< Anden Krønikebog 35 >
1 Derpaa fejrede Josias Paaske for HERREN i Jerusalem, og de slagtede Paaskelammet den fjortende Dag i den første Maaned.
योशियाहले परमप्रभुको निम्ति यरूशलेममा निस्तार-चाड मनाए, र तिनीहरूले पहिलो महिनाको चौधौँ दिनमा निस्तार-चाडको थुमा मारे ।
2 Han satte Præsterne til det, de havde at varetage, og opmuntrede dem til Tjenesten i HERRENS Hus;
तिनले पुजारीहरूलाई आआफ्नो स्थानमा राखे र परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए ।
3 og til Leviterne, som underviste hele Israel og var helliget HERREN, sagde han: »Sæt den hellige Ark i Templet, som Davids Søn, Kong Salomo af Israel, byggede; I skal ikke mere bære den paa Skuldrene. Tjen nu HERREN eders Gud og hans Folk Israel!
तिनले परमप्रभुमा समर्पित भएका र सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूकलाई राख । अबदेखि फेरि त्यसलाई आफ्नो काँधमा नबोक । अब परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर र उहाँको मानिस इस्राएलको सेवा गर ।
4 Gør eder rede Fædrenehus for Fædrenehus, Skifte for Skifte, efter Kong David af Israels Forskrift og hans Søn Salomos Anvisning,
इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै आआफ्ना पुर्खाका घरानाहरू र आआफ्ना विभाजनहरूअनुसार आफूलाई सङ्गठित गराओ ।
5 og stil eder op i Helligdommen, saaledes at der bliver et Skifte af et levitisk Fædrenehus for hver Afdeling af eders Brødres, Almuens, Fædrenehuse,
तिमीहरूका दाजुभाइका पुर्खाका घरानाहरूका विभाजनहरू, मानिसहरूका वंश र लेवीहरूको पुर्खाका परिवारहरूका आफ्ना विभाजनहरूअनुसार पवित्र स्थानमा खडा होओ ।
6 og slagt saa Paaskeofferdyrene, helliger eder og tillav dem til eders Brødre for at handle efter HERRENS Ord ved Moses.«
निस्तार-चाडको थुमाहरू मार, आफैलाई शुद्ध गर, मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइका निम्ति थुमाहरू तयार पार ।”
7 Josias gav frivilligt Almuen, alle dem, der var til Stede, en Ydelse af Smaakvæg, Lam og Gedekid, alt sammen til Paaskeofferdyr, 30 000 Stykker i Tal, og 3000 Stykker Hornkvæg, alt af Kongens Ejendom;
योशियाहले निस्तार-चाड बलिदानमा सबै मानिसहरूको निम्ति तिस हजार भेडा र पाठा दिए । तिनले तीन हजार साँढे पनि दिए । यी सबै राजाका सम्पतिबाट दिइएका दिए ।
8 og hans Øverster gav frivilligt Folket, Præsterne og Leviterne en Ydelse; Hilkija, Zekarja og Jehiel, Guds Hus's Øverster, gav Præsterne til Paaskeofferdyr 2600 Stykker Smaakvæg og 300 Stykker Hornkvæg.
मानिसहरू, पुजारीहरू र लेवीहरूका निम्ति तिनका अगुवाहरूले राजीखुशी दान दिए । परमप्रभुको मन्दिरका आधिकारिक प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई निस्तार-चाडको निम्ति दुई हजार छ सय ससाना पशु र तीन सय साँढे दिए ।
9 Leviternes Øverster Konanja og hans Brødre Sjemaja og Netan'el, Hasjabja, Je'iel og Jozabad ydede Leviterne til Paaskeofferdyr 5000 Stykker Smaakvæg og 500 Stykker Hornkvæg.
अनि लेवीहरूलाई चाहिं कोनन्याह र तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका नायकहरू हशब्याह, यहीएल र योजाबादले पाँच हजार ससाना पशु र पाँच सय साँढे दिए ।
10 Saaledes ordnedes Tjenesten, og Præsterne stod paa deres Plads, ligeledes Leviterne, Skifte for Skifte efter Kongens Bud.
यसैले सेवाको तयारी भयो, र पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए ।
11 De slagtede Paaskedyrene, og Præsterne sprængte Blodet, som de rakte dem, medens Leviterne flaaede Huden af.
तिनीहरूले निस्तार-चाडका थुमाहरू मारे, अनि लेवीहरूका हातबाट रगत लिएर पुजारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले ती थुमाहरूका छाला काढे ।
12 Derpaa gjorde de Brændofrene rede for at give dem til de enkelte Afdelinger af Almuens Fædrenehuse, saa at de kunde frembæres for HERREN, som det er foreskrevet i Moses's Bog, og paa samme Maade gjorde de med Hornkvæget.
तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसले परमप्रभुलाई होमबलिहरू चढाउन् भनी पुर्खाका घरानाका विभाजनअनुसार वितरण गर्नलाई तिनीहरूले ती छुट्याए । साँढेहरूका पनि तिनीहरूले त्यसै गरे ।
13 Paaskedyrene stegte de over Ilden paa den foreskrevne Maade, men de hellige Stykker kogte de i Gryder, Kedler og Skaale og bragte dem skyndsomt til Almuen.
तिनीहरूले निर्देशनको अनुसरण गरेर निस्तारका थुमाहरू आगोमा पोले । पवित्र भेटीलाई तिनीहरूले खड्कुँला, कराही र ताप्केमा उसिने, र तिनीहरू तुरुन्तै ती मानिसहरूमा बाँडिदिए ।
14 Derefter gjorde de Paaskedyr rede til sig selv og Præsterne, thi Præsterne, Arons Sønner, var sysselsatte med at ofre Brændofrene og Fedtstykkerne lige til Nattens Frembrud; derfor gjorde Leviterne Ofre rede baade for sig selv og Præsterne, Arons Sønner.
त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि र बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति र पुजारीहरूका निम्ति बलिदान तयार गरे । यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे ।
15 Sangerne, Asafs Sønner, var paa deres Plads efter Davids, Asafs, Hemans og Kongens Seer Jedutuns Bud, og Dørvogterne ved de forskellige Porte; de maatte ikke forlade deres Plads, men deres Brødre Leviterne gjorde Paaskedyr rede for dem.
आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए । तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे ।
16 Saaledes ordnedes hele HERRENS Tjeneste den Dag, idet man fejrede Paasken og bragte Brændofre paa HERRENS Alter efter Kong Josias's Bud;
यसैले यो समयमा योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड मान्न र परमप्रभुको वेदीमा होमबलि चढाउनका निम्ति परमप्रभुको पूरा सेवा सन्चालन गरियो ।
17 og Israeliterne, som var til Stede, fejrede dengang Paasken og de usyrede Brøds Højtid i syv Dage.
उपस्थित भएका इस्राएलका मानिसहरूले त्यस बेला निस्तार-चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए ।
18 En Paaske som den var ikke blevet fejret i Israel siden Profeten Samuels Dage, og ingen af Israels Konger havde fejret en Paaske som den, Josias, Præsterne og Leviterne og alle de Judæere og Israeliter, som var til Stede, og Jerusalems Indbyggere fejrede.
शमूएल अगमवक्ताको समयदेखि यता यस प्रकारले निस्तार-चाडको उत्सव इस्राएलमा कहिल्यै मनाइएको थिएन, न त पुजारीहरू, लेवीहरू र यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैं इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार-चाड मानेका थिए ।
19 I Josias's attende Regeringsaar blev denne Paaske fejret.
योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्तार-चाड मनाइएको थियो ।
20 Efter alt dette, da Josias havde sat Templet i Stand, drog Ægypterkongen Neko op til Kamp ved Karkemisj, der ligger ved Eufrat. Josias drog imod ham;
योशियाहले यसरी मन्दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीशको विरुद्ध आक्रमण गर्न निस्के, र योशियाह तिनको विरुद्धमा युद्ध गर्न गए ।
21 men han sendte Sendebud til ham og lod sige: »Hvad er der mig og dig imellem, Judas Konge? Det er ikke dig, det nu gælder, men det Kongehus, jeg ligget i Krig med; og Gud har sagt, at jeg skulde haste. Gaa ikke imod den Gud, der er med mig, at han ikke skal ødelægge dig!«
तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “ए यहूदाका राजा, मेरो तपाईंसँग के सरोकार छ? आज म तपाईंको विरुद्धमा आएको होइन, तर म जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु । परमेश्वरले मलाई चाँडो गर्न आदेश दिनुभएको छ । यसैले परमेश्वरलाई बाधा दिने कामबाट टाढा रहनुहोस्, जो मसँग हुनुहुन्छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ ।”
22 Josias vendte dog ikke om, men vovede at indlade sig i Kamp med ham; han tog ikke Hensyn til Nekos Ord, der dog kom fra Guds Mund, men drog ud til Kamp paa Megiddos Slette.
तापनि योशियाह तिनीबाट फर्किन मानेनन् । तिनले उनको विरुद्ध युद्ध गर्न भेष बदले । आफू परमेश्वरको आज्ञाद्वारा आएको हो भन्ने नेकोको वचन तिनले सुनेनन् । यसैले तिनी मगिद्दोको बेसीमा युद्ध गर्न गए ।
23 Da ramte Bueskytterne Kong Josias; og Kongen sagde til sine Folk: »Før mig bort, thi jeg er haardt saaret!«
धनुर्धारीहरूले योशियाह राजालाई हाने, र राजाले आफ्ना सेवकहरूलाई भने, “मलाई बाहिर लैजाओ, किनकि मलाई गम्भीर चोट लागेको छ ।”
24 Hans Folk bragte ham da bort fra Vognen og satte ham paa hans anden Vogn og førte ham til Jerusalem, hvor han døde. De jordede ham i hans Fædres Grave, og hele Juda og Jerusalem sørgede over Josias.
यसैले तिनका सेवकहरूले तिनलाई रथबाट उठाए र तिनलाई अर्को रथमा चढाए । तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, जहाँ तिनी मरे । तिनका पुर्खाहरूको चिहानहरूमा तिनलाई गाडियो । सारा यहूदा र यरूशलेमले तिनको निम्ति शोक मनाए ।
25 Jeremias sang en Klagesang over Josias, og alle Sangerne og Sangerinderne talte i deres Klagesange om ham, som de gør den Dag i Dag; man gjorde dette til en staaende Skik i Israel, og Sangene staar optegnet blandt Klagesangene.
यर्मियाले योशियाहको निम्ति विलापका गरे । सबै पुरुष र स्त्री गायकले आजको दिनसम्म योशियाहको बारेमा विलाप गर्छन् । यी गीतहरू इस्राएलमा परम्पराको रूपमा रहेका छन् । हेर, तिनलाई विलापको गीतहरूमा लेखिएका छन् ।
26 Hvad der ellers er at fortælle om Josias og hans fromme Gerninger, der stemte med, hvad der er foreskrevet i HERRENS Lov,
योशियाहको बारेमा अन्य कुराहरू, र तिनले परमप्रभुको व्यवस्थामा लेखिएअनुसार गरेका आज्ञापालनका असल कामहरू—
27 hans Historie fra først til sidst staar jo optegnet i Bogen om Israels og Judas Konger.
अनि तिनका कामहरू सुरुदेखि अन्त्यसम्मै यहूदा र इस्राएल राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।