< 1 Samuel 28 >
1 Paa den Tid samlede Filisterne deres Hær til Kamp for at angribe Israel. Da sagde Akisj til David: »Det maa du vide, at du og dine Mænd skal følge med mig i Hæren!«
ती दिनहरूमा पलिश्तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्ने जानी राख ।”
2 David svarede Akisj: »Godt, saa skal du ogsaa faa at se, hvad din Træl kan udrette!« Da sagde Akisj til David: »Godt, saa sætter jeg dig til hele Tiden at vogte mit Liv!«
दाऊदले आकीशलाई भने, “तपाईंको दासले के गर्न सक्छ भन्ने तपाईंले जान्नु हुनेछ ।” आकीशले दाऊदलाई भने, “त्यसैले म तिमीलाई तिम्रो जीवनकाल भरि नै मेरो अङ्गरक्षक बनाउनेछु ।”
3 Samuel var død, og hele Israel havde holdt Klage over ham, og han var blevet jordet i Rama, hans By. Og Saul havde udryddet Dødemanerne og Besværgerne af Landet.
यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।
4 Imidlertid samlede Filisterne sig og kom og slog Lejr i Sjunem, og Saul samlede hele Israel, og de slog Lejr paa Gilboa.
तब पलिश्तीहरू आफूलाई एकसाथ भेला पारे र शूनेममा आएर छाउनी हाले । अनि शाऊलले सबै इस्राएललाई एकसाथ भेला पारे र तिनीहरूले गिल्बोमा छाउनी हाले ।
5 Da Saul saa Filisternes Hær, grebes han af Frygt og blev saare forfærdet.
जब शाऊलले पलिश्तीहरूको फौज देखे, तब तिनी डराए र तिनको हृदय अति नै डरायो ।
6 Da raadspurgte Saul HERREN; men HERREN svarede ham ikke, hverken ved Drømme eller ved Urim eller ved Profeterne.
शाऊलले परमप्रभुसँग प्रार्थना गरे तर परमप्रभुले न सपनामा, न त ऊरीममा, न त अगमवक्ताहरूद्वारा नै कुनै जवाफ दिनुभयो ।
7 Saul sagde derfor til sine Folk: »Opsøg mig en Kvinde, som kan mane; saa vil jeg gaa til hende og raadspørge hende!« Hans Folk svarede ham: »I En-Dor er der en Kvinde, som kan mane!«
तब शाऊलले आफ्नो सेवकहरूलाई भने, “मृतकसँग कुरा गर्ने एक जना स्त्री मेरो निम्ति खोजेर ल्याओ, ताकि त्यसकहाँ म जान र त्यसको सल्लाह खोज्न सकूँ ।” तिनका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, मृतकसँग कुरा गर्न सक्ने दाबी गर्ने एक जना स्त्री एन्दोरमा छिन् ।”
8 Da gjorde Saul sig ukendelig og tog andre Klæder paa og gav sig paa Vej, fulgt af to Mænd. Da de om Natten kom til Kvinden, sagde han: »Spaa mig ved en Genfærdsaand og man mig den, jeg siger dig, frem!«
शाऊलले आफू भेष बदले र अर्कै पोशाक लगाएर, तिनी र तिनीसँग भएका दुई जना मानिसहरू गए । तिनीहरू त्यो स्त्री कहाँ राती गए । तिनले भने, “म बिन्ती गर्छु मेरो निम्ति आत्मासँग कुरा गरि देऊ र मैले जसको नाउँ भन्छु त्यो मलाई ल्याइदेऊ ।”
9 Kvinden svarede ham: »Du ved jo, hvad Saul har gjort, hvorledes han har udryddet Dødemanerne og Besværgerne af Landet. Hvorfor vil du da lægge Snare for mit Liv og volde min Død?«
स्त्रीले तिनलाई भनिन्, “हेर्नुहोस्, शाऊलले के गर्नुभएको छ सो तपाईंहरूलाई थाहा छ, उनले मृतक वा आत्माहरूसँग कुरा गर्नेहरूलाई कसरी देशबाट निष्काषण गर्नुभएको छ । त्यसैले मलाई मर्नलाई किन मेरो जीवनलाई जालमा फसाउँदै हुनुहुन्छ?”
10 Da tilsvor Saul hende ved HERREN: »Saa sandt HERREN lever, skal intet lægges dig til Last i denne Sag!«
शाऊलले परमप्रभुको नाउँमा शपथ खाए र भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमीलाई यो कुराको निम्ति कुनै दण्ड हुनेछैन ।”
11 Saa sagde Kvinden: »Hvem skal jeg da mane dig frem?« Han svarede: »Man mig Samuel frem!«
तब ती स्त्रीले भनिन्, “म तपाईंको निम्ति कसलाई ल्याउँ?” शाऊलले भने, “मेरो निम्ति शमूएललाई ल्याइदेऊ ।”
12 Kvinden saa da Samuel og udstødte et højt Skrig; og Kvinden sagde til Saul: »Hvorfor har du ført mig bag Lyset? Du er jo Saul!«
जब ती स्त्रीले शमूएल देखिन्, तब तिनले ठुलो सोरले चिच्याइन् र भनिन्, “तपाईंले मलाई किन छल गर्नुभयो? किनकि तपाईं नै शाऊल हुनुहुन्छ ।”
13 Da sagde Kongen til hende: »Frygt ikke! Men hvad ser du?« Kvinden svarede Saul: »Jeg ser en Aand stige op af Jorden!«
राजाले उनलाई भने, “नडराऊ । तिमीले के देख्छौ?” ती स्त्रीले शाऊललाई भनिन्, “पृथ्वीबाट एउटा देवता आइरहेको म देख्छु ।”
14 Han sagde atter til hende: »Hvorledes ser han ud?« Hun svarede: »En gammel Mand stiger op, hyllet i en Kappe!« Da skønnede Saul, at det var Samuel, og han kastede sig med Ansigtet til Jorden og bøjede sig.
तिनले उनलाई भने, “त्यो कस्तो छ?” उनले भनिन्, “एउटा वृद्ध मानिस माथि आइरहेका छन् । यिनले खा्सटो ओढेका छन् ।” यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्टो परेर दण्डवत गरे र आदर प्रकट गरे ।
15 Men Samuel sagde til Saul: »Hvorfor har du forstyrret min Ro og kaldt mig frem?« Saul svarede: »Jeg er i stor Vaande; Filisterne angriber mig, og Gud har forladt mig og svarer mig ikke mere, hverken ved Profeterne eller ved Drømme. Derfor lod jeg dig kalde, for at du skal sige mig, hvad jeg skal gribe til.«
शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्यौ र मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म अति नै व्याकुल छु, किनभने पलिश्तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।”
16 Da sagde Samuel: »Hvorfor spørger du mig, naar HERREN har forladt dig og er blevet din Fjende?
शमूएलले भने, “तब परमप्रभुले तिमीलाई छोड्नुभएको र उहाँ नै तिम्रो शत्रु हुनुभएको हुनाले तिमीले मलाई के सोध्छौ?
17 HERREN har handlet imod dig, som han kundgjorde ved mig, og HERREN har revet Kongedømmet ud af din Haand og givet din Medbejler David det.
परमप्रभुले जे गर्छु भन्नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।
18 Eftersom du ikke adlød HERREN og ikke lod hans glødende Vrede ramme Amalek, saa har HERREN nu voldet dig dette;
किनभने तिमीले परमप्रभुको आवाज पालन गरेनौ र अमालेकमाथि उहाँको भयङ्कर क्रोध पुरा गरेनौ, यसकारण उहाँले तिमीलाई आज यसो गर्नुभएको छ ।
19 HERREN vil ogsaa give Israel i Filisternes Haand sammen med dig! I Morgen skal baade du og dine Sønner falde; ogsaa Israels Hær vil HERREN give i Filisternes Haand!«
परमप्रभुले तिमीसँगै इस्राएललाई पलिश्तीहरूको हातमा सुम्पनुहुनेछ, र भोलि तिमी र तिम्रो छोराहरू मसँग हुनेछौ । परमप्रभुले इस्राएको फौजलाई पनि पलिश्तीहरूको हातमा दिनुहुनेछ ।”
20 Da faldt Saul bestyrtet til Jorden, saa lang han var, rædselsslagen over Samuels Ord; han var ogsaa ganske afkræftet, da han Døgnet igennem intet havde spist.
तब शाऊल तुरुन्तै भूइँमा लम्पसार परेर लमतन्न परे र शमूएलको कुराले अति नै डराए । तिनमा कुनै बल नै थिएन, किनकि तिनले त्यो दिनभरि र रातमा पनि कुनै खाने कुरा खाएका थिएनन् ।
21 Kvinden kom nu hen til Saul, og da hun saa, at han var ude af sig selv af Skræk, sagde hun til ham: »Se, din Trælkvinde adlød dig; jeg satte mit Liv paa Spil og adlød de Ord, du talte til mig.
ती स्त्री शाऊलकहाँ आइन् र तिनी साह्रै ठुलो कष्टमा परेको देखिन्, उनलले तिनलाई भनिन्, “हेर्नुहोस्, तपाईंकी दासीले तपाईंको कुरा सुनेकी छिन् । मेरो जीवनलाई मैले जोखिममा पारेको छु र तपाईंले भन्नुभएको कुरा पालन गरेकी छु ।
22 Saa adlyd du nu ogsaa din Trælkvinde; lad mig sætte et Stykke Brød frem for dig; spis det, for at du kan være ved Kræfter, naar du gaar bort!«
यसकारण अब म तपाईंलाई बिन्ती गर्छु, तपाईंकी दासीको कुरा सुन्नुहोस् र तपाईंलाई थोरै खाने कुरा दिन अनुमति दिनुहोस् । खानुहोस् ताकि तपाईं बाटो जानुहुँदा तपाईंलाई शक्ति मिलोस् ।”
23 Men han værgede sig og sagde: »Jeg kan ikke spise!« Men da baade hans Mænd og Kvinden nødte ham, gav han efter for dem, rejste sig fra Jorden og satte sig paa Lejet.
तर शाऊलले इन्कार गरे र भने, “मैले खाने छैन ।” तर ती स्त्रीसहित तिनका सेवकहरूले तिनलाई बाध्य बनाए र तिनले तिनीहरूको कुरा माने । त्यसैले तिनी भूइँबाट उठे र ओछ्यानमा बसे ।
24 Kvinden havde en Fedekalv i Huset, den skyndte hun sig at slagte; derpaa tog hun Mel, æltede det og bagte usyret Brød deraf.
ती स्त्रीको घरमा पालेको एउटा बाछो थियो । उनले त्यसलाई हतार काटिन् । उनले पिठो लिइन् र मुछिन् अनि यसको अखमिरी रोटी पकाइन् ।
25 Saa satte hun det frem for Saul og hans Mænd; og da de havde spist, stod de op og gik bort samme Nat.
उनले यो शाऊल र तिनका सेवकहरूकहाँ ल्याइन् र तिनीहरूले खाए । त्यसपछि तिनीहरू उठे र त्यही रातमा निस्किए ।