< Anden Kongebog 13 >
1 I Ahazjas Søns, Kong Joas af Judas, tre og tyvende Regeringsaar blev Joahaz, Jehus Søn, Konge over Israel, og han herskede sytten Aar i Samaria.
यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे
2 Han gjorde, hvad der var ondt i HERRENS Øjne, og vandrede i de Synder, Jeroboam, Nebats Søn, havde forledt Israel til; fra dem veg han ikke.
परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे, र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे । अनि यहोआहाज तीबाट फर्केनन् ।
3 Da blussede HERRENS Vrede op mod Israel, og han gav dem til Stadighed i Kong Hazael af Arams og hans Søn Benhadads Haand.
इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो, अनि उहाँले तिनीहरूलाई अरामका राजा हजाएल र हजाएलका छोरा बेन-हददको हातमा निरन्तर रूपले दिनुभयो ।
4 Men Joahaz bad HERREN om Naade, og HERREN bønhørte ham, fordi han saa Israels Trængsel; thi Arams Konge bragte Trængsel over dem;
त्यसैले यहोआहाजले परमप्रभुलाई बिन्ती गरे, र परमप्रभुले तिनको कुरा सुन्नुभयो किनकि अरामका राजाले कसरी इस्राएलमाथि थिचोमिचो गरिरहेका थिए भनी उहाँले देख्नुभयो ।
5 og HERREN gav Israel en Befrier, som friede dem af Arams Haand; saa boede Israeliterne i deres Telte som før.
त्यसैले परमप्रभुले इस्राएललाई एउटा उद्धारक दिनुभयो, अनि तिनीहरू अरामीहरूका हातबाट उम्के, र इस्राएलीहरू पहिलेजस्तै आ-आफ्ना घरमा बस्न लागे ।
6 Dog veg de ikke fra de Synder, Jeroboams Hus havde forledt Israel til, men vandrede i dem; ogsaa Asjerastøtten blev staaende i Samaria.
तापनि इस्राएललाई पाप गर्न लगाउने यारोबामका घरानाका पापहरूबाट तिनीहरू फर्केनन्, र तिनीहरू तिनमा लागिरहे । अनि अशेरा देवीको खम्बा सामरियामा रहिरह्यो ।
7 Thi Arams Konge levnede ikke Joahaz flere Krigsfolk end halvtredsindstyve Ryttere, ti Stridsvogne og ti Tusinde Mand Fodfolk, men han tilintetgjorde dem og knuste dem til Støv.
अरामीहरूले यहोआहाजलाई केवल पचास घोडचढी, दसवटा रथ र दस हजार पैदल सिपाही मात्र छाडे किनकि अरामका राजाले तिनीहरूलाई नाश पारेका थिए र तिनीहरूलाई अन्न चुट्ने समयको भुसजस्तै पारेका थिए ।
8 Hvad der ellers er at fortælle om Joahaz, alt, hvad han udførte, og hans Heltegerninger staar jo optegnet i Israels Kongers Krønike.
यहोआहाज, तिनले गरेका सबै काम र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
9 Saa lagde Joahaz sig til Hvile hos sine Fædre, og man jordede ham i Samaria; og hans Søn Joas blev Konge i hans Sted.
यसरी यहोआहाज आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तिनको ठाउँमा तिनका छोरा यहोआश राजा भए ।
10 I Kong Joas af Judas syv og tredivte Regeringsaar blev Joas, Joahaz's Søn, Konge over Israel, og han herskede seksten Aar i Samaria.
यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे ।
11 Han gjorde, hvad der var ondt i HERRENS Øjne, og veg ikke fra nogen af de Synder, Jeroboam, Nebats Søn, havde forledt Israel til, men vandrede i dem.
परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन्, तर तिनी तिनैमा हिंडे ।
12 Hvad der ellers er at fortælle om Joas, alt, hvad han udførte, og hans Heltegerninger, hvorledes han førte Krig med Kong Amazja af Juda, staar jo optegnet i Israels Kongers Krønike.
यहोआश, तिनले गरेका सबै कामहरू र कसरी तिनको शक्ति जसद्वारा तिनले यहूदाका राजा अमस्याहको विरुद्धमा लडे भन्ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
13 Saa lagde Joas sig til Hvile hos sine Fædre; og Jeroboam satte sig paa hans Trone. Joas blev jordet i Samaria hos Israels Konger.
यहोआश आफ्ना पुर्खाहरूसित सुते, र यारोबाम तिनको सिंहासनमा बसे । इस्राएलका राजाहरूसँगै यहोआशलाई सामरियामा गाडियो ।
14 Da Elisa blev ramt af den Sygdom, han døde af, kom Kong Joas af Israel ned til ham, bøjede sig grædende over ham og sagde: »Min Fader, min Fader, du Israels Vogne og Ryttere!«
अब एलीशा एउटा रोगले बिरामी परे जसबाट पछि तिनी मरे । त्यसैले इस्राएलका राजा यहोआश तिनीकहाँ आए र तिनीसँग रोए । तिनले भने, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र घोडचढीले तिमीलाई उठाएर लाँदैछन् ।”
15 Men Elisa sagde til ham: »Bring Bue og Pile!« Og han bragte ham Bue og Pile.
एलीशाले तिनलाई भने, “एउटा धनु र केही काँडहरू उठाउनुहोस् ।” त्यसैले योआशले एउटा धनु र केही काँडहरू उठाए ।
16 Da sagde han til Israels Konge: »Læg din Haand paa Buen!« Og da han gjorde det, lagde Elisa sine Hænder paa Kongens
एलीशाले इस्राएलका राजालाई भने, “आफ्नो हात धनुमा राख्नुहोस् ।” त्यसैले तिनले आफ्नो हातमा धनुमा राखे । तब एलीशाले आफ्ना हात राजाका हातमाथि राखे ।
17 og sagde: »Luk Vinduet op mod Øst!« Og da han havde gjort det, sagde Elisa: »Skyd!« Og han skød. Da sagde Elisa: »En Sejrspil fra HERREN, en Sejrspil mod Aram! Du skal tilføje Aram et afgørende Nederlag ved Afek!«
एलीशाले भने, “पूर्वपट्टिको झ्याल खोल्नुहोस् ।” त्यसैले तिनले त्यसलाई खोले । तब एलीशाले भने, “हान्नुहोस्!” तिनले हाने । एलीशाले भने, “यो परमप्रभुको विजयको काँड हो अर्थात् अराममाथि विजयको काँड हो, किनकि अरामीहरूलाई सर्वनाश नपारूञ्जेलसम्म तपाईंले तिनीहरूलाई अपेकमा आक्रमण गर्नुहुनेछ ।”
18 Derpaa sagde han: »Tag Pilene!« Og han tog dem. Da sagde han til Israels Konge: »Slaa paa Jorden!« Og han slog tre Gange, men holdt saa op.
तब एलीशाले भने, “काँडहरू लिनुहोस् ।” त्यसैले तिनले ती लिए । तिनले इस्राएलका राजालाई भने, “तिनले भुइँमा हान्नुहोस् ।” तिनले तिन पटक भुइँमा हानेपछि तिनी रोकिए ।
19 Da vrededes den Guds Mand paa ham og sagde: »Du burde have slaaet fem-seks Gange, saa skulde du have tilføjet Aram et afgørende Nederlag, men nu skal du kun slaa Aram tre Gange!«
तर परमेश्वरका मानिस तिनीसित रिसाए र भने, “तपाईंले पाँच वा छ पटक भुइँलाई हिर्काउनुपर्थ्यो । तब तपाईंले अरामलाई निमिट्ट्यान्न नभएसम्म आक्रमण गर्नुहुनेथियो, तर अब त तपाईंले अरामलाई तिन पटक मात्र आक्रमण गर्नुहुनेछ ।”
20 Saa døde Elisa, og de jordede ham. Aar efter Aar trængte moabitiske Strejfskarer ind i Landet;
तब एलीशा मरे, र तिनीहरूले तिनलाई गाडे । नयाँ वर्षको समयमा मोआबीहरूका नयाँ दलहरूले देशलाई लुटे ।
21 og da nogle Israeliter engang fik Øje paa en saadan Skare, netop som de var ved at jorde en Mand, kastede de Manden i Elisas Grav og løb deres Vej. Men da Manden kom i Berøring med Elisas Ben, blev han levende og rejste sig op.
तिनीहरूले कुनै एउटा मानिसलाई गाडिरहँदा तिनीहरूले मोआबीहरूको एउटा दललाई देखे, त्यसैले तिनीहरूले लाशलाई एलीशाको चिहानमा फाले । लाशले एलीशाका हड्डीहरूलाई छुनेबित्तिकै त्यो बिउँतियो, र आफ्नो पाउमा खडा भयो ।
22 Kong Hazael af Aram trængte Israel haardt, saa længe Joahaz levede.
अरामका राजा हजाएलले यहोआहाजको जीवनभर इस्राएललाई थिचोमिचो गरिरहे ।
23 Men HERREN forbarmede sig og ynkedes over dem og vendte sig til dem paa Grund af sin Pagt med Abraham, Isak og Jakob; han vilde ikke tilintetgøre dem og havde endnu ikke stødt dem bort fra sit Aasyn.
तर अब्राहाम, इसहाक र याकूबसित बाँध्नुभएको आफ्नो करारको कारणले गर्दा परमप्रभु इस्राएलप्रति अनुग्रही हुनुभयो, र तिनीहरूलाई दया देखाउनुभयो र तिनीहरूको फिक्री गर्नुभयो । त्यसैले परमप्रभुले तिनीहरूलाई नष्ट गर्नुभएन, र उहाँले तिनीहरूलाई अझै पनि आफ्नो उपस्थितिबाट धपाउनुभएको छैन ।
24 Men da Kong Hazael af Aram døde, og hans Søn Benhadad blev Konge i hans Sted,
अरामका राजा हजाएल मरे, र तिनको ठाउँमा तिनका छोरा बेन-हदद राजा भए ।
25 tog Joas, Joahaz's Søn, de Byer tilbage fra Benhadad, Hazaels Søn, som han i Krigen havde frataget hans Fader Joahaz. Tre Gange slog Joas ham og tog de israelitiske Byer tilbage.
यहोआहाजका छोरा यहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले युद्ध गरी लिएका सहरहरू फिर्ता लिए । यहोआशले तिनलाई तिन पटक आक्रमण गरे, र तिनले इस्राएलका ती सहरहरू फिर्ता लिए ।