i Davids Haand, og saa gaar du nu i Rette med mig for en Kvindes Skyld!
त्यसपछि ईश्बोशेतको कुराले अबनेर रिसले आगो भए र भने, “के म यहूदाको कुकुर हुँ? आज म तपाईंलाई दाऊदको हातमा नसुम्पेर तपाईंको बुबा शाऊको घराना, तिनका भाइहरू र तिनका मित्रहरूप्रति बफदारीता देखाइरहेको छु । तर अहिले तपाईंले मलाई यो स्त्रीको बारेको अपराधको दोष लगानुहुन्छ?
9 Gud ramme Abner baade med det ene og det andet: Hvad HERREN tilsvor David, skal jeg nu sørge for bliver opfyldt paa ham;
पमरप्रभुले गर्छु भनी दऊदसित शपथ खानुभएझैं मैले तिनलाई गरिनँ भने, परमेश्वरले म अबनेरलाई यो वा योभन्दा बढी गर्नुभएको होस्,
10 jeg skal sørge for, at Sauls Hus mister Kongedømmet og Davids Trone bliver rejst over Israel og Juda fra Dan til Be'ersjeba!«
जसमा शाऊलको घरानाको राज्य हस्तान्तरण गर्न, र इस्राएलमाथि र यहूदामाथि दानदेखि बेर्शेबासम्मै दाऊदको सिंहासन स्थापित गर्न ।”
11 Og af Frygt for Abner kunde Isjbosjet ikke svare et Ord.
ईश्बोशेतले अबनेरलाई अर्को शब्द केही पनि भन्न सकेन, किनभने तिनीसँग उनी डराए ।
12 Saa sendte Abner Sendebud til David i Hebron og lod sige: »Slut Pagt med mig! Se, jeg vil hjælpe dig og bringe hele Israel over paa din Side!«
त्यसपछि अबनेरले यसो भन्दै दाऊदकहाँ दूतहरू पठाए, “यो देश कसको हो? मसँग एउटा करार गर्नुहोस् र सारा इस्राएललाई तपाईंकहाँ ल्याउन मेरो हात तपाईंसँग भएको तपाईंले देख्नुहुने छ ।”
13 Han svarede: »Vel, jeg vil slutte Pagt med dig; men een Ting kræver jeg af dig: Du bliver ikke stedet for mit Aasyn, med mindre du har Sauls Datter Mikal med, naar du kommer!«
दाऊदले जवाफ दिए, “राम्रो, तिमीसँग एउटा करार गर्नेछु । तर तिमी मलाई भेट्न आउँदा म तिमीबाट एउटा कुरा चाहन्छु, पहिले शाऊलकी छोरी मीकल नल्याएसम्म तिमीले मेरो मुख हेर्न पाउने छैनौ ।”
14 David sendte derpaa Bud til Isjbosjet, Sauls Søn, og lod sige: »Giv mig min Hustru Mikal, som jeg blev trolovet med for 100 Filisterforhuder!«
त्यसपछि दाऊदले यसो भन्दै शाऊलका छोरा ईश्बोशेतकहाँ दूतहरू पठाए, “मलाई मेरी पत्नी मीकल देऊ, जसलाई मैले सय जना पलिश्तीको खलडीको मूल्य तिरें ।”
15 Da sendte Isjbosjet Bud og lod hende hente hos hendes Mand Paltiel, Lajisj's Søn.
त्यसैले ईश्बोशेतले मीकललाई लिन पठाए र तिनलाई तिनको पति लैशका छोरा पल्तिएलकहाँबाट ल्याए ।
16 Hendes Mand fulgte hende grædende lige til Bahurim; her sagde Abner til ham: »Gaa nu hjem!« Saa vendte han hjem.
तिनको पति रुँदै-रुँदै तिनसँगै गए र बहूरीमसम्म तिनलाई पछ्याए । तब अबनेरले तिनलाई भने, “अब घर फर्क ।” त्यसैले तिनी फर्के ।
17 Men Abner havde forhandlet med Israels Ældste og sagt: »Allerede tidligere ønskede I David til Konge;
अबनेरले इस्राएलका धर्म-गरुहरूसित यसो भनेर कुरा गरे, “विगतमा तपाईंहरूले दाऊदलाई आफ्ना राजा बनाउने प्रयास गर्दै हुनुहुन्थ्यो ।
18 saa gør nu Alvor af det! Thi HERREN har sagt om David: Ved min Tjener Davids Haand vil jeg frelse mit Folk Israel fra Filisternes og alle dets Fjenders Haand!«
अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्नुभएको छ, 'म आफ्ना मानिसहरूलाई पलिश्तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”
19 Abner talte ogsaa til Benjamin derom. Endelig gik Abner ogsaa til Hebron for at meddele David alt, hvad Israel og hele Benjamins Hus havde vedtaget.
अबनेर आफैले पनि बेन्यामीनका मानिसहरूसँग व्यक्तिगत रूपले कुरा गरे । त्यसपछि इस्राएल र बेन्यामीनका सम्पूर्ण घरानाले गर्न इच्छा गरेका सबै कुरा बताउन अबनेर दाऊदसँग कुरा गर्न हेब्रोनमा गए ।
20 Da Abner, fulgt af tyve Mænd, kom til David i Hebron, gjorde David Gæstebud for Abner og Mændene, som var med ham.
जब अबनेर र तिनका बिस जना मानिसहरू दाऊदलाई भेट्न हेब्रोनमा आइपुगे, तब दाऊदले तिनीहरूका निम्ति भोज तयार गरे ।
21 Derpaa sagde Abner til David: »Lad mig bryde op og drage hen og samle hele Israel om min Herre Kongen, for at de kan slutte Pagt med dig, at du kan blive Konge over alt, hvad din Hu staar til!« Da lod David Abner rejse, og han drog bort i Fred.
अबनेरले दाऊदलाई सविस्तार बताए, “हे मेरो मालिक राजा, म उठेर सबै इस्राएललाई तपाईंकहाँ ल्याउने छु, ताकि तिनीहरूले तपाईंसँग करार बाँधुन् र सबैमाथि तपाईंले इच्छा गर्नुभएबमोजिम तपाईंले शासन गर्न सक्नुभएको होस् ।” यसैले दाऊदले अबनेरलाई पठाइदिए र अबनेर शान्तिसित विदा भए ।
22 Just da kom Davids Folk og Joab hjem fra et Strejftog og medførte et rigt Bytte; Abner var da ikke mere hos David i Hebron, thi David havde ladet ham rejse, og han var draget bort i Fred.
त्यसपछि दाऊदका सिपाहीहरू र योआब लुटपिट गरेर आए र आफ्नो साथमा धेरै लुटका मालहरू ल्याए । तर अबनेरचाहिं हेब्रोनमा दाऊदसँग थिएनन् । दाऊदले तिनलाई पठाइसकेका थिए र अबनेर शान्तिसँग विदा भएका थिए ।
23 Da nu Joab var vendt hjem med hele sin Hær, fik han at vide at Abner, Ners Søn, havde været hos Kongen, og at denne havde ladet ham rejse, saa han var draget bort i Fred.
जब योआब र तिनीसँग भएका सबै फौज आइपुगे, तब तिनीहरूले योआबलाई भने, “नेरका छोरा अबनेर राजाकहाँ आए र राजाले तिनलाई शान्तिसँग पठाउनुभएको छ र अबनेर शान्तिसँग विदा भए ।”
24 Da gik Joab til Kongen og sagde: »Hvad har du gjort? Abner har jo været hos dig! Hvorfor lod du ham rejse, saa han frit kunde drage bort?
तब योआब राजाकहाँ आए र भने, “तपाईंले य के गर्नुभएको छ? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आए! तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्?
25 Indser du ikke, at Abner, Ners Søn, kun kom for at bedrage dig, udspejde din Færd og faa at vide, hvad du har for!«
नेरका छोरा अबनेर तपाईंलाई छल्न गर्न र तपाईंका योजनाहरू र तपाईंले गरिरहेका हरेक कुरा पत्ता लगाउन आएका होइनन् र?”
26 Saa gik Joab bort fra David og sendte uden Davids Vidende Sendebud efter Abner og de hentede ham tilbage fra Bor-Sira.
जब योआब दाऊदकहाँबाट गए, तब तिनले अबनेरको पछि-पछि दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काए ल्याए, तर दाऊदलाई यो कुरा थाहा थिएन ।
27 Og da Abner kom tilbage til Hebron, tog Joab ham til Side midt i Porten for at tale uhindret med ham; og der dræbte han ham ved et Stik i Underlivet for at hævne sin Broder Asa'els Blod.
जब अबनेर हेब्रोनमा फर्के, तिनीसित गोप्य रूपले कुरा गर्नलाई योआबले तिनलाई बिच ढोकाको एकातिर लिएर गए । त्यहाँ योआबले तिनलाई पेटमा घोचे र तिनलाई मारे । यसरी योआबले आफ्नो भाइ असाहेलको रगतको बदला लिए ।
28 Da det siden kom David for Øre, sagde han: »Jeg og mit Rige er til evig Tid uden Skyld for HERREN i Abners, Ners Søns, Blod!
जब दाऊदले यस कुराको बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको रगतको सम्बन्धमा म र मेरो राज्य सदासर्वदा परमप्रभुको सामु निर्दोष छौं ।
29 Det komme over Joabs Hoved og over hele hans Fædrenehus; og Joabs Hus være aldrig frit for Folk, som lider af Flaad eller Spedalsk hed, gaar med Krykke eller falder for Sværdet eller mangler Brød!«
अबनेरको मृत्यको दोष योआब र तिनको बुबाको सारा घरानाको शिरमाथि नै परोस् । योआबको परिवारमा घाउ-खटिरा हुने वा छालाको रोग हुने वा लङ्गडो वा लट्ठीको साहाराले हिंड्ने वा खानाविना भौंतारिने मानिस कहिल्यै नटुटोस् ।”
30 Men Joab og hans Broder Abisjaj havde slaaet Abner ihjel, fordi han havde fældet deres Broder Asa'el i Kampen ved Gibeon.
यसरी योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे, किनभने तिनले गिबोनको युद्धमा तिनीहरूका भाइ असाहेललाई मारेका थिए ।
31 Derpaa sagde David til Joab og alle Folkene, som fulgte ham: »Sønderriv eders Klæder, tag Sæk om eder og hold Klage over Abner!« Og Kong David gik selv bag efter Baaren.
दाऊदले योआब र तिनीसँग भएका सबै मानिसलाई यसो भने, “आफ्नो लुगा च्यात, भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीको सामु विलाप गर ।” दाऊद राजा मृत्यु संस्कारको लस्करमा लासको पछि-पछि हिंडे ।
32 Og da man jordede Abner i Hebron, græd Kongen højt ved Abners Grav, og alt Folket græd med,
तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे । अबनेरको चिहानमा राजा ठुलो धुरु-धुरु रोए र सबै मानिसहरू पनि रोए ।
33 Da sang Kongen denne Klagesang over Abner: Skulde Abner dø en Daares Død?
राजाले अबनेरको निम्ति विलाप गरे र गित गाए, “के अबनेरले मूर्खले झैं मर्नुपर्छ?
34 Dine Hænder var ikke bundne, dine Fødder ikke lagt i Lænker, du faldt, som man falder for Misdædere! Da græd hele Folket end mere over ham,
तिम्रा हातहरू बाँधिएका थिएनन् । तिम्रा खुट्टाहरू साङ्लाले बाँधिएका थिएनन् । एक जना मानिस अन्यायीको छोराको सामु ढलेझैं, तिमी पनि ढल्यौ ।” फेरि एक पल्ट सबै मानिस तिनको निम्ति रोए ।
35 og da hele Folket kom for at faa David til at spise, medens det endnu var Dag, svor David: »Gud ramme mig baade med det ene og det andet, om jeg smager Brød eller noget andet, før Sol gaar ned!«
दिन छँदा नै दाऊदललाई खान मनाउन सबे मानिस आए तर दाऊदले शपथ खाए, “घाम नडुबेसम्म मैले रोटी वा कुनै कुरा चाखें भने परमेश्वरले मलाई यो वा योभन्दा बढ्ता गर्नुभएको होस् ।”
36 Hele Folket lagde Mærke dertil, og det gjorde et godt Indtryk paa dem; alt, hvad Kongen foretog sig, gjorde et godt Indtryk paa alt Folket;
सबै मानिसले दाऊदको विलापलाई ख्याल गरे र यसले तिनीहरूलाई प्रशन्न तुल्यायो । दाऊदले जे गरे त्यसले तिनीहरूलाई खुसी तुल्यायो ।
37 og hele Folket og hele Israel skønnede den Dag, at Kongen ikke var Ophavsmand til Drabet paa Abner, Ners Søn.
त्यसैले नेरका छोरा अबनेरलाई मार्ने इच्छा राजाको थिएन भन्ने सारा मानिस र सारा इस्राएलले बुझे ।
38 Og Kongen sagde til sine Folk: »Ved I ikke, af der i Dag er faldet en Øverste og Stormand i Israel?
राजाले आफ्ना सेवकहरूलाई भने, “आजको दिन इस्राएलमा एक जना शासक र महान् मानिस मरेका छन् भनी तिमीहरूलाई थाहा छैन?
39 Men jeg er endnu for svag, skønt jeg er salvet til Konge, og disse Mænd, Zerujasønnerne, er mig for stærke. HERREN gengælde Udaadsmanden hans Skændselsdaad!«
म अभिषिक्त राजा भएर पनि अहिले म कमजोर भएको छु । यी मानिसहरू, सरूयाहका छोराहरू मप्रति साह्रै निर्दयी भएका छन् । तिनको दुष्टता सुहाउँदो दण्ड परमप्रभुले तिनलाई दिनुभएको होस् ।”