< Anden Kongebog 21 >

1 Manasse var tolv Aar gammel, da han blev Konge, og han herskede fem og halvtredsindstyve Aar i Jerusalem. Hans Moder hed Hefziba.
राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे। तिनकी आमाको नाम हेप्सीबा थियो।
2 Han gjorde, hvad der var ondt i HERRENS Øjne, og efterlignede de Folkeslags Vederstyggeligheder, som HERREN havde drevet bort foran Israeliterne.
याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
3 Han byggede atter de Offerhøje, som hans Fader Ezekias havde ødelagt, rejste Altre for Ba'al, lavede en Asjerastøtte, ligesom Kong Akab af Israel havde gjort, og tilbad og dyrkede hele Himmelens Hær.
आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए। इस्राएलका राजा आहाबले झैँ अशेरा देवीको खाँबो बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे, र तिनीहरूलाई पुजे।
4 Og han byggede Altre i HERRENS Hus, om hvilket HERREN havde sagt: »I Jerusalem vil jeg stedfæste mit Navn.«
तिनले “यरूशलेममा म आफ्नो नाम राख्नेछु” भन्‍नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए।
5 Og han byggede Altre for hele Himmelens Hær i begge HERRENS Hus's Forgaarde.
याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए।
6 Han lod sin Søn gaa igennem Ilden, drev Trolddom og tog Varsler og ansatte Dødemanere og Sandsigere; han gjorde meget, som var ondt i HERRENS Øjne, og krænkede ham.
तिनले आफ्नै छोरालाई आगोमा बलि गरे; तन्त्रमन्त्र र जोखना हेर्न लगाए, र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिए। तिनले याहवेहको दृष्‍टिमा धेरै दुष्‍टता गरेर उहाँलाई रिस उठाए।
7 Den Asjerastøtte, han lod lave, opstillede han i det Hus, om hvilket HERREN havde sagt til David og hans Søn Salomo: »I dette Hus og i Jerusalem, som jeg har udvalgt af alle Israels Stammer, vil jeg stedfæste mit Navn til evig Tid;
तिनले आफूले बनाएका अशेरा देवीको खाँबो लिएर त्यसलाई मन्दिरमा राखे, जसको विषयमा याहवेहले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु।
8 og jeg vil ikke mere lade Israel vandre bort fra det Land, jeg gav deres Fædre, dog kun paa det Vilkaar, at de omhyggeligt overholder alt, hvad jeg har paalagt dem, hele den Lov, min Tjener Moses gav dem.«
यदि तिनीहरूले मैले तिनीहरूलाई आज्ञा गरेका प्रत्येक कुरा होसियारीसाथ पालन गरे, र मेरो सेवक मोशाले तिनीहरूलाई दिएका सम्पूर्ण व्यवस्था पालन गरे भने मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको यो देशबाट फेरि इस्राएलीहरूका पाउहरू यताउता घुमफिर गर्न म दिनेछैनँ।”
9 Men de vilde ikke høre, og Manasse forførte dem til at handle værre end de Folkeslag, HERREN havde udryddet foran Israeliterne.
तर मानिसहरूले मानेनन्। मनश्शेले तिनीहरूलाई बहकाइदिए। तिनीहरूले इस्राएलीहरूको सामु याहवेहले नाश गर्नुभएका जातिहरूले भन्दा बढी दुष्‍टता गरे।
10 Da talede HERREN ved sine Tjenere Profeterne saaledes:
याहवेहले आफ्ना सेवक अगमवक्ताहरूद्वारा भन्‍नुभयो,
11 »Efterdi Kong Manasse af Juda har øvet disse Vederstyggeligheder, ja øvet Ting, som er værre end alt, hvad Amoriterne, der var før ham, øvede, og tillige ved sine Afgudsbilleder har forledt Juda til Synd,
“यहूदाका राजा मनश्शेले यस्ता घिनलाग्दा पाप गरेको छ। उसले आफूभन्दा अगिका एमोरीहरूलेभन्दा बढी दुष्‍टता गरेर आफ्ना मूर्तिहरूद्वारा यहूदालाई पापमा डोर्‍याएको छ।
12 derfor, saa siger HERREN, Israels Gud: Se, jeg bringer Ulykke over Jerusalem og Juda, saa det skal ringe for Ørene paa enhver, der hører derom!
यसकारण याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो विपत्ति ल्याउनेछु, कि यसको बारेमा सुन्‍ने हरेकका कान झन्झनाउनेछन्।
13 Jeg vil trække samme Maalesnor over Jerusalem som over Samaria og bruge samme Lod som ved Akabs Hus; jeg vil afviske Jerusalem, som man afvisker et Fad og vender det om;
म यरूशलेममाथि सामरियाको विरुद्धमा प्रयोग गरिएको नाप्‍ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरिएको साहुल तेर्साउनेछु। यरूशलेमलाई कसैले थाल माझेर घोप्टाएझैँ म त्यसलाई उल्टो पारिदिनेछु।
14 jeg forstøder, hvad der er tilbage af min Ejendom, og giver dem i deres Fjenders Haand, og de skal blive til Rov og Bytte for alle deres Fjender,
आफ्नै अधिकारको बाँकी रहेको भागलाई त्यागिदिनेछु, र तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरू आफ्ना सबै शत्रुहरूद्वारा लुटिनेछन् र लुटका सामानसरह हुनेछन्।
15 fordi de gjorde, hvad der var ondt i mine Øjne, og krænkede mig, lige fra den Dag deres Fædre drog ud af Ægypten og indtil i Dag!«
तिनीहरूका पितापुर्खाहरू इजिप्टबाट निस्किआएको दिनदेखि आजसम्म नै तिनीहरूले मेरो दृष्‍टिमा जे दुष्‍टता छ, त्यही गरेर मलाई रिस उठाएका छन्।”
16 Desuden udgød Manasse uskyldigt Blod i store Maader, saa han fyldte Jerusalem dermed til Randen, for ikke at tale om den Synd; han begik ved at forlede Juda til Synd, saa de gjorde, hvad der var ondt i HERRENS Øjne.
यसबाहेक मनश्शेले पनि यति धेरै निर्दोष रगत बगाए कि तिनले यरूशलेमलाई एक कुनादेखि अर्को कुनासम्म रगतले भरिदिए। यहूदालाई पाप गर्न लगाए र तिनीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
17 Hvad der ellers er at fortælle om Manasse, alt, hvad han udførte, og den Synd, han begik, staar jo optegnet i Judas Kongers Krønike.
मनश्शेको शासनका अरू घटनाहरू र तिनले गरेका सबै काम र तिनले गरेका पापहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
18 Saa lagde Manasse sig til Hvile hos sine Fædre og blev jordet i Haven ved sit Hus, i Uzzas Have; og hans Søn Amon blev Konge i hans Sted.
मनश्शे आफ्ना पुर्खाहरूसित विश्राममा गए। अनि आफ्नो महलको बगैँचामा अर्थात् उज्जाको बगैँचामा गाडिए। तिनीपछि तिनका छोरा आमोन राजा भए।
19 Amon var to og tyve Aar gammel, da han blev Konge, og han herskede to Aar i Jerusalem. Hans Moder hed Mesjullemet og var en Datter af Haruz fra Jotba.
राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। तिनकी आमाको नाम मशुल्‍लेमेत थियो, जो हारूसकी छोरी थिइन्। तिनी योत्बाकी थिइन्।
20 Han gjorde, hvad der var ondt i HERRENS Øjne, ligesom hans Fader Manasse;
तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
21 han vandrede nøje i sin Faders Spor og dyrkede Afgudsbillederne, som hans Fader havde dyrket, og tilbad dem;
तिनी आफ्ना पिताका पूरा चालहरूमा हिँडे; अनि आफ्ना पिताले पुजेका मूर्तिहरू पुजे, र तिनीहरूका सामु निहुरिए।
22 han forlod HERREN, sine Fædres Gud, og vandrede ikke paa HERRENS Vej.
तिनले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे, र याहवेहको मार्गमा हिँडेनन्।
23 Amons Folk sammensvor sig imod ham og dræbte Kongen i hans Hus;
आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे।
24 men Folket fra Landet dræbte alle dem, der havde sammensvoret sig imod Kong Amon, og gjorde hans Søn Josias til Konge i hans Sted.
तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।
25 Hvad der ellers er at fortælle om Amon, og hvad han udførte, staar jo optegnet i Judas Kongers Krønike.
आमोनको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
26 Man jordede ham i hans Faders Grav i Uzzas Have; og hans Søn Josias blev Konge i hans Sted.
तिनी उज्जाको बगैँचामा आफ्नो चिहानमा गाडिए। तिनीपछि तिनका छोरा योशियाह राजा भए।

< Anden Kongebog 21 >