< Første Kongebog 13 >
1 Og se, paa HERRENS Bud kom en Guds Mand fra Juda til Betel, netop som Jeroboam stod paa Alteret for at tænde Offerild.
जब यारोबाम भेटी चढाउनलाई वेदीको छेउमा उभिरहेका थिए, तब याहवेहको वचनद्वारा यहूदाबाट परमेश्वरका एक जन बेथेलमा आए।
2 Og han raabte med HERRENS Ord imod Alteret: »Alter, Alter! Saa siger HERREN: Der skal fødes Davids Hus en Søn ved Navn Josias, og paa dig skal han ofre Højenes Præster, som tænder Offerild paa dig, og han skal brænde Menneskeknogler paa dig!«
याहवेहको वचनद्वारा तिनले त्यस वेदीको विरुद्धमा कराएर यसो भने, “हे वेदी, वेदी! याहवेह यसो भन्नुहुन्छ: ‘दावीदको घरानामा योशियाह नाम भएको एउटा छोरा जन्मनेछ। त्यसले अहिले यहाँ अल्गा देवस्थानहरूमा बलिदान चढाइरहेका पुजारीहरूलाई तँमाथि नै बलिदान चढाउनेछ। अनि मानिसका हड्डीहरू तँमाथि जलाइनेछन्।’”
3 Og samtidig kundgjorde han et Tegn, idet han sagde: »Dette er Tegnet paa, at HERREN har talet: Se, Alteret skal revne, saa Asken derpaa vælter ud!«
त्यही दिन परमेश्वरका जनले एउटा चिन्ह दिए, “याहवेहले घोषणा गर्नुभएको चिन्हचाहिँ यही हो: यो वेदी दुई फ्याक हुनेछ। यसमा भएको खरानी बाहिर पोखिनेछ।”
4 Da nu Kongen hørte de Ord, den Guds Mand raabte mod Alteret i Betel, rakte Jeroboam sin Haand ud fra Alteret og sagde: »Grib ham!« Men Haanden, han rakte ud imod ham, visnede, og han kunde ikke tage den til sig igen;
परमेश्वरका जनले बेथेलमा भएको वेदीको विरुद्धमा कराएर भनेको कुरा जब राजा यारोबामले सुने, तब तिनले वेदीबाट आफ्नो हात परमेश्वरको जन अगमवक्तातिर पसारेर भने, “त्यसलाई पक्र!” तर तिनीतिर पसारिएको राजाको हात सुक्यो। अनि राजाले फेरि आफ्नो हात आफूतिर तान्न सकेनन्।
5 og Alteret revnede, saa Asken væltede ud fra Alteret — det Tegn, den Guds Mand havde kundgjort med HERRENS Ord.
याहवेहको वचनद्वारा परमेश्वरका जनले दिएका चिन्हअनुसार वेदी पनि दुई भाग भयो; अनि खरानी बाहिर पोखियो।
6 Da tog Kongen til Orde og sagde til den Guds Mand: »Bed dog HERREN din Gud om Naade og gaa i Forbøn for mig, at jeg kan tage Haanden til mig igen!« Og den Guds Mand bad HERREN om Naade, og Kongen kunde tage Haanden til sig igen, og den var som før.
तब राजाले परमेश्वरका जनलाई भने, “मेरो हात ठिक भइजाओस् भनेर याहवेह तपाईंको परमेश्वरसित मेरा निम्ति प्रार्थना गरिदिनुहोस्!” यसकारण परमेश्वरका जनले परमेश्वरसित तिनको निम्ति बिन्ती गरिदिए। तब राजाको हात ठिक भएर पहिलेको जस्तै भयो।
7 Derpaa sagde Kongen til den Guds Mand: »Følg med mig hjem og vederkvæg dig, saa vil jeg give dig en Gave!«
राजाले परमेश्वरका जनलाई भने, “मसित घरमा आएर केही खानुहोस्, र म तपाईंलाई एउटा उपहार दिनेछु।”
8 Men den Guds Mand svarede Kongen: »Om du saa giver mig Halvdelen af dit Hus, vil jeg ikke følge med dig, og jeg vil hverken spise eller drikke paa dette Sted;
तर परमेश्वरका जनले राजालाई जवाफ दिए, “तपाईंले मलाई आफ्नो सम्पत्तिको आधा भागै दिनुभयो भने पनि म तपाईंसित जानेछैनँ, न त यहाँ खाना खानेछु; न पानी नै पिउनेछु।
9 thi det Bud har jeg faaet med HERRENS Ord: Du maa hverken spise eller drikke, og du maa ikke vende hjem ad den Vej, du kom!«
किनकि मलाई याहवेहको वचनद्वारा ‘तैँले केही नखानू र पानी पनि नपिउनू; अनि तँ आएको बाटो भएर नफर्कनू’ भन्ने हुकुम भएको छ।”
10 Derpaa drog han bort ad en anden Vej og vendte ikke hjem ad den Vej, han var kommet til Betel.
यसकारण तिनी जुन बाटोबाट बेथेलमा आएका थिए, त्यो बाटोबाट होइन, तर अर्कै बाटो भएर फर्किगए।
11 Nu boede der i Betel en gammel Profet; hans Sønner kom og fortalte ham om alt, hvad den Guds Mand den Dag havde gjort i Betel, og om de Ord, han havde talt til Kongen. Men da de havde fortalt deres Fader det,
बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे। उनका छोराहरूले परमेश्वरका जनले त्यस दिन जे गरेका थिए, ती सबै आएर तिनलाई सुनाइदिए। तिनीहरूले आफ्ना पितालाई तिनले राजालाई भनेको कुरा पनि सुनाइदिए।
12 spurgte han dem: »Hvilken Vej gik han?« Og hans Sønner viste ham, hvilken Vej den Guds Mand, der var kommet fra Juda, var gaaet.
तिनीहरूका पिताले तिनीहरूलाई सोधे, “तिनी कतातिर गए?” अनि तिनका छोराहरूले तिनलाई यहूदाबाट आएका परमेश्वरका जन कुन बाटो भएर गए, त्यो तिनलाई देखाइदिए।
13 Da sagde han til sine Sønner: »Læg Sadelen paa mit Æsel!« Og da de havde sadlet Æselet, satte han sig op,
यसकारण तिनले आफ्ना छोराहरूलाई भने, “मेरा निम्ति गधामा काठी कसिदेओ।” तिनीहरूले उनका निम्ति गधामा काठी कसिदिए। तब तिनी त्यसमाथि चढे,
14 red efter den Guds Mand og traf ham siddende under Egetræet. Han spurgte ham da: »Er du den Guds Mand, der kom fra Juda?« Han svarede: »Ja!«
अनि परमेश्वरका जनको खोजीमा लागे। तिनले उनलाई एउटा फलाँटको रूखमुनि बसिरहेको भेट्टाए, र सोधे, “के यहूदाबाट आउने परमेश्वरका जन तपाईं नै हुनुहुन्छ?” तिनले जवाफ दिए, “हजुर, म नै हुँ।”
15 Saa sagde han til ham: »Kom med mig hjem og faa noget at spise!«
यसकारण ती अगमवक्ताले तिनलाई भने, “मसित घरमा आएर खानपान गर्नुहोस्।”
16 Men han svarede: »Jeg kan ikke vende om og følge med dig, og jeg kan hverken spise eller drikke sammen med dig paa dette Sted,
परमेश्वरका जनले भने, “म तपाईंसित फर्केर जान सक्दिनँ। यस ठाउँमा म तपाईंसित न त केही खान सक्छु, न त पानी नै पिउन सक्छु।
17 thi der er sagt mig med HERRENS Ord: Du maa hverken spise eller drikke der, og du maa ikke vende tilbage ad den Vej, du kom!«
मलाई याहवेहको वचनद्वारा ‘तैँले त्यहाँ केही नखानू, र पानी पनि नपिउनू र तँ आएको बाटो भएर नजानू’ भनिएको छ।”
18 Da sagde han til ham: »Ogsaa jeg er Profet som du, og en Engel har med HERRENS Ord sagt til mig: Tag ham med dig hjem, for at han kan faa noget at spise og drikke!« Men han løj for ham.
ती वृद्ध अगमवक्ताले भने, “म पनि तपाईंझैँ एक अगमवक्ता हुँ। एक जना स्वर्गदूतले याहवेहको वचनद्वारा ‘तिनलाई आफूसित तिम्रो घरमा फर्काएर ल्याउनू र तिनले खाना खाऊन् र पानी पिऊन्’ भनी मलाई भनेका छन्।” (तर तिनले उनलाई झूटो बोलेका थिए।)
19 Saa vendte han tilbage med ham og spiste og drak i hans Hus.
यसकारण परमेश्वरका जनले तिनीसित गएर तिनको घरमा खानपान गरे।
20 Men medens de sad til Bords, kom HERRENS Ord til Profeten, der havde faaet ham tilbage,
तिनीहरू टेबुलमा बसिरहेका बेला याहवेहको वचन तिनलाई फर्काएर ल्याउने ती वृद्ध अगमवक्ताकहाँ आयो।
21 og han raabte til den Guds Mand, der var kommet fra Juda: »Saa siger HERREN: Fordi du har været genstridig mod HERRENS Ord og ikke holdt det Bud, HERREN din Gud paalagde dig,
तिनले यहूदाबाट आउने परमेश्वरको जनलाई कराएर भने, “याहवेह यसो भन्नुहुन्छ: ‘तैँले याहवेहको वचनलाई अशुद्ध तुल्याइस्, र याहवेह तेरा परमेश्वरले तँलाई दिनुभएका आज्ञाहरू पालन गरिनस्।
22 men vendte tilbage og spiste og drak paa det Sted, hvor han sagde, du ikke maatte spise og drikke, derfor skal dit Lig ikke komme i dine Fædres Grav!«
तँ फर्केर आइस्, र उहाँले तँलाई नखानू र नपिउनू भनेको ठाउँमा तैँले खाइस् र पिइस्। यसकारण तेरो शरीर तेरा पितापुर्खाहरूसित गाडिनेछैन।’”
23 Efter at han havde spist og drukket, sadlede han Æselet til ham, og han gav sig paa Hjemvejen.
जब परमेश्वरका जनले खानपान गरे, तब तिनलाई फर्काएर ल्याउने ती अगमवक्ताले तिनका निम्ति गधामा काठी कसिदिए।
24 Men en Løve kom imod ham paa Vejen og dræbte ham. Og hans Lig laa henslængt paa Vejen, og Æselet stod ved Siden af; ogsaa Løven stod ved Siden af Liget.
जब तिनी आफ्नो बाटोमा अगि बढिरहेका थिए, तब एउटा सिंहले बाटोमा तिनलाई फेला पार्यो, र मार्यो। तिनको लास बाटोमा फ्याँकियो। अनि त्यो गधा र सिंहचाहिँ त्यस लासको छेउमा उभिरहे।
25 Og se, nogle Mænd kom der forbi og saa Liget ligge henslængt paa Vejen, og Løven staa ved Siden af, og de kom og fortalte det i Byen, hvor den gamle Profet boede;
त्यो बाटो भएर जाने केही मानिसहरूले त्यस शरीरलाई बाटोमा फ्याँकिएको र त्यो सिंहचाहिँ त्यस लासको छेउमा उभिरहेको देखे। तिनीहरूले गएर ती वृद्ध अगमवक्ता बसेको सहरमा त्यो खबर सुनाए।
26 og da Profeten, der havde faaet ham til at vende om, hørte det, sagde han: »Det er den Guds Mand, som var genstridig mod HERRENS Ord; derfor har HERREN givet ham i Løvens Vold, og den har sønderrevet ham og dræbt ham efter det Ord, HERREN talede til ham!«
तिनलाई आफ्नो यात्राबाट फर्काएर ल्याउने ती अगमवक्ताले यस विषयमा सुनेपछि तिनले भने, “तिनी परमेश्वरका जन नै हुन्, जसले याहवेहको वचनलाई अवहेलना गरेका थिए। याहवेहले तिनलाई सिंहकहाँ सुम्पिदिनुभएको छ। याहवेहको वचनले चेताउनी दिएझैँ त्यस सिंहले उनलाई फहराएर मारेछ।”
27 Derpaa sagde han til sine Sønner: »Læg Sadelen paa mit Æsel!« Og da de havde gjort det,
ती अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “मेरा निम्ति गधामा काठी कसिदेओ,” अनि तिनीहरूले त्यसै गरे।
28 red han hen og fandt hans Lig liggende henslængt paa Vejen og Æselet og Løven staaende ved Siden af, uden at Løven havde ædt Liget eller sønderrevet Æselet.
तब तिनी निस्केर गए, र तिनको लास बाटोमै फ्याँकिएको; अनि गधा र सिंह त्यस लासको छेउमा उभिरहेको भेट्टाए। त्यो सिंहले त्यस लासलाई खाएको थिएन, न त त्यस गधालाई नै फहराएको थियो।
29 Da løftede Profeten den Guds Mands Lig op, lagde ham paa Æselet og førte ham tilbage til Byen for at holde Dødeklage og jorde ham;
यसकारण ती अगमवक्ताले परमेश्वरका जनको लासलाई उठाएर गधामाथि राखे। अनि उनका निम्ति शोक गर्न र उनलाई गाड्न आफ्नो सहरमा ल्याए।
30 og da han havde lagt Liget i sin egen Grav, holdt de Dødeklage over ham og sagde: »Ak ve min Broder!«
तब तिनले त्यस लासलाई आफ्नै चिहानमा गाडे; अनि तिनीहरूले यसो भनेर विलाप गरे, “हाय, मेरो भाइ!”
31 Og efter at have jordet ham sagde han til sine Sønner: »Naar jeg dør, skal I lægge mig i samme Grav, som den Guds Mand ligger i; ved Siden af hans Ben skal I lægge mig, for at mine Ben kan blive skaanet sammen md hans;
तिनलाई गाडेपछि तिनले आफ्ना छोराहरूलाई भने, “म मरेपछि मलाई परमेश्वरका जन गाडिएको ठाउँमा गाड्नू। मेरा हड्डीहरू तिनका हड्डीहरूको छेउमै राख्नू।
32 thi det Ord skal gaa i Opfyldelse, som han med HERRENS Ord raabte mod Alteret i Betel og alle Offerhusene paa Højene i Samarias Byer!«
किनकि तिनले याहवेहको वचनद्वारा बेथेलमा भएको वेदी र सामरियाका सहरहरूका अग्ला ठाउँहरूमा देवस्थानहरूका विरुद्धमा घोषणा गरेको वचन निश्चय पूरा हुनेछ।”
33 Heller ikke efter denne Begivenhed opgav Jeroboam sin onde Færd, men gjorde paa ny alle Slags Folk til Præster paa Højene, idet han indsatte enhver, der havde Lyst, til Præst paa Højene.
यसपछि पनि यारोबाम आफ्ना दुष्ट चालहरूबाट फर्केनन्। तिनले सबै किसिमका मानिसहरूबाट अल्गा देवस्थानहरूका निम्ति पुजारीहरू नियुक्त गरे। पुजारी हुन इच्छुक जोसुकैलाई पनि तिनले अग्ला देवस्थानहरूका निम्ति अभिषेक गरे।
34 Og det blev Jeroboams Hus til Synd og førte til, at det blev tilintetgjort og udryddet af Jorden.
यही पापको कारण सारा संसारबाट यारोबामको घरानाको पतन भयो र त्यसको सर्वनाश भयो।