< Anden Krønikebog 1 >
1 Salomo, Davids Søn, fik sikret sig Magten, og HERREN hans Gud var med ham og gjorde ham overmaade mægtig.
दाऊदका छोरा सोलोमन आफ्नो शासनमा बलियो भएपछि र परमप्रभु तिनका परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो र तिनलाई धेरै शक्तिशाली बनाउनुभयो ।
2 Da tilsagde Salomo hele Israel, Tusind— og Hundredførerne, Dommerne og alle Israels Øverster, Fædrenehusenes Overhoveder,
सबै इस्राएलसित, हजार कमाण्डर र सयका कमाण्डरहरू, र न्यायकर्ताहरू, र सारा इस्राएलमा भएका हरेक शासक, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे ।
3 og ledsaget af hele Forsamlingen drog han til Offerhøjen i Gibeon. Der stod Guds Aabenbaringstelt, som HERRENS Tjener Moses havde rejst i Ørkenen,
अनि सोलोमन र तिनीसँग भएका सबै सभा गिबोनमा भएको अग्लो स्थानमा गए, किनकि त्यहाँ परमेश्वरका भेट हुने पाल थियो, जुन परमप्रभुका सेवक मोशाले उजाड-स्थानमा बनाएका थिए ।
4 men Guds Ark havde David bragt op fra Kirjat-Jearim til det Sted, han havde beredt den, idet han havde ladet rejse et Telt til den i Jerusalem.
तर दाऊदले परमेश्वरको सन्दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्याएका थिए, किनकि त्यसको निम्ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।
5 Men Kobberalteret, som Bezal'el, en Søn af Hurs Søn Uri, havde lavet, stod der foran HERRENS Bolig, og der søgte Salomo og Forsamlingen ham.
साथै हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्थानको सामुन्ने थियो । सोलोमन र त्यो सभा त्याहाँ गए ।
6 Og Salomo ofrede der paa Aabenbaringsteltets Kobberalter, som stod foran HERRENS Aasyn, han ofrede 1000 Brændofre derpaa.
सोलोमन भेट हुने पालमा परमप्रभुको सामुन्ने भएको काँसाको वेदीमा गए र त्यसमा एक हजार होमबलि चढाए ।
7 Samme Nat lod Gud sig til Syne for Salomo og sagde til ham: »Sig, hvad du ønsker, jeg skal give dig!«
त्यस रात परमेश्वर सोलोमनकहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो, “माग्, म तँलाई के दिऊँ?”
8 Da sagde Salomo til Gud: »Du viste stor Miskundhed mod min Fader David, og du har gjort mig til Konge i hans Sted.
सोलोमनले परमेश्वरलाई भने, “तपाईंले मेरा बुबा दाऊदलाई महान् करारको विश्वस्तता देखाउनुभएको छ र मलाई उहाँको सट्टामा राजा तुल्याउनुभएको छ ।
9 Saa lad da, Gud HERRE, din Forjættelse til min Fader David gaa i Opfyldelse, thi du har gjort mig til Konge over et Folk, der er talrigt som Jordens Støv.
अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा बुबा दाऊदलाई दिनुभएको तपाईंको प्रतिज्ञा पुरा गर्नुहोस्, किनकि पृथ्वीको धुलो जत्तिकै अनगन्ती मानिसमाथि तपाईंले मलाई राजा बनाउनुभएको छ ।
10 Giv mig derfor Visdom og Indsigt, saa jeg kan færdes ret over for dette Folk, thi hvem kan dømme dette dit store Folk?«
अब मलाई बुद्धि र ज्ञान दिनुहोस् ताकि यी मानिसलाई म नेतृत्व गर्न सकूँ, किनकि यति धेरै सङ्ख्यामा रहेका तपाईंका मानिसहरूको न्याय कसले गर्न सक्छ र?”
11 Da sagde Gud til Salomo: »Fordi din Hu staar til dette, og du ikke bad om Rigdom, Gods og Ære eller om dine Avindsmænds Liv, ej heller om et langt Liv, men om Visdom og Indsigt til at dømme mit Folk, som jeg gjorde dig til Konge over,
परमेश्वरले सोलोमनलाई भन्नुभयो, “किनभने तेरो हृदयमा यो कुरा छ, र तैंले समृद्धि, धन-सम्पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्नो निम्ति दीर्घायु नै मागिस्, तर आफ्नो निम्ति तैंले बुद्धि र ज्ञान मागिस् ताकि तैंले मेरा मानिसमाथि शासन सक्छस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु ।
12 saa skal du faa Visdom og Indsigt; men jeg giver dig ogsaa Rigdom, Gods og Ære, saa at ingen Konge før dig har haft Mage dertil, og ingen efter dig skal have det.«
अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्तो समृद्धि, धन-सम्पत्ति, र आदर पनि दिनेछु, जो तँभन्दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्दा पछिका कुनैले पनि पाउनेछैनन् ।”
13 Derpaa begav Salomo sig fra Offerhøjen i Gibeon, fra Pladsen foran Aabenbaringsteltet, til Jerusalem; og han herskede som Konge over Israel.
तब सोलोमन गिबोनको अल्गो स्थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे ।
14 Salomo anskaffede sig Stridsvogne og Ryttere, og han havde 1400 Vogne og 12 000 Ryttere; dem lagde han dels i Vognbyerne, dels hos sig i Jerusalem.
सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे, र तिनीसँग चौध सय रथ र बाह्र हजार घोडचढीहरू थिए, जसलाई तिनले रथ राख्ने सहरहरूमा र आफू, अर्थात् यरूशलेममा राजसित राखे ।
15 Kongen bragte det dertil, at Sølv og Guld i Jerusalem var lige saa almindeligt som Sten, og Cedertræ lige saa almindeligt som Morbærfigentræ i Lavlandet. —
राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह बनाए र देवदारुचाहिं तराईमा हुने अन्जीरहरूजस्तै प्रशस्त तुल्याए ।
16 Hestene, Salomo indførte, kom fra Mizrajim og Kove; Kongens Handelsfolk købte dem i Kove.
सोलोमनका घोडाहरू मिश्रदेश र क्यूएबाट पैठारी हुन्थे। तिनका व्यापारीहरूले ती क्यूएबाट किनेर ल्याउँथे ।
17 De udførte en Vogn fra Mizrajim for 600 Sekel Sølv, en Hest for 150. Ligeledes udførtes de ved Handelsfolkenes Hjælp til alle Hetiternes og Arams Konger.
तिनीहरूले प्रत्येक रथ सात सय शेकेल चाँदीमा र घोडाचाहिं १५० शेकेल चाँदीमा मिश्रदेशबाट पैठारी गर्थे । तिनीहरूले हित्ती र अरामीहरूका राजाहरूलाई ती निकासी पनि गर्थे ।